August 20, 2015

दलितकी छोरी : जेठी दाम्लोमा, कान्छी बलात्कृत ! ( यस्तो एउटा दर्दनाक अवस्था पछि सफलताको कथा )

बलात्कार पीडित युवतीले न्याय पाएनन्

२०७१ पुष २१ गते १८:०० मा अनलाइनखबर डटकममा प्रकाशित

प्रकाश धौलाकोटी
२१ पुस, तेह्रथुम । हमरजुङ गाविसकी कमला रोक्का (सार्की) दाम्लोमा बाँधिएको वर्षौं भयो । उनले जन्माएको छोरो ९ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म बाबु को हो थाहा छैन ।
तेह्रथुमको हमरजुङ गाविस ४ निवासी इन्द्रमाया रोक्काले छोरी कमलालाई दाम्लोले बाँधेर राखेको २८ वर्ष भैसकेको बताउँछिन् । कमला अहिले ३२ वर्षकी भइन् ।
तीन वर्षदेखि नै कमलाले क्रमशः पूरै मानसिक सन्तुलन गुमाइन् । उमेर बढेसँगै उनले अनौठा क्रियाकलाप गर्न थालिन् । दलित समुदायकी गृहिणी इन्द्रमायाले गरिबीका कारण परिवार चलाउन कमलालाई तीन वर्षदेखि नै घरमा डोरीले बाँधेर एक्लै छाडेर हिँड्न थालेकी हुन् ।
Jhuppa bahdur
स्थानीयको सल्लाहमा नजिकको स्वास्थ्यचौकी र अस्पतालमा पुर्‍याए पनि कमलाको मानसिक सन्तुलन फर्केन । मानसिकरुपमा ठीक नभएपछि कमलालाई घरमा थाम्न सक्ने अवस्था रहेन । उनले लगाएको कपडा च्यात्ने, भीरपाखातिर दौडने आदि गर्न थालिन् ।
मानसिक सन्तुलन गुमाएकी कमलाका एक छोरा पनि छन् । तर, छोराका बाबु को हुन् भन्ने अत्तोपत्तो छैन । कमलालाई गाउँकै कसले बलात्कार गरेर गर्भवती बनायो भन्ने पनि परिवारलाई थाहा छैन ।
कमलाबाट जन्मिएका ९ वर्षीय छोरा अहिले नजिकैको स्कुलमा २ कक्षामा पढ्छन् । तर, आमा नै त्यस्तो हालतमा भएपछि र बाबुको माया कस्तो हुन्छ भन्ने थाहा नपाएका बालकको पढाइ कहाँ राम्रो हुन सक्ला र ?

कान्छी छोरी पनि बलात्कृत
इन्द्रमायाका कान्छी छोरी लक्ष्मीले पनि केही वर्षअघि बलात्कारको शिकार हुनुपर्‍यो । जेठी छोरीलाई कसले, कसरी आमा बनायो भन्नेसम्म खोजी नभइरहँदा कान्छी छोरी पनि बलात्कार पीडित भएको पीडा इन्द्रमायाले सुनाइन् ।
जेठी छोरी कमलालाई पीडा दिने पीडकलाई कुनै, कतैको प्रशासनले पनि कारवाही गरेन,’ इन्द्रमायाले भनिन्- बरु कान्छीलाई अर्काले बलात्कार गर्‍यो र पनि यहाँका पुलिस प्रशासनले हामीलाई हेरेनन् ।
बलात्कारबाट पीडित बनेपछि कान्छीको पनि मानसिक सन्तुलन गुमेको छ । उनी प्रायः भुइँमा लडिरहन्छिन् ।
Jhappak bahadur 650 (2)
इन्द्रमायाकी कान्छी छोरी लक्ष्मी ।
दुबै छोरीलाई बलात्कार गर्ने बलात्कारीलाई कसैले केही नगरेको रोक्का दम्पतीको गुनासो छ । आफ्नो मृत्युपछि यिनीहरुको भविश्य के होला भन्ने चिन्तामा छन् इन्द्रमाया दम्पती ।
आफूलाई बोक्सीको आरोप
इन्द्रमायाको जीवनमा यतिमात्र होइन, अरु पनि धेरै दर्दनाक पीडा पनि छन् । उनी आफैंलाई बोक्सीको आरोपसमेत लागेको छ । उनलाई कतिपयले छि छि र दुरदुर गर्छन् । यसैकारण उनी बर्षौंसम्म घर बाहिर निस्कन सकिनन् ।
आजभोलि समय अलिकति फेरिएको छ । हिँडडुल गर्न, सभा सम्मेलन, गोष्ठी र हाटबजार हिँड्न छुट छ उनलाई । स्थानीय अधिकारकर्मी, दलित सचेतना समाज नेपाललगायतका अधिकारवादी संघ संस्थाको पहलमा उनी घरबाहिर निस्किन सक्ने भएकी हुन् ।

घरजग्गा साहुकोमा बन्धकी
छोराछोरीको सहारामा बाँच्नुपर्ने उमेरका रोक्का दम्पत्तीले गएको केही वर्षयता वृद्ध भत्ता भने पाएका छन् । तर, केही जग्गा र खेत स्थानीय गोर्खे लिम्बु साहुकहाँ १९ हजार रुपैयाँमा बन्धकी राखेका छन् । बन्धकी निखन्न खोज्दा पनि साहुले नदिएको उनले पीडा पोखिन् ।
अहिले त्यही बन्धकी जग्गामा खेती गरी दैनिकी गुजारा चलाउँछन् । बल र बैँश सकिएर हात पाउ बसिसकेका झुप्पबहादुर अहिले दाम्लो, डोको र नाम्लो बुनेर घरको दैनिक खर्च टार्ने प्रयत्न गर्छन् ।
उमेरमा धेरै दुःख गरेको सुनाउने रोक्का दम्पतीका शरीरमा एक दुईवटा निजी रोगको भारी पनि छ । इन्द्रमाया पत्थरी र दमले ग्रसित छिन् भने झुप्पबहादुर पनि दमका रोगी छन् ।
छोरी त सानैदेखि बिरामी थिई,’ झुप्पबहादुरले भने- बुढेसकालमा सहारा देला कि भनेको जेठो छोरो पनि बिरामी परेको छ । उपचार गर्ने क्षमता छैन ।
उपचार र पढाइको चिन्ता
कमलाको उपचारमा परिवार र समाजले पहल नगरेको पनि होइन । तर, भनेजति रकम जुटाउन नसक्दा र औषधि निरन्तर खुवाउन नसक्दा आफूले केही गर्न नसकेको कमलाका बुवा ६२ वर्षीय झुप्पबहादुर रोक्काले दुखेसो सुनाए ।
Jhappak bahadur 650 (1)
दाम्लोमा बाँधिएको कमला सँग झुप्पबहादुर र इन्द्रमाया ।


















उनले भने-गरीबलाई दीन लागोस् तर ऋण नलागोस् भन्थे, तर मलाई त ऋणभन्दा पनि दीन लागेर जीन्दगीभरि सतायो ।
दुई-चारपटक छोरीलाई लिएर काठमाडौँसम्म उपचारका लागि धाएका दुई छोरा र चार छोरीका बाबुआमा रोक्का दम्पतीले छोरीको उपचार, नातिको पढाइलेखाइको चिन्ता छ
Jhappak bahadur 650 (3)
कमलाका छोरा सँग इन्द्रमाया ।



















इन्द्रमायाले आँसु खसाल्दै भनिन्-गाउँमा आउने सबैलाई आफ्नो पीडा सुनाउँछु, कसैलाई घरैमा ल्याएर यसको पीडा देखाउँछु, र उपचारका लागि भनसुन गरिदिन भन्छु, तर कसैले पनि बाबु खोज्न र न्याय दिन चासो देखाएनन् ।

यसरी समाचार प्रकाशन पछि :  


दाम्लोले बाँधिएकी कमलाको उद्धार गरिने

२०७१ फागुन २४ गते १२:०१ मा अनलाइनखबर डटकम मा प्रकाशितरकाशित

२४ फागुन, तेह्रथुम । उपचार गर्ने खर्च नभएर २८ वर्षदेखि दाम्लोमा बाँधेर राखिएकी तेह्रथुमको हमरजुङ-४ की मानसिक रोगी ३२ वर्षीया कमला रोक्काको उद्धार हुने भएको छ । दलितकी छोरी : जेठी दाम्लोमा, कान्छी बलात्कृतशीर्षकमा अनलाइनखबरमा समाचार प्रकाशन भएपछि कमलाको उद्धार तथा पुनःस्थापनाका लागि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको हो ।
Jhappak bahadur 650 (1)
  • दाम्लोले बाँधेर राखिएकी कमला अभिभावकसँग
आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा खटिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तेह्रथुमका स्थानीय प्रशासनसँग छलफल पछि उनको उपचार र पुनःस्थापनाका लागि निर्देशन समेत दिएको छ । छलफलमा कमलाको उपचारसँगै उनको ९ वर्षीय छोराको पढाइको विषयमा पनि पहल गर्ने निर्णय भएको छ ।
आयोगकी प्रवक्ता मोहना अन्सारी कमलाको स्वास्थ्य उपचारबारे तेह्रथुममा स्थानीय अधिकारीसँग छलफल गर्दै - See more at: http://www.onlinekhabar.com/2015/03/249849/#sthash.UoHDAJCG.dpuf
कमलाको उपचारका लागि काठमाडौँ स्थित कोशिस नेपाल नामक संस्थालाई सिफारिस गर्ने र बच्चाको पढाइका लागि सम्बन्धित संस्थाहरुसँग समन्वय गरी सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय मानव अधिकार आयोगका पूर्वान्चल क्षेत्रीय प्रमुख कोषराज न्यौपानेले बताए । उनलाई उपचारका लागि काठमाडौंसम्म लैजाने तेह्रथुमस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयले प्रतिवद्धता जनाए
http://www.onlinekhabar.com/wp-content/uploads/2015/03/Mohana-Ansari.jpg
राष्ट्रिय मानव अधिकार अायोगकी प्रवक्ता मोहना अनसारी जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र सरोकारवालासँग छलफल गर्दै ।


साथै महिला तथा बालबालिका कार्यालय मातहतको महिला तथा बालबालिका उद्धार कोषबाट कमलालाई उपचारकालागि लैजान नगद १० हजार रुपैयाँ दिने निर्णय समेत भइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ढकालका अनुसार जिल्ला स्थित विभिन्न संघ संस्थाको सहयोगमा उनलाई उपचारका लागि यही साता काठमाडौं लगिने छ ।
जन्मेको ३ वर्षदेखि नै मानसिक सन्तुलन विग्रिएका कारण उपचारमा लगेर औषधी खुवाएपनि नियमित औषधी किनेर खुवाउन नसक्दा कमलालाई उनको परिवारले २८ वर्षदेखि दाम्लोले बाँधेर राखेको थियो । मानसिक सन्तुलन गुमाएकी कमलालाई कसैले जवरजस्ती गरेर उनको छोरा समेत जन्मिएको छ । छोरा ९ बर्षको भइसकेपनि पढाइ भने अलपत्र छ ।
- See more at: http://www.onlinekhabar.com/2015/03/249849/#sthash.tlPlFzGs.dpuf


  • अाज २०७२ भाद्र सम्म उनीहरु मध्ये कमलाको उपचार भइरहेको छ । अनि बच्चाको विराटनगरमा सिविन नेपालको संरक्षणमा पढ्न पाइरहेको छ । 

No comments:

Post a Comment