चम्किलो तारा युवा क्लब द्धारा प्रकाशित
विकसन साहित्यिक पत्रिका
सयुक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७०
सल्लाहकार
रविमान लम्जेल
हेमनाथ पौडेल
गोपाल सङ्गौला
भानुभक्त सिटौला
अनिरुद्र तिम्सीना
देवेन्द्रकुमार पौडेल
डिल्लीराम परदेशी
जयप्रकाश इङ्नाम
एकादेशको गगनराज
प्रकाशक/सम्रक्षक
चम्किलो तारा युवा क्लब
प्रधान सम्पादक
प्रकाश धौलाकोटी 'प्रयाशी'
सम्पादक
मनाहाङ र्इङ्नाम
विजय पुर्वेली
युवराज मैनाली
व्यावस्थापक
रत्नकुमार कालिकोटे
बजार व्यावस्थापक
जयकुमार विक
विेशेष सहयोगी
मदन गुरुङ
चिन्ता घिमिरे
केदार पौडेल
लोकेश अविरल
लेख
समय परिवर्तनसँगै साहित्यमा मोफसल र केन्द्र
- धनकुटे
कान्छा
हरेक समयको परिवर्तनमा उज्यालोका राँको बोकेर साहित्यले शासकका अँध्यारा
पर्खालहरु भत्काइदिएको छ । पुरानो भत्काएर नयाँ बनाउने हतारोमा हामी पञ्चायतपछि
प्रजातन्त्र बनियौँ, प्रजातन्त्रपछि लोकतन्त्र बनियौँ, लोकतन्त्रपछि गणतन्त्र बनियौँ । समयको यो परिवर्तनमा
अक्षरले भत्काउने र बनाउने नयाँ शब्दको परिवर्तन त्यति सजिलो थिएन । तर हामीले
सजिलो ठान्यौँ र इतिहास बनाइदियौँ समयलाई अर्थात् खेर जान दियौँ परिवर्तनका
उत्सर्गहरुलाई । समयको प्रश्न समयको उत्तर बन्न सकेन । समय आफैँमा एउटा घाउ हो र
समय आफैँमा मलमपट्टी भन्ने यो हुनै सकेन । अर्थात् साहित्यले देखाएको उत्सर्गको
समर्पण नयाँ शब्दमा परिवर्तन गर्नमा हामी सीमित देखियौँ र राजधानी अर्थात् केन्द्र
झन् केन्द्रको रुपमा र शासक झन् भिन्न–भिन्न रुपमा देखिन थालियो । समग्रमा, अक्षर, शब्द र साहित्यको
तागतलाई विचरो देखाउन र बनाउन नाम मात्रको परिवर्तन लागिरह्यो । जसले नाम लेख्यो,
व्यवहार लेखेन ।
जसले नाम लेखायो, व्यवहार देखाएन । खासमा हामी भूपिको देशमा हल्ला गर्दैरह्यौँ । गोपालप्रसाद
रिमालको आमाको सपनामा सपनामय भयौँ । कृष्णभूषण बलको “काठमाडौं एक्लैले काठमाडौं
थाम्दैन” पढ्यौँ,
फेरि पढ्यौँ तर
व्यवहारमा पढेनौँ । कृष्णलालको कथा कृष्णसेनमा पु¥यायौँ ।
लोकतन्त्रमा साहित्यले देखेको सपना देशको सपना थियो । देशका जनताले देखेको
सपना थियो । अर्थात् साँचो जीवन थियो । त्यसैले ज्यानको पर्वाह नराखी सहिदको लाममा
उभिन तयार थिए, देशभरका साहित्यकारहरु । साहित्यले देखेको सत्ता सत्य जीवनको सत्ता थियो र
साहित्यले देखेको शासन साँचो जनजीवनको शासन थियो । अहिले हामी लोकतन्त्र मनाइरहेका
छौँ र आपूmखुसी लोकतन्त्रको व्याख्या गरिरहेका छौँ अर्थात् हामी “आपूm” भएका छौँ र लोकतन्त्र बिर्सिँदै
गएका छौँ अर्थात् आपूm केन्द्र, झन् केन्द्र र अरु मोफसल बनाउन लागेका छौँ ।
लोकतन्त्र प्राप्तिपछिको सबैभन्दा ठूलो उपलब्धी सञ्चार हो भन्छन्
बुद्धिजीविहरु । संचारमा सायद साहित्य पनि पर्छ । संचारले केन्द्र भत्काएको छ
भन्छन् अझ जान्नेबुझ्नेहरु । गाउँगाउँमा एफ.एम. खुल्दैमा, टोलटोलमा पत्रपत्रिका
निस्किँदैमा, नेट, इन्टरनेटको
सञ्जाल बढ्दैमा केन्द्र भत्कियो भन्नु र संसारको सबैभन्दा उत्कृष्ट संविधान भनाउने
हामी संविधानसभाको सफल निर्वाचनपछि यतिका समय संविधान लेख्न खोजिरहेका छौँ
भन्नुजस्तै हो लाग्छ मलाई । संचार नीति स्पष्ट नबनेका मुलुकमा हामी गाउँगाउँमा
एफ.एम. खोल्दै र एफ.एम. ले केन्द्र भत्कायो भन्छौँ । विचरा एफ.एम. हरु र एफ.एम.
कर्मीहरु भोकभोकै गीत गाइरहेका देख्दैनौँ । टोलटोलमा पत्रपत्रिका छाप्छौँ र
केन्द्रका खबरले अखबारको पेट भर्छौँ हामी केन्द्र भत्कियो भन्छौँ । विचरा अखबार र
तिनका निर्दोष ज्यानलाई बचाऊको सुरक्षा दिन सक्दैनौँ हामी । शहर–शहरमा टेलिभिजन, नेट, इनटरनेट देखाएर
प्रविधिले केन्द्र भत्कायो भन्छौँ । विचरो हुलाकी देशको खबर कहिल्यै सुन्दैनौँ ।
कहाँबाट केन्द्र भत्किनु ? हामी केन्द्रको मुख ताक्ने भएका छौँ । अझ खासमा केन्द्रबिना
चल्नै नसक्ने हामी केन्द्रको दास भएका छौँ ।
लोकतन्त्रमा साहित्य मोफसलमूखि हुनै सकेको छैन । जे–जति मोफसलले आफ्नो बलबुताले
गरेको छ, त्यो
उसकै ल्याकत र ताकतमा गरेको छ । हुन त साहित्य आफैँ मोफसल हो । राजनीतिले सधैँ
साहित्यलाई मोफसल ठानेको छ । जे–जति पर्दामा, चर्चामा, साहित्यका पहुँच र तहमा पुगेका छन्, मोफसलकै रुपमा पुगेका
छन् । लोकतन्त्रमा भाषा, साहित्य, कला, संस्कृतिको लोकसम्मान हुनुपर्ने । हाम्रो लोकतन्त्रको
राष्ट्रिय गीत लेख्ने व्याकुल माइला, आफ्नो इज्जत बचाउन विचरो बनेको छ अर्थात् बनाइएको छ
। विदेशतिर लोकतान्त्रिक मुलुकमा राष्ट्रिय गीतका रचनाकारलाई लोकतान्त्रिक सरकारले
इज्जतका लागि भत्ता खुवाउँछ । भाषा, साहित्य, संस्कृतिको राष्ट्रिय उपस्थिति लोकोपकार, लोकभावना, लोकमर्यादा, लोकसम्मतिसहित गाउँगाउँ
पुग्नुपर्ने हो । पहिले नभएको एउटा कुरा भयो– पज्ञाप्रतिष्ठानलाई साहित्य,
कला, संस्कृतिको सम्मान गर्दै
अलग–अलग
पहिचान र अस्तित्व सहित प्रज्ञाप्रतिष्ठानको स्थापना भयो । प्राज्ञ बन्न दरखास्त
हाल्ने र निकटका लागि प्राज्ञ बनाउने खेलले सम्मानित संस्थालाई विवादमा तनाउने काम
भयो । प्राज्ञ एउटा पद जस्तो बनाइयो । राष्ट्रको पहिचान बोकेका अम्बर गुरुङ्ग,
बैरागी काइँला,
किरण
मानन्धरहरुलाई आपूm अनुकूल व्याख्या गरेर जीवनभरको समर्पणलाई पिंजडाको सीमित स्वतन्त्रता र अधिकार
दिएर विचरो बनाउने कोशिस गरियो र गरिँदैछ । लोकतान्त्रिक मुलुकमा भाषा, साहित्य, कला, संस्कृतिमा जीवनभर
समर्पित राष्ट्रिय सम्पतिलाई संरक्षण र सम्बद्र्धन गर्न सम्मान स्वरुप राष्ट्रिय
कोषबाट कोषको नियमित व्यवस्था गरिन्छ । यहाँ त्यो लोकतान्त्रिक संस्कार बन्न सकेको
छैन । प्रज्ञाप्रतिष्ठान जिल्लाजिल्ला, गाउँगाउँ उपस्थिति सहित लोकतन्त्री बन्न सकेको छैन ।
यो देशलाई प्रजातन्त्र ल्याउन ज्यान सुम्पिएको प्रजातन्त्र सेनानी श्रष्टा प्राज्ञ
दान खालिङ्गलाई सिक्किमका पवन चाम्लिङ्गले राज्यमन्त्री सो सरहको सेवा, सुविधा दिएर संरक्षण
गर्छन्, हाम्रो
लोकतन्त्र विचरो भएर हेरिरहन्छन् । हाम्रो लोकतन्त्रमा समग्र साहित्यको यो एउटा
उदाहरण काफी जस्तो लाग्छ ।
पञ्चायतमा राजा, सदरमुकाम आउँदा, जाँदा जिल्लाका, अञ्चलका वा क्षेत्रमा नामुद भाषा, साहित्य, कला, संस्कृति क्षेत्रका श्रष्टासँग बस्थे, सिर्जना सुन्थे र
नजिकबाट लोकलाई बुझ्ने थोरै भएपनि कोशिस गर्थे । यहाँ शासकलाई सर्जक बुझ्ने फुर्सद
छैन । काठ्माडौं खाल्डोबाट मानसिक रुपमा निस्किने फुर्सद छैन । हो, लोकतन्त्रमा केही त जरुर
भएको छ । बैरागी काइँला एकाडेमिलाई आफ्नै बर्कतले गाउँगाउँमा साहित्य पु¥याउन व्यक्तिगत जोड,
जुलुम प्रयासमा
छन् । किनभने उनी स्वयं मोफसलका सजिव श्रष्टा हुन् । अम्बर गुरुङ्ग बूढो ज्यान
लिएर दौडँदैछन् । गीत, संगीतको एकाडेमीलाई देशभर फैलाउन उनी कम्मर कसेरै लागिरहेकै
छन् । किरण मानन्धर ललितकलालाई देशभर रङ्ग्याउन देश दौडाहमा रंगिएकै छन् । अझ अरु
काम लोकप्रिय रुपमा सर्जक, श्रष्टा (लोकसेवक) हरुबाट आफ्नै प्रयासमा धेरैकुछ भएका छन्,
हुँदैछन् ।
राष्ट्र लोकतन्त्रमा पनि लोकाचारमा मात्र सीमित छ, श्रष्टा र सर्जकलाई विचरो देख्दै
मोफसलको व्यवहार गर्छ । कुनै राष्ट्रिय बजेटमा र राष्ट्रिय कार्यक्रममा भाषा,
साहित्य, कला, संस्कृतिलाई राज्यले
नीतिमा ल्याउन चाहेको छैन वा सकेको छैन र ऊ खुद बबुरो भएको छ ।
लोकतन्त्रमा गाउँगाउँ, जिल्लाजिल्ला साहित्यिक महोत्सव, पुस्तक मेला प्रदर्शनी, गोष्ठी, चर्चापरिचर्चा, क्रिर्याअन्तरक्र्रिया,
प्रकाशन
महत्वपूर्ण र ऐतिहासिक रुपमा भएका छन्, हुन थालेका छन् । ति सब मोफसलकै होस्टेहैँसेमा
अर्थात् साथ, सहयोग र भारी खेपाइ र मार्का खपाइमा फत्ते भएका छन् । केन्द्र केलाइ भन्ने ?
काठमाडौं वा
राजनीति के केन्द्र हो ? काठमाडौं गएका सबै सर्जक गाउँबाटै गएका हुन् । उनीहरुको
सिर्जना र उपस्थिति मोफसलकै हो र उनीहरु स्वयं विचरा छन् । हो ! एउटा सत्य कुरा,
काठमाडौंमा बसेका
अलि चर्चामा छन् । उनीहरुले ठाउँ पाएका छन् । अखबार, रेडियो, टेलिभिजन, नेट, इन्टरनेट, पहुँच, सुविधा अलि धेरै छ । त्यो
स्वभाविक हो । तर गाउँठाउँमा रहेरै साधनारत श्रष्टाहरु गुनासोरहित जीवन बाँचेका
छन् । किनभने लोकतन्त्रको अभ्यासमा छन् । व्यवहारमा परिवर्तन आउन समय लाग्छ ।
नामको परिवर्तनले उस्तो हुनेवाला केही छैन । जति रोएपनि, जति चिच्याएपनि सुविधा जहाँ छ,
त्यहीँकाले सुविधा
उपभोग गर्ने हो । लोकतन्त्रले लोकसिद्ध बन्न लोकसत्ताको अभ्यास अझै गर्नै छ ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन, नपुगेका कतिपय ठाउँका हामी नेपाली
लोकवादमा विश्वास गर्छौँ । किनभने हामीले बाँचेको हाम्रो जीवन हाम्रो साहित्यको
मूल जीवन हो । काठमाडौं केन्द्र होइन, नेपाल र नेपाली केन्द्र हुन् । मोफसल त भाषा,
साहित्य, कला, संस्कृतिलाई बनाइयो,
सर्जक, श्रष्टालाई बनाइयो ।
लोकतन्त्रमा अबका दिन त्यस्तो नबनोस् ।
सर्वेक्षण
उप्रेतीहरुबाट साहित्य साधना
- प्राज्ञ रविमान रम्जेल
नेपाल विविध जातिका मानिसहरुले बसोबास गरेको देश हो । यहाँ बसोबास गर्ने
बासिन्दाहरुको भाषा र संस्कृति पनि आ–आफ्नै रहिआएका छन् । खोजकर्ताहरु पनि यहाँका
वासिन्दाहरुको भाषा र संस्कृति प्रेम देखेर छक्क पर्छन् ।
नेपालमा बसोवास गर्ने वासिन्दाहरुमा आर्य समुदायभित्र पर्ने उप्रेतीहरु एक
हुुन् । उनीहरु स्वदेश र विदेशका विविध स्थानहरुमा वसोवास गर्दै आएपनि बागमती ,कोशी ,मेची,सगरमाथा ,र राप्ती अञ्चलमा
उप्रेतीहरुको वसोवास बाक्लो रहेको छ । वर्तमान अवस्थामा साहित्य ,शिक्षा ,स्वास्थ्य ,उद्योग धन्दा ,सैनिक ,राजनिति अनेक क्षेत्रमा
उप्रेतीहरुको सहभागिता देखिएतापनि २००७ साल अघि राजनैतिक क्षेत्रमा उनीहरुको उपस्थिति
भएको पाइन्न । २००७ साल देखि उप्रेतीहरु राष्ट्रिय जीवनका विविध फाँटमा सरिक
हुुँदै योगदान दिएको कुुरा उल्लेखनीय मान्नुु पर्छ ।
२०१७ सालपछि राजनितिमा लागेर मन्त्री हुुनेहरुमा पुुष्कर नाथ उप्रेती,कृष्णप्रसाद उप्रेती
हुुन भने बामपन्थी राजनितिमा लागेर चर्चित हुुने गोविन्द नाथ उप्रेती र कूल प्रसाद
उप्रेती हुुन् । प्राध्यापन पेशामा लागेर ख्याति आर्जन गर्ने व्यक्ति हरुमा
सागरनाथ उप्रेती ,चन्द्रधर उप्रेती ,प्रेम रमण उप्रेती ,टंक नाथ उप्रेतीको नाम लिन सकिन्छ । डिल्ली राज
उप्रेती ,रंग
नाथ उप्रेती ,नीलकण्ठ उप्रेतीको नाम प्रशासकको रुपमा आउँछ । शैक्षिक क्षेत्रको विकाशमा
देवीप्रसाद उप्रेती (१९६९–२०४९)को नाम आउँछ ।
उनले पर्याप्त जग्गा विद्यालयलाई वितरण गरी उदारताको परिचय दिएको पाइन्छ । त्यस्तै
त्रैलोक्य नाथ उप्रेती पनि शिक्षाविद् हुुन् । जय पृथ्वीबहादुर सिंह ,देव शमशेर राणा ,शंकरदेव पन्त,हरिहर गौतमको साथ उनको
अग्र पंक्तिमा नाम आउँछ । कसले कुुन क्षेत्रमा कसले के कति योगदान दिए र राष्ट्रका
निम्ति कुुन समुुदायका व्यक्तिले के कस्तो भूूमिका निर्वाह गरे,त्यस कुुराको खोजविन
गर्ने समय आइसकेको छ ।
नेपाली साहित्यमा उप्रेतीहरुको लेखन प्रवेश राणाकालदेखि नै भएको पाइन्छ ।
प्राप्त जानकारी अनुुसार डम्बरु वल्लभ शर्मा उप्रेती (१९६४–)ले पुुत्रशोक (कविता )१९८९ मा
प्रकाशित गरेका छन् । यो नै उप्रेतीबाट लेखिएको पहिलो प्राप्त कृति हो । यसमा
पुुनशोकको वियोग व्यथा पाइन्छ ।
२००७ सालको आसपासदेखि लेखन क्षेत्रमा उप्रेतीहरुको ठूलै झुुण्ड देखापर्दछ ।
पदम प्रसाद उप्रेती (१९८६–२०६७) प्रेम दास उप्रेती पीडित (१९९८–२०५८) देवी प्रसाद उप्रेती (१९६९–२०४९) लक्ष्मी उप्रेती
(२०१५–)भीष्म
उप्रेती (२०२४) टंक उप्रेती (२०२८) हरिप्रसाद उप्रेती ,अनिश उप्रेती,सुुरेन उप्रेती (२०२६–)इशान उप्रेती ,लक्ष्मण उप्रेती निफर,
हरिकला उप्रेती
(२०३०) देवी उप्रेती(२००७)कविता विधामा कलम चलाउने स्रष्टा हुुन् । पदम प्रसाद
उप्रेतकिा कविता ‘भारती’,रुप–रेखा,अञ्जली ,प्रयास , प्रतिविम्ब पत्रिकामा
प्रकाशित भएका छन् । उनका प्राय कविता प्रणय भाव र अग्रज पुुस्ताप्रति सम्मानको
भावले भरिएका छन् । नेपालको दीपक,मगज(भारती),प्रिय(रुप–रेखा) लगनगाँठो (प्रयास २०१७)जस्ता चर्चित कविता २०२३
पूर्वै लेखे । जुन कविताहरु पुुस्तकको रुपमा प्रकाशित हुन सकेनन् । प्रेमदास
उप्रेती (१९९८–२०५८)ले छन्दवादी कविता र खरेल वंशावलीमा आफ्नो प्रतिमा उपयोग गरेका छन् ।
उनले अनुवाद गरेका कविता पनि छन्दवद्ध रुपमा सुन्दर ढङ्गले प्रस्तुुत गरेका छन् ।
पुुरानो विषय वस्तुु पक्रेर छन्दमा रमाउने कवि हुन उनी । हरिकला उप्रेती (२०३०)ले
उपदा्रे २०५८ कविता संग्रहमाफत व्यंग्य भाव पोखेकी छन् । नन्दु परिश्रमी
(२०२३)प्रगतिवादी कवि भएर पनि साधना क्षेत्रमा रम्न भ्याइरहेका छैनन् । भीष्म
उप्रेती सम–सामयिक धाराका जल्दा बल्दा कवि हुन् । आकाश खस्यो भने के हुुन्छ? (२०५३)कविता संग्रह लगायत
अनेक संग्रहका स्रष्टा उप्रेती मानवीय मूल्य र मान्यताको खोजी गर्ने कवि हुुन् ।
टंक उप्रेती (२०२८–)को अनुुभूतिका अक्षरहरु (२०५५)ले उनलाई उर्जाशील कविको रुपमा स्थापित गरेको छ
। लक्ष्मी उप्रेती (२०१५–) लाई यौटा बाटो खोजिरहेछ जीवन (२०५०) जस्तो संग्रहले उच्च
प्रतिभाको परिचय दिएको छ । उनी नारी प्रतिष्ठालाई उच्च बनाउने कवि हुुन् । उनी सम–सामयिक विषय बस्तुु पक्रेर सुुन्दर प्रस्तुुति दिन सक्षम
छिन् । देवी प्रसाद उप्रेती (१९६९–२०४९) का कविता कल्याणभावले भरिएका र उनको मृत्युुपछि
स्मृति ग्रन्थमा संगालिएका छन् । अन्य कवितात्मक प्रष्तुुति दिने स्रष्टाहरुमा वेद प्रकाश उप्रेती ,
हरि प्रसाद
उप्रेती ,अनिश
उप्रेती, सुुरेन
उप्रेती(२०२६–) आजका स्वरहरु (२०५३) सच्यूत राज उप्रेती भुुम्लुुले ,इशान उप्रेती,नवीन उप्रेती आशालाग्दा
प्रतिभाहरु हुन् । यिनीहरु मध्ये डा. वेद प्रकाश उप्रेतीले लेख्नेै छोडिदिए २००५ सालपछि ।
समालोचना निवन्ध फाँटमा कलम चलाउने स्रष्टाहरुमा डा. वेद प्रकाश उप्रेती (२००१–)गंगा प्रसाद उप्रेती
(२००४–)डा.
राम प्रसाद उप्रेती (२०१४–) राम प्रसाद उप्रेती (२०१४–) डा. वासुदेव उप्रेती(२००५–)
त्रिलोचन उप्रेती,
भीष्म उप्रेती
(२०२४–)राम
चन्द्र उप्रेती (२०१६–)सिद्धिनाथ उप्रेती ,भरतजङ्ग उप्रेती ,देवी प्रसाद उप्रेती (१९६९–२०४९)सञ्जीव उप्रेती
(२०२०–) को
महत्वपूर्ण देन रहिआएको छ । एकताका वेद प्रकाश उप्र्रेतीले रुप –रेखा र अन्य पत्रिकाका
साथै हाम्रा नौ पूुर्खाहरु ,भनेर लेखेका थिए – अहिले लेख्नै छोडिदिए ।गंगा प्रसाद उप्रेतीको ‘स्मृतिको छालमा इटाली
(२०४४) नियात्रा संग्रह हो । भने ‘नामको खोल (०६४)व्यंग्यात्मक निवन्ध संग्रह हो । दृष्टिकोणका विविध विसाउनी (२०४६)ले उनलाई
प्रगतिवादी समालोचकको रुपमा चिनाएको छ । सञ्जीव उप्र्रेतीको सिद्धान्तका कुरा
(२०६८)ले उनलाई प्रखर समालोचक संकेत गरेको छ । डा. राम प्रसाद उप्रेतीको ‘यात्राका केही थुुँगा
फूल (२०४६)निलो पानी र निला भावनाहरु (२०५५) नियात्रा फाँटका महत्वपूर्ण कृति हुन्
। आफूले देखेका र अनुुभव गरेका कुुराहरुलाई इमान्दारीसाथ प्रस्तुुति दिनु उनको
विशेषता हो । नयाँ सम्भावना बोकेर देवेन्द्र प्रसाद उप्रेती समालोचना को संग्रह नै
प्रकाशित गर्न सफल भएका छन् । रामचन्द्र उप्रेतकिो ‘जेल डायरी ’(२०६०)र मेरो काठमाडौ
(२०६३) ले उनलाई उर्जाशील स्रष्टाको रुपमा चिन्न सकिन्छ । जेलको अनुुभूति र
काठमाडौँको विसंगति राम्रो सँग प्रस्तुुत गरेका छन् । भरतजंग उप्रेती (२०१३–)को भरतराज पन्त जीवनी र
साहित्य (२०४०)शोधपरक कृति हो । सिद्धिभक्त उप्रेतीको‘ कविप्रसाद गौतमको जीवनी’(०२३)उनको स्पष्ट
दृष्टिको परिचय दिन्छ । डा.वासुुदेव उप्रेती (२००५) को गद्य लेखन ,त्रिलोचन उप्रेतीको
प्रस्तुति सराहनीय मान्नुपर्छ । मेदिनी
प्रसाद उप्रेती (१९५९–२०४२)को इश्वरीय तत्व (२०३८)ले उनको अध्यात्मभाव स्पष्ट पार्छ ।
कथा क्षेत्रमा स्व. गंगा प्रसाद उप्रेती (१९८३–२०४२) को कथा शारदा पत्रिकामा
२००४ सालमा वरालले‘ झ्यालबाट’ कथा संकलनमा गरेको छन् ।
गोपीनाथ उप्रेती,गंगा प्रसाद उप्रेती (२००४–)प्रमिला उप्रेतीका कथा प्रकाशित भएपनि अगाडि बढ्न सकेनन् ।
लक्ष्मी उप्रेती (२०१५–)नयाँ संभावना बोकेर लेख्दैछिन् ।
विविध विधामा एक दुुई रचना र पुुस्ताकै प्रकाशित गर्ने ,साहित्यइतर विषयमा कलम चलाउने
स्रष्टाहरुमा डिल्ली राज उप्रेती ,पुुष्कर नाथ उप्रेती , सागरनाथ उप्रेती , डा. शंकर प्रसाद उप्रेती (१९९०–)कृष्णमणि उप्रेती (१९७२–२०१९) टहलदास उप्रेती
(२०१६–)चन्द्रधर
उप्रेती ,अरुणा
उप्रेती ,रविन्द्र
उप्रेती ,माधुरी
उप्रेती लागयत थुप्रै छन् । उप्रतीका छोरीहरुमा भारती खरेल , गौरा रिजाल , लीला अनमोल को प्रयास
सन्तोषजनक मान्न सकिन्छ । ध्रुुव प्रसाद उप्रेती , युवक उप्रेती पनि देखापरेका छन्
।
उपन्यास फाँटमा सञ्जीव उप्रेती(२०२०) का‘घनचक्कर (२०६२)र रमेश उप्रेतीको ‘वहुलानन्द’प्रकाशित भएको पाइन्छ ।
नाटक ,खण्ड ,काव्य,महाकाव्य विधामा उप्रेतीहरुको कलम चलेको छैन –अन्य के कति स्रष्टा छन् ,तिनीहरुको खोजी हुन
बाँकी नै छ ,यो सानो परिचयात्मक सर्वेक्षण मात्र हो ।
मिति–०६९÷०५÷१४
फुङ्लिङ्ग–४,ताप्लेजुङ्ग
नेपाली
साहित्यमा आदिकवि भानुुभक्त आचार्यको योगदान
-
हेमराज
भट्टराई
नेपाली कविता साहित्यको प्राथमिक कालका केन्द्रिय प्रतिभा भानुुभक्त आचार्यका
नेपाली साहित्यको उत्थान र विकासमा विशिष्ट योगदान छ । उनी नेपाली साहित्य जगत्मा
आदिकवि को उपाधिले विभूषित छन् । नेपाली साहित्यको इतिहासमा सबैभन्दा बढी मात्रामा
चर्चामा लिइने र प्राय धेरै व्यक्तिद्वारा लेखिइने प्रतिभा संभवत् भानुुभक्त
आचार्य नै हुन् । नेपाली साहित्यको उत्थान र श्रीवृद्धिमा ज्यादै विशिष्ट योगदान
दिएकोले उनी नेपालका राष्ट्रिय विभुूतिका रपमा पनि सम्मानित छन् ।
भानुुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते तनहुुँ जिल्लाको रम्घा
चुुँदीबेँसीमा शिक्षित र सम्भ्रान्त बा्रहमण परिवारमा भएको थियो । यिनका बाजे
श्रीकृष्ण आचार्य संस्कृत भाषाका प्रकाण्ड विद्वान र पण्डित थिए । यिनका पिता
घनञ्जय आचार्य सरकारी जागिरमा संलग्न भएकाले घरमा बस्न त्यति पाउदैनथे । बाजे
श्रीकृष्णका प्रियपात्र भएकोले भानुुभक्त बाजेकै रेखदेख र संरक्षणमा हुुर्किए ।
उनले सानै उमेरदेखि आफ्नै घरमा आफ्नै बाजेसँग संस्कृत व्याकरण ,संस्कृत भाषा र
साहित्यको अध्ययन गर्ने अवसर पाए ।
भानुुभक्त आचार्यले संस्कृतको अध्यात्म रामायणलाई शास्त्रीय छन्दमा नेपाली
भाषामा अनुुवाद गरे । यसै कृतिले उनलाई चर्चाको शिखरमा पुु¥यायो । उनले प्रसस्त मौलिक रचना
पनि नेपाली साहित्यलाई दिएका छन् । भानुुभक्त आचार्यद्वारा लिखित तथा प्रकाशित
कृतिहरु यस प्रकार रहेको देखिन्छन् ।
१,रामायण
(वि.सं १८९८–१९१०)
२,प्रश्नोत्तर
(वि.सं १९१०)
३,भक्तमाला
(वि.सं १९१०)
४,बधूशिक्षा
(वि.सं १९१९)
५,रामगीता
(वि.सं १९२५)
पुुर्वोक्त कृतिहरु मध्ये बधूशिक्षा ,भक्तमाला र
३९ बटा फुुटकर कविता उनका मौलिक रचना हुुन् भने रामायण प्रसस्त मौलिकताले सजाइएको
भावानुुवाद कृति हो । भानुुभक्त को रामायण संस्कृतका अत्यन्त प्रचलित शास्त्रीय
छन्दको प्रयोग गरी लेखिएको गेयात्मक तथा आख्यानात्मक रचना हो । उनका कृतिहरुमा
समाजचेतना ,व्यङग्यचेतना ,देशप्रेम प्रक्तिचित्रण ,भक्तिमूलक औपदेशिकताका साथै आध्यात्मिक, नैतिक सुधारात्मक स्वर
पनि पाइन्छ । उनका अनुुदित कृतिमा मूल ग्रन्थको भावगाम्भीर्य कत्तिपनि विचलित भएको
पाइदैन भने प्रशस्त मात्रामा मौलिक सीप ,कल्पना चातुुर्य ,अभिव्यक्ति क्षमता र नेपालीपन
पाउन सकिन्छ ।
भानुुभक्त आचार्यले आफ्ना प्राय सम्पूूर्ण कृतिमा सरल , सहज , रसिलो र ठेट नेपाली भाषाको
प्रयोग गरेका छन् । यो उनको नेपाली भाषाप्रतिको
प्रेम हो । हुन त उनका कृतिहरुमा केही तत्सम शब्दहरुको प्रयोग पनि भएको
देखिन्छ । तापनि ती शब्दहरुले बोध गम्यतामा असर पुु¥याएका छैनन् । बरु अझ सरस
तुुल्याएको पाइन्छ । उनका कृतिमा केही हिन्दी र उर्दु भाषाका शब्दहरु पनि मिसिएका
छन् । ती शब्दहरु पनि नेपाली भाषाको गुुलियो मै लुुटपटिएका छन् र ठेट शब्द जस्तै लाग्दछन् । विषयवस्तुगत
मिठाससँगै लयमाधुुर्य आएको उनको अनि सरल
तथा सरस झर्रा नेपाली शव्दको प्रयोग ले उनको भाषा शैली अत्यन्त मनोहारी बनेको छ ।
उनका कविता पहाडी झरनाबाट प्रस्फुुटित झरनाका लहर वा निर्झर सुुसेली जस्तै
प्रभावकारी र मनमुुग्धकारी जस्तै बन्न पुुगेका छन् । भानुुभक्त आचार्यका कृतिमा
नेपाली हावापानी र माटो सुुहाउने जुुन भाषा र लयचेतना छ । त्यसका दृष्टिलेविचार
गर्दा उनी नेपाली काव्यात्यक भाषाशैलीका आविष्कारकका रुपमा देखा पर्छन् ।
लोकजीवनमा भिजेका र अत्यन्त प्रचलित शास्त्रीय छन्दहरुलाई राज्दै लोकजीवनमा भिजेको
सहज संगीत चेतलाई प्राथमिकता दिँदै कविता सिर्जना गर्ने आचार्यलाई नेपाली भाषाको
प्रथम सुुन्दर ध्वनिकार मान्न सकिन्छ ।
भानुुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका केन्दिी्रय प्रतिभा हुुन् ।
उनलाई आदिकवि को उपािध युुवाकवि मोतीराम भट्टले दिएका हुुन् । समयको क्रमसँगै
खोज अनुुसन्धानले भानुुभक्त आचार्यभन्दा अगाडि पनि नेपाली भाषामा कविता लेख्ने
अभ्यास भएको देखिन्छ । यस आधारमा भानुुभक्त लाई आदिकवि आदिकवि मान्न नहुुने विचार
पनि विभिन्न समालोचकहरुले दिएका छन् । कतिपय विद्वानहरुले भानुुभक्त लाई आदिकवि
भन्दा आपत्ति नहुुने धारणा राखेको पाइन्छ । उनी भन्दा अघि नेपालीमा कविता लेख्ने
जेजति कविहरु फेला परेपनि प्राथमिक कालमा भानभक्तको तहमा र उनका कृतिका दाँजोमा
आउने अहिलेसम्म देखिएका छैनन् । यसरी नेपाली कविता साहित्यको प्राथमिक कालका अनेक
कविहरुमध्ये सर्वाधिक सशक्त र सर्वाधिक काव्यात्मक गुुणले परिपूूर्ण उनका रचनालाई
हेर्दा उनी कालजयी कविता लेख्नसक्ने महान् प्रतिभाशाली र प्रथम काव्यमर्मज्ञ कवि
हुुन् भन्न सकिन्छ ।
नेपाली साहित्यका यस्ता महान् प्रतिभा भानुुभक्त आचार्यको देहावसान् वि. सं
१९२५ मा भयो । उनको भौतिक शरीर नभएपनि आफ्ना अमर कृतिले गर्दा उनले सम्पूर्ण
नेपालीका अन्र्तहृदयमा जीवित छन् र रहनेछन् ।
दोखुु–२,मेवाराजा ,ताप्लेजुुङ्ग
हाम्रा धाँमीहरु–समस्या कि समाधान ?
- देवी प्रसाद संग्रौला
१, विषय प्रवेश
‘आत्मा सवैको एउटै हुुन्छ,
दुुख पाए जो पनि रुन्छ ।
बुुझ्नेले मात्र बुुझेको हुुन्छ
आँसुको मोल कति हुन्छ ।।’
वाल्यकालदेखि नै यो गीत गुुन्गुुनाउथेँ । यो गीतका रचनाकार को हुन् ? आज सम्म पनि थाहा छैन । शायद यो गीत प्रगतिशील हुनुपर्छ
र दुखी एवं श्रमजीविका पक्षमा गाएको हुुनसक्छ । खयर जे होस् यहाँ सरोकारको विषय
त्यो होइन । गीतको पहिलो हरफ आत्मा सवैको एउटै हुुन्छ वा हुुदैन भन्ने विषय बुुझ्न मलाई जीवनको करीव
४० औँ वशन्तहरु कुुर्न प¥यो ,पर्खनुु प¥यो । ‘आत्मा ’भनेको मन हो ,विचार हो , भावना हो ,सोचाइ हो । के सवै मान्छेको ‘आत्मा ’एउटै होला त ? के कुुनै पनि बस्तुुप्रतिको विचार , भावना र सोचाइ सवै को
एउटै हुुनसक्छ ? सुुरु सुुरुका दिनमा यो हरफ मलाई नितान्त सत्य लाग्थ्यो तर त्यो सोचाइ
भ्रममात्र रहेछ भन्ने निक्यौलमा आज म पुुगेको छुु कि आत्मा सवेैको एउटै नहुँदो
रहेछ ।
विषय प्रसङ्ग हाम्रा धाँमीहरुको हो । नेपालको परिवेशमा धाँमी भनेको के हो र को
हुन् भन्ने कुुरा नयाँ र नौलो होइन । मेची देखि महाकाली सम्म ,हिमालदेखि तराईसम्म र
गाँउदेखि शहरसम्म सवै तिर सवैको शब्दकोषमा “धाँमी”भन्ने शब्द चिरपरिचित छ ।
हाम्रो समाजमा साँच्ची भन्ने हो भने
प्रत्येक एक किलोमिटरको अन्तरमा कम्तिमा एउटा धाँमीले अवश्य वास गरेको छ ।
धाँमीहरु आफूलाई देवताले रुचाएको र आफ्नो आँङमा देवता प्रवेश गरी कम्पन गराएको
विश्वास अरुलाई दिलाउँछन् । उनीहरु आफूूलाई देउताले प्रतिनिधिमूलक पात्र छानी
आफ्नो मुुखबाट देवताले सत्यवाणी वोलेको हो भनी दुुनियाँदारलाई भन्ने गर्दछन् ।
दुुनियाँदार पनि यही भ्रमपछि तेलीको गोरु झैँ लुुइँ लुुइँ कुुदिरहेको छ र
घुुमिरहेको फनफनी ,वरिपरि धाँमीलाई दाइँको वियो र आफूलाई गोरु ठानेर ।
वास्तवमा सर्वसाधारणदेखि धेरै जान्ने बुुझ्ने सम्मलाई शदियौँ देखि यसरी
दिग्भ्रमित पार्न सक्ने यी धाँमीहरु को हुुन् ? के साँच्ची नै यिनीहरुको आँङमा देवता नै आउँछ ?के यिनीहरुलाई द्यौताले
रुचाएकै हो त ? यिनीहरु किन र कसरी काँम्छन् ? यिनीहरुको शरीरमा आएको कम्पन नेै देवता हुुन् त ? आइज भन्दा सररर आँङमा
आउने अनि जा र छोड भन्दा थान्कामा जाने
देउता कति आज्ञाकारी रहेछन् जसरी एउटा
शिक्षकले आफ्नो शिष्यलाई उठ् भन्दा उठ्ने र वस भन्दा बस्ने झैँ । यस्तै यस्तै
प्रश्नको उत्तर खोज्दै जाँदा थुुप्रै प्रश्नहरु अनुुत्तरित रहेको र केही प्रश्नहरुले धाँमीको रहरस्याद्घाटन
गरेको यथार्थ अनुुभव यो लेखकसँग पनि जोडिएर आएकाले दुुनियाँका बिश्वास पात्र
धाँमीलाई केवल ढोँगी, स्वाँङी र इच्छित पेशा सिवाय अरु केही नभएको निक्यौल यो पंक्तिकारको छ ।
२,धाँमीको
उत्पत्ति
मानव सृष्टिको शुुरुवातमा मान्छे जंगलमा वस्थ्यो । ऊ प्रकृतिद्वारा सञ्चालित
थियो । विकासका चिन्हहरु केही थिएनन् । जे थियो ,प्रकृति नै थियो । पानी खोला झरना गुुफा ओडार भीर पहरा हरियाली
देखेर ऊ छक्क पथ्र्यो । यी सवैको सृष्टि गर्ने पक्कै एउटा अदृश्य शक्ति मानवभन्दा
पृथक भीमकाय र वलवान् होला भन्ने कल्पनासँगै काल्पनिक देवताको पनि उत्पत्ति भयो ।
यही अदृश्य शक्तिलाई देवता मान्दै आउने क्रममा विकासको गतिसँगै मठ–मन्दिर ,देवस्थल आदिको स्मृति र
निर्माण मान्छेले नै ग¥यो । कोही विरामी
हुुँदा त्यही मानिसको झुुण्ड भित्रका मध्ये अलि वोल्न सिपालुु चाँहिले अनेक कल्पना
गर्दै,“ हे
ईश्वर ! यो विरामी निको पारी देऊ ,म तिमीलाई केही पूजाआजा
गरौेँला”भनी
भाकल गर्न पुुग्यो होला । संयोजनवश विराम पनि निको भयो समयको अन्तरालसँगै । कतिपय
रोग यस्ता हुुन्छन् जुुन केही समयको अन्तरालमा विना कुनै विग कुुनै औषधी , शरीरको आफैँ रोग प्रतिरोधात्मक शक्ति बढेर आफैँ निको
हुुन्छ । यसको दृष्टान्त पूर्व युुवराज पारस शाह करिव २ हप्ता पछि बंगलादेशको एक
हस्पिटलमा विना औषधि बेहोस् अवस्थाबाट होस्मा आएका थिए । ईश्वरलाई वक्साउने क्रममा
डरले वा विरामी मर्छ कि भन्ने मनोरोगले भयभित भई अनायसै शरीर काँम्यो होला । त्यो
जीउँ काँमेको दृश्य र उसले ईश्वरप्रति आपतमा गरेको पुुकारा र भाकल अरुले देख्यो र
सुुन्यो होला । ‘बूढा मरे भाषा सरे ’भने झैँ त्यो मान्छेको मृत्यूपछि कोही विरामी हूँदा अगि
त्यो मृत मान्छे ले गरेझैँ जिउ हल्लाउदै यो क्रम अर्काले दोहो¥यायो होला ।
हुुँदा हुँदा एउटा परम्परा र संस्कारको रुपमा विना कुुनै वैज्ञानिक आधारमा नै
सदियौँदेखि धाँमीको परम्परा बस्दै आएको हुनुपर्छ ।
३, धाँमीप्रति
चलेको अफवाहहरु
अझँै पनि हाम्रो देशका वहुुसंख्यक मानिसहरु
धाँमीप्रति विश्वास गर्दछन् । उनीहरु धाँमीलाई निम्न रुपमा हेर्ने गर्दछन् —
क) धाँमी लाई आएको कम्पन देउताले नै दिएको हो , तसर्थ निष्ठापूर्वक काँमेका वेला
हेरेको जोखाना पुुग्छ ।
ख) धाँमीले वान हानेर फलानी आईमाईको आँखो फोरिदिएको हो ।
ग) मेरा आँखैले देखेको –फलानो धाँमीले जोडसँग काँमेर पाथीभराको धुुपी आँगनमा थुन्चे
थापी झुुप्पाका झुुप्पा ल्याएको ,त्यसको वासनले गाउँ नै मगमग हुने ,अझै त्यसको एक टुुक्रो मेरामा छ
।
घ) फलानो धाँमीले मसान बोलाएर मध्य रातमा बाँझो खेतलाई राति नै जोताई हिलो आली
गरी रोपाउँथ्यो रे ।
ङ) वीर धाँमीले चाहृयो भने वोक्सीलाई
नचाँउदै थान मन्दिरमा ल्याएर डोकोले छोप्छ र त्यसपछि विरालोको रुप लिन्छ ।
च ) धाँमीहरु बलेको आगो खान्छन् ,भुुङ्गा्रमा उफ्रन्छन् ,फलाम तताएर आफ्नो जीव्रोले
चाट्छन् तर उनीहरुलाई पोल्दैन ।
छ )धाँमीहरुसँग मन्त्र हुुन्छ । मन्त्रले फुुकेपछि उम्लिरहेको पानी र झरिलो
आगोेले पनि उनीहरुलाई पोल्दैन ,इत्यादि ।
उपर्युुक्त कुुराहरु कुनैपनि वस्तुवादी र विज्ञान सम्मत छैनन् । म एउटा शिक्षक
भएका नाताले यस्तै खाले रुढीग्रस्त छापले गर्दा धेरै मान्छेहरु रोग लागेपछि
हस्पिटल नगई धाँमी झाँक्रीको भरपर्दा अकालमा ज्यान गुमाउन पुुग्छन् भनी शिक्षण
गर्दा केही विद्यार्थीहरुले फलानो धामीले त तपाईलाई कमाइदिन्छ सर ! भने । जवाफमा
धाँमीको निश्वास गर्नुहूुन्न भन्नका लागि म आफैँले विद्यार्थी सामुु धाँमी समक्ष
यो सुचना पुु¥याई देऊ भनी भन्न बाध्य भएँ जुन यस्तो थियो “जुन धाँमीले मलाई सयौँ मान्छको
उपस्थितिमा सार्वजनिक ठाँउमा कमाउन सक्छ ,त्यसलाई म रु दश हजार पुुरस्कार दिन्छुु ,यदि कमाउन नसकेमा
सार्वजनिक रुपमा ऊ आलोच्य हुुनुपर्नेछ । ”
धाँमीको परीक्षण गर्न भनौँ या विद्यार्थीलाई धाँमीको विश्वासमा परेर रोग
पाल्नुु हुुँदैन भन्ने आशयले भनौँ –यो सुचना प्रवाह गर्न लगाएँ । विद्यार्थीको पहँचसम्म रहेका
जाँडे भनिने स्वनाम धन्य धाँमीहरु कहाँ हावा झँै यो खवर पुुगेछ । जवाफमा केही
धाँमीले यस्तो शर्त तेस्र्याएछन् –“देवी सरलाई हामी कमाउँछौँ तर भरे उनको ज्यान गयो भने हामी
जान्दैनौँ । ”
कोहीले यसो भनेछन् –“काम्न थालेपछि भरे सधैँ भरि काँमेका काँम्यै भए भने हामी
जान्दैनौँ ,सरले कागज गर्नुुपर्छ । ”मेरो मनोवल गिराउने गरी
यो शर्त आएको बुुझेँ । मैले धाँमी प्रतिको अविश्वास सिद्ध गर्नु थियो या सधैँका
लागि धाँमीलाई साँच्चै देउता नै आउँदा रहेछन् भनी विश्वास गर्नु थियो । ‘हुुन्छ’भनी जवाफ पठाएँ ।
त्यसपछि धाँमी चुपचाप भएँ ।
यस्तै संयोग तेह्रथुम –म्याङ्गलुुङको एक होटलमा प¥यो । मेरा जेठान देवी थपलिया र म
काम विशेषले तेह्रथुम जाँँदा पुरानो हृयात्रुुङ होटलमा वास वस्न पुुग्यौँ । वाथरुम गएको वेला इसिवुुका एकजना व्यक्ति
हाम्रो कोठामा आउनुु भएछ । चिनापर्ची भएपछि कुरैकुरामा ती व्यक्ति ले म तेह्रथुम
संखुवासभा र धनकुटा तीन जिल्लाको हिट धाँमी हुुँ ,भन्नुुभएछ । मेरा जेठानले मनमनै –एकैछिन त पख ,कत्तिको हिट धाँमी रहेछस् ,मेरो ज्वाँइ आएपछि थाहा होला ,भनी गम खाएर बस्नुुभएछ ।
केही क्षणमा म फर्केर कोठामा आएँ । त्यो
धाँमीको परीक्षण भइ हालोस् भनेर जेठानले –वहाँ पनि तीन जिल्लाकै हिट धाँमी
हुनुहुँदोरहेछ –कुरो कोट्याइदिनुुभयो । ए ! तपाई हिट धाँमी –सोधेँ । अँ –जवाफ आयो । त्यसो भए
मेरो एउटा जिज्ञासा छ के तपाई मलाई कमाउन सक्नुहुन्छ ? सोधेँ , त्यो त एउटा भन्ने मेलो हो ,कुनै धाँमीले कमाउन
सक्दैन । उनी खुुम्चिए ।
४,धाँमी
र विरामीको सम्बन्ध
कारण विना कार्य हुदँैन (त्जभचभ ष्क बधिबथक ब अबगकभ ायच भखभचथ चभकगति० । रोग र
विरामको पछि पनि अवश्य एउटा कारण हुन्छ । हाम्रो शरीर पनि विभिन्न अवयवहरु मिलेर
बनेको हुुन्छ जसरी एउटा स्वचालित मशिन ९बगतय mबअजष्लभ ० विभिन्न भागहरु मिलेर
चल्ने गर्दछ ।
मेशिनका पार्ट पुुर्जा राम्रो अवस्थामा रहुन्जेल त्यो विना अवरोध चल्छ । सानो
मात्र पुर्जा विग्रेमा राम्ररी चल्दैन । मानिसको अवस्था पनि त्यस्तै हो । अङ्ग
प्रत्यङ्ग,स्वस्थ रहुन्जेल सञ्चो हुन्छ । गड््बडी भएमा विरामी होइन्छ । शरीरको कुन भागमा
विराम छ भनी पत्ता लगाउने साधनहरुको आविस्कार भई प्रचलनमा आएर कठिन रोगहरु पनि
निको भइरहेको अवस्था आज विद्यमान छ ।
आजको विज्ञान तथा प्रविधिको अधिकारिक विकास भएको युग धाँमीको युग होइन । यो त
रोग पत्ता लगाई औषधिले विराम शान्त पार्ने यृुग हो । इतिहासको कुनै कालखण्ड
जुनबेला डाक्टर र अस्पतालको सुविधा थिएन, त्यसवेला रोगव्याधी लाग्दा कोही देवता छौँ भने निको
पारिदेऊ भनी अन्तिम विकल्पका रुपमा मन शान्तिका लागि एकजना वोल्न सिपालु
मान्छे ( जसलाई जानपा भनिन्थ्यो )ले पुकारा गर्ने युगको कुरा हो धाँमीको प्रचलन ।
त्यसवेला रोग देवता रिसाउँदा वा पूर्वजन्मका पापले लाग्छ भनी सूर्य ,जल तथा प्रकृति (वन
देवता )लाई पूजा गर्ने चलन थियो । विफर रोग ९कmबििउयह०लाई माईका खटिरा भन्ने
चलन थियो । नेपाल भित्रका सवैभन्दा पवित्र र शक्तिशाली नदीका रुपमा माईलाई
लिइन्थ्यो । यिनै नदी रिसाएर यस्तो भएको हो भनी लाखौँ बत्ती बालेर माई नदीलाई
पुकारा गर्ने चलन भर्खर सम्म पनि चलनमै थियो । वास्तवमा औषधिको प्रभावले आज विफर
रोग उन्मूलन भएको छ ।
कतिपय रोग विचार रोग उन्मूलन भएमा आफैँ निको हुनेहुन्छ । कतिपय केही समयको
अन्तरालमा आफ से आफ आराम हुन्छ । छारे रोग (भउष्भिउकथ०त्यस्तो एउटा रोग हो ,
जुन हाम्रो शरीरमा
प्रवाह भइरहने करेण्ट कारणवश मष्तिष्कमा प्रवाह हुन सकेन भने मानिस मुर्छा मर्छ ।
त्यसवेला विरामीलाई केहीवेर आराम गर्न दिए पछि पुन मस्तिष्कमा करेण्ट प्रवाह भई ऊ
होस्मा आउँछ । मुर्छा परेपछि मान्छे हतार हतार धाँमी कहाँ पुग्छ । धाँमीले जंगली
लागेछ भनी अक्षता फ्याक्छ । के के गर्दा गर्दै विरामीको होस् खुल्छ र धाँमीले
विरामी निको पारेको जस पाउँछ । यो नै धाँमीप्रति विश्वास बढेर जान्छ । यस्तै रोग
वाहेक (जुन आफैँ निको हुन्छ )धाँमीले निको पार्ने अरु कुनै रोग हुँदैन ।
धाँमीले हरेक रोगलाई विरामी तथा उसका आफन्तलाई विश्वास पार्ने गरी नामाकरण
गर्छन् । छारे रोग र निमोनियाले विरामी बेहोस् भएकालाई जंगली लागेको,प्यारालाइसिसलाई साँप
देवा र वाँन्द्रे देवा ,दिशा पिसाव,मुख र नाकबाट विविध कारणले रगत जानुलाई लडी मरेको झुण्डी
मरेको ,सुत्केरी
डढीमरेको बगी मरेको काँचो वायु,भुुँडी दुख्ने टाउको दुुख्ने ,हातगोडा झमझमाउने आदिलाई घरको
कूल र वुढी वज्युुको कला परेको ,वान्ता गर्ने ,खाना नरुच्ने तथा अपच हुनेलाई वोक्सी डाइनीको खेल
परेको आदि इत्यादि दरुस्त प¥याउने र मिल्ने गरी व्याख्या गरी खट्टे खाजा,सगुन पानी ,डिम्मा–फुुर्लुुङ,कालो पाठो र कालो
कुुखुराको लेठो लगाई रातभरी जाग्राम वसी विरामी लाई उचाल पछार गरी पेट टोकी भेद
झिक्ने आदि अनेक क्रियाकलाप गर्दा विराम अनिदो र दुुनियाँ झाँगल झुुगलले अझै बहेर
जानुसिवाय केही हुँदैन ।
५,धाँमी
र यो लेखकको भोगाइ
अधिकांश धाँमीहरु कुनै व्यक्ति विरामी हँुुदा उसलाई लगान लागेको छ ,फलाना देउको कला छ भनी
अछेता गन्छन् र जोखाना हेर्छन् । ९९ प्रतिशत धाँमीहरुले रोगीलाई अस्पताल लैजाने
सल्लाह दिदँैनन् । बरु विरामी निको नभएमा धाँमी र विरामीको ग्रह मिल्नुुपर्छ,
अर्को धाँमी
लगाउनुु पर्छ भनी डाक्टर कहाँ जानवाट रोकिदिन्छन् । विरामीका आफन्तले जिद्दी गरी
उपचारार्थ स्वास्थ्य संस्थामा नलगिनछाड्ने देखेमा लान त लैजाओ तर यो विरामीलाई
सुुई चाँहि नलगाउनुु लगायौ भने विरामी कुुँजो हुुन्छ भनी अनेक किसिमका
मनोवैज्ञानिक असर पार्ने खालका भ्रम फैलाइ दिन्छन् ।
यस सम्बन्धमा यो लेखकको तीतो सत्य साक्षी छ । जीवनका दुुई कालखण्डमा यो लेखकले झण्डै झण्डै मुृत्युु बरण गर्नु प¥यो । भोग्ने जति भोग्यो
। त्युसै मध्ये एउटा २०५० सालतिर नसाका विरामले
पल्लो फाल पुु¥यायो । नेपालमा उपचार हुन सकेन । गर्दै गरेको शिक्षण पेशा(श्री सरस्वती
उ.मा.वि ह्वाकुुमा असक्तताका कारणले छाडी घर वस्नु प¥यो । त्यसवेला देश देशान्तरका
गनी गनी १०८ धाँमीहरु घर दलानमा उफा¥यो । जौडे जौडे धाँमीलाई घरको धुलो काडे । हरेकले
फरक फरक लगान वताए । कमाउने प्रयास गरे,सकेनन् । विराम आटको पाट चलेन । शरीर गल्दै गयो ।
अलि अलि भएका तै पनि कुनै धाँमीले उपचारका लागि अस्पताल लैजाने सल्लाह दिएनन् ।
पछि भारतको भेलोर(खभिियचभ)पुुगेर सामान्य औषधीले (रोग पत्ता लागेपछि )निको भयो ।
त्यही वेलादेखि धाँमीप्रति मेरो विश्वास रहेन ।
यस्तै घटनाहरु अनेकन भोगिए ,देखिए । जसबाट मेरो धाँमीप्रतिको अविश्वासलाई अझै टेवा
पुुगेर गयो । २०६६ सालमा मेरो डेरा घरका दाई अचानक विरामी हुनु भयो । पेट दुुखेर
काटेको बाख्रो झैँ हेर्नेलाई समेत मर्माहत बनायो । केही वेर विरामी हुने ,केही वेर सञ्च हुने र
फेरी विरामी हुने रोग को प्रकृतिलाई धाँमीले लाग् छाड रहेछ ,पक्कै लगान हो भन्छन् र यहाँपनि
त्यस्तै देखे र त्यसै भने ।
हतार हतार नजिकका एकजना धाँमी आए । जंगली लागेछ भनी मकैका पिठो को एउटा डिम्मा
वनाउन लगाई फुर्लुङ हल्लाउदै थिए, विराम अलि आराम भयो । वृहद मान्छे (धाँमी)विचरा सकी नसकी
ल्याख ल्याख ल्याख काँम्दै पलाके हेर हेर बाबूू । झुल्के घाममा भेट्यौ अव पहँेला
घाममा छाड्छौ है बाबू पिर नमाने । यसवेला वेलुकाका पहेँला घाम थिए,विराम विहान लागेको थियो
।
रातभरि विरामीलाई आराम भयो । विहान भएपछि पुुन बल्झियो । साथीभाइहरु बारे
धाँमी खोज्न गए । त्यो वीर भनिने धाँमी
आफूलाई भगवान् नै मान्ने खालको सित्तिमित्ति नवज्ने । उसको विश्वासी मान्छेलाई
पुुन लिन पठाइयो । यसपटक बाटैदेखि ठाडै
जोखाना हेर्दै आएछ । धाँमी । लिन जाने भन्दै थिए । धाँमीले बाटैमा विराम पत्ता
लगाएको छ ,अब धाँमी आयो ,निको भै हाल्छ । विरामी निकै साहै भए
। मेरो चित्त बुुझेन । अगि सरेँ –के विरामी लाई अकालै मार्ने तुुरुन्त बोकेर हस्पिटल लैजाऔ
भनेर कड्किँए । धाँमी रिसायो । लिन जाने पनि झण्डै रिसाए । फिदिमतर्फ लैजाने तरखर
भयो । स्टेचरमा विरामी राखी हिडाउन लाग्दा एकजना निकै जानकार व्यक्तिले सुझाव दिए –लान चाँहि लैजाओ तर यो
विरामीलाई सुुई चाँहि नलाउनु यसलाई लगान छ
। अर्को औडाहा भपिदिए । विरामीलाई विराटनगर पुु¥याइयो ।एक्सरे गरी हेर्दा पिसाव
थैलीमा पत्थरिया भएको रहेछ । औषधी दियो । अहिले वहाँलाई निको भयो यी केही
प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।
६,धाँमीलाई
सरकारले गरेको अप्रत्यक्ष उपचार
धाँमी झाँक्रीको झारफुुकमा विश्वास गर्दा अकालमा धेरै नेपालीहरुको ज्यान
गइरहेको अवस्थालाई न्यूनिकरण गर्न सरकारका तर्फबाट धेरै चेतनामूलक कार्यक्रमहरु
ल्याइयो । विद्यालय शिक्षामा पनि यस्तो रुढीवादी परम्पराका पछि दौडन हून्न भन्ने
खालका विषयहरु समेटिए । पत्रपत्रिका र विद्युुतीय सञ्चार माध्यमबाट पनि यसको
रोकथामका लागि अनेक कार्यक्रम मार्फत सुुचना प्रवाह गरियो । तै पनि भने जस्तो उपलब्धि
हुन सकेन । अर्को पनि धेरै मानिसहरुलाई फकाइ फुुल्याइ फुुरुक्क पारेर उनीहरुको
अप्रत्यक्ष रुपमा उपचार गर्ने काम ग¥यो । धाँमीहरुलाई तिमीहरु यो पेशा नगर वा जनतालाई
धाँमीको विश्वास नगर भन्नुको सट्टा “चोरलाई चावी”भनेझैँ देशभरका धाँमीलाई सम्वन्धित नजिकको स्वास्थ्य
संस्थामा बोलाइ धाँमीको उपचार यसरी ग¥यो–“लौ ! तपाईहरु धाँमी हुुनुुहुुँदोरहेछ । गाउँ घरमा कोही
विरामी भए भने लगान पनि लागेको हुुनसक्छ । तपाईहरुले पहिले झारफुुक गरिदिनुु तर
एकपटक गर्दा निको नभएका तुुरुन्त हामी उहाँ (स्वास्थ्य संस्थामा)पठाइ दिनुु ,धेरै समय अलमल्याएर
नराखिदिनुुहोला । ”
वास्तवमा धाँमीको अप्रत्यक्ष र मनोवैज्ञानिक उपचार हो यो । यति गरेपछि साप पनि
म¥यो लौरो
पनि भाँचिएन ,अर्थात धाँमी र जनताको लगान प्रतिको शंका पनि हट्यो,विरामी पनि मरेन भन्ने अर्थ हो ।
तर धाँमीले यसलाई झन् उल्टो रुपमा बुुझेँ भन्न लागे–“हामीलाई त सरकारले धाँमीको
प्रमाण् पत्र दिएको छ । सरकारले पनि लगानमा विश्वास गरेको छ ” भन्दै झन् विरामी
ओगटेर वस्न लागे । “तुरुन्त स्वास्थ्य संस्था पठाइ
दिनुु ,धेरै
रोकेर नराख्नुु ’भन्नुु कुुरा चाँहि विर्सिए । अर्कोतर्फ विचरा ! सर्वसाधारण पनि भन्नलागे –“डाक्टरले पनि लगान
पन्छाएर ल्याइस के ? पन्छाएको छैन भने लगेर पन्छाएर ले भन्छ ” मनगढन्ते र कपोलकल्पित कुुराहरु
आजतक गरिरहेको देख्दा र सुुन्दा हामी नेपालीहरुको चेतना स्तर धेरै तल भएको
प्रमाणित हुुन्छ ।
७, बुुझ्नै
पर्ने कुुरा
(क) प्रिय धाँमी मित्रहरु ! तपाईहरु किन काँम्नुुहुुन्छ त्यो
त्यति खोजी को विषय होइन । त्यो तपाईहरु नै जान्नुुहोस् । त्यो अवश्य देवता होइन ।
त्यो कुुनै शारीरिक वा मानसिक रोग पनि हुुनसक्छ । यति सजिलै देवता प्राप्त हुुने र
देववाणी सुुन्न पाइने भए सृष्टि कालदेखि आजसम्म साक्षात देवता जसलाई सुुन्न र
देख्न सकियोस् भनी मान्छे संसारभर विचरण गर्दा पनि फेला नपारेको अवस्था छ । धाँमीले
नै देवताको प्रतिरुप हुुने भए मानिसहरु किन संसारभरका मढमन्दिर धाउनुु पथ्र्यो ?
तसर्थ आफूलाई
देवता आएको भनी विशेषत;कोही विरामी हुँदा म नै ईश्वर हुुँ वा म देउतासँग बातचित
गरेर उनले भने वमोजिमको निको पार्छुु भनी रोगी र रोगीका आफन्तलाई नअलमल्याइ
दिनुुहोस् ता कि विरामीले वेलैमा उपचार पाई एक पल्ट पाएको अमूल्य चोलाको उपभोग
गर्न पाओस् र तपाईले सेर्गेम गर्दागर्दै उसको प्राण् नजाओस् । कसैको प्राण बचाउनुु
तपाईको पनि कर्तव्य हो । आहाराको चरी आशिषले बाँच्दैन । मीठा कुुराले भोको पेट
भरिन्न । राम्रो र मीठो फलाक्दैमा रोग निको हुुन्न । रोगको उपचार मीठो फलाकाइ होइन
; औषधी हो
। तसर्थ तपाई धाँमीले पनि कोही विरामी भएमा तुुरुन्त औषधालय पठाउन सहयोग
गर्नुुपर्छ ।
२) अर्को कुुरा असहाय निर्धा ,निमुुखा विधवा हेपिएका तथा रुपमा नराम्रा महिलाहरुलाई
वोक्सीको संज्ञा नदिनुुहोस् । बोक्सी र डाइना केही हुुँदैन । यो सवै समाजले सृजना
गरेको सामाजिक कलंक र कुुप्रथा हो । बोक्सी ठीक पार्ने निउँमा कतिपय निहत्या
महिलाहरुको ज्यान गएको छ । भर्खरै मात्र तातो पानी खन्याइ एक महिला (कथित बोक्सी)
लाई ठीक लगाउने हुुँदा उसको ज्यान गएको घटनामा एक धाँमीलाई आजन्म कारावारको सजाय
भएको छ । त्यो दशा तपाईको पनि आउन सक्छ । कानुुनले यसलाई घोर अपराध ठानेको छ ।
ख)विरामी वा निजका नाताले आफन्त हुनु
निरोगी भएर वाँच्ने चाहना हुुँदाहुुँदै तपाई हाम्रो आहार –विहार चाल –चलन र विविध कारणले हामी
विरामी हुुन्छौँ । तपाई हामी एउटा रुढीग्रस्त समाजमा कैयौँ पुुस्तादेखि हुुर्कदै र
बाँच्दै आएका छौँ । हाम्रो समाजमा धाँमी र वुुढीवज्युु (माता) को त्यति कमी छैन ।
स्वस्थ भएर बाँच्नका लागि सर्वप्रथम हाम्रो आचरण र आहार विहारमा विचार पुु¥याऔँ । यति गर्दागर्दै
पनि विरामी भइएमा इष्ट देवता धाँमी झाँक्री र माताको ठूलो भर नपरौँ । यो हाम्रो
केवल लामो समयदेखि भोग्दै र देख्दै आएको
भ्रमपूर्ण विश्वास र आस्था मात्र हो । यिनीहरुमा लामो समय भर परेर रोग लाई छिप्पिन
नदिऔँ । हावामा महल खडा गर्नेुु ,वालुुवाको पुुल हाल्नुु ,तासको घर बनाउनुु, रंगिन स्वप्न देख्नुु र
धाँमीबाट रोग निको हुुनु उस्तै उस्तै असम्भव कुुरा हुन् । ती धाँमी तथा माताहरु
तपाई हाम्रै बुुवा –आमा काका काकी ,दाजुु–दिदी,छोरा–छोरी नाता गोता जो कोही
पनि हुुन सक्छन् । नाता आफ्नै ठाउँमा हुुन्छ तर कोही रिसाउला भनेर अमूल्य जीवन
विना उपचार खेर फाल्नुु हुन्न । धाँमीलाई डाक्टर को विकल्प मान्नु हुुदैँन ।
शास्त्रमा पनि भनिएको छ –
“विद्या मित्रम् प्रवासेत्रुु भार्या मित्रम् गृहसुुच
व्याधितस्यौषधम् मित्रम् ,धर्म मित्रम् मृतस्यश्च ।”
अर्थात परदेशको मित्र विद्या हो , घरकी मित्र पत्नी हुन् ,रोग व्याधिको मित्र औषधी हो भने
मरेपछिको मित्र धर्म हो । अत;औषधी नै विराम वा रोगको निराकरण हो,भावना रुपी झारफुुक होइन ।
अर्थात् झारफुकका अत्यन्तै कम विश्वास गर्नु पर्दछ ।
८, निप्कर्ष
मानिस भन्दा समय धेरै बलवान् हुन्छ । कुनै युग रावणको हुन्छ भने कुनै युग
रामयुग हुन्छ । कसैको अस्तित्व त्यो युग गएपछि समाप्त हुन्छ । अर्थात समय वलवान्
हुन्छ । यो युग भूत प्रेत र धाँमी–झाँक्रीको युग होइन । त्यो युग पहिला थियो ,अहिले हैन । अहिले
बिज्ञान र प्रविधिको युग हो । विरामीको उपचार झारफुुकले होइन , रोग पत्ता लगाई औषधीले
गर्ने युग हो । मानिसको शरीर रोगको घर पनि हो । जिवित प्राणीलाई नै रोग र विराम
लाग्छ । रोग सँगसँगै औषधकिो पनि आविस्कार हुदै जान्छ ,रोग निदानका लागि । रोग निको
पार्न उपयोग गरिने हाम्रा धाँमीहरु समाधान होइनन् । यो कुुरा सवैले बुझौँ र सबैलाई
बुझाऔँ ।
इति ।
ईवा–१,तेह्रथुम
शिक्षक
श्री प्रणामी उ.मा.वि.
ईवा ,तेह्रथुम
केस्रा - नवीनत्तम मौलिक विधा
- भक्ति प्रसाद पौड्याल
१,विषय
प्रवेश
ललित कलाले जीवन–जगत्का रागात्मक पक्षको प्रस्तुुति र सम्प्रेषण गर्दछ । ललितकलाका विविध
बान्की छन् । माध्यमका विविधताले देखिएका ती विविध बान्कीमा साहित्य पनि पर्दछ र
यसले भाषालाई माध्यम रोजेको छ । साहित्यको अन्तरसम्बन्ध सभ्यतासँग जोडिएको छ ।
सभ्यताको विकासक्रममा युुगानुुकूल परिवर्तन हुँदै आएको छ र सो परिवर्तन र
विकाससँगै जोडिएको छ । साहित्यको पनि परिवर्तन र विकास । यसैैले साहित्यले आफ्नो
आधारभूत मान्यता बचाउदै आफ्नो कलेवरमा युुगानुकूल काँच्ुाली फेर्दै आएको छ ।
फलस्वरुप प्राचीन बृहत्तर स्वरुपका साहित्यिक विधाका स्थान आज लघुु र लघुुत्तम
विधाहरुले लिएको देख्न सकिन्छ । तर यथार्थको पट्यारलाग्दो अवस्थाबाट साहित्यको
स्वप्निल दुुनियाँमा विचरण गर्ने र रम्ने मानवीय पुुरातन स्वभाव आज पनि उस्तै छ ।
लघुु विधाहरुको निरन्तर र समयानुुकूल परिवर्तनले गर्दा नै आज पनि साहित्य उत्तिकै
लोकप्रिय बन्न सकेको प्रतीत हुुन्छ । औद्योगिक विकास,सञ्चार क्रान्ति एवं प्रविधिको
तीव्र विकास र अन्य अनेकौँ कारक तत्व मिलेर आजको मान्छका सामूयस्तो परिस्थिति
निर्माण गरेको छन् कि ऊसँग समय नै उपलब्ध छैन जस्तो लाग्छ । चिप्लिँदै गरेको समय
पछ्याउने क्रममा अति न्यून समय मात्र फुुर्सदका रुपमा आफुुसँग रहेको अनुुभूुति छ
आजका मान्छेसँग । यो अमूल्य फुुर्सदका रुपमा आफूुसँग रहेको अनुुभूूति छ आजका
मान्छसँग । यो अमूल्य फुुर्सदको समय कलासाहित्यको अनुुशीलनमा खर्चिन चाहन्छ आजको
मान्छे । गीत,गजल ,मुुक्तक
एकाङ्की निबन्ध लघुुकथा हाइकुु आदि पढ्नुु सङ्गीत सुुन्नुु नाच्नुु आदि आजको
व्यस्त मान्छेका फुुर्सदका प्रिय कार्य हुुन् । यस महासत्यबाट साहित्यकार पनि
निरपेक्ष हुन सक्दैनन् ।
सञ्चारको कुुरा गर्दा बितेको छोटो अवधिमा सम्भव भएको नेपाली साहित्यको
विस्तारका लागि यसको उल्लेखयोग्य भूमिका रहेको छ । केही वर्षअगाडिसम्म आफ्ना अति
सीमित सर्जक÷पाठक÷समीक्षकको
दायरामा रहेको नेपाली साहित्य आज विस्तार भएर सीमान्तसम्म पुुग्न सफल भएको छ । आज
विद्युुतीय अन्तरसञ्जाल फेसवुुक यस्तो सामाजिक थलो भएको छ । जसमा जीवको पहारिलो
घामबाट बञ्चित कुुनाकाप्चाका व्यक्ति ,खाडीको तातो घाममा बालुुवाको तेल निकाल्दै गरेका
व्यक्ति सपनाको देशमा उडान भर्दै गरेका व्यक्ति सपनाको देशमा उडान भर्दै गरेका
व्यक्ति बुुद्धिजीवि ,पेशाकर्मी,व्यापारी,विद्यार्थी आदि सबैको जमघट यसमा पाइन्छ । यी मध्ये धेरैले साहित्यिक
चर्चापरिचर्चा गर्छन् । स्थापित साहित्यकारबाट सिक्नुु,आफ्ना भावना पोख्नुु,तिनको परीक्षण गर्नु
समीक्षा गर्नुु जस्ता कार्य उद्योगसरी चल्छन् । अझ केहीले त नयाँ नयाँ विधाहरुको
प्रतिपादन र विस्तार पनि गरिरहेको छन् । यस प्रकारका गतिविधिका कारण समग्रमा
नेपाली साहित्यका पाठकहरु व्यापक रुपमा बढेका छन् र लेखकहरु पनि सन्तुुष्ट हुन
थालेका छन् । यो सिलसिलामा नै केस्रा लगायत अन्य लघुुविधाको प्रतिपादन र प्रयोेग
हुने क्रम बढ्दो छ । हालै मलेशियामा रहनुु हुने श्री मौलश्री लिम्बुु नै केस्राका
प्रतिपादक हुनुुहुुन्छ ।
२,केस्राको
बुुँदागत परिचय
क) केस्रा भाषिक लयात्मक लघुुत्तम उपविधा हो ।
ख) सुुन्तलाको स्वादको पूर्ण सन्तुुष्टि त्यसको एक केस्राको रसास्वादनबाट
प्राप्त गर्न सकिन्छ र सो
केस्रा आफैँमा पुुर्ण र स्वतन्त्र हुुन्छ भन्ने मान्यतालाई केस्रा रचनाको मूल आधार
मानिएको छ ।
ग) कुुनै एक निश्चित तथा सुुक्ष्म तर पूर्ण विषय वस्तुुलाई केस्राको तथ्यका
रुपमा स्वीकार गरिएको पाइन्छ । े
घ) सो विषयवस्तुुलाई समेट्न केस्रामा शीर्षकको व्यवस्था गरिएको पाइन्छ ।
ङ) कथ्यलाई तीन खण्डमा समायोजन गरिन्छ । (अ) उठान (आ)विश्राम (इ)बैठान
च) कम्तीमा जति पनि तर बढीमा बाह्र लिपि चिन्ह (अक्षर÷व्यञ्जन) भएका साथै प्रत्येक
हरफमा एक स्वर वर्ण अतिरिक्त रहन सक्ने छ समाक्षरिक हरफमा केस्राको कथ्य समेटिन्छ
। यसले केस्रामा लयात्मकता निर्माण गर्दछ ।
छ) उठानका दुुवै हरफमा अन्त्यानुुप्रास रहन्छ,विश्रामको दोश्रो हरफमा
अन्त्यानुुप्रास रहन्छ र बैठानका दुवै हरफमा अन्त्यानुुप्रास रहन्छ ।
ज) पहिलो हरफको र पाँचौँ हरफको अन्त्यानुुप्रास एउटै शब्द रहन्छ ।
झ) आकृति ,आवृत्ति र अलङ्कार गरी केस्रा तीन प्रकारका हुुन्छन् । (विस्तृत जानकारी ,हे ,केसा्र घाषणापत्र )
एक आकृति केस्राको उदाहरण ः–
शीर्षक ः डर
उठान ः संसारमा छैन त्यस्तो घर
जसले देओस् सधैँ पूर्ण भर
(यहाँ अतिरिक्त ‘ओ’स्वरवर्ण
रहेको छ ।)
विश्राम ः जति लुुकाउन खोजे पनि
लुक्दैन कतै मनको डर
बैठान ः मनै त हो नि डरको घर
छैन आधार यो भन्दा पर ।
– रुमानी
प्रस्तुुत केस्रा यसको शीर्षक ‘डर’द्वारा पुुर्ण निर्देशित छ ।
१) उठानका जोडीहरफमा डर किन हुुन्छ
भन्ने आधारको ठोस खोजी गरिएको छ र पुुर्ण भरोसाको अभाव नै डरको प्रमुुख कारक हो
भनिएको छ ।
२) विश्रामका जोडी हरफमा डर कसरी प्रकट हुुन्छ भन्ने सत्यको उद्घाटन गर्नुुका
साथै यो कहाँ हुुन्छ भन्ने कुुराको सङ्केत पनि गरिएको छ ।
३) त्यस्तै बैठानका जोडी हरफमा डरको वासस्थान मान्छेको मन नै हो र अन्यत्र
यसको आधार छैन भन्ने ठोकुवा गरिएको छ । यसरी एक निश्चित निष्कर्षतिर उन्मुुख
हुुन्छ केस्रा ।
गजल र केस्रा
उपर्युुक्त केस्रालाई आधार मानेर गजल र केस्राका आधारभूत भिन्नता बुँदागत
समेट्न सकिन्छ ।
१ ः केस्रा निश्चित विषयवस्तुुमा रचिने हुुँदा यसका खण्ड (युुग्मक ) एकअर्कामा
सापेक्ष हुुन्छन् तर गजलमा शेरहरु आफैँमा पुुर्ण हुुन्छन् ।
२ः केस्रालाई शीर्षक आवश्यक हुुन्छ तर गजललाई शीर्षकमा समेट्न गा¥हो हुुन्छ । त्यसैले
गजलको शास्त्रीय विधानमा शीर्षकको कल्पना गरिएको छैन ।
३ः गजलकार विषयवस्तुुको प्रस्तुुतिमा स्वतन्त्र हुुन्छ तर केसा्रको सर्जक
शीर्षकद्वारा निर्देशित हुुन्छ ।
४ः गजलमा काफिया दोहो¥याउने शास्त्रीय प्रावधान पाइन्न तर केस्रामा उठानको प्रथम
लहरको अन्त्यानुुप्रास बैठानको पाचौँ लहरमा दोहोरिन्छ ।
५ः गजलका मतलाबाहेक अन्य शेरका मिसरा ए सानीमा मात्र काफिया हुुन्छ । गैर मुुरद्दफ
गजलको पनि मिसरा ए उलामा काफिया देखिएमा तकाबुुल ए बैठानको पाचौँ लहरमा दोहोरिने
प्रावधान छ ।
६ः गजलमा रदिफको प्रयोग हरेक काफिया भएका शेरमा हुुन्छ तर केस्रामा रदिफका
प्रयोग बर्जित छ । कतिपय केस्रामा एकाक्षरी वा दुुई अक्षरी निपात मात्र यसरी
प्रयोग गर्न सकिन्छ ।
७ ः शीषकको क्षतिपुुर्तिस्वरुप गजलमा तखल्लुुसको प्रयोग हुुने गर्छ तर
केस्रामा यस्तो तखल्लुुसको प्रावधान पाइन्न ।
गजलबाहेक अन्य लघुु साहित्यिक लयात्मक विधा रुवाइ,मुुक्तक हाइकुु आदि केसा्रभन्दा
फरक विधा हुुन् । बास्तवमा केस्राको साङगठनिक स्वरुप अन्य विधाभन्दा फरक छ र यो
आफैँमा मौलिक र पूर्ण छ । यसमा प्रशस्त नेपालीपन छ भन्न सकिन्छ । त्यसो भएर नै हाल
यसमा धेरै सर्जकहरुले लेखन गरिरहेका छन् ।
आगामी समय केस्राको विकासका लागि निकै अनुुकूल छ र मुुश्किलले प्राप्त फुुर्सदका
क्षण पाठकले केस्राको रसास्वादनमा खर्चिने छन् भन्ने विश्वास गर्न सकिन्छ ।
विराटनगर,मोरङ
पुस्तक समीक्षा
आस्थाका फिरन्ते कविता
–प्रवीण बानियाँ
आस्था कोपिला, जो पूर्वकी एक शक्तिसाली काव्यिक हस्ताक्षर हुन् । यी कातिामा सम्भावना बोकेकी
कविमा पर्छिन् । जो मोफसलमै बसेर लामो समयदेखि कविता लेख्दै आइरहेकी छिन् ।
मोफसलमै बसेर आफ्नो लेखकीय क्षमताका बलमा भाषा, साहित्यको केन्द्र भनिने
काठमाडौंमाथि अर्थपूर्ण हस्तक्षेप गरिरहेकी कवि हुन् यी । यिनका कविता त्यसका दसी
प्रमाण हुन् । अर्काे कुरा, समकालिन नेपाली कविताको
मुलधारमा रहेर कविता लेखिरहेका अरु समकालिन कविहरुसँग काव्यिक प्रतिष्पर्धा गर्न
सक्ने क्षमता यिनमा छ, यसमा दुई मत छैन ।
फुटकर रुपमा कविता लेखेर लगभग आधा दशकको समय गुजारिसकेकी आस्था कविताका
क्षेत्रमा आफ्नो स्पष्ट पहिचान बनाउने क्रममा छिन्, यस कुरामा चाहीँ विवाद छ्र्रैन ।
यसरी भोजपुरजस्तो ग्रामीण भेगमा बसेर लेखिएका कविताका बलले केन्द्रमा
हस्तक्षेपकारी उपस्थिती जनाउन सक्नु चानचुने कुरा होइन । यसैको साक्ष्य हो उनको
पहिलो कवितासंग्रह ‘एउटा यायावरको पदचिह्न’ । लामाछोटा सरदर आयाममा संरचित विभिन्न ४३ थान कविता
प्रस्तुत कृतिभित्र समेटिएका छन् । धेरै कविता राम्रा छन् । केही सामान्य छन् ।
आस्था कोपिलाका कविताहरुले आजको नेपाली समाजकै विविध रङ र प्रकाशलाई टिप्न
खोजेका छन् । कवि कविता लेख्न सामाजिक परिवेश र मानवीय जीवनको चौघेरा नाघेर बाहिर
जानु परेको छैन । यस मानेमा आस्थाका यी
कविताहरु समाज र आम मानिसकै लागि लेखिएका हुन् भन्न सकिन्छ । अतः जीवन र
जगत्मा रहेका दुःख, कष्ट र पीडाहरुलाई निकालेर त्यस
ठाउँमा अरु नयाँ–नयाँ चिज भर्न खोज्नु यिनका कविताको पहिलो दायित्व हो । यिनका कविताले मानवीय
जीवन र जगत्लाई आनन्द र सुखामा रुपान्तरण गर्ने मूल उदेश्य लिएका छन् ।
प्रस्तुतीलाई कोमलता, सजीवता विशिष्टतामा ढाल्न सक्ने खुबी यी कविमा छ । विम्ब,
प्रतीकहरु चिन्न र
चयन गर्न सक्ने कविको काव्यिक सौन्दर्य रहरलाग्दो छ । कविताक्रमको पहिलो क्रममा
रहेको ‘सम्बोधनः
मुग्लानीलाई’ शीर्षकको कवितामा कविको काव्यिक प्रस्तुती निकै सुरम्य लाग्छ ।
तिमीले दुखेको मुटु पट्याएर
एक हूल अक्षरहरुसँगै
बन्द खामभित्र पठाएछौ
अक्षर त मान्छेजस्तै न हुन्
पस्यो मेरो मनको दैलो उघारेर
अनि निस्कियो आँखाको किनारा हुँदै ।
संसारका सयौं भाषाका हज्जारौं हजार कविहरुका लागि अत्यन्त प्रिय विषय रहेको
देश र देशप्रेम आस्थाका कवितामा पनि पटक–पटक झल्किन्छ । देश र कविलाई आस्थाले सबैभन्दा नजिक
राखेर हेरेकी छिन् । आस्था भन्छिन्– कवि बिनाको देश हुँदैन । देश बिनाको कवि पनि हुँदैन
। ‘म र देश’
शीर्षकको कविता
कृतिभित्रका उत्कृष्ट कवितामध्ये एक हो ।
जब, म
कलम लिएर कविता लेख्न बसेकी हुन्छु
त्यसबेला तिमीले–
‘कविता प्यारो कि देश’ भनेर सोधे
म रफ्तारमा दौडिरहेको कलम रोकेर भन्नेछु–
‘मूर्ख ! यो कस्तो प्रश्न ?
देश बिनाको पनि कहीँ कवि हुन्छ ?’
गरिब, सर्वहारा र श्रमिक वर्गका लागि इतिहास लाटो छ । कानुन लाटो छ, बोल्दैन त्यो । इतिहासका
वास्तविक निर्माताहरु पहिल्यैदेखि ओझेल पर्दै आइरहेका छन् । बरु, भौतिक शक्ति र पहुँच
भएकाहरुले इतिहास बङ्ग्याउँदै आइरहेका छन् । इतिहाससँग रिसाएको एउटा सामान्य
मानिसको भोगाइले आजको सर्वाल्टन युगको प्रतिनिधित्व गर्छ यिनका कवितामा ।
इतिहास बोल्दैन
श्रमिकको निम्ति
इतिहास लाटो छ
मगजहीन छ
अभिलेखहीन, कोरा कागज छ ।
आस्थाले प्रेम र रतिरागात्मक भावनाको नेराघेरामा उभिएर रचेका कविता पनि छन् यस
कृतिमा । यस्ता कविताहरुमा कवि कतै प्रेमीसँग गुनासो गर्दै गरेकी भेटिन्छिन् त कतै
विछोड र यिनसँग गाँसिएर आउने संवेदनापूर्ण अनुभूतिको अभिव्यक्ति गरिरहेकी ।
परदेशिएका एक हूल क¥याङकुरुङ
फर्किने आशमा बस्नू
म त्यही देउरालीको वरको फेदमा
तिमीलाई भेट्ने छु
जहाँबाट एकजोर चखेवा
छुट्टिएका थिए ।
(साक्षी)
अचेल औसत बढी कविताहरु विरोध, आक्रोस, कुण्ठा, पीडा र अनास्थापूर्ण ढङ्गबाट लेखिँदैछन् । कविहरुले कवितामा
आसा, सपना
र अपेक्षाहरु विस्तारै सकिँदै गएको दुःखद् चित्र मात्रै उतार्छन् । जसले गर्दा
कविताहरु आम पाठक वर्गका लागि निराशा, कुण्ठकाा श्रोत मात्रै बन्ने खतरा हुन्छ । तर,
जीवन यति उज्यालो
र सकारात्मक देख्ने दृष्टिकोण राख्ने आस्थाका कविता उज्यालोको खोजिमा छन् । खुसी र
मुस्कानहरुको व्यग्र पर्खाइमा छन् ।
आस्था सोख पूरा गर्न कविता लेख्ने होइनन् । शब्दकोष पल्टाएर भारी–भरकम शब्द कोच्ने कवि
पनि होइनन् यी । अपितु, सरल प्रस्तुती र बुझिने विम्बाट विचार बोल्न चाहान्छिन् ।
भोका–नाङ्गा,
श्रमजीवी जनता,
राष्ट्रिय
स्वधिनता, मुक्तिको उत्कट चाहाना अनि समाज– उनका कविताका मूल विषय वस्तु हुन् । अर्काे कुरा,
यिनमा कविताका
माध्यमबाट सामाजिक भूमिका र उत्तरदायित्व दुवै पूरा गर्नुपर्ने जिम्मेवारी छ । कवि
त्यही भूमिकामा छिन् ।
अहिले कविताका नाममा अनेकथरी दिएर पाठकलाई गिदी चाट्ने र कविताका इमान्दार
पाठकलाई निर्मम ढङ्गबाट दमन गर्ने हाम्रो काव्यपरम्परालाई निरन्तरता दिएको आरोप
आस्थालाई लाग्नेछैन । त्यसबाट यी आरोपमुक्त छिन् । यी गम्भीर कविताहरु त्यसका सवुद–प्रमाण हुन् । पहिलो
कृतिबाटै यति इमान्दार कविता दिने कविमा पर्छिन् यिनी । आज जनजीवन र समाजसँग
प्रत्यक्ष संवाद गर्न सक्ने कविताहरुको अभाव खड्किरहेका बेला आस्थाका कविताहरुले
त्यो अभावलाई टार्न धेरथोर योगदान पु¥याएका छन्, म यसमा ढुक्क छु ।
अन्त्यमा, केही–केही
कविताहरुमा यथार्थको सूक्ष्म विश्लेषण, विषयवस्तुको उठान र प्रस्तुतीमा आस्थाको ध्यान जान
आवश्यक छ । यिनका केही कवितामा यिनै
कुराहरुको अभाव पाइन्छ । अर्काे कुरा, केही कविताले सुदृढ कलात्मक प्रकटीकरणको माग गरेका छन्
। केही कवितामा अष्पष्टता र विरोधाभास पनि अनुभव हुन्छ । यी कमजोरी कम गर्न सकिन्छ
। कविले अध्ययन र निरन्तर साधनाको बलमा क्रमिक ढंगले परिष्कारका साथ उन्नयन हुँदै
जान आवश्यक छ भन्नु यो समीक्षकले आफ्नो लखकीय धर्म ठानेको छ ।
कृति ः एउटा यायावरको पदचिह्न
लेखक ः आस्था कोपिला
प्रकाशक ः सुनगाभा साहित्य समाज (मोरङ)
मूल्य रु. ः १३६÷–
पृष्ठ संख्या ः ११६
(ऐतिहासिक मदन मेला २०६८÷०६९ को अवसरमा आयोजित ‘आठराईको विकासका लागि मेरा सपनाहरु’शीर्षक अन्तर्गत भएको निवन्ध
प्रतियोगितामा पुुरस्कृत उत्कृष्ठ तीन निवन्धहरु (क्रमश)ढिलैभएपनि प्रकाशित गरिएको
छ । उक्त निवन्धहरु उपलब्ध गराउने आयोजक प्रति आभार छ । –प्र.स.)
निवन्ध
आठराईका विकासका लागि मेरा सपनाहरु
प्रकाश धौलाकोटी ‘प्रयासी’
ईवा–५,तेह्रथुम
समग्र राष्ट्रको इतिहासको थोरै हिस्सा र गौरव ओगटेको ,भिन्न सुुख दुुःखका कथा र
छुुट्टै पहिचान बोकेको ‘आठराई’ खास नेपालको पूर्वाञ्चल विकास क्षेत्रका पूर्वी पहाडी
जिल्लाहरु तेह्रथुम र ताप्लेजङ्गुका दश गाउँ विकाश समितिको सिङ्गो नाम हो ।
पूर्वमा तमोरनदी ,पश्चिममा खाम्लालुुङ्ग चित्रे,धजे,गोर्जा उत्तरमा ढुुङ्गेसाघुु र दक्षिणमा कोयाखोला समेतले
घेरेर चार किल्ला बाँधेको आठराईमा तेह्रथुमका ईवा,छातेढुुङ्गा,चुहानडाँडा,थोक्लुुङ,सक्रान्तिबजार र ह्वाकुु
गरी ६ तथा ताप्लेजुुङ्गका निघुुरादिन,फुुलबारी,हाङपाङ र चाँगे गरी चार गाविस हरु पर्दछन् ।
बस्तुुतः आठराईको नामाकरण कुन पण्डितले कुन तिथि, मितिमा कसरी ग¥यो ? भन्ने यकिन गर्न नसकिए
तापनि इतिहासलाई नियाल्दा आठजना राय(राई)सरदारहरुले धनुर्वाणको सहायताले दश
गाउँलाई जितेर उक्त विजयी क्षेत्रलाई समविभाजन गरी तिनै आठ जनाले शासन गरेको
हुुनाले ‘आठराय’बाट परिवर्तन हुदै आठराई
भएको हुनुपर्छ ।
जे होस् आठराई मेरो मातृभूमि, आठराई मेरो जन्मभूमि । आठराई सँग मेरो गहिरो नाता छ ,अनि आठराईको विकास सँग
पनि । त्यसैले म नातावादलाई ग्रहण गर्छुु । वास्तवमा विकास भनेको विद्यमान अवस्था
लाई अझ तीव्र र गतिशीलताका साथ प्रगतिपथमा अगाडि बढाउनुु हो । हरेक गाउँ,ठाउँ क्षेत्र र समग्र
राष्ट्रको विकाशका लागि हरेक व्यक्तिको संलग्नता हुनुपर्दछ । यसर्थ आठराईको
विकाशका लागि सम्पूर्ण आठराई बासीको संलग्नता आवश्यक छ । आठराई विकाशका दृष्टिले
पनि त्यति कमी छैन, यद्यपि आठराईको आफ्नो इतिहास छ, गरिमा छ भावना र उच्च आदर्श छ ।
आठराईको पश्चिमी भागमा लेक(जंगल)मध्यभाग र पुुछारतर्फ बेँशी तथा फाँटहरुले
शोभा दिएका छन् । धेरै मानिसहरुलाई आठराईसँग मितेरी गाँस्न रहर जाग्छ । त्यसमा पनि
आठराईको खिस्स मस्किने र आँखा झिम्क्याउने प्रवृत्तिले अभैँ छिटो तान्छ । जंगल
खोलानाला ,पोखरी, भिर, पाखा
,ओडार सम्म
वा बेँसीफाँट ,अलैँची ,सुुन्तला ,कागती आदि भरपूर भएको आठराई तुलफुुल सँगै मुुख रसिलो पार्दै सुन्दर र शान्त
इतिहासको पाना रङ्गाइरहेछ ।
आठराई परिवर्तनको संवाहक,शिक्षाको नवचेतक र राजनीतिक क्रान्तिको मुुनाहरु विस्तार
बिकास गर्ने उर्वर स्थलको रुपमा स्थापित
हुदै आएको पाइन्छ । आठराईको वर्तमान विकास र त्यसको इतिहासलाई चियाउँदा
आठराईमा नभएको र नरहेको केही छैन,वास्तवमा आठराई वासीले नगरेको मात्र हो । सभ्यताको आदिम
कालका मुुखिया ,जमिनदार, सरदार तथा अन्य भुुमिपति ,लखपति लगायतका व्यक्तिहरुले नै विकास कार्यको श्री गणेश
गरेको हुनुपर्छ । हाल यातायात तथा सञ्चारले आठराईको संघार टेकिसकेको छ । विभिन्न
झोलुुङ्गे पूल तथा पक्की पूलहरु कत्ति निर्माणर्थ छन् भने कत्ति आठराई बासीलाई
सेवा गरिरहेछन् । त्यसैगरी हाल आठराईले धेरै पाठशाला तथा विद्यालयहरु उभ्याइसकेको
छ । दुुई–दुुई
ओटा सम्म स्नातक तहको अध्ययन–अध्यापन गरिने क्याम्पस सँगै ठाउँ–ठाउँमा सबैलाई सहजताको वातावरण
बनाउदै उच्च माध्यमिक विद्यालयहरु हाजिर भइसकेका छन् । वर्तमानमा पूर्वकै प्रसिद्ध
मानिने शैक्षिक व्यक्तित्वहरुको खानी आठराईको इतिहासलाई केरकार गर्दा तत्कालिन
अवस्थाका शिक्षाप्रेमीहरु जस्तै–तेजप्रसाद सिटौला,हरिनारायण भण्डारी,देवीप्रसाद उपे्रती,रघुनाथ गौतम,रामदत्त आङ्बुहाङ जस्ता
व्यक्तिहरुले नै आठराईलाई “क, ख” सिकाएको हुनुपर्छ ।
हाल सम्ममा आठराईको उर्वर कोखबाट डाक्टर,पाइलट,समाजसेवी,राजनितिज्ञ ,साहित्यकार किसान जस्ता
धेरैले जन्म लिइसकेका छन् । उचित श्रोत र साधनको सही प्रयोग भए आठराईको भावी
विकासको गोरेटो सहजै खन्न सकिन्छ । आठराईले जन्माएका धेरै विद्वद्वर्गलाई यस अघि
नै देखिसकिएको छ । आफ्नो सन्तानलाई हुुर्काएर विद्वान् बनायो र केही आशा पनि ग¥यो तर ती आशाहरु कत्ति त
मरेर पनि गए ,कत्ति हुुर्किदैछन् भने कत्ति त गर्भमा पनि छन् । मरेर गएकालाई फर्काउने
गाहा्रे छ । हुुर्किदै गरेकालाई गोडमेल तथा मलजल गर्ने र गर्भमा रहेकालाई राम्रो
सँग कुुपोषण हुन नदिई जन्म दिने मेरो सपना छ
। प्रकृतिको अनुपम सौन्दर्यले सजिएको मेरो मातृस्थल कवि सिद्धिचरणको
ओखलढुुङ्गा भन्दा कम छैन । त्यसैले त
यसैको श्रृङ्गार गर्ने र विकासको चरम् शिखर पुु¥याउने मेरो सपना नै मेरो भविष्य
हुनेछ । मलाई पाइला टेक्न सिकाउने ताते गर्न र तोते बोली सँगै आमा अनि बाबा भन्न
सिकाउने मेरो सुुन्दर एवम् रमणीय आठराई र यसको रुपलाई सिङ्गारपटार गर्नुु नै मेरो मूुुख्य सपना रहेको छ ।
वास्तवमा सपना,सपना मै सिमित हुने गर्छ । बिना परिश्रम,विना लगानी,विना साहस परिकल्पित
सपना साकार गर्न हात्तीले जिरा खानुु भनै झँै छैन । यद्यपि सपना पनि दुुई खाले
हुुन्छन् –साकार हुने र नहुने । स्वर्गीय आनन्दको खोकिलामा रम्दै आँखा चिम्लेर देखेको
सपना साकार नहुने निश्चित हुुन्छ । तर पीडा ,वेदना ,अन्याय र अत्याचारको दुुरुह
परिस्थिति नियालेर द्रवीभूत भएको मनले आँखा खोलेर देखेको सपना रिस र आक्रोसले
गर्दा पनि पूरा हुुन सक्छ । आठराईका विभिन्न प्राकृतिक वनस्पति ,वनजङ्गल ,डाँडापाखा खोलानाला
हिमश्रृङ्खला बन्यजन्तुुको संरक्षण गर्ने मेरो सपना छ । कुुशल मातृत्वले भरिएको
आठराईले मलाई शैशव कालको पराधीनता कटायो । हुन त म जन्मँदा आठराईले प्रशवकालको
सीमातीत पीडा पनि नझेलेको होइन । त्यसैले त मैले आठराईलाई प्रशवऋण तिर्नु छ । दश
धारा दुुधको भारा तिर्नुु छ । मैले मेरी आमाको सपना पूरा गर्नुु छ , त्यसैले आठराईको
सर्वोत्तम हितका लागि स्वर्गिय सपना मैले सपनाको संसारमा रचिसकेको छुु ।
त्यो स्वप्निल संसारभित्र मेरो आठराई कहिले पाथीभराको गम्भीर चेहरालाई
जिस्क्याउदै त कहिले कुुम्भकर्ण र कञ्चनजङ्घालाई लालायित गर्दै आफ्नो मस्त जवानीको
रौनक छरिरहेको हुनेछ । मैले सोचेजस्तो आठराई हुँदा यहाँ विभिन्न पर्यटकीय स्थलहरु
स्थापित हुनेछन् । आधुनिक सुुविधामा सम्पन्नता प्राप्तिका साथै प्राकृतिक सुुन्दरता
को नैसर्गिक गुुणले आठराईका प्राचीन महत्व झल्किने ठाउँहरुको सेवा गर्नेछन् ।
मनमा उत्साह र पाखुरीमा बल भएका जाँगरिला, समाजको विद्यमान अवस्थालाई
गुणात्मक परिवर्तन गर्न जवानीले नछाडेका र बुुढ्याँइले स्पर्श नगरेका युवाहरु
विकासका आधार स्तम्भ हुन् । अजस्र ऊर्जाका श्रोत हुन् भन्ने कुुरालाई सबैले
मनोविश्लेषण गरी स्वरोजगारको व्यावस्था गर्ने वातावरण मिलिसकेको हुुनेछ । तब त
आठराईका युवा जनशक्तिले आफ्नै समाजको सेवामा रही सिर्जनात्मक श्रम ,सीप र वुुद्धि विवेक
आठराई कै विकासका लागि खर्च गर्ने छन् । परिवर्तनका अजस्र श्रोत मानिएका
युवाहरुलाई समुुच्चित संयोजन गरी सदुुपयोग गर्न सकिएको खण्डमा मैले देखेको सपना ,सपनाको उपमाबाट निष्कृय
हुनेछ । तब त आठराईका युुवाहरुले आठराईको आकाशमा जहाज उडाउनेछन् । तमोरको त्यो
कलकल बग्ने पानीले युवाशक्ति पाएपछि आठराईलाई झिलीमिली पारेको हुुनेछ । फलाम तथा
चाँदी खानी खोज्न आठराई छाड्नुु पर्दैन । विदेशीको चौरासी व्यञ्जनलाई वास्ता नगरी
विश्व नै मेरो आठराईको गुुन्दुु्रक र ढिडो तथा सिस्नुुको फाँडो सँग माया लाउन
आइपुुग्नेछ । अनि आठराईका युवाले आठराई छोड्ने मौकै पर्दैन । सबै जात–जाति भाषा भाषी चाडपर्व
अनि रितिथिति धर्म संस्कारहरुको चौतारी ,रोदी घाटुु,भजन,बालन ढोल ,झ्याम्टा,धाननाच ,चण्डीनाच ,मारुनीनाच ,लाखेनाच, धामीनाच जस्ता नेपालकै लोपोन्मुुख संस्कार तथा प्रचलनहरुको
संगमस्थल आठराई भनेर चिनिनेछ मेरो आठराई ।
तब त आठराईवासीले जातीय सहिष्णुुता धर्म निरपेक्षता अनि आफ्ना जातीय पहिचान झल्कने
लोकसंस्कृति र परम्पराहरुको संरक्षण गर्दै सही ढङ्गले मान्ने प्रचलन अँगाल्नेछन् ।
आठराईमा अलैँचीका गोटी र सुुन्तलाको रस अनि आँपका रसिला दाना टोक्न अमेरिकी
नागरिकहरु एयर लाइन्सको विमान चढेर आठराईको पोमाजङमा ओर्लनेछन् । अनि त आठराईका
लिम्बुनीहरु चौबन्दी र फरियामा सजिएर पालाम र हाक्पारे गुुन्गुनाउदै वेल कम भन्न
पनि पछि पर्ने छैनन् । तब त मेरो आठराई विश्वकै एउटै सुुनौलो गन्तव्य बन्नेछ ।
पोखराको फेवाताल हेर्न पोखरा जान पर्दैन आठराई पोखरी गए पुुग्नेछ । हिमालको हिउँ
पग्लेर बगेको तमोरको चिसो पानीले स्वर्गीय अनुुभूति मात्र होइन ठूली माई,सप्तकोशी र नाइलको उपमा
प्रकृतिले भरिसकेको हुुनेछ । तब त कसो नबन्ला मेरो आठराई पर्यटकीय सुनौलो गन्तव्य ?
अझ आठराईको मात्र नभएर पुुर्वी नेपालकै स्वर्णिम इतिहास वोकेको ८.५ फिट अग्लो
ढुुङ्गै ढुुङ्गाले बनेको छातेढुुङ्गाले बिश्वको अभिप्राय नै आठराईको दर्शन गर्नै
पर्छ भन्ने बनाइदिनेछ । ऐतिहासिक मेलाहरुले धान नाच र जुुवारी तथा झ्याउरे भाकाहरु
मार्फत कुुम्भकर्ण लाई गुुञ्जायमान बनाइदिनेछन् ।
अझ मेरो सपनाको स्मृतिपटल भित्र पसेर खोज्दा आठराईको याकुुम्बागढी सगरमाथाको
नाम्चे हुदै पोखराको फेवा अनि ईटालीको पिजा टावर सम्मको मानवताको केवुुलकार सेवा
निर्माण हुुने देखिन्छ । त्यही केवुवकार चढेर आठराईले विश्व भ्रमण को सुुरुवात र
अन्त्य पनि गर्नेछ अनि आठराईका सन्तानहरुले आफ्ना कलमी पानामा उतार्नेछन् त्यसका
उपलब्धीहरुलाई ।
यति मात्र हो र? सुुन्दर प्राकृतिक वातावरणको विनाश नगरी कृत्रिमताको प्रदुुषण नल्याई आठराईको
जनजीवन उच्च सगरमाथाको शिखर झैँ चुुलिने छ । अन्नका भण्डारहरु टुुँडिखेल,टाहारी,चोकपूर र ठूली बेँशीले
आठराईको भोक अनि कोयाखोलाको पानीले तृष्णा मेट्नेछन् । विभिन्न व्यापारिक स्थलहरु
निर्माण हुुनेछन् । पोमाजुुङ याकुम्बागढी,घन्टेबजार हुुदै भगवती देवीको मन्दिर मुुनिबाट रेल
वे निर्माण हुुनेछ । हाल विश्वमा साल आश्चर्यहरु थपिएर सात बाट चाँडै सत्र
हुुनेछन् । चीन गे्रटवालको न्यासा्रे हामीलाई देवीढुुङ्गा र खरी ढुुङ्गाले
मेटाउनेछन् । काठमाडौँको वीर हष्पिटलको सम्पूर्ण सेवा मेरै अलैँची तथा सुुन्तलाको
राजधानी आठराईमा हुनेछ । आठराईका सन्तानले बगाएको रगत उम्लिएर जताततै पानीका
मुहानहरु निस्कनेछन् । बगालेमा शहिद गेटहरु बन्नेछन् । सोवुवा,चुवा र खुुवा खोलाले
सम्मान पाउनेछन् । तब त आठराईका आङबुहाङनीहरु खुुसी हुुनेछन् । आठराईको सुुर्तीको
निकोटिनले केही गर्न सक्ने छैन । आठराईको आँखामा रहेको ह्यात्रुुङ झरना देख्दैमा
एन्जिलले ठाउँ छाड्नेछ । तब त मेरो आठराई
स्वर्गीय अनुुभूतिको स्थल,आनन्द प्राप्तिको मार्ग ,एउटा सानो भुु–स्वर्ग बन्नेछ । संसारका
मानिसहरु आठराईको दर्शनमा लालायित हुनेछन् । सादा जीवन उच्च विचारको आदर्श बोकेको
आठराईको विकासका लागि ,आठराईको पुुर्न जीवनका लागि म लागि रहने छुु । आठराईको जीवन
नै मेरो जीवन, आठराईको भविष्य नै मेरो भविष्य भएकाले
आठराईको सपना नै मेरो सपना बनाउने छु । अन्ततः किन नबनोस् संसारकै सानो र स्वच्छ
भू–स्वर्ग
मेरो आठराई ।
वस्तुुतः सबै आठराईका सन्तानहरु डटे र नङ्ग्रा खियाए आठराईको उन्नति र
प्रगतिको लागि सपनाको संसार खासै टाढा छैन । यसर्थ सबै आठराई बासीहरु जुट््नु
आवश्यक छ ।।।
आठराईको विकासका लागि मेरा सपनाहरु
युवराज पौडेल “डाइनोसर”
ताप्लेजुुङ,हाल–ह्वाकुु,तेह्रथुुम
म ब्युुझेँ आठराई जाग्छ ।
आठराई जागे देश उठ्छ ।।
देश उठे संसार बल्छ ।
संसार बले मान्छे,मान्छे हुुन्छ ।।
पुुर्वी नेपालको पहाडी जिल्ला तेह्रथुम र ताप्लेजुुङ्गको क्षेत्र हो आठराई ।
हुुन त आठराईको न्वारान कसले ग¥यो त्यो त भन्न सकिन्नँ । तर पनि पहिला को कथनअनुुसार आठजना
राईहरुले दश राज्य जितेर बनाएको क्षेत्र नै आठराई हो,भन्ने भनाइ रहेको छ । परिवर्तनको
बाहक आठराई मा दश गा.वि.स.ह्वाकुु,इवा,छातेढुुङ्गा,थोक्लुुङ,सक्रान्तिबजार,चाँगे,हाम्पाङ,फूलबारी,निघुुरादिन पर्छन् । ६ गा.वि.स.तेह्रथुम र ४
गा.वि.स.ताप्लेजङ्गुमा पर्छन् । भौगोलिक विविधता भित्र सुुन्तला कागती धान अलैँची
तथा अन्य बालीको राम्रो उत्पादन हुने यस क्षेत्रलाई दक्षिणी क्षेत्रमा कोयाखोला पश्चिमी
क्षेत्रमा खाम्लालुुुुङ्ग,चित्रे धजे गोर्जा डाँडा पूर्वमा तमोर र उत्तरमा
ढुुङ्गेसाँघुुले छेकेको छ ।
अरु क्षेत्रको तुुलनामा शिक्षामा निक्कै अगाडि बढेको मानिन्छ आठराई । पाठशाला
तथा विद्यालयकै संख्या गन्ने हो भने दश गाविसमा गरी पचहत्तर को हाराहारीमा रहेको
पाइन्छ । यसभित्र धेरै उच्च माविहरु पनि सञ्चालित छन् । तेह्रथुम बहुुमुुखी
क्याम्पस र ह्यात्रुुङ झरना क्याम्पस गरी
दुई वटा डिप्लोमा तहसम्म पढाई हुुने क्याम्पसहरु छन् । शिक्षा क्षेत्रमा
जति अगाडि छ त्यति नै अगाडि साहित्यमा छ । साहित्यको इतिहास पल्टाउँदा वि.स.१९९०
सालतिर पहिलो साहित्यिक कृति प्रकाशित भएको पाइन्छ । स्व.वाग्दल डाँगी,स्व.हरिलाल थपलिया ,स्व.द्रोणाचार्य
क्षेत्री आदि नाम उल्लेख्य छ साहित्य
क्षेत्रमा । वि.स. २०१६ सालतिरै त्रिमोहन मा.वि.(हालःउमावि)बाट ‘प्रोत्साहन’,शारदा
मा.वि.(हालःउमावि)बाट ‘प्रयास’जस्ता साहित्यिक पत्रिका प्रकाशन भए तर केही समयपछि बन्द भए
। हाल आएर विस्फोटन जस्ता पत्रिकाहरु प्रकाशन भइरहेको पाइन्छ । अहिले श्रष्टा
सर्जकहरु पनि जन्मिएका छन् र साहित्यका नयाँ आन्दोलनहरु पनि हुुदैछन् । जस्तैः
उत्तरआधुुनिकवाद रंगभेदी आदि ।
विशेषतःकिराँतीहरुको वाहुुल्यता रहेको यस क्षेत्रमा धान नाच च्याबुु्रङनाच
निक्कै प्रचलित छन् । हुुुन तः जे.वी. आले कविता आले भरत प्रसाई जस्ता लोकगायक
जन्मिएको यस क्षेत्रमा तामाङको डम्फुुनाच पनि निकै चर्चामा छ । पछिल्ला चरणमा आएर
अन्ुजुु पन्त खगेन्द्र याक्सो जस्ता प्रसिद्ध गायक गायिका पनि जन्मिएका छन् । ति
भिन्न भाकाका गीत पनि उत्तिकै चर्चित छन् । विभिन्न गा.वि.स. मा खुुलेका क्लबहरुले
पनि गीत साहित्य नृत्य लगायतका विधाबाट कलाको संरक्षण गरेकै पाइन्छ । अब आठराई
केही समय मै आठकलाको नाउँबाट प्रचलित हुने कल्पना गर्दा पनि असम्भव नहोला ।
झण्डै झण्डै चालिस हजार को हाराहारीमा यस क्षेत्रको जनसंख्या छ भने ,अधिकांश मानिसहरु कृषिमा
नै आधारित रहेको पाइन्छ । देशकै विडम्बना भन्नुपर्छ यहाँका धेरै युवाहरु रोजगारको
खोजीमा विदेश तिर पलायन भएका छन् । अरु पेशागत मानिसहरु नभएका त होइनन् तर कृषक भन्दा
चाँहि कमै मात्रामा छन् । अलैँची लगायत नगदेवाली र दलहन निकै चर्चित छ । पहिला
यातायातको सुुविधा नहुुँदा ताप्लेजुुङको फुुङ्लिङ र पाँचथरको सिँहापुुर आठराईको
मुुख्य बजार थियो भने,अहिले आठराईकै सुुन्दर नगरी सक्रान्तिबजारमा मोटरबाटो आएपछि निकै
ख्यातिप्राप्त बजार हुुनुुका साथै आठराईबासीको नुुनतेल खाने भाँडो बनेको छ ।
पछिल्लो समयमा शिक्षाको विकास भएर होला,अन्धविश्वासलाई निकै चिरफार गरी
अगाडि बढेको छ । बली प्रथा,छुवाछुत,उचनिच जस्ता भेद भावपूण व्यवहार निकै कम भएका छन् ।
क्षेत्री लिम्बू लगायतका अन्तरजाितय विवाह चल्न थालेको छ । विभिन्न चाडपर्वहरु
जस्तै दशैँ तिहार ल्होसार चासोक तङ्नाम चाड आदि आपसी मेलबाट मनाइन्छ । सबै जातिको
छासमीसे बसोबास भएर सकारात्मक परम्परा संरक्षण त हुुदैछ । त्यसो भयो भने एक आपसको
संस्कृति बुुझ्ने मौका पनि हुुन्छ ।
चाँगे,हाङपाङ,निघुुरादिन,फूलबारी पछि २०३२ सालमा ताप्लेजुुङ्गमा गाभिएको हो । अहिले तेह्रथुमे छ वटा
गाविस सदरमुुकाम देखि निकै टाढा रहेका छन् । एउटा दःखको कुुरा संक्रान्तिबजारमा
भएको क्षेत्रीय कार्यालयहरु पनि प्रायःसारिएका छन् । वालुुवादेखि हिउँ सम्म पाइन्छ
आठराईमा । भत्भति पोल्ने गर्मीदेखि जिउनै कठ्याग्रीने जाडो पनि हुुन्छ । साल सिसौ
खयर बयर देखि लालीगुुराँस कटुुस बजे्र चाँप जस्ता दुुर्लभ बोटविरुवा पनि पाइन्छ ।
अझ भन्ने हो भने बारुद बनाउन प्रयोग हुुने सुुनथाङ्गे्र,क्यान्सर को औषधी (टेम्सल)बनाउन
प्रयोग हुने लौठसल्ला ,अलैँची चिराइतो तथा मरुभूमिमा
पनि बाँच्न सुुन्ने सुुनाखरी पाइन्छ । तर के गर्ने मूल्याङ्कन नै छैन ।
सक्रान्तिबजार ,छातेढुुङ्गा,चुहानडाँडाका केही भागमा पानीको निकै समस्या छ भन्दा अत्युुक्ति नहोला तर
पान्दसे ,चुहानडाँडा
डाँडागाउँ का सल्लाको सुुसाईले प्यास मेटाउन खाज्छ ।
भनिन्छ धर्म स्वर्गको मार्ग हो भनेर, धार्मिक आस्थाको प्रभाव पनि परेको छ जति शिक्षाको छ
। सक्रान्तिबजार देखि १.५ किमी पुुर्व दक्षिण क्षेत्रमा रहेको भगवती मन्दिर निकै
चर्चित छ । त्यस्तै ह्वाकुुमा रहेको जालपादेवी ,बौद्धगुुम्बा,तथा खेलपुुरको शिव
मन्दिर आदि धार्मिक स्थल पनि छन् । तर अहिले कतै कतै संरक्षणको अभाव खड्कीरहेको छ
। धामी झाँक्री माथि पनि विश्वास गर्ने केही मात्रामा छन् । भएन बा्रम्ह्ण पुुज्ने
पनि केही कतै भेटिन्छन् । स्वास्थ्य चौकी संख्या पनि निकै भएर होला औषधी खाने त
धेरै छन् ।
हरियो त्रिकोणीय दुुवोको पृष्ठभुुमिमा सल्ला को सुुसाईमार्फत स्वर्ग गिज्याउने
छातेढुुङ्गा मा प्रत्येक वर्ष दीपावली मेला लाग्छ । सक्रान्तिमा पनि प्रत्येक
शनिवार र एक गते बजार लाग्छ । त्यहाँको छुुट्टै अस्तित्व छ । विषेशतः
छातेढुुङ्गामा आठराई तथा अन्य ठाउँको खेल तथा चौतर्फी विकासका लागि विभिन्न
कार्यक्रम को आयोजनाले कलाको लालीगुुराँस फुलाउँदछ । यता सक्रान्तिमा पनि
वि.स.२०१५ साल दखि मदन मेला लाग्थ्यो । विभिन्न कारण बाट बिचमा २०५७ सालदेखि
स्थगित भएर पुुनः वि.स. २०६८÷०६९ सालदेखि सुरुवात भएको छ । यो पुुर्वाञ्चलकै ठूलो र
व्यापक क्षेत्र समेटेको मेला युुगौँ युुगसम्म लागिरहन्छ देशकै नमूना बन्नेछ ।
आठराईले नजन्माएको होइन जन्मायो तर भन्छन् नि छाला राम्रो हुुनेको चाला राम्रो
हुदैन । आठराईले जन्माएका कतिपय त यस्ता पनि भेटिए प्रतिष्ठित पद वा कुुर्सीमा
नपुुगीन्जेल आठराईको जिउ जिउ पुुगेपछि सम्झिदै नसम्झीऊ तर कतिपय भने कर्तव्यनिष्ठ
छन् । यहाँ काजीमान कन्दङ्गवा ,अनिरुद्र तिम्सीना आदिको नाम लिँदा फरक नपर्ला । अब अझै
नोबेल पुुरस्कार जिल्ने साहित्यकार जन्माउनेछ सि.एन.एन. हिरो जन्माउने छ । म र म
जस्तै आठराईवासीको सपना साकार पार्नलाई होला आजभोलि देख्दैछुु काँडा खाई गुलाब
ओकल्ने जन्माउदैछ आठराईले ।
बन्दुुकको गोली छोडेर स्नेहको बोली ओकल्दै अगाडि बढ्नेछ । पर्यटकीय स्थल आठराई
भई प्रशस्त मात्रामा अर्थोपार्जन हुुन्छ । धजे र गोर्जा डाँडामा पसिना चिटचिट काढी
भारी बोक्ने भरिया दाई तमोर खोलामा गिटी चाल्ने असाहाय भाई काख मा बच्चा च्यापी
पिठ्युुमा पानी बोक्ने नारी यस ठाउँका उद्योगपति बन्नेछन् । भोलि प्रिय आठराई
अरस्तुु बन्नेछ । अलेक्जेन्डर होमर हिटलर अल्बर्ट आइन्सटाइन आइज्याक न्यूटन अनि
लुुइ पाश्चर सबै सबै बन्नेछ । आठराई केवल भुु तलको मात्र नभई स्वर्गको अप्सरा
जिस्क्याउने नायक बन्नेछ ।
आठराईका प्रत्येक छोराहरु आमाको न्यानो काख छोडेर परजिवी लाई रगत चुुसाउन
यहाँबाट धुुव्रिकरण हुने छैनन् । गुुणस्तरीय जिवनका रोवर्टहरु निर्माण हुुनेछन्
आठराईमा । अङ्गे्रजी व्याकरणका इतिहासहरु विज्ञानको रसायन शास्त्र तिर नेपाली
साहित्यका उखान खोज्दै जाने छैनन् अनि हुुन्छन् विश्वमा आठराई सम्बन्धि सुुसाङ्ख्य
टङ्कनहरु ।
विना संविधानमा तड्पिएको नेपालको टाउकोलाई आठराईले शतहनी धवलको स्वेताभा मित्र
आफुु जन्मिँदा आमाको रगतले भिजेको माटो सुुघाउने छ । रोल्पा रुकुुमका हिऊँ
शिवपुुरीका जङ्गल र खोकुु छिन्ताङका रगतका टाटाहरु उत्खनन् गर्नेछ । आठराईले अनि
बन्नेछ विकसित र सुुसज्जीत अनि विश्वको उदाहरणीय नमूना मेरो प्रिय आठराई ।
परिवर्तन भनेको एर्कपटक नहुुने वस्तुु भएकाले अव हेनुुहोस् बिस्तारै आठराई
न्युुयोर्क बन्नेछ । कृषिमा आधुुनिकीकरण गरेर आर्गानिक खेती तर्फ लम्किई यहाँको
जैविक विविधता संरक्षण भएर म अर्को जन्म लिएर आउदा पनि धोत्रे गुुम्बाबो दर्शन
गर्न पाउनेछुु यहाँको मानिसहरु अन्धविश्वास त्याग्छन् तर धर्म त्याग्दैनन् ।
मैले प्रत्येक रात प्रत्येक पलका सपनामा देखेको छुु । कोयाखोलाबाट आठराई
झलमल्ल बल्नेछ । भोलि आठराईवासीको जनश्रमदान जुुटेर मध्यान्हको माघे घाम बन्नेछ
आठराई । अरु क्षेत्रको तुलनामा शैक्षिक क्षेत्रमा निकै अगाडि बढेको छ यो क्षेत्र ,त्यसैले त विष्णुुको
पाइला गणेशको पेट कुुवेर को भण्डार युुधिष्ठिरको विचार अर्जुुन को लक्ष्य र
विश्वको दर्शन बन्नेछ आठराई । बाबुु बाजेको इतिहास छोडेर प्राविधिक शिक्ष्ााँ तर्फ
लम्किनेछन् । सारा आठराईबासीहरु अनि औसीको मध्य रातमा सुुर्य उदाउने छ । शिक्षा
स्वास्थ्य यातायात सञ्चार खानेपानी जस्ता विकासका पुुर्वाधारको चाँडूै उदय हुनेछ र
यहाँको प्रत्येक उच्च मावि तथा माविका विद्यार्थीहरु कम्प्युुटर बनाउने छन् । अझै
चाँडो बुुर्जुवा शिक्षा अन्त्य गर्ने हो भने यी बिद्यार्थी ले विश्वकै सर्वाधिक
चर्चामा रहेको इन्टरनेट कम्पनी “याह”ुु लाई अवरोध गर्न सक्नेछन् । आफ्नो सुुरक्षाको लागि
क्षेप्यास्त्र निर्माण गर्नेछन् । बुुढापाकाको कथन अनुुसार आठ राईको शाशन बाट आधे्र हुुदै अप्रभंस भएर आएको ६०० –२५०० मिटर उचाइमा
अवस्थित छ आठराई । समग्रमा भन्दा भौगोलिक आर्थिक शैक्षिक धाार्मिक या त चौतर्फी
क्षेत्रमा उत्तिकै प्रखर रहेको पाइन्छ । तर अपवादमा एकदुुई वटा अवगुुण हरु त अवश्य
नै छन् । भनिन्छ नि ३२ लक्षणका त गौतम बुुद्ध पनि थिएनन् भनेर । जे भएपनि मैले
देखेको छुु ,आफ्नो भेषभुुषा संस्कृति जैविक विविधता संरक्षण गर्दै नेपाल अनि विश्वकै
स्वर्गिक उदाहरणीय नमुुना बन्नेछ आठराई । आठराई ! आठराई !!!
आठराईको विकासका लागि मेरा सपनाहरु
डिल्लीराम परदेशी
छातेढुुङ्गा,तेह्रथुम
आठराई भन्ने शब्द नै मलाई प्यारो लाग्छ । एउटा नवजात शिशुुलाई जन्म दिएर पूर्ण
मातृवात्सल्यता प्रदान गर्दै आफ्नै शरीरको रस चुुसाएर कर्मठ ,योग्य र सक्षम नागरिक
बनाउने मातृभूमिको नाम प्यारो नलागोस् पनि कसरी !आफू हजारौँ दुुःख कष्ट सहेर आफ्ना
सन्ततिलाई सदा सुुखमय जीवनका स्वर्णिम सपनाहरु बाँड्ने संसारमा आमा र मातृभूमि
बाहेक अरु को नै हुन सक्छ र ? आठराई तिनै आमाको नाम हो जसले लाखौँ सन्ततिहरु जन्माइन् ,हुुर्काइन्,बढाइन्,र पढाइन् अनि देशको
सेवार्थ र आफ्नै जीवन सञ्चालनार्थ अग्रगामी यात्राका लागि छोडिदिइन् उनीहरुलाई । म
पनि तिनै सन्ततिहरु मध्ये एक हुँ । जन्माउनु,हुर्काउनुु,बढाउनुु,र पढाउनुु आमाको कर्तव्य
हो भने जन्मे हुर्केपछि आमाको उचित सेवा
गर्नु सन्ततिको कर्तव्य हो । हो त्यही कर्तव्य पूरा गर्न म आज आठराईको उन्नति प्रगति
र विकासका लागि अदम्य साहसका साथ यात्रापथमा निस्किएको छु । यतिबेला आठराईको
विकासमा केन्द्रित छन् मेरा सपनाहरु ।
धेरै पहिले देखि नै शिक्षाको पर्यायका रुपमा चिनिदै आएको आठराईको शैक्षिक
इतिहासको पृष्ठ भूमिलाई हेर्दा यहाँ वि. स.१९९० साल पूर्व नै अनौपचारिक शिक्षाको
विस्तारै थालनी भएबाट यहाँको शैक्षिक स्तर माथि उठ्दै गएको पाउँछौ हामी । भौगोलिक
सिमाङ्कनका आधारमा केही भाग ताप्लेजुुङ्ग र केही भाग तेह्रथुममा विभाजित भए पनि
भावनात्मक हिसावले कहिल्यै पनि विभाजित र विभक्त नबनेको आठराई सधैँ शान्ति,न्याय र विकासको सन्देश
बाँडिरहेछ ।
शैक्षिक चेतनाका हिसावले देशैभरि आफ्ना पहिचान बनाउन सफल हाम्रो आठराईलाई
आर्थिक र भौतिक विकासका दृष्टिले पनि देश विदेशमा सुुपरिचित बनाउनुु हामी
आठराईबासीको मात्र नभएर सिङ्गो देशवासीको साझा कर्तव्य हो । कुनै देशको कुनै
ठाँउको उच्चतम विकास हुनु र एउटा छुुट्टै पहिचान स्थापित हुनुपनि त्यो देशको
गौरवको कुरा हो । जसरी नेपालको सगरमाथा र लुुम्विनीले नेपाललाई विश्वभरि चिनाएका
छन् त्यसरी नै आठराईले पनि त नेपाललाई विश्वभरि चिनाउन सक्छ नि । तर त्यो स्तरमा
आठराईलाई विकास गरेर लैजान हामी सबै ले यथाशक्य तन,मन धन र बचनले दृढ संकल्पित
रहनुुपर्छ र डटेर लागिरहनुुपर्छ , विकास पथमा । ताप्लेजुुङ्गको आठराईमा पर्ने चाँगे,हाङपाङ,फुुलबारी र निघुुराधिन
लगायतको सम्बन्ध तेहं्रथुम आठराईमा पर्ने ह्वाकुु,ईवा,छातेढुुङ्गा,चुहानडाँडा,थोक्लुुङ,र सक्रान्तिबजारसँग नङ र
मासुको जस्तै बन्नुपर्छ । आठराई बहुु जातजाति ,बहुधर्म संस्कृति र बहुु भाषा
भाषीको साझा घर भएकाले यसको संरक्षण र विकासमा पनि सबैको साझा प्रयास रहेमा मात्र
सफलताको सिँढी चढ्दै एक दिन अवश्य गन्तव्यको शिखरमा पुुगेर मुुस्कुुराउछ आठराई ।
म यतिबेला आठराईको माटोमा जन्मिएर आठराई आमाको काखमा लडिबुडी गर्दै
स्वतन्त्ररुपमा हुर्कन बढ्न र पढ्न पाएकोमा अरुसामुु गर्वले शिर ठाडो पारेर
हिडिरहेछुु । आठराई आमाको गुन तिर्न त अवश्य सक्दिनँ तथापि थोरै भए पनि सेवा गर्न
आतुुर छुु,लालायित छुु । यी मातृभुमि प्रति सदा ऋणी छुु। त्यसैले नतमस्तक छु । आमा बिना
संसार देख्ने र माटो अथवा जन्मभूमि बिना जिउने कल्पना सम्म गर्न सकिँदो रहेनछ ।
आमा र जन्मभूमि बिना न त जन्म संभव छ न त जीवन । आखिर जन्म र जीवनका स्रोत नै जननी
र जन्म भूमि हुन् भने यी भन्दा उच्च मूल्यका बस्तुनै दुुँनियामा के हुुन सक्छन् र
अरु ? हो
त्यसै अर्थमा “जननी जन्मभूमिश्चःस्वर्गादपि गरियसी”भन्ने उक्ति पनि सार्थक र सान्दर्भिक हुुन्छ । अनि
मलाई पनि गौरव लाग्छ स्वर्ग भन्दा पनि प्यारो आठराईको काखमा जन्मन पाएकोमा र
गौरवले शीर ठाडो पार्दै जिउन पाएकोमा । त्यसैले तम्सन्छुु जन्मभूमिको गुनको बदलामा
थोरै भए पनि केही उन्नति प्रगति र विकासका कामहरु गर्न । म आठराईका गाँउ गाउँमा
कालो पत्रे सडकमा चिल्ला गाडीहरु सरर्र कुदेको हेर्न चाहन्छुु जसका लागि सर्वप्रथम
म आफैँ हातमा झम्पल कुटे कोदालो लिएर अरुलाई पनि सहस्र आव्हान गर्न चाहान्छुु –
आऊ सबै वर्ग जाति एक भई उठौँ
सवै मिली आठराईको विकासमा जुुटौँ
यसरी आठराईका अँध्यारा गाउँ बस्तीहरुमा सडक पुु¥याएर यहाँ उत्पादित बस्तुहरु
स्वदेशी र विदेशी बजारसम्म पुु¥याई उचित मूल्य हात पार्न सक्ने पूर्वाधारको विकास गर्नुु
मेरो एउटा पहिलो सपना हो । जसका लागि गाउँ देखि शहरसम्म ,सडकदेखि सदनसम्म र हिमालदेखि
तराईसम्म एउटै स्वर एउटै नारा एउटै ताल एउटै पारा भए यो असम्मभव कार्य किमार्थ
होइन । गाउँको सडकमा कालो पत्रे गर्न कसैले गिट्टी कुटिरहेका वेला कसैले
ट्रयाक्टरमा बालुवा लोड गर्नुुपर्छ ,कसैले अलकत्राका टीन ओसार्नुु पर्छ अनि यही ठाउँको
दानापानी खाएर माथि पुुगेकाहरुले गाउँका लागि विकास बजेट पास गराएर गाउँमा पठाउनुु
पर्छ । यसो भए त भइहाल्छ नि आठराईको विकास ! तर मनमा मन काँधमा काँध हातमा हात र
साथमा साथ मिल्नुुपर्छ सबैको ।
सोलार टुकीको धिपधिपे उज्यालोमा न्यून प्रकाशित आठराईका गाउँ वस्तीहरुमा
कोयाखोला बाट उत्पादित लघुु जलविद्युुतले पनि पूर्णरुपले गाउँ उजिल्याउन सक्दैन
भने आठराईको गोडाबाट कलकल बगिरहेको तमोर नदीको पानीबाट पर्याप्त विजुली निकाली
सोही विजुुलीको झलमल्ल उज्यालोमा आफू पनि रमाउन सकिन्छ भने बढी भएको विजुली विक्री
गरी आय आर्जनको ढोका समेत खोल्न सकिन्छ । तर यो सपना सबैको साझा सपना बनेमात्र
यसले सार्थकता पाउन सक्छ ।
आठराईको विकासको कुरा गर्दा म आठराईको भूमिमा जन्मिएर अहिले देशको सम्मानित र
गरिमामय ओहदामा आसिन नेता,मन्त्री र कर्मचारीहरुलाई झल्झली सम्झिन्छुु –जसले उडेर गएको चरीले
जन्मे हुर्केको गँडको माया लाई बिर्सिए झैँ चटक्कै बिर्सिएका छन् गाउँको माया ।
वास्तवमा विर्सनुु नहुँने हो ,संझिनुु पर्ने हो ,केही गर्न नसकि पनि केही गर्न अवश्य खोज्नुु पर्ने
हो । तर खोई देखाउन सके उनीहरुले आफ्नो जन्मभुुमि प्रति श्रध्द्धा र भक्तिभाव
स्नेह र ममता ? बरु उल्टै देशलाई लात मारे, राष्ट्रलाई अलपत्र पारे,जालझेल गरे र काम टारे । आफ्नो
गाउँ ठाउँ र देशको विकासको सवाल चिन्ताको विषय बनेको भए बन जङ्गल र जलस्रोतका
दृष्टिले यतिको धनी हाम्रो देश पहिलेनै स्वीट्जरल्याण्ड बन्ने थियो । तर त्यो हुन
सकेन । सारा आठराईवासीको सपना समग्र आठराई र सम्पुुर्ण नेपालको विकास हो । आठराईमा
विकासका पूर्वाधारहरु बोकेका थुप्रै ठाउँ हरु त्यो समयको पर्खाइमा छन् जुन समयको
आगमनले यी ठाउँहरुलाई उच्च विकसित बन्ने सुु–अवसर प्राप्त हुुन्छ ।
आठराईका प्राय सबै गाउँहरुले एक न एक किसिमका विशेषताहरु बोकेका छन् ।
ह्वाकुुको उर्वर माटोमा अत्याधिक धान,गहूँ मकै आलुु लगायतका बालीनालीको राम्रो उत्पादन
हुनु,इवाको
सुुन्तला र कागती नेपालको पूर्वी भागमा निकै प्रसिद्ध रहनुु छातेढुुङ्गामा रहेको
ऐतिहासिक(ढुुङ्गाको छाता भएको),थापा राजाहरुले पानी खाने गरेको ढुुङ्गाको ऐतिहासिक थापा
पानी कुवा र उनीहरुले भोजन गर्ने ठाउँ
ऐतिहासिक तीन चम्के टाहारको आकर्षण मा प्रचुर पर्यटकीय संभावना रहनुु,चुहानडाँडाको
थुम्कीडाँडामा विभानस्थलको सम्भावना रही एक दुुईपटक सर्भे समेत भइसक्नुु ,संक्रान्तिबजारदेखि लिएर
चिया उत्पादन समेत गर्न सकिने उच्च सम्भाव्यता रहेबाट पनि आठराईको बिशेषता
झल्किन्छ । यतिमात्र नभएर विदेशी हरुले लाखौँ डलर तिरेर हेर्ने हिमाल चौविसै घण्टा
हेर्न पाउने सौभाग्य प्राप्त छ आठराईवासी हरुलाई ।
अहिले म आठराईको विकासको बारेमा गन्थन गर्दैछु यहाँहरुसँग । म सँग जोश,जाँगर, हिम्मत,साहस र प्रवल ईच्छा छ
आठराईको बिकास गर्ने । तर एक्लो बृहस्पति झुुट्टा भनेझैँ अरुको साथ विना एक्लैको
केही सीप चल्दैन । यदि काममा एकता र निरन्तरता भयो भने त असम्भव नै के छ र
दुुनियाँमा ? जतिसुकै ठूलो काममा पनि सफलता हात पार्न सकिहालिन्छ । समावेशीरुपमा सबैको
कार्यगत एकता भने अवश्व हुनु प¥यो । आफ्नो माटो र देशका लागि श्रम गर्न र पसिना बगाउन
पाउनुु पनि त खुुसी कै कुुरा हो नि । जसको आफ्नो देश छैन ,आफ्नै भाषा भेष छैन ,उनीहरुलाई एकदिन सोचौँ त
!
देश दुुखेर आहत बनेको वेला आठराईले सिङ्गो देशको घाउमा मलमपट्टि लगाउन
सक्नुुपर्छ । आवश्यक परेमा सपयको माग अनुुसार बगाले घटनाको रुपान्तरण गर्दै देशका
लागि रगत पसिना बगाउन सक्नु पर्छ ,समयानुसारको त्याग तपस्या र बलिदानी भावनाले नै आफ्नो
राष्ट्र र राष्ट्रियता प्रतिको असीम माया र अगाध स्नेह झल्किन्छ । अन्तरद्वन्द्व र
अन्तरकलहले चह¥याइरहेको एउटा घाउ थाक्न नपाउदै अर्को चोट लगाउनुु मूूर्खतापूर्ण कार्य हुन
जान्छ । त्यसर्थ बरु दुुखिरहेको घाउको दीर्घकालिन उपचार गर्नुुनै विचारपूर्ण र
बुुद्धिमानी कार्य हुन सक्छ । हामी आठराईबासीले साँच्चिनै यसरी सोच्न आवश्यक छ
होइन र ? आठराईको
विकास भन्नुनै एक अर्थमा यो देशको विकास हो,त्यसैले एकताको सुुत्रमा
ऐक्यवद्ध भएर उठौँ सारा आठराईवासीहरु ! आठराईबाट रहर बाध्यता र विवशताले बाहिरिएका
प्रवासीहरु ! अब साँच्चि नै नयाँ नमूना बनाऔँ आठराईलाई । हाम्रो गौरव हाम्रो शान !
हाम्रो आठराई हाम्रो पहिचान ! सुुन्दर शान्त र विकसित हाम्रो आठराई ! दुुनियाँको नजरमा राम्रो आठराई ।।
कविता
जुनकिरीको गीत
गिरिराज बाँस्कोटा
पाँचथर
निर्मम भएपनि प्यारा छन् यादहरु
उहि सपना गुमाएर
फोका न हुन् पानीका फुटे के भो ?
झोक्का न हुन हावाका झुके के भो ?
सम्झनलाई न पानी चाहिन्छ
न हावा नै चाहिन्छ
फगत मुटु हुनुपर्छ प्यार मिसिएको
आँस्था हुनुपर्छ भावना गाँसिएको
हे हिमालका गित खोज्नेहरु
जीवनको गीत गाँउने होकी ?
दुख्नलाई दुख हुनु पर्छ
भोक ,आशु
हुनु पर्छ
श्रद्धाञ्जलीमा गोहि आशु वगाउनेहरु
आस्थाका धिरमिर धिरमिर अक्षर अघि
जीवनको पाठ पठाउँछन्
जीउन त मलाई नि आउछ
नत्र अस्ति मरिसक्थँे
तस्विर बोल्छ आफै रत छातिमा टाँस्न मन लाग्छ
प्रिय सम्झनाका बाक्ला उपस्थितीहरु
औला चलाउछन् आँखाको डिलमा
कुचि चलाउँछन् मनको आँगनमा
आकास खुम्चिदै जान्छ
याद तन्किदै जान्छ
आजभोलि जुन हेर्दा पनि हेर्दिन
आफ्नै जुन म भन्दा धेरै टाढा छ ।
विगत मगमगाउदछ लामपाते याद वनेर
वर्तमान लजाउछ आँखाका डिल चुमेर
जो मेरो हुन सकेन
उसको नि म भईन
त्यहिभएर होला
गडतिरमा दगुरीरहेको सपना देख्छु
दुई किनारा भएर सास पिउनु को नियती
खोला को पानी झै आशुमा वगिरहेछ ।
् मुस्काउन नसकेको विहान
फाट्न नसकेको अँध्यारो
फक्रिन नसकेको मन
भारिले थिचिएको टाउको
सोध्दा सोध्दै अलमलिएको भविष्य वनेर
सुनाई रहेछु जुनकिरीको गीत ।
लिम्बू भाषाबाट अनुवादीत कविता
भाग्यको अन्त्य
–भवानी तावा
उहिले नै–
दशकहरु र युग अगावै
मेरो बैंसमा–
समय परिवर्तन भइरहँदा
मेरी मायालु १
एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् ।
कतै संगै खान्थ्यौं
कतै संगै वस्थ्यौं ।
समयान्तरमा बेला बखत भन्थी–
हजुर १
मलाई तीतेमाछा खान मनलागेको छ
भीरमौरीको मह पिउन मनलागेको छ ।
तर, दूबोजस्तै
धर्तीमा मौलाउने
विश्वासका जराहरुलाई किन उखेल्यौ ?
मैले समयका निर्णयहरु त बताइन
तर भाग्यको टुंगाउनी अनुभूति गरें ।
भनें–
उहिले नै फकाउनीको पराकाष्ठामा
साँप्रोको एकटुक्रा हड्डी
सम्मानले थापिखाँदा
तीतेमाछाको खोल्सी सुकेर टाढा भाग्यो
भीर आफै चुलिएर बढ्यो
अब त एकडबको जाँड पनि पोइल जाँदैछ–
कसो पो गरौं र ? प्रीयसी हजुर १
वार्ताले हठात् उनको मुहार अँध्यारो भइदिँदा
मेरी आमा १ नांगै रोइरहेझैं लाग्यो
हो, मेरो
भाग्यको अन्तता अनुभूति भएझैं लाग्यो ।
अनुवादक– थाम्सुहाङ् पुष्प
सु्ब्बा
कविता
रगतका कणहरुसित
मदन
उत्साही
ईवा–६,तेह्रथम
जुुलुुस हो यो
एउटा संवेद्य–अनुुरोधका लागि
प्रश्नै प्रश्नका झण्डाहरु बोकी
तपाईंका आँखाहरु सामुु
प्रदर्शनमा उत्रिएको
हामी परिवर्तनवादी
मानव हितैषी अक्षरहरुको......!
यो शदीका
यो विश्वभरिका
हे प्रत्येक मानव महोदयहरु !
कृपया,गहिरिएर हेरौँन
आफैँभित्रको एउटा उदाहरण
सुूक्ष्मदर्शक यन्त्रबाट
आफ्नै रगतका कणहरु
तपाईहरु भन्दा कत्ति स–साना छन् ।
तै पनि आफ्ना काम –कर्तव्यमा
तिनीहरु तुुच्छ हैन
बरु कत्ति महान्
र कत्ति जिम्मेवार छन् ?
मन लगाएर
कल्पना–गणन गरौँ न
रगतका कणहरु संख्यामा
तपाईहरु भन्दा कत्ति गुुणा अधिक छन् ?
तै पनि प्रवाहमा
कुुनै गुुट ,उपगुुट र फुुट छैन ।
बरु कस्तो एकजुुट छन् ।
बाटो र गन्तव्य तिनीहरुको
नशा,रेशा,धमनी र कोषहरुको
जाल सञ्जाल लाखौँ लाख छन्
तैपनि स्वस्थ जीवनका
एउटै लक्ष्यतर्फ बहन्छन्
सवै–सवै
रक्तकणहरु
त्यसैले त मानिसलाई
पलपल बचाइराख्न
तिनीहरु सफल छन् ।
तर कुनै युुग–दिन !
कुुनै जैविक विष्मय शुरु भएर
मानिसका शरीर भित्रै
रगतका कणहरु विच पनि
मानिस –मानिस विचमा झैँ
हिंसा ,शोषण ,अन्याय
असमानता,वर्गयुुद्व,हड्ताल
वादवादी ,धार्मिक ,साम्प्रदायिक
र पुूर्वागा्रही रत्तद्वन्द्व शुुरु भए के होला ?
हे सर्वोश्रेष्ठ दाबेदार ,मानव वृन्दहरु !
यो शिक्षा ,तपाईहरुले कैले लिनेहोला ?
आफ्नै मुटुमा तालवद्व धड्किरहेका
आ–आफ्नै
शरीरभित्र ऐक्यवद्ध बगिरहेका
रगतका कणहरु सित ।
जनताको तिर
अनिरुद्र तिम्सिना
इवा–७,तेह्रथुम
अंगालोकी श्रीमती हात्को साँचो ताला ।
सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।।
कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ ।
ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।।
विदेशीको धोती भित्र ओत लाग्ने ढाडी ।
टाउको माथि पुुगेपछि सम्झन्छ रे राडी ।।
हाम्रा पनि नेताहरु उस्तै–उस्तै लाग्ने ।
माछा देख्दा राल काड्ने सर्प दख्दा भाग्ने ।।
तेल दल्ने हातहरु चिप्लो घस्ने ओठ ।
फेरी आउँने अरे भन्छन् हाम्रा घर गोठ ।।
बल्छि थाप्दा माछा परे आफैंतिर तानौँ ।
भ्यागुुत्ताको ट्वार सुन्दा झटारोले हानौँ ।।
पादे जस्तो गफ रैछ गणतन्त्र नारा ।
प्रजातन्त्र संघियता जनवाद सारा ।।
बल्झिएको घाउ फेरी नुन किन लायौँ ।
शहिदको रगत र माँसुु सित्तै खायौ ।।
चौध हजार छोरा छोरी अनि बुडाबुडी ।
खाँदा पनि नभरिने अचम्मको भँुडी ।।
नयाँ नेपाल बनि सक्यो अब के के गर्छौ ।
कैलेसम्म झुुक्याएर तिम्रो लाद्रो भर्छौ ।।
भाषण्को खेती गर्यौ दल्यौ ओठमा तेल ।
संविधान सभा भन्यौ गाई जात्रे खेल ।।
के भनेर आउँछौ फेरी ओठमा तेल दल्दै ।
झुक्याएर लाटा सोझा जनतालाई छल्दै ।।
चिप्लो ओठ बगलीमा राख्ने रैछौ छुुरी ।
नाङ्गो नाच धेरै नाच्यौ भयो कुरी कुरी ।।
ठूला गफ गर्दा गर्दै समय गयो खेर ।
तिम्रो धोती खुस्कि सक्यो छामि हेर ! हेर ! ।।
अब तिमी के भनेर भाषण गर्छौ नेता ।
धोती खुस्काई जनताले गुुथाई देला फेटा ।।
ढोण घाँस ठूलो दाम्लो किलो ठोकी बान्ला ।
जनताले भैँसी हान्ने बन्चराले हान्ला ।।
लाज छैन सरम छैन किन फुुर्ति लाउँछौ ।
हाम्रा घर आँगनीमा कुुन मुखले आउँछौ ।।
नआऊ नेता झोपडीमा अरिङ्गालले टोक्ला ।।
बोका खसी पारे जस्तो हेम्मरले ठोक्ला
।।
बाठा नेता नेपालका मझेरीमा हग्ने ।
विदेशीलाई रिझाएर नेपालीलाई ठग्ने ।।
ब्वाँसा जस्ता बाँदर जस्ता हाम्रा नेता मान्छे ।
स्यालहरु बसेका छन् माँसुु बाँड्ने भान्से ।
देश हाँक्न नसक्नेले केलाई बन्नु नेता ।
बुढी आमा ! गुुथाइ देउन पेटीकोटको फेटा ।।
नआऊ ! अब हाम्रा घर छैन तिमा्रे काम ।
कुुखुुराले नबासेनी झुुल्कँदा छ घाम
।।
जनताले सुुम्पिएको जनताको ताला ।
मनपरि तिम्रो होइन हाम्रो मोती माला ।।
कालो आत्मा कालो चित्त देश खाने चाला ।
चढ्काउनै पर्छ अब विश्वास घाती गाला ।।
स्वदेशको भात खाने विदेशको गीत ।
त्यो देशमा बस्ने हक छैन कसै सित ।।
चार दले हिजो थियौ आज तिमी छैनौ ।
नेपाल आमा रुवाउने तिमी छोरा हैनौ ।
विदेशीले मातृभूमि बलत्कार गर्दा ।
रमिते भै बस्यौ तिमी आपत विपत पर्दा ।।
ति बोकाका मतियार तिमी पनि हौ कि ।
घोसे मुुन्टो लगाएर यतै कता छौ कि ।।
बन्ढाणेले ढुके जस्तो ढुक्दै छौकि चल्ला ।
कता–कता
चलेको छ फ्याउरा बास्ने हल्ला ।।
बन्ढाणे र स्याल अनि फ्याउरा मतियार ।
फेरी पनि आउँदैछन् बनौ होसियार ।।
गुुलेली र मट्याँङ्ग्राले तानि हालौँ ताँदो ।
यी दुष्टलाई हामी फर्काइ हालौँ लादो ।।
आकाशमा गिद्ध कतै उडे जस्तो लाग्छ ।
उठौँ हामी जुुटौँ हामी नत्र भूत जाग्छ ।।
यौटा आँधी अब फेरी डाल्नै पर्ने भयो ।
झोपडीले अब बत्ती बाल्नै पर्ने भयो ।।
फेरि यौटा भूकम्पले थर्को हाल्नै पर्छ ।
नत्र हाम्रो भाग्य अनि भविश्य नै मर्छ ।।
तोपसँग बन्दुुकसँग गोलीसँग लडौँ ।
इतिहासका राता अक्षर पल्टाएर पडौँ ।।
अन्धकार छाइ सक्यो उठ तोड्न हिडौँ ।
बन्दुकसँग बिचारको नौलो युुद्व भिडौँ ।।
उठौँ ! जुटौँ !विचारको तिखो तिर हानौँ ।
झोपडी र गाउँ बस्ति आफैँतिर तानौँ ।
जित्नै पर्छ बिचारले बन्दुकको मन ।
बिचार हो शक्तिशाली अस्त्र नौलो पन ।।
नयाँ नेपाल निर्माण गर्ने महान अविभारा ।
आएको छ छाप्राहरु जागौँ उठौँ सारा ।।
दुष्ट ब्वाँसो गाउँ पस्ला थापि राखौँ पासो ।
नयाँ नेपाल बनाउन राखिराखौँ चासो ।।
रचनाकाल –२०७०÷०१÷०२
कविता
मायादेवी
बाँस्कोटा
छातेढुुङ्गा,तेह्रथुम
आमा
झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन्
भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जना मूल हुन् आमा संसारको इतिहासमा
रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् ।
आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् ।
डर भन्ने केही हुुन्न आमाको साथमा हुँदा ।
भन्छन् पोश नै लाग्छ स्नेही ती हातले छुँदा
आमाको रुप विग्रन्छ सन्तान जन्मिए पछि
सन्तान पर भई जान्छ डोलीमा अन्मिएपछि
सवै चिज खोजी मिल्दछ घरि घरि
तर जन्म दिने आमा पाईदैन कसैगरी ,।।
जीन्दगी
असफल अबोध कविता नेपाल
तेल्लोक ताप्लेजुुङ्गु
सहि बाटो हिड्ने क्रममा
अन्धकारमा हराएकी छु ।
बाहिर जति शान्त भए पनि ु
भित्र बेदनाले कराएकी छु
हाँसोको सुवास छर्दा–छर्दै
अनायसमा रोएकी छुु
जीवन सजाउँ भन्दा भन्दै
भएका रङ्ग पनि गुमाएकी छु
साहाराको ढाल बोकेर पनि
विवशताले डराएकी छु
धेरै साथीहरुको माझ रहेर पनि
एकान्तमा हराएकी छु
जीवनको भारी बोकेर
सँधै उकाली ओराली धाएकी छु
सफल्ताको आशा लिएर पनि
असफलता मात्रै पाएकी छु
सुन्दर बस्तुको खोजीमा
यो मन व्यथै कतै डुलाएकी छु
सुखद जीवनको सपना देख्दा देख्दै
स्वर्णिम भविष्यनै गुमाएछु ।
मरीगाको आमा संम्झेर
गोपाल
मगर
थाहा छ,तिमी छैनौँ यहाँ
थाहा छ, तिम्रो आत्मा पनि छैन यो देशमा
तर,बाटो
छेऊ तिम्रो नामको कपुरखान छ ।
महान सहिद लेखेको
तिम्रो नामको चौतारो छ बाटोमा ।
हावा भइगयौ की ?
पानी भइगयौ की ?
चरा भएर उड्दैपो छौकी ?
कि भयौ लिम्बुनी फूल ?
कि भयौ लिम्बुनी माछा ?
आकाश धर्तीमैपो बिलाइगयौकी ?
अझै उठ्दैछ फुङ्सीङ मेला
यही उकालोमा रक्सीको चौठो बोकीजाँदा
तिम्रो बाबुसँग धान नाच्दै–नाच्दै आइगाको मेला यही हो भन्थ्यौ ।
यही उकालोमा,जम्मै काम मै सघाउँला बरु,
बैनीलाई स्कुल पठाङ्न भन्दा
फच्चापो जान्छ हौँ छोरीलाई पडाङ्दा भन्थ्यौ ।
पञ्चमी र सप्तमी गर्दै
रक्सीको पेवाले कमाको सिरफूल,
घाम जुन पो भयो की ?
पैकारी जाँडसँग साटेको मजेत्रो,
भँुइकुहीरो पो भयो कि ?
एकदिन,खै काँ फालिराखेर आयौ,
काम्दैपो आइगोयौ जस्तो लाग्छ ।
बा युमा पो रिसायो कि ?
झिक्यौ युमाथामको तरवार र आँखै अगाडी,
काटीगयौ तिम्रो पैकारी रक्सीको चौठो र घ्याम्पाहरु
अनि, रातो
पट्टी निधारमा बाँधेर,भत्काइगयौ युमा थाम पनि ।
त्यही दिन हो,
मेरो डराउँदै गरेको छिप्पट हात समातेर,स्कुल पु¥याएको ।
त्यही दिन हो,हामी नअटाएको यो देशको
नयाँ नक्सा कोरील्याउँछु भनेको ।
उज्यालो खोजी ल्याउँछु भनिराखेर,अध्याँरो जंगलतिर पसेको पनि
ठिक त्यही दिन हो ।
त्यसपछी देखेको हो बन्दुक ।
त्यसपछी जानेको हो मुठी उठाएर अभिवादन गर्नु ।
क्रान्तिकारी गित गाउनु पनि त्यसपछी नै जानेको हो ।
हिजै अस्तीपो होला हौँ
हाम्रै बाऊको आराहल,कारबारी बाजेले,
पक्डील्याएर कोरामा राख्दा,
हामी अटाउने देश ल्याउँछ,आमा कहिल्यै मर्दैन भन्दै रोइगाको ।
आमौ आजु,
तिमीले खेदिगाको बाटो संझिन्छु,
सपनामा पनि ऐठन लाग्छ ।
कतै युमापो रिसायो की ?
कि रिसायौ तिमी आफै भनेर मन्साउनु
सुर्ती र रक्सी बोकीआउँछु,तिम्रो कपुरखान र चौतारो
अनि खोजिमार्छु,
हामी अटाउने देशको नक्सा
भेट्दीन तिम्रो कपुरखानामा ।
खोजी मार्दा,हामी सुस्ताएर हाक्पारे गाउने ठाऊँ
पाउँदिन तिम्रो चौतारीमा ।
अनि रुइजान्छु एक्लै एक्लै
खै कहाँ गइगयो हाम्रो देश भनेर ।
आमौ,अबपो थाहा भो
म त उहिलेपो टुहुरो भैगाकोरैछु ।
ताप्लेजुङ
त्यहाँ
प्रवासी मुुटुुभित्रको व्यथा
जनक विके लुुहार
पञ्चकन्या तेह्रथुुम
उन्नतिका विचार आरतिले ब्यूुँझाउदा
साँझका बत्ती बल्दैनन् रे त्यहाँ
वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा
पानसमा बत्ती जल्दैनन् रे त्यहाँ ,
भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको
सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ
युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु
कोरिएका कागजमा जल्दैनन् रे त्यहाँ
रेटी रेटी चुुँडाउदा सम्मानका सिर
मानिसका ओठ बोल्दैनन् रे त्यहाँ
निमोठेर दवाउँदा चित्कारका आवाज
काला कर्तुुतहरु खोल्दैनन् रे त्यहाँ
कठीन संघर्षशील इतिहासका ब्यथा
वेँग कानहरु सुुन्दैनन् रे त्यहाँ
विकशिल खुुड्किलामा प्रगतिको जालो
लङ्गका माकुरा बुुन्दैनन् रे त्यहाँ
परस्पर केन्द्रिकृत आत्मिय मध्यक
विचरण शिलताका मापक हराए रे त्यहाँ
बलिदानीको नाम लिदै कायर भस्याहरु
पहिचान विरोधी सुुत्र वरवराए रे त्यहाँ
साँझका बत्ती बल्दैनन् रे त्यहाँ ।
कविता
दिलदुुखी
जन्तरे
वसन्तपूर
तेह्रथुम
हालः
मलेशिया
प्रेम कथा
नुुबुवाखोलामा बगाएर मलाई
तरी गयौ पारि !
नुबुुवाखोला बगिरहेछ
निरन्तर
कहाँ पुुगेँहोला
म बगेर छालले हुुत्याउदै
तलै तल मिसाउदै
तमोरमा कोशी सप्तकोशी हुुदै
अनन्त
दुुर अतिकति पनि रहिन तिमि भित्र
खोला कहिल्यै फर्कदैन
ल्याउदैन फर्काएर मलाई
ढुुक्क छौँ तिमी म बगेर गए !
हाँसी हाँसी बगाएर तर्यौ
खोला रोइ रोइ हेरी पठाएर पनि
तिमीलाई
बगाउन नसकेर
मैले अझै राखेको छुु मुुटुमा ।।।
केस्रा
मौलश्री लिम्बुु
झापा, हालः मलेशिया
लिलाम
न रोग छ न चोट देखिन्छ
जे मिल्छ मन दुुख्ने भेटिन्छ
नियति या नियत जिन्दगी
ओखती विनाको दर्द झेलिन्छ
क्लेशकै छाँटकाँट देखिन्छ
भाउ मिले जिन्दगी बेचिन्छ ।
अधिकार
लडेर जाऊ
खोसेर खाऊ
मर्नुु छँदैछ
हक जताऊ
व्यर्थै नजाऊ
दृढ समाऊ ।
विष्णुमाया अर्थात् विष्णुमायाहरु
मिश्र वैजयन्ती
श्रम खेपेर पेटको विष मार्ने
हँसमुख सावित्री हो विष्णुमाया
साँझबिहानको अँध्यारोभित्रबाट
जीवनको उज्यालो उद्घोष गर्ने
गौरवको चुली हो विष्णुमाया
काम गर्नुपर्छ उसले नै गर्नुपर्छ
भान्सा , चोटा, कोठा र जुठेल्नासम्म
उसैले उठ्नु र निहुरिनुपर्छ ,
निहुँरिँदा झुक्नुको अर्थ बुझिदन ऊ
जाडोसँग जुध्दा उम्रिएका काँडाहरु
छोप्न सक्दिन ऊ
बिहान र बेलुकीका अतिरिक्तहरु
कहिले सानो मालिक र
कहिले ठूलो मालिक भएर
चिप्लिन्छ उसैबाट
उसको बिद्रोह अँध्यारामै
निःशब्द झन्कृत हुन्छ ।
विद्रोहको नाममा
मालिकको व्यस्ततामा
चाउरे मलामी गैदिएझैँ
गएकी छ ऊ पनि
थाल ठटाउँदै जुलुसमा
जुलुसमा थाल ठटाउनु
थाल कुच्याउनु मात्र हो उसलाई ।
कुनै विद्रोहको आवाजले
छेकेन उसको जीउलाई ।
उसले सहानुभूतिको सिरक ओढेर
काम चल्दैन
क्षणिक प्रेमको नाटकसँग पनि
उसको यथार्थ टर्दैन
काँतरहरुको भीडमा
ऊ एक्लै उभिएर
दुनियाँको दुत्कारलाई नकार्दै
ऐश्वर्यको ऐलान गर्न सक्छे ।
विष्णुमाया अँध्यारोको चुनौति हो ।
उसको जीउ लुक्तैन कुनै अँध्यारो किरणझैँ
गर्भ भनेको गौरव हो
सबैले बोक्न सक्तैन यसलाई
त्यसैले
ऊ टेकेर उभिएकी छे जीवनलाई ।
ऊ भाँच्चिएको बार होइन
भत्किएको पुल होइन
थोत्रिएको गाडी होइन
टेको लाउनु पर्दैन उसलाई
बलियाहरुलाई चुनौति दिने
अब ऊ बलियो आँट हो ।
कथा
चावीवाज
वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ
महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो ।
केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो । त्यसैले
अलि जाडो भएरै होला कथा सुन्नेमा आज अरु दिन जस्तो केटाकेटीको त्यति चाप थिएन ।
कथा सुन्नलाई आज छोरी पुनम, छोरा राहुल र उनीहरूका केही साथीहरु गरी जम्मा पाँच–छ जना केटाकेटी मात्र
भेला भएका थिए ।
तराईको जाडो भन्नु मात्र छ । चिसो पनि कम्तीको हुदैन त । चिसोमा त हुस्सु र
कुहिरोले पनि उतिकै सताइरहन्छ । यो कस्तो तराई हो ? तराई हो कि त्राही हो यो ?
वुढापाकाले यसो
भन्ने गरेको उसले आफ्नै कानले सुनेको थियो । आज उसले आफै अनुभूत गरिरहेको छ ।
चिसो भएकै कारणले आज राजीव पनि कही गएको छैन । पानी परिरहँनाले घुम्न जाने पनि
त कुरै भएन । हुन त ऊ प्राय विदाको समयमा घरमा भेटिन्नथ्यो पनि । यदि भेट्टिगयो
भने पनि केटाकेटीहरूसंग खेलिरहेको हुन्थ्यो । वच्चावच्चीहरू संग वच्चावच्ची झैँ
वनेर रमाइरहेको हुन्थ्यो ऊ । उलाई पनि स–साना केटाकेटी संग खेल्न भने पनि औधी मन पर्दथ्यो ।
केटाकेटीहरू पनि ऊ भने पछि हुरुक्कै हुने गर्थे । भेट्यो कि झुम्मिजान्थे ।
राजीव अंकल आज त एउटा कथा नभनी हुँदै हुँदैन भनेर ढिप्पी गर्न थाल्छे । भेटे पछि
छाड्नै मान्दैनथे ।
यसरी उलाई केटाकेटीले नछाड्नुको कारण भनेको उसको कथा वाचन नै हो । ऊ कथा
भन्नमा त्यत्तिकै मायीर ठानिन्छ । उसको कथावाचनमा सायद जादु मिसिएको हुन्थ्यो क्यार । त्यसैले त केटा केटीहरू उसको कथाको
जादुमा लठ्ठिएका होलान् । उसंगै झुम्मिएका होलान । भेटे पछि छाड्नै नमानेका होलान्
।
उसले पनि आफ्नो फुर्सदको समयलाई कथा सुनाउनमै खर्चदै आएको थियो । र अहिले पनि
। कथा त उसको समय विताउँने एउटा गतिलो माध्यम नै वनिसकेको छ । अझ कथा त उसको लागि
एउटा अभिन्न मित्र जस्तै वनेको छ भन्दा पनि अत्यूक्ती नहोला ।
उसकोे कथाको जादुले केटाकेटीलाई मात्र होइन उसकी आफ्नै धर्मपत्नी लतालाई पनि
राम्ररी लठ्याएको छ । मोहित पारेको छ । उनी पनि राजीवका कथामा त्यतिकै प्रभावित
छिन । लतालाई पनि उसले भनेका कथा त्यतिकै मन पर्छन । त्यसैले विदाको दिनमा श्रीमान
कही पनि नगइदिए हुन्थ्यो । घरमै वसेर कथा भनिदिए हुन्थ्यो भन्ठानछीन । त्यसैले आज
लताको मन फुरुङ्ग भएको छ । दिनभरि घाम लाग्लाई आकाश उघ्रिए झैँ, उनको मन पनि प्रफुल्लित
भएको छ ।
“जाडोमा त मकै भट्मास पो खानु पर्छ होला, कि कसो श्रीमती महोदय ?”
उसले ठट्यौली
पारामा यसो भनेको हुन्छ । उसले ठट्यौली पारामै भने पनि उसको यो मकै भट्मास खाने
आसय हो भन्ने कुरा लतालाई पनि राम्ररी थाहा छ । । पानी परेको वेलामा मकै भट्मास
खाने उसको यो कुनै नयाँ वानी हैन । यो उसको पुरानै आदत हो । अझ भन्नु पर्दा यो
उसको नानी देखिकै वानी हो ।
‘एकछिन पख्नुहोस है म लिएर आइहाल्छु ।’ भन्दै लता भान्सा कोठामा
पस्छिन र चाँडै गरेर एक घान मकै र एक घान भट्मास भुटेर ल्याउँछिन । सवै जना मकै
भटमास खान थाल्छन । मकै भटमास मक्याउँदै उसको कथा भन्ने कार्य सुरु हुन्छ ।
उसले कथा भन्न मात्र के आँटेको हुन्छ ‘राजीव अंकलले कथा भन्न थाल्नुभयो ।’ भन्दै तलामुनि भाडामा
वस्ने केटा केटीहरू पनि माथि उक्लिहाल्छन । छिनमै अरु छिमेकका केटाकेटीहरू पनि
भेला भैहाल्छन । हेर्दा हेर्दै कोठा सिनेमा हल जस्तै अट्टाई नअट्टाई हुनपुग्न्छ ।
कोठामा खुट्टा सम्म अटाउने ठाउँ रहँदैन ।
‘एक पटक एउटा ठूलो सम्ंमेलनको आयोजना गरिएको थियो ।’ उसले कथा भन्न सुरु गर्छ
। ‘उक्त
सम्मेलनलाई अन्तराष्ट्रिय ताला सम्मेलनको नाम दिइएको थियो । सम्मेलनमा विभिन्न
देशबाट ताला विशेषज्ञ अर्थात चावीका वैज्ञानिकहरूको सहभागिता गराइएको थियो । त्यहा
सवै खाले चावीका वैज्ञानिकहरू विभिन्न देशबाट भेला भएका थिए । सम्मेलनको मुख्य काम
भनेको एउटा सर्वमान्य तालाको निर्माण गर्नु थियो । समय सुहाउँदो तालाको एउटा मोडेल
तयार गर्नु थियो । संमेलनमा व्यापक वहश हुन्छ । विचारहरूको मन्थन गरिन्छ । सवैले आ–आफ्नो धारणा राख्छन । आ–आफ्नो मत प्रकट गर्छन ।
अन्त्यमा लामो समय लगाएर एउटा तालाको मोडेल तयार गरिन्छ ।’
पानी झनै दर्किन थाल्छ । ‘वरण्डाका कपडा पो भिजे कि ?’ भनेर लता वरण्डा तिर हेर्छीन ।
पानीसंगै हावा पनि चलिरहेकोले सुकाएका कपडा भिजाउने पक्का पक्की भए पछि उनी उठेर
वरण्डातिर लाग्छिन । आफ्नो अनुपस्थितीमा पनि कथा भन्ने कार्यले सुचारु पो पाउने हो
कि भन्ने डर लतालाई लागिरहेको हुन्छ तर उनको मनासयलाई वुझेरै राजीवले उनी आउञ्जेल
सम्म कथा भन्ने काम रोकिदिन्छ ।
लता हतार हतार गरेर कपडा उठाएर कोठामा थन्क्याउँछीन र हुर्रिदै कथा वाचन
कक्षमा आउँछीन । उनी आए पछि पुनः कथा भन्ने काम सुरु हुन्छ ।
‘चावीवाजहरूको संमेलनले मोडेल तयार गरेको ताला आकारले गोलो
हुन्छ । सामान्य तालाको भन्दा फरक तरिकाले यो तालामा चावी छिराउने ठाउँ तालाको
एकातर्फ राखिएको हुन्छ । तर त्यस तालामा वाहिर देखिने गरी कुनै पनि पेचकिला
लगाइएको हुँदैन । तालालाई भित्रैबाट स–साना किलाले मात्र अड्याइएको हुन्छ । आकारलाई छाड्ने
हो भने झट्ट हेर्दा यो संमेलनले तयार पारेको ताला र अन्य सामान्य तालामा त्यति
अन्तर देखिदैन । तर संमेलेनले भने यसलाई विशिष्ठ तालाको संज्ञा दिन्छ । सम्मेलनले
उक्त मोडेलको तालालाई एक नमूना तालाको रुपमा घोषणा गरेको हुन्छ । सम्मेलनले ‘चावीवाज’ नाम दिएर एउटा घोषणा
पत्र पनि जारी गर्छ ।’
राजीवले कथा भनिरहँदा सवैजना एकाग्र भएर सुनिरहेका हुन्छन । अझ साना
केटाकेटीहरू त मृगका स–सान पाठाले झँै कान ठाडो पारेर कथा सुनिरहेका हुन्छन ।
ऊ कथा भन्दै जान्छ – घोषणा पत्रमा लेखिएको हुन्छ अव वन्ने सम्पूर्ण तालाहरू
सम्मेलनले पारित गरेको मोडेल अनुसारका हुनुपर्ने छन । चाविवाजकोे निर्णयलाई सवैले
पूर्ण रुपमा परिपालन गर्नु पर्ने छ । घोषण पत्रमा किटानका साथमा यो पनि भनिएको
हुन्छ कि ‘अव वनिने तालाहरू गोलो आकारकै हुनु पर्ने छन । चावी छिराउँने ठाउँ पनि मापदण्ड
अनुरुपकै नै हुनु पर्ने छ । ताला वनाउँदा वाहिरबाट कुनै पनि पेचकिला देखिन गरी
लगाउँन पाइने छैन । अन्यथा त्यस्ता तालाहरूले तालाको मान्यता पाउने छैनन ।’
‘यदि कसैले यो संमेलनको वा ‘चावीवाज’को उल्लङ्घन गरेमा त्यसले कानुन
वमोजिम सजायको भागिदार हुनु पर्ने छ’ भन्ने कुरालाई स्पष्ट रुपमा उल्लेख गर्न समेत
सम्मेलनले भुलेको हुँदैन ।
ताला सम्मोलनले समाजमा ठूलै तहल्का ल्याइदिन्छ । त्यस पछि सवैले नयाँ मापदण्ड
मुताविकको ताला वनाउँन थाल्छन । सवैका घरमा नयाँ मोडेलका तालाहरू भुण्डिन्छन ।
पुराना सवै ताला मिल्काइन्छन । त्यस्ता ताला प्रयोग गर्नमा अघोषित प्रतिवन्ध जस्तै
नै हुन्छ । पुराना ताला वनाउँने कम्पनीहरू त पुरै टाट पल्टिन्छन । धेरैले त यो काम
नै वन्द गरेर अन्यत्रै पलायन हुन्छन ।
पानी परिरहेकै हुन्छ । पानी संगै हुस्सु पनि वाक्लिदै गैरहेको हुन्छ । हेर्दा
हेर्दै हुस्सुले पुरै वजार ढाकिदिन्छ । घर नजिकै पूर्व पश्चिमको गजधुम्म भएर
सुतिरहेको पूर्व पश्चिम राजमार्गको चिल्लो सडकमा गाडीहरू हुस्सु र पानीसंग जुध्दै
हूँइकिरहेका छन ।
उसले भने कथा वाचनलाई निरन्तरता दिइरहेकै हुन्छ । –समय वित्दै जादा नयाँ तालाको महिमा पनि हराउँदै
जान्छ । चावीवाजहरूको विरोध हुन थाल्छ । घोषणा पत्रको उलङ्घन गर्दै दुई पेच किला
भएको तालाको निमाण गरिन्छ । सवैले त्यही तुई पेचकीला भएको नयाँ तालालाई मन पराउँन
थाल्छन । घर घरमा तिनै नयाँ ताला झुण्डिन थाल्छन ।
चावीवाजहरूको वैठक बस्छ । नयाँ तालाको वनोट, आकारको मूल्याङ्कन गर्ने काम
हुन्छ । नयाँ ताला कंपनीलाई चेतावानी पत्र थमाइन्छ । तर पुरानो ताला र दुई पेच
किला भएको नयाँ तालामा त्यति ठूलो फरक नदेखिएकोले त्यसलाई चेतावानीका साथमा तालाको
मान्यता दिने निर्णय पनि गरिन्छ । फेरि लामो समयसम्म दुई पेच किला भएको तालाले
एकाधिकार रुपमा वजार लिन पुग्छ ।
समय वित्दै जान्छ मानिसमा पुरानो ताला प्रतिको आकर्षण पुनः घट्न थाल्छ । दुई
पेचकिलाको साटो तीन पेचकिला भएको ताला वनाइन्छ । चावीवाजहरूको तुरुन्त मिटिङ्ग
वस्छ । तर यो तालालाई भने मान्यता दिइदैन । अवैध घोषणा गरिन्छ ।
त्यसैको विद्रोह स्वरुप ताला कम्पनीले पाँचवटा पेचकिला लगाएर अर्को मोडेलको
ताला वनाउँछन । जुन ताला गोलो नभएर चारपाटे आकारको हुन्छ । चावी छिराउँने ठाउँ पनि
ताला संमेलनले प्रतिपादन गरेको मान्यताको ठीक विपरित हुन्छ । तीनवटा पेचले वनाइएको
तालालाई त मान्यता प्रदान नगरेको ‘चावीवाज’हरूको मिटिङ्गले पाँचवटा पेचहरू लगाएर वनाइएको त्यसमा पनि
स्वरुप नै वदलिएको तालालाई मान्यता दिने त कुरै आउँदैन । ठीक त्यस्तै हुन्छ ।
चावीवाजहरूको मिटिङ्ग तुरुन्तै वस्छ । नयाँ तालाको वारेमा निकै वहस हुन्छ । थुप्रै
मत भेदहरू उत्पन्न हुन्छन । एकथरिले ताला वनाउनु पर्ने हो यसको वनावटले कुनै पनि
प्रभाव नपर्ने विचार राख्छन भने अर्काथरिले परम्परा र सिद्धान्तलाई लत्याएर त्यसमा
पनि स्वरुप नै वदलिएर आएको तालाले तालाको मान्यता पाउँन नसक्ने धारणा अगाडि सार्छन
। हेर्दा हेर्दै चावीवाजहरूको वीचमा पनि पक्ष र विपक्ष हुन पुग्छ ।
एकथरिले नयाँ तालाको पक्षमा आफूहरूलाई उभ्याउँछन भने अर्काथरिले पुरानै तालाको
पक्षमा आफ्नो अडान दोहोर्याइरहन्छन । यसले ठूलो भिडण्तको रुप लिन पुग्छ ।
‘हुन पनि चावी त सुरक्षाको लागि लगाइने वस्तु हो । वनावटमा
जस्तोसुकै भएपनि के असर पथ्र्यो र ? वास्तवमा भन्ने हो भने चावी एउटा विस्वास मात्र न हो
। यो भरोसाको एउटा प्रतिविम्व मात्र न हो । मान्नेलाई साँचो नमान्नेलाई झुटो भन्ने
त उखान पनि छदै छ नि, होइन र ?’
उसले कथा भनिसक्न नपाउँदै श्रीमतीको यस्तो विचार निस्कन्छ । उनी लामो समय देखि
मौन भएर वसिरहेकी थिइन । लामो समय पछि मात्र उनले मौनता तोडेकी थिइन । लामो समय
सम्म दविएर रहेका उनका मनमा भावहरू छचल्किदै हुन्छन । छताछुल्ल वनेर पोखिने वाटो
खोज्दै हुन्छन । तर केटा केटी भने शव्दविहिन भएर कथा सुनिरहेका हुन्छन ।
लताको विचारसंग राजीवको पनि सहमती रहन्छ । टाउको हल्लाउँदै ऊ कथा वाचनलाई
निरन्तर रुपमा अगाडि वढाइरहन्छ ।
राजीवका कथाका श्रोत भनेका हजुरबा नै हुन । हजुरबा दिनहँु जस्तो उसलाई कथा
सुनाउँनु हुन्थ्यो । त्यसरी हजुरवाले कथा भन्दा कथा सुन्नेहरूमा राजीव, उसकी दिदी रमा र अन्य
साथीहरू हुने गर्थे । ऊ भने कथा भनेपछि त्यतिखेर हुरुक्कै हुने गर्दथ्यो । हुन पनि
हजुरबाले भन्ने गरेका कथाहरू त्यतिकै रोचक तथा ज्ञानवद्र्धक हुन्थे । सुनिरहुँ
लाग्ने खाल्का हुन्थे । कथा सुन्न वसे पछि नसिद्धिीउन्जेल सम्म कोही पनि
डगमनाउँदैनथे ।
हजुरबा वितेको पनि आज थुप्रै वर्ष भैसकेको छ । हजुरबा नभए पनि हजुरबाको
वेजोडको कथा वाचन शैली उसको मानसपटलबाट अझै पनि ओझेलिन सकेकै छैन । थुप्रै
संझनाहरू अझैँ पनि ताजै छन ।
आफू सानै छँदा हजुरबाले सुनाएका कथाहरू पनि उसलाई भर्खरै सुनाए जस्तो लाग्दछ ।
ती कथाहरू उसले आजसम्म पनि विर्सेको छैन । हजुरबा बढी मात्रामा लोक तथा परिकथाहरू
सुनाउँनुहुन्थ्यो । त्यस्ता कथाहरूमा राजकुमार राजकुमारीका साथै परिहरू नै मुख्य
पात्रहरु हुन्थे । राजकुमारले राजकुमारीलाई राक्षसबाट वचाउथ्यो । राजकुमारी
राजकुमारसंग प्रभावित हुन्थी र उनीहरू विच प्रेम सम्वन्ध वन्थ्यो । अन्तमा उनीहरू
विवाह वन्धनमा वाधिन पुग्थे ।
हजुरबाका अरु कथाहरू पनि त्यस्तै त्यस्तै हुन्थे । त्यस्तै भावहरूबाट प्रभावित
हुन्थे ती कथाहरू ।
हुनत हजुरबाले अरुखाले कथाहरू पनि नसुनाउनु भएको होइन । हजुरबाले सुनाएका
कथाहरूमा– राजामहाराजाका कथा, साहु महाजनहरुका कथा, भुत–पिचासका कथा आदि आदि । त्यसवेला
राजीवका साथीहरू लोक तथा परिकथाहरू नै वढी मात्रमा सुन्न मन पराउँथे । तर उसलाई
भने अन्य खाले कथाहरू नै वढी मात्रामा मन पर्दथ्यो । उसलाई पछि मात्र थाहा भयो कि
हजुरबाले सुनाउँने गरेका ती अन्य खाले कथाहरूलाई आजभोलि सामाजिक कथा भनिदा रहेछन
भनेर । अथवा यस्ता कथालाई केहीले सर्वहारा वर्गका कथाहरू हुन भनेको पनि उसले
सुनेको थियो ।
हजुरबाले त्यतिखेर भनेका थुप्रै कथाहरू मध्ये चावीवाज कथा उलाई ज्यादै मन
पर्दथ्यो । त्यसैले हजुरवाले उसलाई त्यो कथालाई दोहो¥याई तेहे¥याई कन सुनाउँनु परेको थियो ।
हजुरबाकै प्रेरणाले गर्दा उसमा पनि कथा पढ्ने वानीको विकास हुन्छ । अरुका कथा
पढ्दै, सुन्दै
जादा पछि पछि ऊ अफै पनि कथा लेख्न थाल्छ । कथा भन्न थाल्छ । आज आएर एक उत्कृष्ठ
कथा वाचक भएको पनि त्यसैको प्रतिफल हो । यसरी कथा लेख्दा होस वा पढ्दा होस । अथवा
अरुलालाई कथा सुनाउँदाहोस उसलाई समय वितेको पत्तै हुँदैन । कथा वस्तु भित्र आफूलाई
ढालेर हेर्दा उसलाई त्यतिकै मनमा आनन्द पनि प्राप्त हुने गर्दछ ।
आजभोलि त झन उसले पनि हजुरबाले झँै गरेर केटा केटीहरूलाई वरिपरी राखेर कथा
सुनाउँने गरेको छ । सवैलाई गोलो घेरामा राखेर आफू विचमा वसेर हजुरबाले झँै कथा
भन्ने गरेको छ उसले पनि । हुन त उसको उमेर भने हजुरबाको जस्तो कहा भएको छ र ?
हजुरबाको अवस्था
पुग्न उसले अझै थुप्रै वशन्तहरू पार गर्नु पर्ने हुन्छ । हजुरबाको ठाउँमा पुग्न
थुप्रै खुट्किला उक्लन वाँकी नै छन ।
तर हजुरवाले कथा भन्दा र आज उसले कथा भन्दाको समयमा भने ठूलै परिवर्तन आएको
देखिन्छ । त्यति खेर हजुरबाले कथा भन्दा राजकुमार राजकुमारीका अर्थात परिहरूका कथा
नै वढी मात्रमा सुनिन्थे । अन्य कथाका श्रोताको कमी हुन्थे । तर आजभोलि ठीक त्यसको
उल्टो भएको छ । आजभोलि त्यस्ता कथाका तुलनामा अन्य कथाहरू वढी मात्रमा सुनिने
गरेका छन ।
त्यसो हुनुमा उसको तर्क रहेको छ –परी कथाहरू वढी मात्रमा काल्पनिक हुने गर्छन । सवै
घरका बुढापाकाको मुखबाट त्यही कथालाई दोहोर्याई तेहेर्याईकन आ–आफ्नो ढङ्गबाट
परिमार्जित गरेर भनिने गरिन्छन । जस्ले गर्दा केटाकटीहरूमा भ्रम पैदा हुने गर्छ ।
तर अन्य खाले कथाहरू त्यसरी परिमार्जन गरेर भन्न सकिदैन । जसले भने पनि त्यसमा
कुनै फरक पर्दैन ।
राजीवले सुनाउँने गरेका कथामा तिनै हजुरबाले सुनाएका अधिकांक्ष पुराना कथाहरू
। तिनै पात्रहरू पर्दछन । कहिलेकाही त उसले पनि ती कथाहरुलाई दोहोर्याई, तेहेर्याईकन पनि सुनाउनु
पर्दछ । कलिला वालसुलभ मष्तिस्कले ती कथाको मर्म वा आसयलाई वुझे कि वुझेनन त्यो ऊ
जान्दैन । त्यसो त ऊ आफूले सुनाएका कथाहरूको मर्म यो हो, यसले दिन खोजेको सन्देस यो हो
भनेर भन्न रुचाउँदैन पनि । यसरी कथाको मर्म वा आसय भनिदिदा ती कलिला वालवालिकाको
मष्तिस्कले सोच्नै पाउँदैनन । उनीहरुले आ–आफ्नो धारणा वनाउन पाउँदैनन । वालवालिकाले आ–अफ्नै तरिकाले, आ–आफ्नै चेतनाको स्तर मुताविक
सोच्न पाउनु पर्छ । त्यही अनुसारको धारणा वनाउन पाउनु पर्छ भन्ने उसकोे वुझाई छ ।
राजीवले आज चाविवाजका साथसाथै अरुपनि थुप्रै कथाहरू सुनायो । सवैले कथा चाख
मानेर सुन्छन । कथा भन्ने र सुन्ने क्रम लामो समय सम्म जारीरहन्छ । यसरी कथा भन्ने
र सुन्ने क्रम चलिरहँदा रात परेको कसैलाई पनि पत्तै हुँदैन । वाहिर पानी पनि अघि
नै पर्न छाडिसकेको हुन्छ । चिसो पनि अलि कम भैसकेको हुन्छ ।
‘लौ वितेछ’ भन्दै लता खान पकाउन भनेर भान्सा कोठातिर दौडिन्छिन । त्यस
पछि केटाकेटी पनि निस्किन्छन् । आ–आफ्नो विध्यालयको गृहकार्य गर्नमा व्यस्त हुन्छन् ।
।। इति ।।
सानु
-
मित्र सङ्ग्रौला
छातेढुुङ्गा–४,तेह्रथुम
सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ ।
किन सर ?
दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ ।
रेखा चित्र बनायौ ?
बनाएँ सर ।
खै हेरौँ त ।
नाई राम्रो छैन ! तिमी लजाउथ्यौ । हातमा उठाएको कपि विस्तारै घुमाएर छाँतीमा
लुकाउथ्यौ । म मौन हुन्थेँ । यस्तो वेला के भन्ने के सोच्ने,के गर्ने कुनै निर्णय नै दिमागमा
सझ्दैन थियो । तिमी सानी थियौ । नाम पनि सानु । सेतो सर्ट ,निलो फ्रक र निलो नै टाई तिम्रो
डे«स थियो
। शान्त मुुधुर मुहारमा एक जोडी आकासका तारा जस्ता सफा आँखाले सधैँ मलाई चिहाउने
गथ्र्यौ । मत एक महिनाको लागि अभ्यास शिक्षणमा आएको छात्र शिक्षक थिए । एक महिनाको
लागि भएनि म शिक्षक थिए, अनि तिमी विद्यार्थी
। हामी वीच शिक्षक बिद्यार्थीको नै नाता हुनु पथ्र्यो । तर किन हो यो मन
त्यसै बेचैन हुन्थ्यो । कक्षा कोठामा पस्नासाथ मेरा आखाले तिमीलाई खोज्थ्यो । तिमी
कति सरल,कति
शान्त भएर हेरिरहेकी हुन्थ्यौ बिद्यार्थी माझ । खै ! थाहा छैन ती लोलाएका आँखा
भित्र के लुकेको थियो ,तिमी मेरो विद्यार्थी हौ भन्ने नै म विर्सन पुुग्थेँ । सत्य
सानु, तिमी
प्रतिको यो वेचैनी ममा आएको विकृति थियो कि पागलपन म आफैँलाई थाहा थिएन । मलाई यति थाहा थियो तिमी मेरी
विद्यार्थी हौ । तिमी प्रति अन्यथा सोच्नुु हुुन्न तर म कति विवश थिए मेरो मन मेरै
वसमा थिएन । म आफुुलाई कति सम्झाउथेँ –यो सव ठिक
छैन ।मैले यस्तो गर्न हुदैन । यस्तो सोच्न पनि हुदैन । तर सानु समयले मलाई कति
कमजोर बनाएको थियो । तिमीलाई एक दिन कक्षामा नदेख्दा मेरो मन उदास हुन्थ्यो ।
पढाउन मन नै लाग्दैन थियो । कता आफैलाई भित्र पिडा महशुुस हन्थ्यो । तिम्रो मुहार
अँध्यारो हुुँदा मेरो मन रुन्थ्यो । मेरो सानुु ! तिमीलाई केही थाहा थिएन ममा
यस्तो भावना कसरी आयो । तिमी लाई चोट लाग्दा मलाई दुुख्थ्यो । तिमी रिसाउदा मन
खिन्न हुुन्थ्यो । तिम्रो हाँसोले मात्र मनमा अलिकति खुुसी भर्न सक्थ्यो ।
एक दिन तिमीले आफ्नो होमओर्कमा पानको पात बनाएकी थियौ । छेवैमा कुन्निके लेखेर
मेटिकी थियौ । तिम्रो यो व्यवहार शिक्षकको लागि पाच्य थिएन । मैले साइकोलोजीमा
पढेको थिए । किशोर अवस्थामा चञ्चलताले छाउँछ । यस अवस्थामा विवेकले काम गर्न
सक्दैन । अल्लारे भावुकताले नै मान्छेलाई अनियन्त्रित बनाएको हूुन्छ । तिमी पनि
भर्खर किशोर अवस्थामा प्रवेश गरेकी किशोरी थियौ
। तिमीलाई भावनामा बहकिनुुबाट बचाउनुु मेरो कर्तव्य थियो तर म आफै कमजोर भइसकेको
थिए । जस्तै अवस्थामा पनि तिमीलाई ठिक ठाउँमा ल्याउनुु पथ्र्यो । तिमी लाई अवदेखि
यस्तो नलेख्नुु है भनुुँ भन्थेँ तर मेरो एक्कासी मुटुको धड्कन बढेर आउथ्यो । तिमी
सामुु निर्धक्क उभिन नै कता कता डर लागेर आउथ्यो । आखिर यो सब के हुुँदै थियो ।
हाम्रो यस्तो क्रियाकलापको परिणाम के हुुन्थ्यो । तिमीलाई केही थाहा थिएन तर म भने
भित्र–भित्रै
आतङ्कित थिए । कहिले काही त तिमी सँग रिस पनि उठ्थ्यो ,अरुले जस्तै किन तिमीले मलाई
शिक्षकको रुपमा हेरिनौँ ? फेरि कता –कता सुुख पनि लाग्थ्यो । तिमीले लुुकि–लुुकि हेर्दा मेरो मन
त्यसै घायल हुुन्थ्यो । मेरो सानुु ! तिमीले लज्जालुु आँखा छड्के पार्दै सर भन्दा
सुुख मिल्थ्यो । यसरी क्रमश; म तिमीमा हराउदै गइरहेको थिए ।
इलाम क्याम्पस माथिको बस पार्कमा एक दिन तिमी लाई देखेँ परैवाट । तिमी भएको
ठाउँमा जाऊ न जाऊ यो मन भयो । जाऊ भने एउटा अर्कै नराम्रो खाडलमा फस्ने डर थियो ।
नजाऊ भने आफैलाई आफैले मार्नुु बराबर हुुन्थ्यो तर पनि साहास बटुुलेर आफुलाई
सामान्य बनाए । सामाजिक नैतिकताले दिलको रहर लाई जित्न सकेन । तिमी तर्फ बढेका
पाइला लडखडाउदै थिए । आफुुलाई संयमित बनाउदै तिमी सामुु पुुगेँ ।
“यो एकान्तमा के गर्दैछौ सानुु ? मैले सहास बटुलेर गरेको प्रश्न ।
“आज भोली एकान्त मन पर्छ सर ”
“किन ? ”
मनको बह बुुझ्ने कोही नभए पनि एकान्त नै साथी बन्दोरहेछ सर ? सत्य सानुु ! त्यस बेला
मलाई केही बोल्न आएको थिएन । तिमी भनाइले भित्र बिझाएको थियो । मुुटुु वारपार हुने
गरी तिखो तीरले घोपेको थियो । कुुन्नि कस्तो अज्ञात अपराध बोधले म बेहोस हुदै थिए
। तिमी भने चुुपचाप र उदास थियौ । एउटा शिक्षकको वनावटी रवाफ ओठमा ल्याउदै भनेको
थिए–“पढ्नुु
पर्दैन ? ” यसरी भावनामा बगेर हुुन्छ ?
“खै ! मेरो त दिलनै वसमा छैन सर । म पनि चाहान्थेँ सवै कुुरा
भुुलि दिऊ । तर मन जति बाँड्यो उति नै उड्दो रहेछ । मलाई पनि थाहा छ यो सब ठिक छैन
तर म के गरौँ ? यो मन मान्दैन । किन त्यसै रुन आउँछ ,आखिर मलाई के भयो ? मैले तपाईलाई धेरै दुुख दिए है
सर ? मलाई
किन गाली गर्नुु हुुन्न ? किन पिट्नुु हुुन्न सर ?”
त्यसवेला तिम्रो आखाँ भरिदै थियो । आफ्नो आँसुलाई म बल पूर्वक रोक्दै थिएँ –
“हेर सानु ! यसरी कमजोर बन्नुहुन्न । जे भयो भयो अब यस्तो
कुुरा दिमागमा नल्याउनुु । साथीहरु सँग खेल्नुु ,पढ्नमा ध्यान दिनुु ,मलाई सरको रुपमा मात्रै
सम्झनुु । अनि यसरी एकान्तमा पनि नआउनुु ,कक्षादेखि बाहिर मलाई कहिल्यै नभेट्नुु ल !”
तिमीले ल को अर्थमा टाउको हल्लायौ र रोयौ
अनि विस्तारै आँखा उठाएर मलाई हे¥यौ । ती आँखामा कति दुख थियो ,विछोडको अप्राप्तिको कहालिलाग्दो
डर थियो । मैले यो सवै सहन सकिरहेको थिइनँ । हुुन्छ सर तपाई चाहानुु हुुन्छ भने अब
कहिल्यै पनि तपाईको सामुु पर्ने छैन । म मेरो मुुटु थिच्नेछुु , म आफुुलाई बाँध्ने छुु र
तपाईको आँखाबाट हराउने छुु । मेरो उपस्थितिले तपाईलाई अफ्ठ्यारो पार्छ भने म
तपाईलाई दुुख दिन चाहन्नँ ।
मैले केही बोल्न सकिनँ केवल हेरे तिमीलाई आँसुु रोकेर । म नवोले पनि मेरो उदाश
आखाँले भन्दै थियो –“सानु तिमी मलाई छाडेर कही नजाऊ ल ।
तिमी छौ र त अलिकति भए पनि बाँचेको छु । तिमीलाई एकदिन नदेख्दा न्यास्रो लाग्छ ।
त्यसरी निष्ठुर नबन । ” तर यो सब सोचाइ
मात्र थियो । मैले केही भनिनँ ।
अभ्यास शिक्षणमा आएका कयौँ साथीहरु कति सुुखी र खुुसी थिएँ । सबै रमाउँथे । सर
भन्दै विद्यार्थी झुुम्मिन्थे । शिक्षक र विद्यार्थी विच कति राम्रो नाता थियो ।
यता हामी भने सधैँ उदास ,सधैँ निरास थियौँ । न तिमी खुुसी थियौ न त म , मैले सबैथोक पाए अनि केही पनि पाइन । आफुु पनि धेर्रै धेरै
रोए ,अनि
तिमीलाई पनि धेरै धेरै रुवाए । तिमी आप्राप्तिमा रोयौ । पहिलो माया टुटेको मा रायौ
। म भने सामाजिक र नैतिकताको पहाडले थिचिएर रोएँ । एउटा नियतिको गीत गाउदा गाउदै
एउटा आँसुको कथा लेख्दा लेख्दै एक महिना वितेर गयो । अब त फाइनल अबजर हुने मिति
पनि नजिक हुदै थियो कक्षामा हेर्थेँ । पछाडि बेञ्चमा तिमी चुपचाप बसेकी हुुन्थ्यौ
कता –कता
आफ्नै संसारको विशालतामा हराए जस्ती कतै कितावी पात्र जस्ती विल्कुलै पृथक रुपमा
प्रस्तुुत हुदै थियौ ।तिमी । तिमीमा
चाञ्चलता हराएको थियो तिमी कम बोल्थ्यौ यस्तो लाग्थ्यो मानौँ तिमी हिउँदे पहाडी
खोला जस्तै सुुक्दै जाँदै थियौ । तिमी भित्रका पिडालाई म प्रत्यक्ष अनुुभूत गर्थेँ
तर म सँग उपाय थिएन । म आफूलाई दाषी ठान्ने पापी ठान्थेँ । तर मेरो कुनै साहास
थिएन । कोही वेला त सोच्थेँ दुुँनियाँको प्रवाह नगरुँ । नैतिकताको पहाडहरु भत्काइ
दिऊ तर खै केही भएन ,कुुण्ठा र पिडाले छट्पटाउनुु सिवाय म सँग कुुनै उपाय भएन । केवल चुुपचाप आँसुु
पिए । यस्तै नियति बन्यौ सानु । मैले केही गर्न सकिनँ ।
मेरो लागि बर्तमान ज्यादै कठिन थियो । एकातिर तिमी लाई हेर्थेँ पहाडी खोला झैँ
सुक्दै गएकी अर्कोतिर नैतिक पहाड थियो स्वास नै थुुनिदिने । मैले कसो गर्नुु थियो
। कहिले त लाग्थ्यो म किन यो स्कूलमा आएछुु । दुुई घारको वीचमा चेप्टिएर हिड्न कति कठिन थियो ।
तिम्रो आँशुुले रातभर रुवाउँथ्यो । शिक्षक हुुनुको नैतिकताले दिनभर थिचि राख्थ्यो
। कति गर्दा पनि म त्यहाँबाट उम्कन सकिनँ । कहिले काही रोए ,कहिले काँही जीवन यस्तै हो भनेर
पन तुहाए । सवैले देख्थे –जीवन सहजनै थियो । तिमी
पनि ठान्थ्योै होला सरलाई केही भएको छैन । तर यो आँसुु ,यो पीडा तिमी लाई कसरी
देखाऊ । टुुटेको दिलको टुुक्रा तिमी सामुु कसरी पुु¥याऊ ? आँसु बगेको डोव गालामा
नवस्दोरहेछ ।
सानुु ! अब त विदा हुने दिन आउन लागेको थियो । फाइनल अबजरको अघिल्लो दिन मैले
नै तिमीलाई बोलाएको थिएँ ।
“सानुु !”
“ हजुुर सर ”
सुुखी हुुनुु ल
मेरो गला अवरुद्ध भयो । तिमीले पनि केही बोल्न सकिनौ । सायद तिम्रो पनि
अवरुद्ध भएको थियो होला ।
सर ! हाम्रो भेट कहिल्यै हुन्न हगि ?
हो सानु प्रत्येक भेटले छुुट्नुुको पीडा साँचेको हुुन्छ । जीवन भर कोही कसैको
साथमा हुदैन । भेट्नुु ,छुुट्नुु , त संसारको रीत हो । छुुट्न लाई नै हाम्रो भेट भएको हो । भेट
नभए सम्म तिम्रो आफ्नै संसार थियो । आज समयले मिलायो अनि फेरि विछोडको घाऊ लगायो । समय नै औषधी हो सानु ! फर्केर हेर समयले नै सबै ठिक गर्दछ ।
हिजो जस्तै सहज जिन्दगी हाम्रो हुुनेछ ।
तिमी टाउको फर्काएर रोयौ । पहिलो चोटि तिम्रो गालामा बगेको आँसुुको धार देखेँ
मैले । केही क्षणको मौनता पछि तिमीले रुञ्चे स्वरमा भन्यौ –हामीलाई त सम्झनु हुुन्न होला
होइन ?
के फाइदा हुुन्छ र ? पराइलाई सम्झेर सम्झना आए पनि विर्सदै जानुु पर्छ । यो शब्द
मैले आफुुलाई नै कुुल्चेर भनेको थिएँ ।
सर ! तपाइ भित्र मुुटु छैन , तपाई पापी हो ? तपाई निष्ठुुर हो । यति भनेर तिमी टाढा भयौ । म
मुुर्तिवत् भएँ । सानु! तिमीलाई थाहा थियो म पापी थिइनँ म निष्ठूर पनि थिइनँ ।
पापी थियो त परिस्थिति पापी थियो । समाजको मूल्य र मान्यता पापी
थियो । उमेर र भावुकता पापी थियो । तिमीलाई मैले असिम माया गरेँ मुटुभरि
माया गरँे । माया गर्नुको अर्थ विवाह गर्नु होइन । एकान्तमा भेटेर अंगालोमा वाधिनुु होइन । तिमी प्रतिको प्रेममा कुनै कलंक
थिएन । माफ गर सानुु तिमीलाई सधैँ प्रेम नगरेको नाटक रचेर मैले रुवाएँ । वास्तवमा
यो सव तिम्रै लागि थियो । यो उमेर तिम्रो पढ्ने उमेर थियो ,सृजना गर्ने उमेर थियो । फेरि
तिमी मेरी विद्यार्थी थियौ । यी सबै कारणले मैले पापी हुनुपरेको थियो निष्ठुुर
जस्तो हुनु परेको थियो । तर सानुमलाई पापी नसम्झ परिस्थितिनै विवश थियो ।
सानु ! भोलि त म घर जाँदैछुु । तिम्रो प्रेम छाँतीभरि साँचेर । तिम्रो याद
मष्तिष्कभरि उनेर । सायद फेरि म इलाम नआउला तर पनि तिम्रो सुुखी जीवनको लागि
नारायणस्थान भगवान सँग प्रार्थना छ । तिम्रो सानो आँखाले रुन नपरोस् यहि कामना छ ।
भोलि म वस चढ्दा अन्तिम चोटि रुनेछुु तिम्रो नाममा । मलाई निष्ठुुर नभन्नुु ल ।
सानुु धेरै धेरै रोएको हुुनेछुु तिमी लाई सम्झेर । गाडिको गति सँगै चुुरँेघाँटीमा
रुनेछुु । बिब्ल्याँटेमा रुनेछु .............हुदै फिदिममा रुनेछुु । फिदिम पारि
तमोर नदी नदी रुनेछुु । यस्तो धेरै तिम्रो
नाममा रुनेलाई पापी नभन्नु ल । धोका दियो
कहिल्यै नभन्नुु ल ।।।
कथा
निःशब्द प्रश्नहरु
- इल्या भट्राई
त्यो भन्दा पहिला म कहिले पनि कुनै कारागारमा पसेकी थिइनँ । कुनै बन्दीगृहमा
गएर मलाई त्यहाँका बन्दीहरुको जीवन तथा तिनीहरुको मनोेविज्ञान बुुझ्ने साह्रै ठूलो
इच्छा थियो । एक दिन एउटा संयोग मिल्यो । एउटा गैससले मलाई उनीहरुसँगै राजधानीको
एउटा कारागार निरीक्षण गर्न जान उपलब्ध गराएको मौका छोपेर म पनि उनीहरुसँगै त्यो
दिन महिलाकारागार भित्र पुुगेकी थिएँ ।
नारी स्वभावैले कोमल हुुन्छन् । तर परिआएको खण्डमा तिनीहरु उग्रचण्डी हुन पनि
बेर लाउदैनन् । त्यसैले त त्यो दिन कारागारमा भेटिएका ती बन्दी महिलाहरुका
श्लीलतालाई नाघेका बचन ,ठट्टा तथा उन्मुुक्त हाँसोले मलाई त्यतिसारो अचम्मिल
तुुल्याएन ।
म पुुगेको कारागारको महिलासेलमा चोरी ,पाकेटमारीका जस्ता अपराधीदेखि हत्याका मुुद्दा
खेपिरहेका थुप्रै महिलाहरु थिए । निकै महिलाहरु हत्याको आरोपमा त्यहाँ आजीवन
कारावासको सजाय भोगिरहेका रहेछन् । अरुको हत्या गरेको आरोपमा थुनिएका ती
महिलाहरुलाई देख्दा एउटा नयाँ जीवन जन्माउने नारीले कसरी एउटाको जीवन लिन सकेकी
होलिन् भनेर अचम्म लाग्यो । मन कसो कसो अन्यमनस्क भयो । त्यस्ता कमलो मनका
तिनीहरुले कठोर मनको भई मान्छेको प्राणै लिन कसरी सकेका होलान् ?
तर उनीहरु सामान्य थिए । हत्याजस्ता जघन्य अपराध गरेकोमा उनीहरुलाई आफूप्रति
कुनै पनि ग्लानि भएको जस्तो भाव मैले तिनीहरुमा भेटिनँ ।
तिनीहरुले भीडमा भए पनि तिनीहरुभन्दा बेग्लैजस्तो देखिने गरी एउटी एक्ली नारी
त्यो बगैँचाको कुनामा हातमा भएको कुुटोले एकै ठाउँमा एकोहोरो भएर माटो खोस्रदै
थिइन् । उनी टाढा क्षितिजमा कता हो कता शून्यमा हेरेर मनमा केके कुुराहरु खेलाउदै
एकोहोरो टोलाइरहेकी थिइन् । तिनका आँखाहरु भावरहित र शून्य देखिन्थे । अनि तिनमा
त्यही रहेका अरु आइमाईहरुजस्तो मनमा अगा्रख पलाइसकेको जस्तो पनि थिएन ।
मलाई ती आईमाई बारे जान्ने उत्सुकता भयो । हेर्दैमा निरीह र अबोध देखिने ती
नारी को होलिन् ? कारागारमा आफ्नो जीवनका सुनौला दिनहरु होम्नुुपर्ने सम्भाव्यतालाई विर्सेर
तिनले के अपराध गरेकी होलिन् ? तिनी कति बर्षका लागि यो बन्धनक ो जीवन भोग्नका लाीग आएको
होलिन् ?
तिनको भावभङ्गिमा तथा तिनको
शूून्यताले मेरो मनमा तिनीप्रति केही जान्ने जिज्ञासा पैदा गराइदिएको थियो ।
जेलको वार्डेनले तिनको नाम तुलसा भनेर वताइन् । भगवान् विष्णुुको पवित्र नाम
धारण गरेकी ,हेर्दैमा सुकुमारी लाग्ने ती नारीले के त्यस्तो अपराध गर्न पुुगिछन् ,जसको कारण उनीलाई यस
कारागारको चौघेराभित्र बन्दी बन्न बाध्य पा¥यो । उनको त्यो निर्दोष अनुहारले मलाई उनीबारे बढी
थाहा पाउनका लागि प्रेरित ग¥यो ।
“तुुलसा बैनी ! तिमी किन यहाँ एक्लै बसिराखेको ? तिमीलाई अरुसँग हाँसखेल
गरेर सँगै बस्न मन लाग्दैन ? ”
मेरो प्रश्न सके कर्कलाको पातमा परेको पानीजस्तै निरर्थक थियो उनका लागि ।
त्यसैले त ठूल्ठूला आँखाले एकपल्ट मलाई गहिरोसँग हेरेर उनले मुुन्टो तल्तिर
निहुुराहिन् ।
“तिमीले के अपराध ग¥यौ तुलसा ? तिमी किन जेल परेकी ? ” मैले उनीसँग स्पष्टरुपमा प्रश्न
गरेँ ।
‘तिनी अझैँ मौन रहन चाहन्छिन् होला ’ भन्ने मेरो सोचाइको विपरीत तिनले
सुस्तरी ओठ चलाइन् ।
“यो समाजमा आइमाई भएर जन्मिनुु नै एउटा ठूलो अपराध हैन र ?
”
त्यो उनको प्रश्न थियो वा उत्तर ,मैले बझ्न सकिनँ । तर तिनी कसैसँग पनि सम्बोधित
थिइनन् । तिनी मात्र आपैmँमा हराएकी थिइन् । तिनले आफैँसँग
प्रश्न गरिन् अनि आफैँलाई उत्तर दिइन् ।
तिनको त्यो व्यवहारले मलाई तिनीबारे अरु जान्ने इच्छा तीव्र भएर आयो –‘के भयो तिनीलाई ?
तिनीले के अपराध
गरेकी होलिन् ? कुन परिस्थितिमा गरेकी होलिन् ? ’
“तुलसा ! तिमीलाई देख्ता,तिमीले जे ग¥यौ त्यो जानेर गरिनौ
जस्तो लाग्यो । के तिमी थाहै नपाई कुनै अपराधमा मुुछिएकी हौ ? तिमीलाई कसैले फसायो
जस्तो छ । तिमी आफूले गर्दैनगरेको अपराधको सजाय पो भोग्दै छयौ कि क्या हो ?
”
“कसले भन्यो तपाईलाई म निरपराध छु भनेर ? मैले जे गरँे त्यो मैले
जानेर गरेँ । तर ,मैले जे गरेँ त्यसबाट म अपराधीमा गनिन्छुु भन्ने मलाई थाहा थिएन । ”
मेरो प्रश्न सुनेर तटस्थभावमा एकोहोरिएकी तुलसा एक्कासि उद्धेलित भइन् । उनी
निकै आवेगमा आएकी जस्ती देखिइन् ।
“उसो भए भन न त तिमीले के अपराध ग¥यौ ? र किन ग¥यौ ? अपराध गरेपछि कारावासमा परिन्छ
भन्ने तिमीलाई थाहा थिएन ? ”
“मैले भ्रुुणहत्या गरेँ । आफ्नै शरीरभित्र राखेर आफ्नै रगतले
सिञ्चन गरी हुर्काइरहेकी आफ्नै सन्तानलाई मारेँ ।
“तिमीले किन त्यस्तो जघन्य अपराध गर्नुुप¥यो ? के तिमी अविवाहिता हौ ?”
चुरापोते विहीन उनको फुुङ्ग उडेको अनुहार देखेपछि विवाहअगाडि गरिएका गल्तीका
दुुष्परिणामस्वरुप भएको गर्भधारणबाट समाजमा आफुु लाञ्छित हुनबाट बच्न नै तुलसाले
आफ्नो गर्भ तुहाइन् होला भन्ने लख काट्न मलाई गाहा्रे परेन ।
“अनि तिम्रो त्यो
पुरुष कहाँ गयो? के उसले तिम्रो साथ दिएन ?
पेट बोकेको थाहा
पाएपछि त्योसित जबरजस्ती नै भए पनि बिहे
गरेकी भए , आफ्नो इज्जत जोगाउन तिमीले त्यस्तो जघन्य अपराध त गर्न पर्दैनथ्यो नि ! ”
“उपदेश दिन सबैलाई आउँछ । तपाई पनि उपदेश दिएर मेरो आलो
घाउमा नुन छर्किने काम नगर्नुस् । भो ,बरु जानुस् तपाई । म सँग यहाँ कुनै कुरा गर्नु
पर्दैन । ”
तर केही बेरपछि किन हो कुुन्नि तुलसा पग्लिइन् ।
“दिदी म कुमारी केटी होइन । बिहे गरेपछि नै मैले गर्भ बोकेकी
थिएँ । मेरो लोग्ने प्रहरीसेवामा थिए । हाम्रो भर्खरै बिहे भएको थियो । बिहे
गर्नकै लागि उनी दुुई हप्ताको बिदा लिएर आएका थिए ।
मलाई पाएर उनी निकै खुसी भएका थिए । उनी सधैँ ‘ मैले जस्ती सोचेकी थिएँ ,
तँलाई त्यस्तै
पाएँ ’ भनेर
दङ्ग परिरहन्थे । बिहेपछिका सात दिनहरु यसै गरी बितेका थिए ।
भोलिपल्ट उनी फर्किनुपर्ने थियो । जीवनमा नसोचेको माया पाइसकेपछि त्यो मायाको
मुहानको अभावमा मैले कसरी बाँच्ने होला ? भन्ने सोचले मेरो मुुटुमा भक्कानो पारिराखेको थियो ।
उनी मलाई सम्झाइराखेका थिए । दशैँमा टीका लाइदिन आउँछुभन्ने वाचा गरिराखेका थिए ।
उनको वाचाबाट म आफ्नो विचलनमा परेको मनलाई तहमा ल्याएदै थिएँ । भोलि हुने सम्भावित
बिछोडपछि फेरि दशैँको टीकामा हुने सम्भावित मिलनको कल्पनामा आनन्दित हुदैँँ थिएँ ।
तर दैवलाई मेरो त्यो आनन्द स्वीकार भएन । तिनले त्यही राति बन्दुक बोक्ने विपरीत
सोचाइका व्यक्तिहरुलाई मृत्युुको बहानामा मेरो दैलोमा पठाइदिए ।
त्यसै रात प्रहरीसेवामा भएकै कारण मेरो लोग्ने अर्को सोचका व्यक्तिहरुद्वारा
मारिए । देशसेवा गरेको फल उनले मृत्युुवरण गरेर भोग्नुप¥यो ।
उनी न त सुुराकी थिए , न त आदेश दिन सक्ने
व्यक्ति नै थिए । त्यो वेला त उनी कुनै युद्धमा पनि थिएनन् । उनी त सुनौलो भविष्यको कामना गर्दै ,प्रकृतिको एउटा नियमलाई
पूरा गर्दै, आमाबावुको इच्छाअनुसार विवाहबन्धनमा बाँधिएर वंश परम्परालाई जोगाउन अगि सरेका
एक सामान्य व्यक्ति थिए । उनी आफ्नो बिहेका लागि बिदामा बसेका सद्य;विवाहित एक प्रहरी थिए ।
ती आफ्नो सामाजिक दायित्व पूरा गर्न छुुट्टीमा आएका एक सामान्य प्रहरी थिए ।
तर तिनीहरुलाई उनको, अथवा भनौ हाम्रो खुुसी सह्य भएन र बिहे गरेको सातै दिनमा ,उनी सेवामा फर्किने
अगिल्लो दिनमा कीराफट्याँङ्गा मारेसरि संवेदनाविहीन भएर ती हतियार बोक्नेहरुले
उनलाई मारेर गए ।
दिदी, बिहे गरेको सात दिनै नपूुग्दै म विधवा भएँ । जीवनमा देखेका कस्ताकस्ता राम्रा
सपनाहरु छुुस्स आएको आँधीले भताभुुङ्ग पारेर भत्काएर गयो । दिदी ,मैले त्यस्तो होस् भन्ने
त सोचेको थिइनँ ।
देशको प्रतिकूल परिस्थितिका कारण उनले ज्यान गुमाउनुपरेको यथार्थ
हुुँदाहँुर्दै पनि उनको मृत्यपछि घरमा ‘पोइटोकुुवी अलच्छिनी’को रुपमा म विभूषित भएँ । आफ्नो
पीडाको रनाहामा अर्धबेहोस्जस्तै भइराखेकी मलाई तिनीहरुको व्यवहारले झनै मरेतुुल्य
पारेको थियो ।
दिदी,आफ्नो
लोग्नेसँगै सुखी जीवन विताउन त म पनि चाहन्थेँ नि । त्यस्तो सुखी जीवन बिताउन
छाडेर , लोग्नेको
मृत्युुको कारक बनेर यस्तो जीवन बिताउन के मैले चाहेकी थिएँ र ? तर किन घरका मान्छेहरुले
‘मैले मेरो
लोग्ने मारेँ ’ भनेर ममाथि आरोप लगाए ?
अनि एक दिन के भो था’छ दिदी ? उनी मरेको तीन महिना मात्रौ भा’थ्यो । घरको सबै धन्दा सकेर
भान्छामा चुलो छेऊमा भुुसुुक्क निदाएकी थिएँ । मेरो विवशताको फाइदा उठाउन मेरा
ससुुरा त्यहीँ आइपुुगेछन् ।
“आफ्नो छोरो त मरिगो भने तँसित केको नाता ? छोरा भा’भए पो नाता हुुन्थ्यो । ”
मैले बाबुसमान मानेर इज्जत दिने गरेको त्यस नरपशुुले त्यस दिन आफ्नो
मर्यादालाई खसालेर रसातलमा प¥ुयायो ।
त्यसपछि त त्यो उसको दैनिकी नै बन्यो । म त्यसको पन्जाबाट उम्किन सक्तिनथेँ ।
दिउँसो साधुु बिरालो जस्तो बन्ने , त्यसको पोल म उसकी
स्वास्नीको अगाडि खोल्न सक्तिनथेँ । म माइत जान पनि सक्तिनथेँ ।
गर्भ रहेको थाहा पाएपछि मैले रुदै सासूलाई वास्तविकता बताएँ । मलाई लागेको
थियो , लोग्नेको
विश्वासघातले तिनको मनको कठोरतालाई पगाल्ला । भत्केको मनले अर्को खण्डहर भइसकेको
मनको दुुःखपीडालाई आत्मसात् गर्ला । उनीबाट म न्याय पाउँली ।
तर मेरो कुराले उनीलाई त झन् रणचण्डी बनायो । “ए, मेरो छोरो खाएर पुुगेन,अब मेरो लोग्नेलाई
ताक्दै छेस् ? कसैलाई नआएको जोबन तँलाई आएछ हैन ? आफूकसकसकहाँ चाहार्न गइस् ,उहाँ भने दोषचाहिँ बाउजस्तो
ससुुरालाई लाउँछेस् । पापिनी ! यस्तो कुरो भन्न तँलाई लाज लागेन ? यस्तो पाप बोल्नभन्दा पहिला तँ किन मर्न सकिनस् हँ ?
”
मलाई जति सरापे पनि उनलाई वास्तविकता थाहा थियो । त्यसैले त मलाई घरबाट
निकाल्न सकिनन् । तर गाउँमा यो कुुरो कसैलाई थाहा नहोस् भनेर उनले मलाई निकै
धम्क्याइन् ।
छोरो मरेको तीन महिनापछि मैले गर्भ बोकेको थिएँ । ती दिनहरुमा त त्यो घरबाट
बाहिर निस्केकी पनि थिइनँ । नत मेरा साथीसँगिनीहरु थिए । न न मेरो कसै सँग हिमचिम नै थियो । त्यस
घरमा ससुराबाहेक अरु कुनै पुुरुष पनि थिएनन् । त्यसैले मेरो गर्भले ससुराको पाप
ओकल्ला भन्ने डर ती दुुवैमा प¥यो । त्यसपछि ती दुुई जनाले मलाई केके , केके कुुराहरु जबरजस्ती
खुुवाउन थाले । मलाई त्यो गर्भको कुनै माया मोह थिएन । तर तिनीहरुले जे खुवाउँथे
त्यो कलबिख खान मलाइृ साह्रै गाहा्रे हुुन्थ्यो । त्यो खाएपछि म आफै मरेतुुल्य हुन
पुुग्थेँ ।
मलाई त्यो घर नर्कजस्तो भइराखेको थियो । तर मेरो जाने ठाउँ कतै थिएन । साइतमा
मेरा दाइभाउजुुसमेत सबै गाउँलेहरु डरले गाउँ छोडेर मुुग्लान् पसेछन् । यसरी मेरो
जीवनमा खुुसीको एक झुुल्को घाम पनि थिएन ।
सासुुससुराले खुवाएका ती विषालुु तत्वहरुले मेरो शरीर गलाउदै गयो । मलाई अशक्त
तुल्याँउदै लग्यो । तर मेरो गर्भमा हुर्कदै गरेको त्यो भुु्रण कत्ति जब्बर रहेछ ।
त्यसले त्यो सबै पचायो । अनि आफूजीवितै
रहेर, बाहिर
ती बुुढाबुुढीहरुलाई आफ्नो उपस्थितिले आजित तुुल्याइरह्यो ।
एक दिन सासू बिहान सबेरै कतै गइन् । उनी फर्केर आउँदा झमक्क साँभm परिसकेको एक डोको घाँस
काटेर गाईलाई हालिदिँदै थिएँ । सासुु आएर पिँढीमा थ्याच्च बसिन् । उनीसँग एउटी
आइमाई पनि आएकी थिइन् ।
बिहान सासुु हिँडेदेखि नै हराएको ससुुरा पनि त्यतिखेरै टुुप्लुुक्क आइपुुगे ।
मैले पकाएँ । तिनीहरुलाई खुवाएँ । अनि धन्दा सकेर सुत्न जान लाग्दा सासूले मलाई
गोठमा सुत्न जाने उर्दी लाइन् ।
सासू नछुनी हुँदा गोठमा सुत्न जान्थिन् । उनी त्यही गोठमा सुत्न गा’को बेला एकान्त पारेर
मेरा ससुराले मलाई नर्कमा पुु¥याएका थिए ।
बिहे गरेर आएका सुुरुका तीन महिना त म पनि पर सर्दा गोठमा सुतेकी थिएँ । तर त्यो बेला एक्कासि
गोठमा सुुत्न जा भनेको सुन्दा मेरो मन कुनै नजाँनिदो आशङ्काले ढक्क फुुल्यो । कुरो
किन व्यर्थ बढाउनु भनेर म गोठमा गएँ । आधा रातमा एक्कासि भयङ्कर पीडाले म बिउँझिएँ
। सासूसँग आएकी आइमाई ले मेरो जीउमा केके गरी कुुन्नि ? मेरो शरीरको तल्लो भाग काटेको
जस्तो भएको थियो । दुखाइको रन्कोले मलाई बेहोस् बनाएछ । म मर्नुु न बाँच्नुको
दोसाँधमा पुुगिछु ।
त्यो आईमाई त सुँडिनी रहिछे । त्यल्ले केके गरी मलाई थाहा भएन । तर जब बेहोसी
बाट केही होस खुल्यो तब मैले थाहा पाएँ, मेरो गर्भ तुुहिसकेको रहेछ ।
सासूससुुरा आफ्नो काममा सफल भएछन् । तर म भने मृत्यूको सँघारमा पुुगेको थिएँ ।
गर्भ तुहिएकोमा मलाई कुनै प्रकारको संवेदना भएन । तर दुुखाइले अब म पनि बाँच्दिनँ
जस्तो मलाई लागेको थियो ।
तर विधिको विडम्बना ! रातको अँध्यारोमा तिनीहरुले खोल्सामा फाल्यौँ भन्ठानेको
त्यो चर्चा चल्यो ,चासो भयो अनि त्यही चासोले डो¥याउदै गाउँका पञ्च ,भद्र भलादमी लाई हाम्रो दैलामा डो¥यायो । गाउँमा सरजमिन
भयो । मेरा सासूूससुुरा सरक्कै पन्छिए । अनि दाग लाग्यो मेरो चरित्रमाथि ।
म पल्लो घरको लाटो घर्ती सँग सल्किएको ठहरिएँ । आफ्नो इज्जत जोगाउन,मैले आफैले केके गरेर
भ्रुुणहत्या गरेँ भनेर म साबित भएँ । अनि त्यही अपराध गरेको आरोपमा ,त्यसको सजाय काट्न म यो
कारावासमा ल्याइपु¥याइएँ ।
दिदी ,तपाई भन्नुुस् त यो सजाय मैले जुन अपराधको लागि पाएँ ,त्यो अपराधको अपराधी मै हुुँ त ?
के एउटा प्रहरी जवानसँग बिहे हुनुमेरो जीवनलाई दुुखको खाडलमा जाकिदिए ,ती सबै के हुन् ?
अनि गर्दैनगरेको
सजाय भोग्नको लागि म कसरी अपराधी भएँ ? दिदी, तपाई नै भन्नुुुस ् न साँच्चिकै अपराधी को हो?
बिचरी तुलसाको कथाले मेरो मष्तिष्क विचलित भयो । बाहिरबाट शान्त देखिने तिनी
भित्र कति उकुुसमुकुस पालेर बसेकी रहिछन् । आफू निरपराध हँुुदाहुुँदै पनि
परिस्थितिले परिबन्दमा पारेकाले तिनी अपराधीमा गनिएर आफूले नगरेको अपराधको सजाय
भोग्दै रहिछन् । आफूनिरीह भएकै कारणले गर्दा आफुु ले त्यत्रो अन्याय खप्नुपरेको
पीडाले तिनीलाई बदलाको कुन धरातलमा उभ्याएको होला ? यसले तिनमा कति आक्रोश जन्माएको
होला ? समाजमा
थाहा नपाइएका यस्ता कति तुुलसाहरु होलान् ? तिनीहरुले आफ्नो मनमा यस्ता
आक्राशका कति ज्वालामुुखी बोकेका होलान् ? तिनीहरुभित्रको भित्रको आक्रोश विस्फोटन भयो भने
त्यसले समाजमा हिरोसिमा र नागासाकीको दुुर्भाग्य नल्याउला र ? मेरो मनले मैसँग प्रश्न
गरिरह्यो , तर म सँग ती नि;शब्द प्रश्नहरुको कुनै उत्तर थिएन ।
साभारः निशब्द प्रश्नहरु
गजल
अधिकारी विमल कान्छा
जितपूर इलाम
संघियता भन्छौ दाजु भाई मर्ला होसियार ।
लिम्वुवान भन्छौ दाजु राई मर्ला होसियार ।
खोई कुन भूमिमा त सबै थोक चल्छ ,
लिम्बुवानमा चल्दैन गाई मर्ला होसियार
।
घन समाउने दाई यहि भूूमिका सदस्य
बिचल्लिमा पर्ला फलाम ताई मर्ला होसियार ।
घाउ चिरफार गर्ने रोकिएला कामहरु ,
चेपुवामा परेपछि दबाई मर्ला होसियार ।
द्वन्द्व बढ्ला यो देशमा जातिगत बहानाले ,
यो कान्छा ले दुख हजुर पाई मर्ला होसियार ।
गजल
युुगल योगेन लिम्बू
नाङ्खोल्याङ्ग–७,ताप्लेजुुङ्ग
छोड एक्लै जनताको संविधान बनाउछु ।
सवै राजनितिक दललाई एक चिहान बनाउछु ।
अन्तर क्रिया गर्नु हुन्न उठाउनै पर्छ बन्दुक,
राजदरवार जस्तै सिंहदरवार निसाना बनाउछु ।
गौतम बुद्वु सगरमाथा मात्र देशमा होइन अब ,
चिनाउन देशलाई अर्को पहिचान बनाउछु ।
पारसे र प्रकाशको कुरा गर्नु किन यहाँ ,
मेरो छोरा देशका निम्ति विद्धान बनाउछु ।
पुजा गर्ने आस्था राख्ने त्यो एकै मात्र हुनेछ ,
सारा संसार समेटिने एउटै भगवान् बनाउछुु ।
भष्ट्रचारी बलत्कारीलाई फाँसिदिनु पर्छ भन्दै ,
अत्यचार गर्नेलाई देश निकाल्ने अभियान बनाउछु ।
गजल
जुनी अनुरागी
लिम्बू
,, छातेढुुङ्गा ,तेह्रथुम
फूलको जोवन लिनेहरु फुल्न पाउनुपर्छ ।
सत्य कुरा पानीमा नुन घुल्न पाउनुपर्छ ।
सीमापारी सीमा वारी जतै भएपनि ,
दुुईखुुट्टा हो मानिस हो डुल्न पाउनुपर्छ ।
एकनासको मौसम हून्न दुनियाँमा यहाँ,
पानी परेपछि आकाश खुल्न पाउनुपर्छ ।
सुन्दर फूलले जो कोहीलाई मोहित पार्छ भने ,
भमरा नी त्यो पूmलसँग भुुल्न पाउनुपर्छ ।
गजल
चिन्ता घिमिरे
ईवा–५,तेह्रथुम
यस पालिको दशैँमा त तिमी घर आउन प्रिय ।
वर्षौ पछि दुुवै मिलि माइत सँगै जाउन प्रिय ।
कति दशैँ एक्लै बिते कति तिहार एक्लै ,
पर्खिराछिन् बहिनी पनि फूलमाला लाउन प्रिय ।
बाँसुुरी र मादल पनि तिम्लाई सम्झी रुन्छन् यहाँ,
साथी भाई सँगै मिली देउसी भैलो गाउन प्रिय ।
भिज्दै छिन् यहाँ बुुढी आमा त्यही सानो झुुपडीमा ,
रुझौँलानि सँगै बरु नसकैनि छाउन प्रिय ।
,
बेखवर भई किन बस्यौ चुुकाएर स्वप्ना सबै ,
थालेकी छुु म त यहाँ मन्दिर देवल धाउन प्रिय ।
गजल
- कल्पना कल्पूु
इलाम
आमाको ममतामा गाली कहाँ छ ?
सच्चा देशभक्त नेपाली कहाँ छ ?
फलाउनु छ अन्न भोकमरी हटाउन
भन किसान् दाइ हलो कोदाली कहाँ छ ?
ओईलायो विरूवा फूल फूल्न नपाई
फूलमा पानी हाल्ने माली कहाँ छ ?
अगाडी बढ्नलाई नि उत्साह चाहिन्छ
हौसला बढाउनलाई ताली कहाँ छ ?
कल्पना गरी रहन्छु म सँधै सँधै
ती ओठमा उमंगको लाली कहाँ छ ?
गजल
रहस्य विक्रम चिमरिया
बिर्तामोड,झापा
एकदिन यो दुुनियाँ चकित हुनेछ ।
त्यो दृश्य सबैका लागि रमित हुनेछ ।
कुुरान पढ्नेछन् हिन्दुु धर्मालम्बीले,
मुुस्लिम बाट गीता मुुखरित हुनेछ ।
भत्काए पछि यहाँ विभेदको पर्खाल,
त्यो मन्दिरमा पुजारी दलित हुनेछ ।
यो कठपुतली सरकार ढलेपछि,
जो कोही होस् हत्यारा दण्डित हुनेछ ।
माया मा¥यौ भने कालान्तरमा गएर ,
मसँग केवल तितो अतित हुुनेछ ।
यही रोजगारी सिर्जना गरेनौ भने ,
हेर्दै जाऊ देश युवा रहित हुुनेछ ।
ढुुङ्गा पनि पग्लिनेछ भावुक बनेर ,
गजल सुन्दा काल भयवित हुनेछ ।
गजल
जिर्मले ३ इलाम
विश्वासको बन्धन टुुटायौ तिमीले ।
बाचा अनि वन्धन छुटायौ तिमीले ।
साँच्चै कोही छैनन् अरु दिलमा भनी
हात समाउने अर्कै जुुटायौ तिमीले ।
तिम्रै लागि हरपल धड्केको मुुटु मेरो
एकै पलमा आज फुुटायौ तिमीले ।
सपना सारा तिम्रै लागि साचेको थिएँ
छैन बाँकी भाको सबै लुुटायौ तिमीले ।
गजल
कपिल अन्जान
कोहलपुुर–२, बाँके
अन्जान एकदिन यो ठाउँमा आउनेछ ।
र यी विभेदका पर्खालहरु भत्काउनेछ ।
बाबुले घरमा हतियार राखि दिएपछि ,
छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ ।
आज पनि हत्यारा प्रमाणित भएको छ ,
भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ ।
आफ्नै नाममा बनायो आकाशको लालपुुर्जा,
हेरौँ अब बाहिर को–को डुुल्न पाउनेछ ।
कपोल कल्पित
रहरै रहरमा प्यार हुुँदैन ।
चाहेकै भरमा प्यार हुुँदैन ।
आँखाले मनको भाव नवोले ,
एकै नजरमा प्यार हुँदैन ।
धेरैलाई लाग्छ प्यार मै परेँ ,
तर अवसरमा प्यार हँुुदैन ।
कस्तो विचित्र समय आयो,
प्रेम नगरमा प्यार हुुँदैन ।
बुुझेरै गाउँ फिर्दैछ कल्पित,
अब यो शहरमा प्यार हुुँदैन ।
गजल
लक्ष्मण मिलन विष्ट
कालिकास्थान, अछाम
हलिया मसाल बोकेर आन्दोलनमा छन् ।
कमैया चुपचाप–चुपचाप अनसनमा छन् ।
म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ?
तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् ।
मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु ,
कोही मेरो दिलमा छन् कोही धड्कनमा छन् ।
जस्ले देश निलेका छन् उनीहरु अचेल ,
यौटा ठूलो दरबारभित्र सिंहासनमा छन् ।
मिलन बाहिर चञ्चल देखिनुुको कारण यत्ति हो,
दुुःख पीडा वेदना र घाउ उसको मनमा छन् ।
मुुत्तक
टि.एन मुुखिया
फिक्कल इलाम
साँचो मायामा विश्वास त्यति जरुरी छ ।
मानौँ बाँच्नलाई सास जति जरुरी छ ।
एक अर्काको भरमा नै त अडेको छ संसार,
सोच्नुुस् त फूललाई पनि सुुवास कति जरुरी छ ।
गजल
फेमोस प्रधान
बुुधबारे,
झापा ,हाल–कतार
ऊ आफ्नो छाती आफैँ किन ? उधारी रहेछ ।
झिक्दै मुुटुु पत्थरमा बारम्बार पछारी रहेछ ।
गुुम्सिएका पिडाहरु सबै गजलमा सुुनाउदै,
विचरा हर साँझ भट्टी मै जीवन विगारी रहेछ ।
आमा हामी दलित हरुलाई मुुर्ती छुुन नदिने,
अझैपनि मन्दिरमा त्यो पापी पुुजारी रहेछ ।
मायामा पागल बनेका देवदासले भन्दै थिए,
यो मानव त केवल मायाको भिखारी रहेछ ।
नेपालमा बगेको झरना हेरे हुन्छ फेमोसले,
तिम्रो वियोगमा अझै पनि आँशुु झारी रहेछ ।
गजल खगेन्द्र साउद ‘समर्पण’
हात्तीकोट,अछाम
कैले अघाइयो होला हिसाव भएन ।
कैले नखाइयो होला हिसाब भएन ।
एउटै पानाबाट त्यो बेला थरि थरिका,
के के बनाइयो होला हिसाब भएन ।
माया पाउनकै खातिर फूल मन्दिरमा,
कति चढाइयो होला हिसाब भएन ।
म सोच्दैछुु ती झरेका फूल माली बाट,
काँ काँ सजाइयो होला हिसाव भएन ।
कैले बगर डुुल्दै म कैले मधुुशालामा ,
कती हराइयो होला हिसाव भएन ।
गजल एकादेशको
गगनराज
गजलशिविर,
राजधानी
बनिन्छ कहिले देवदुुत् यही मान्छे ।
र हुुन्छ लोकमा अछुुत् यही मान्छे ।
मान्छेले बेच्छ मान्छेकै मर्यादा ,
कमाउँछ दौलत अकुुत् यही मान्छे ।
मान्छेले मान्छे न चिन्न सक्यो,
धर्तीमा करोडौँ सपुुत् यही मान्छे ।
घाममा निदाइ ताराविच जाग्छ,
विवेकी ,भलाद्मी प्रस्तुुत् यही मान्छे ।
सुुनियो आसध्यै ‘गगन’ भेदी
नारा,
मान्छेकै विरुद्व बहुुत् यही मान्छे ।
गजल
समीर
सिम्खडा
धादिङ,हालः मलेशिया
जस्ले पनि मलाई किन थुकेर जान्छ ।
जून हेर्छुु बादल भित्र लुुकेर जान्छ ।
दैवले नि मलाई नै गर्छन् कि हेला ,
कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ ।
कस्तो भाग्य लेखीदियौ भावि तिम्ले मेरो,
कल्पनाका महल त्यसै चुकेर जान्छ ।
लिन्न पिर व्यथा अब हाँसी जिउछुु ,
रुदा रुदै आँशुु त्यसै सुकेर
जान्छ ।
दुुस्मनको सामुु म निडर भई हिडुुँ
भन्छुु ,
अनायसै किन यो शिर झुुकेर जान्छ ।
गजल
दीपक भोजपुुरे
देउराली भोजपूर
हाल दुुवई
तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ ।
छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ ।
घमण्ड छ केही जातको केही धर्म संस्कार,
मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ ।
गरीव भनी हेला गर्दा धनी भनाउदाले,
मजदुुर गरी दुुख सुुख हात मुुख
जोड्नुु छ ।
जन्मे पछि मर्नुुपर्छ सबैले एकदिन,
अलग हैन मानव मानव सबलाई जोड्नुु छ
।
गीत
लेकाली कान्छा मुक्कुम
हाङ्देवा–२,ताप्लेजुङ
एउटै इन्द्रेणीका हामी अलग–अलग रङ्ग
तर मन मिल्नु पर्छ मनहरु सँग
जताततै ममता होस्
मेरो भन्नुमानिसभित्र मानवता होस्
यो धर्तीमा यहाँ त्यहाँ जहाँसुकै घर होस्
दुख पर्दा मानिसलाई मानिसकै भर होस्
एउटै कविताका हामी फरक–फरक छन्द
तर मन मिल्नुपर्छ मनहरुसँग
सधैँ काममा एकता होस्
मानिसलाई मानिस नै कूलदेवता होस्
आ–आफ्नै
छ संस्कार हाम्रो आ–आफ्नै छ धर्म
कामना छ छोड्नु हुुन्न खेल्न गुनको पर्म
एउटै देउता पुज्ने हामी बेग्ला–बेग्लै ढङ्ग
तर मन मिल्नुपर्छ मनहरु सँग ।
जस्तोसुकै कथा रहोस्
हृदयलाई हृदयकै आवश्वयकता होस्
लोकगीत
डी.बी.चौहान
झापा
सोध्यो भने सञ्चै छ भन्दिनु
तेह्रथुमे साईली र माईलीलाई ।
टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी
साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी
तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने
तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने ।
सोध्यो भने ................।
कोइलीले गाउछे गीत बसन्तमा आइ
डाँफे पनि नाचि दिन्छे म्याङ्गलङुबजार धाइ
हयात्रुुङ झर्ना झर्छे सधैँ मोहनी लगाइ
मिलि बस्ने वरपर सबै साथी भाई
सोध्यो भने .............................।
सक्रान्तिको चिसो हावा देउरालीको पानी
सम्झनाले गाउँछ गीत आठराईको नानी
सोध्यो भने .................................।
हाम्रो अनुरोध
१) के तपाई यो पत्रिका पहिलो पटक पढ्दै हुनुुहुन्छ ? यदि त्यसो हो भने पत्रिका
राम्ररी समीक्षा गरी उपयुुक्त सल्लाह सुुझाव दिई सुुमार्गमा हिडाउनुुहोला ।
२) तपाईले सम्पूर्ण साहित्यिक विधा अन्तर्गत पर्ने लेख रचनाहरु पठाउन
सक्नुुहुुनेछ ।
३) लेखरचना पठाउँदा(एक प्रति फोटो अनिवार्य) सफा शुुद्ध र प्रशस्त मार्जिन
छोडी कापीको एकापट्टि मात्र लेखी पठाउनुुहोला ।
४) अप्रकाशित र स्तरीय लेख रचना पठाउने प्रयास गर्नुहोला ।
५) लेख रचनामा व्यक्त विचारप्रति लेखक
स्वयम् जिम्मेवारी हुुनुुपर्नेछ ।
६) पत्रिकाको वार्षिक गा्रहक शल्क व्यक्तिगत रु १५० तथा संस्थागत रु २५०
लाग्नेछ ।
७) पत्रिकाको प्रतिनिधि बन्न चाहनुुहुुनेहरुले कार्यालयको फोन नम्बरमा सम्पर्क
गर्नुुुहोला ।
८) सहयोगी तथा आजीवन सदस्य बनेर सहयोग गर्नुु हुन आग्रह गर्दछौँ । जसमा सहयोगी
सदस्य बन्न रु ५०० र आजीवन सदस्य बन्न रु १००५ लाग्नेछ ।
९) आजीवन सदस्य बन्नु हुुने महानुुभावलाई प्रमाण पत्रले सम्मान नियमित नाम
प्रकाशन तथा पत्रिका निशुुल्क उपलब्ध गराइने छ । सहयोगी बन्नुहुने महानुुभावलाई एक
वर्ष सम्म नाम प्रकाशन तथा पत्रिका निशुुल्क उपलब्ध गराइने छ ।
११) प्राप्त लेख रचना फिर्ता हुने छैन ।
१२) १ वर्ष सम्म पनि अप्रकाशित लेख
रचनाहरु अयोग्य ठहरिनेछन् ।
१३) नियम भन्दा बाहिर रहेर पठाएका लेख
रचनाहरु स्वीकार्य हुने छैन ।
पत्राचार ठेगाना
विकसन साहित्यिक पत्रिका
ईवा, आठराई ,तेह्रथुम
Email- bikashanpatrika2069@gmail.com
prakashprayashi908@gmail.com
prakashpryashi@yahoo.com
कार्यालय सम्पर्कः– ९८४४६३६९०८,९८१६३८७४३५,९८१५९८८९३३,
यस पत्रिकाका आजीवन सदस्य तथा सल्लाहकार
सदस्यहरु
o
नारायणकुमार इङ्नाम,ईवा–५,तेह्रथुम
o
हर्कजङ्ग ईङ्नाम,ईवा–५,तेह्रथुम
o
गङ्गाप्रसाद ईङ्नाम,ईवा–५,तेह्रथुम
ü
डम्बरबहादुर ईङ्नाम,ईवा–६,तेह्रथुम
o
नरेन्द्रकुमार ईङ्नाम,ईवा–५,तेह्रथुम
o
मनकुमार ईङ्नाम,ईवा–५,तेह्रथुम
o
देउमान ईङ्नाम, ईवा–५,तेह्रथुम
o
जयप्रकाश ईङ्नाम,ईवा–४,तेह्रथुम
o
देवेन्द्रकुमार पौडेल,छातेढुुङ्गा–४,तेह्रथुम
o
राजमणि थपलिया,ईवा–९,तेह्रथुम
o
हर्षकुमार ईङ्नाम,ईवा–४,तेह्रथुम
o
रमेश कटुवाल ,ईवा–५,तेह्रथुम
o
विवेश कन्दङ्वा छातेढङु्गा–२,तेह्रथुम
o
मदन गुुरुङ ,ईवा–६,तेह्रथुम
o
गोपाल श्रेष्ठ ,चुुहानडाँडा,तेह्रथुम
o
धनबहादुर खाती,ईवा–२,तेह्रथुम
o
लिलाप्रसाद श्रेष्ठ,ईवा–५,तेह्रथुम
o
श्यामकुमार भट्टराई ,ईवा –१,तेह्रथुम
o
तोयानाथ काफ्ले ,छातेढुुङ्गा–२,तेह्रथुम
o
नरप्रसाद लायामगर ,ईवा–५,तेह्रथुम
o
प्रेमबहादुर थापा ,ईवा–६,तेह्रथुम
o
रमेश आले,ईवा–५,तेह्रथुम
o
योगेश ईङ्नाम,ईवा–५,तेह्रथुम
o
रामकुमार ईङ्नाम,ईवा–५,तेह्रथुम
o
धनकेशर मगर,ईवा–८,तेह्रथुम
o
दुुर्गा भट्राई ,ईवा–१,तेह्रथुम
o
श्याम राम्दाम अमरपूर १, पाँचथर
o
चेतनाथ घिमिरे,ईवा–५,तेह्रथुम
o
हिमलाल घिमिरे ईवा–५,तेह्रथुम
o
नरेन्द्र बाँनियाँ,ईवा–५,तेह्रथुम
o
अनिरुद्र तिम्सिना ,ईवा–५,तेह्रथुम
o
देवीप्रसाद चापागाँई ,ईवा–९,तेह्रथुम
o
गोमादेवी प्रसाई ,ईवा,तेह्रथुम
o
गणेश भट्राई ,जिरीखिम्ती,तेह्रथुुम
o
छेम्बे शेर्पा ,सक्रान्तिबजार–६,तेह्रथुम
o
चक्रबहादुर बाँनियाँ ,ईवा–५,तेह्रथुम
o
सुुरेन्द्र थपलिया ,ईवा–२,तेह्रथुम
o
विजयप्रकाश कन्दङ्वा ,ईवा–२,तेह्रथुम
o
बलराम अधिकारी ,ईवा–३,तेह्रथुम
o
प्रेमकुमार इृङनाम,ईवा–५,तेह्रथुम
o
लक्ष्मीप्रसाद खवास ,ईवा–५,तेह्रथुम
o
कृष्णकुमार कालिकोटे ,ईवा–५,तेह्रथुम
o
लालबहादुर रम्तेल ,फुुङ्लिङ–४,तेह्रथुम
o
लिलादेवी बाँनियाँ ,ईवा–५,तेह्रथुम
o
हर्कबहादुर खवास ,ईवा–५,तेह्रथुम
o
डा. विजयसागर सुुब्बा,छातेढङ्गुा–१,तेह्रथुम
o
लोकप्रसाद ओली ,छातेढुुङ्गा,तेहं्रथुम
o
गणेश ओली ,ईवा–५,तेह्रथुम
o
अमृत बास्तोला ,चुहानडाँडा–१,तेह्रथुम
o
कमला फोम्बो ,सक्रान्ति, तेह्रथुम
o
अमृत बहादुुर बुढाथोकी ,ईवा–३,तेह्रथुम
o
विनोद कुुमार प्रसाई ,ईवा–८,तेह्रथुम
o
पर्लाद उप्रेती ,ईवा–२,तेह्रथुम
o
इन्द्रकुमार थपलिया ,ईवा–२,तेह्रथुम
o
बलिराज ईङ्नाम ईवा–६,तेह्रथुम
o
संगिता ईङ्नाम(पाहिम) सक्रान्तिबजार–६,तेह्रथुम
o
चक्रबहादुुर ईङ्गनाम,ह्वाकुु, तेह्रथुम
o
रमेश कार्की,ईवा–२,तेह्रथुम
यस पत्रिकाका सहयोगी तथा सल्लाहकार
सदस्यहरु
- कृष्णप्रसाद उपे्रती ,ईवा,तेह्रथुम
- लक्ष्मण विश्वकर्मा ,इलाका स्वास्थ्य चौकी ,ईवा ,तेह्रथुम
- डिल्लीराम घिमिरे ,ईवा,तेह्रथुम
- केशरदीप ईङ्नाम,ईवा,तेह्रथुम
- मदनकुमार उपे्रती ,ईवा,तेह्रथुम
- हिमप्रसाद फुुएल ,ईवा,तेह्रथुम
- मेदिनी सङ्ग्रौला,छातेढुुङ्गा,तेह्रथुम
- केदार पौड्याल ,छातेढुुङ्गा,तेह्रथुम
- सिवेन्द्रप्रसाद यादव ,शिक्षक श्री पोखरी उमावि छातेढुुङ्गा,तेह्रथुम
- खड््गप्रसाद ईङ्नाम,ईवा,तेह्रथुम
- निर्मला ईङ्नाम ,ईवा,तेह्रथुम
- स्व.चन्द्र बहादुुर ईङ्नाम ,ईवा,तेह्रथुम
- अमर लिम्बुु ,दाँगपा, तेह्रथुम
- रन्नबहादुुर पाहिम ,सक्रान्तिबजार ,तेह्रथुम
- लाखपति चोङ्वाङ,सक्रान्तिबजार,तेह्रथुम
- चक्रबहादुुर ईङ्गनाम,ह्वाकुु, तेह्रथुम
- ईन्द्र तिम्सीना ,म्याङ्गलुुङ्ग,तेह्रथुम
- ईन्द्र सङ्ग्रौला,ईवा,तेह्रथुम
- मित्र सङ्ग्रौला ,छातेढुुङ्गा,तेह्रथुम
- नगेन्द्र लिम्बुु ,प्राविधिक देउराली सोसाइटी ,तेह्रथुम
- उदिमकुमार कन्दङ्वा ,छातेढुुङ्गा,तेह्रथुम
- महेन्द्र कुुमार ईङ्नाम ,ईवा,तेह्रथुम
- चन्द्रबहादुर खवास ,ईवा,तेह्रथुम
- भोजराज ईङ्नाम ,ईवा,तेह्रथुम
No comments:
Post a Comment