निबन्ध

(ऐतिहासिक मदन मेला २०६८÷०६९ को अवसरमा आयोजित आठराईको विकासका लागि मेरा सपनाहरुशीर्षक अन्तर्गत भएको निवन्ध प्रतियोगितामा पुुरस्कृत उत्कृष्ठ तीन निवन्धहरु (क्रमश)ढिलैभएपनि प्रकाशित गरिएको छ । उक्त निवन्धहरु उपलब्ध गराउने आयोजक प्रति आभार छ ।   प्र.स.)
निवन्ध
आठराईका विकासका लागि मेरा सपनाहरु
                                   
प्रकाश धौलाकोटी प्रयासी , तेह्रथुम
समग्र राष्ट्रको इतिहासको थोरै हिस्सा र गौरव ओगटेको ,भिन्न सुुख दुुःखका कथा र छुुट्टै पहिचान बोकेको आठराईखास नेपालको पूर्वाञ्चल विकास क्षेत्रका पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम र ताप्लेजङ्गुका दश गाउँ विकाश समितिको सिङ्गो नाम हो । पूर्वमा तमोरनदी ,पश्चिममा खाम्लालुुङ्ग चित्रे,धजे,गोर्जा उत्तरमा ढुुङ्गेसाघुु र दक्षिणमा कोयाखोला समेतले घेरेर चार किल्ला बाँधेको आठराईमा तेह्रथुमका ईवा,छातेढुुङ्गा,चुहानडाँडा,थोक्लुुङ,सक्रान्तिबजार र ह्वाकुु गरी ६ तथा ताप्लेजुुङ्गका निघुुरादिन,फुुलबारी,हाङपाङ र चाँगे गरी चार गाविस हरु पर्दछन् । बस्तुुतः आठराईको नामाकरण कुन पण्डितले कुन तिथि, मितिमा कसरी ग¥यो ? भन्ने यकिन गर्न नसकिए तापनि इतिहासलाई नियाल्दा आठजना राय(राई)सरदारहरुले धनुर्वाणको सहायताले दश गाउँलाई जितेर उक्त विजयी क्षेत्रलाई समविभाजन गरी तिनै आठ जनाले शासन गरेको हुुनाले आठरायबाट परिवर्तन हुदै आठराई भएको हुनुपर्छ ।
जे होस् आठराई मेरो मातृभूमि, आठराई मेरो जन्मभूमि । आठराई सँग मेरो गहिरो नाता छ ,अनि आठराईको विकास सँग पनि । त्यसैले म नातावादलाई ग्रहण गर्छुु । वास्तवमा विकास भनेको विद्यमान अवस्था लाई अझ तीव्र र गतिशीलताका साथ प्रगतिपथमा अगाडि बढाउनुु हो । हरेक गाउँ,ठाउँ क्षेत्र र समग्र राष्ट्रको विकाशका लागि हरेक व्यक्तिको संलग्नता हुनुपर्दछ । यसर्थ आठराईको विकाशका लागि सम्पूर्ण आठराई बासीको संलग्नता आवश्यक छ । आठराई विकाशका दृष्टिले पनि त्यति कमी छैन, यद्यपि आठराईको आफ्नो इतिहास छ, गरिमा छ भावना र उच्च आदर्श छ ।
आठराईको पश्चिमी भागमा लेक(जंगल)मध्यभाग र पुुछारतर्फ बेँशी तथा फाँटहरुले शोभा दिएका छन् । धेरै मानिसहरुलाई आठराईसँग मितेरी गाँस्न रहर जाग्छ । त्यसमा पनि आठराईको खिस्स मस्किने र आँखा झिम्क्याउने प्रवृत्तिले अभैँ छिटो तान्छ । जंगल खोलानाला ,पोखरी, भिर, पाखा ,ओडार सम्म वा बेँसीफाँट ,अलैँची ,सुुन्तला ,कागती आदि भरपूर भएको आठराई तुलफुुल सँगै मुुख रसिलो पार्दै सुन्दर र शान्त इतिहासको पाना रङ्गाइरहेछ ।
आठराई परिवर्तनको संवाहक,शिक्षाको नवचेतक र राजनीतिक क्रान्तिको मुुनाहरु विस्तार बिकास गर्ने उर्वर स्थलको रुपमा स्थापित  हुदै आएको पाइन्छ । आठराईको वर्तमान विकास र त्यसको इतिहासलाई चियाउँदा आठराईमा नभएको र नरहेको केही छैन,वास्तवमा आठराई वासीले नगरेको मात्र हो । सभ्यताको आदिम कालका मुुखिया ,जमिनदार, सरदार तथा अन्य भुुमिपति ,लखपति लगायतका व्यक्तिहरुले नै विकास कार्यको श्री गणेश गरेको हुनुपर्छ । हाल यातायात तथा सञ्चारले आठराईको संघार टेकिसकेको छ । विभिन्न झोलुुङ्गे पूल तथा पक्की पूलहरु कत्ति निर्माणर्थ छन् भने कत्ति आठराई बासीलाई सेवा गरिरहेछन् । त्यसैगरी हाल आठराईले धेरै पाठशाला तथा विद्यालयहरु उभ्याइसकेको छ । दुुईदुुई ओटा सम्म स्नातक तहको अध्ययनअध्यापन गरिने क्याम्पस सँगै ठाउँठाउँमा सबैलाई सहजताको वातावरण बनाउदै उच्च माध्यमिक विद्यालयहरु हाजिर भइसकेका छन् । वर्तमानमा पूर्वकै प्रसिद्ध मानिने शैक्षिक व्यक्तित्वहरुको खानी आठराईको इतिहासलाई केरकार गर्दा तत्कालिन अवस्थाका शिक्षाप्रेमीहरु जस्तैतेजप्रसाद सिटौला,हरिनारायण भण्डारी,देवीप्रसाद उपे्रती,रघुनाथ गौतम,रामदत्त आङ्बुहाङ जस्ता व्यक्तिहरुले नै आठराईलाई , सिकाएको हुनुपर्छ ।
हाल सम्ममा आठराईको उर्वर कोखबाट डाक्टर,पाइलट,समाजसेवी,राजनितिज्ञ ,साहित्यकार किसान जस्ता धेरैले जन्म लिइसकेका छन् । उचित श्रोत र साधनको सही प्रयोग भए आठराईको भावी विकासको गोरेटो सहजै खन्न सकिन्छ । आठराईले जन्माएका धेरै विद्वद्वर्गलाई यस अघि नै देखिसकिएको छ । आफ्नो सन्तानलाई हुुर्काएर विद्वान् बनायो र केही आशा पनि ग¥यो तर ती आशाहरु कत्ति त मरेर पनि गए ,कत्ति हुुर्किदैछन् भने कत्ति त गर्भमा पनि छन् । मरेर गएकालाई फर्काउने गाहा्रे छ । हुुर्किदै गरेकालाई गोडमेल तथा मलजल गर्ने र गर्भमा रहेकालाई राम्रो सँग कुुपोषण हुन नदिई जन्म दिने मेरो सपना छ  । प्रकृतिको अनुपम सौन्दर्यले सजिएको मेरो मातृस्थल कवि सिद्धिचरणको ओखलढुुङ्गा भन्दा कम छैन ।  त्यसैले त यसैको श्रृङ्गार गर्ने र विकासको चरम् शिखर पुु¥याउने मेरो सपना नै मेरो भविष्य हुनेछ । मलाई पाइला टेक्न सिकाउने ताते गर्न र तोते बोली सँगै आमा अनि बाबा भन्न सिकाउने मेरो सुुन्दर एवम् रमणीय आठराई र यसको रुपलाई सिङ्गारपटार गर्नुु नै  मेरो मूुुख्य सपना रहेको छ ।
वास्तवमा सपना,सपना मै सिमित हुने गर्छ । बिना परिश्रम,विना लगानी,विना साहस परिकल्पित सपना साकार गर्न हात्तीले जिरा खानुु भनै झँै छैन । यद्यपि सपना पनि दुुई खाले हुुन्छन् साकार हुने र नहुने । स्वर्गीय आनन्दको खोकिलामा रम्दै आँखा चिम्लेर देखेको सपना साकार नहुने निश्चित हुुन्छ । तर पीडा ,वेदना ,अन्याय र अत्याचारको दुुरुह परिस्थिति नियालेर द्रवीभूत भएको मनले आँखा खोलेर देखेको सपना रिस र आक्रोसले गर्दा पनि पूरा हुुन सक्छ । आठराईका विभिन्न प्राकृतिक वनस्पति ,वनजङ्गल ,डाँडापाखा खोलानाला हिमश्रृङ्खला बन्यजन्तुुको संरक्षण गर्ने मेरो सपना छ । कुुशल मातृत्वले भरिएको आठराईले मलाई शैशव कालको पराधीनता कटायो । हुन त म जन्मँदा आठराईले प्रशवकालको सीमातीत पीडा पनि नझेलेको होइन । त्यसैले त मैले आठराईलाई प्रशवऋण तिर्नु छ । दश धारा दुुधको भारा तिर्नुु छ । मैले मेरी आमाको सपना पूरा गर्नुु छ , त्यसैले आठराईको सर्वोत्तम हितका लागि स्वर्गिय सपना मैले सपनाको संसारमा रचिसकेको छुु ।
त्यो स्वप्निल संसारभित्र मेरो आठराई कहिले पाथीभराको गम्भीर चेहरालाई जिस्क्याउदै त कहिले कुुम्भकर्ण र कञ्चनजङ्घालाई लालायित गर्दै आफ्नो मस्त जवानीको रौनक छरिरहेको हुनेछ । मैले सोचेजस्तो आठराई हुँदा यहाँ विभिन्न पर्यटकीय स्थलहरु स्थापित हुनेछन् । आधुनिक सुुविधामा सम्पन्नता प्राप्तिका साथै प्राकृतिक सुुन्दरता को नैसर्गिक गुुणले आठराईका प्राचीन महत्व झल्किने ठाउँहरुको सेवा गर्नेछन् ।
मनमा उत्साह र पाखुरीमा बल भएका जाँगरिला, समाजको विद्यमान अवस्थालाई गुणात्मक परिवर्तन गर्न जवानीले नछाडेका र बुुढ्याँइले स्पर्श नगरेका युवाहरु विकासका आधार स्तम्भ हुन् । अजस्र ऊर्जाका श्रोत हुन् भन्ने कुुरालाई सबैले मनोविश्लेषण गरी स्वरोजगारको व्यावस्था गर्ने वातावरण मिलिसकेको हुुनेछ । तब त आठराईका युवा जनशक्तिले आफ्नै समाजको सेवामा रही सिर्जनात्मक श्रम ,सीप र वुुद्धि विवेक आठराई कै विकासका लागि खर्च गर्ने छन् । परिवर्तनका अजस्र श्रोत मानिएका युवाहरुलाई समुुच्चित संयोजन गरी सदुुपयोग गर्न सकिएको खण्डमा मैले देखेको सपना ,सपनाको उपमाबाट निष्कृय हुनेछ । तब त आठराईका युुवाहरुले आठराईको आकाशमा जहाज उडाउनेछन् । तमोरको त्यो कलकल बग्ने पानीले युवाशक्ति पाएपछि आठराईलाई झिलीमिली पारेको हुुनेछ । फलाम तथा चाँदी खानी खोज्न आठराई छाड्नुु पर्दैन । विदेशीको चौरासी व्यञ्जनलाई वास्ता नगरी विश्व नै मेरो आठराईको गुुन्दुु्रक र ढिडो तथा सिस्नुुको फाँडो सँग माया लाउन आइपुुग्नेछ । अनि आठराईका युवाले आठराई छोड्ने मौकै पर्दैन । सबै जातजाति भाषा भाषी चाडपर्व अनि रितिथिति धर्म संस्कारहरुको चौतारी ,रोदी घाटुु,भजन,बालन ढोल ,झ्याम्टा,धाननाच ,चण्डीनाच ,मारुनीनाच ,लाखेनाच, धामीनाच जस्ता नेपालकै लोपोन्मुुख संस्कार तथा प्रचलनहरुको संगमस्थल आठराई भनेर चिनिनेछ  मेरो आठराई । तब त आठराईवासीले जातीय सहिष्णुुता धर्म निरपेक्षता अनि आफ्ना जातीय पहिचान झल्कने लोकसंस्कृति र परम्पराहरुको संरक्षण गर्दै सही ढङ्गले मान्ने प्रचलन अँगाल्नेछन् ।
आठराईमा अलैँचीका गोटी र सुुन्तलाको रस अनि आँपका रसिला दाना टोक्न अमेरिकी नागरिकहरु एयर लाइन्सको विमान चढेर आठराईको पोमाजङमा ओर्लनेछन् । अनि त आठराईका लिम्बुनीहरु चौबन्दी र फरियामा सजिएर पालाम र हाक्पारे गुुन्गुनाउदै वेल कम भन्न पनि पछि पर्ने छैनन् । तब त मेरो आठराई विश्वकै एउटै सुुनौलो गन्तव्य बन्नेछ । पोखराको फेवाताल हेर्न पोखरा जान पर्दैन आठराई पोखरी गए पुुग्नेछ । हिमालको हिउँ पग्लेर बगेको तमोरको चिसो पानीले स्वर्गीय अनुुभूति मात्र होइन ठूली माई,सप्तकोशी र नाइलको उपमा प्रकृतिले भरिसकेको हुुनेछ । तब त कसो नबन्ला मेरो आठराई पर्यटकीय सुनौलो गन्तव्य ?
अझ आठराईको मात्र नभएर पुुर्वी नेपालकै स्वर्णिम इतिहास वोकेको ८.५ फिट अग्लो ढुुङ्गै ढुुङ्गाले बनेको छातेढुुङ्गाले बिश्वको अभिप्राय नै आठराईको दर्शन गर्नै पर्छ भन्ने बनाइदिनेछ । ऐतिहासिक मेलाहरुले धान नाच र जुुवारी तथा झ्याउरे भाकाहरु मार्फत कुुम्भकर्ण लाई गुुञ्जायमान बनाइदिनेछन् ।
अझ मेरो सपनाको स्मृतिपटल भित्र पसेर खोज्दा आठराईको याकुुम्बागढी सगरमाथाको नाम्चे हुदै पोखराको फेवा अनि ईटालीको पिजा टावर सम्मको मानवताको केवुुलकार सेवा निर्माण हुुने देखिन्छ । त्यही केवुवकार चढेर आठराईले विश्व भ्रमण को सुुरुवात र अन्त्य पनि गर्नेछ अनि आठराईका सन्तानहरुले आफ्ना कलमी पानामा उतार्नेछन् त्यसका उपलब्धीहरुलाई ।
यति मात्र हो र? सुुन्दर प्राकृतिक वातावरणको विनाश नगरी कृत्रिमताको प्रदुुषण नल्याई आठराईको जनजीवन उच्च सगरमाथाको शिखर झैँ चुुलिने छ । अन्नका भण्डारहरु टुुँडिखेल,टाहारी,चोकपूर र ठूली बेँशीले आठराईको भोक अनि कोयाखोलाको पानीले तृष्णा मेट्नेछन् । विभिन्न व्यापारिक स्थलहरु निर्माण हुुनेछन् । पोमाजुुङ याकुम्बागढी,घन्टेबजार हुुदै भगवती देवीको मन्दिर मुुनिबाट रेल वे निर्माण हुुनेछ । हाल विश्वमा साल आश्चर्यहरु थपिएर सात बाट चाँडै सत्र हुुनेछन् । चीन गे्रटवालको न्यासा्रे हामीलाई देवीढुुङ्गा र खरी ढुुङ्गाले मेटाउनेछन् । काठमाडौँको वीर हष्पिटलको सम्पूर्ण सेवा मेरै अलैँची तथा सुुन्तलाको राजधानी आठराईमा हुनेछ । आठराईका सन्तानले बगाएको रगत उम्लिएर जताततै पानीका मुहानहरु निस्कनेछन् । बगालेमा शहिद गेटहरु बन्नेछन् । सोवुवा,चुवा र खुुवा खोलाले सम्मान पाउनेछन् । तब त आठराईका आङबुहाङनीहरु खुुसी हुुनेछन् । आठराईको सुुर्तीको निकोटिनले केही गर्न सक्ने छैन । आठराईको आँखामा रहेको ह्यात्रुुङ झरना देख्दैमा एन्जिलले ठाउँ छाड्नेछ । तब त  मेरो आठराई स्वर्गीय अनुुभूतिको स्थल,आनन्द प्राप्तिको मार्ग ,एउटा सानो भुुस्वर्ग बन्नेछ । संसारका मानिसहरु आठराईको दर्शनमा लालायित हुनेछन् । सादा जीवन उच्च विचारको आदर्श बोकेको आठराईको विकासका लागि ,आठराईको पुुर्न जीवनका लागि म लागि रहने छुु । आठराईको जीवन नै मेरो जीवन, आठराईको भविष्य नै मेरो भविष्य  भएकाले आठराईको सपना नै मेरो सपना बनाउने छु । अन्ततः किन नबनोस् संसारकै सानो र स्वच्छ भूस्वर्ग मेरो आठराई ।
वस्तुुतः सबै आठराईका सन्तानहरु डटे र नङ्ग्रा खियाए आठराईको उन्नति र प्रगतिको लागि सपनाको संसार खासै टाढा छैन । यसर्थ सबै आठराई बासीहरु जुट््नु आवश्यक छ ।।।

आठराईको विकासका लागि मेरा सपनाहरु
                                   युवराज पौडेल डाइनोसर
                                   ताप्लेजुुङ,हालह्वाकुु,तेह्रथुुम
म ब्युुझेँ आठराई जाग्छ ।
आठराई जागे देश उठ्छ ।।
देश उठे संसार बल्छ ।
संसार बले मान्छे,मान्छे हुुन्छ ।।
पुुर्वी नेपालको पहाडी जिल्ला तेह्रथुम र ताप्लेजुुङ्गको क्षेत्र हो आठराई । हुुन त आठराईको न्वारान कसले ग¥यो त्यो त भन्न सकिन्नँ । तर पनि पहिला को कथनअनुुसार आठजना राईहरुले दश राज्य जितेर बनाएको क्षेत्र नै आठराई हो,भन्ने भनाइ रहेको छ । परिवर्तनको बाहक आठराई मा दश गा.वि.स.ह्वाकुु,इवा,छातेढुुङ्गा,थोक्लुुङ,सक्रान्तिबजार,चाँगे,हाम्पाङ,फूलबारी,निघुुरादिन पर्छन् । ६ गा.वि.स.तेह्रथुम र ४ गा.वि.स.ताप्लेजङ्गुमा पर्छन् । भौगोलिक विविधता भित्र सुुन्तला कागती धान अलैँची तथा अन्य बालीको राम्रो उत्पादन हुने यस क्षेत्रलाई दक्षिणी क्षेत्रमा कोयाखोला पश्चिमी क्षेत्रमा खाम्लालुुुुङ्ग,चित्रे धजे गोर्जा डाँडा पूर्वमा तमोर र उत्तरमा ढुुङ्गेसाँघुुले छेकेको छ ।
अरु क्षेत्रको तुुलनामा शिक्षामा निक्कै अगाडि बढेको मानिन्छ आठराई । पाठशाला तथा विद्यालयकै संख्या गन्ने हो भने दश गाविसमा गरी पचहत्तर को हाराहारीमा रहेको पाइन्छ । यसभित्र धेरै उच्च माविहरु पनि सञ्चालित छन् । तेह्रथुम बहुुमुुखी क्याम्पस र ह्यात्रुुङ झरना क्याम्पस गरी  दुई वटा डिप्लोमा तहसम्म पढाई हुुने क्याम्पसहरु छन् । शिक्षा क्षेत्रमा जति अगाडि छ त्यति नै अगाडि साहित्यमा छ । साहित्यको इतिहास पल्टाउँदा वि.स.१९९० सालतिर पहिलो साहित्यिक कृति प्रकाशित भएको पाइन्छ । स्व.वाग्दल डाँगी,स्व.हरिलाल थपलिया ,स्व.द्रोणाचार्य क्षेत्री आदि नाम उल्लेख्य छ  साहित्य क्षेत्रमा । वि.स. २०१६ सालतिरै त्रिमोहन मा.वि.(हालःउमावि)बाट प्रोत्साहन’,शारदा मा.वि.(हालःउमावि)बाट प्रयासजस्ता साहित्यिक पत्रिका प्रकाशन भए तर केही समयपछि बन्द भए । हाल आएर विस्फोटन जस्ता पत्रिकाहरु प्रकाशन भइरहेको पाइन्छ । अहिले श्रष्टा सर्जकहरु पनि जन्मिएका छन् र साहित्यका नयाँ आन्दोलनहरु पनि हुुदैछन् । जस्तैः उत्तरआधुुनिकवाद रंगभेदी आदि ।
विशेषतःकिराँतीहरुको वाहुुल्यता रहेको यस क्षेत्रमा धान नाच च्याबुु्रङनाच निक्कै प्रचलित छन् । हुुुन तः जे.वी. आले कविता आले भरत प्रसाई जस्ता लोकगायक जन्मिएको यस क्षेत्रमा तामाङको डम्फुुनाच पनि निकै चर्चामा छ । पछिल्ला चरणमा आएर अन्ुजुु पन्त खगेन्द्र याक्सो जस्ता प्रसिद्ध गायक गायिका पनि जन्मिएका छन् । ति भिन्न भाकाका गीत पनि उत्तिकै चर्चित छन् । विभिन्न गा.वि.स. मा खुुलेका क्लबहरुले पनि गीत साहित्य नृत्य लगायतका विधाबाट कलाको संरक्षण गरेकै पाइन्छ । अब आठराई केही समय मै आठकलाको नाउँबाट प्रचलित हुने कल्पना गर्दा पनि असम्भव नहोला ।
झण्डै झण्डै चालिस हजार को हाराहारीमा यस क्षेत्रको जनसंख्या छ भने ,अधिकांश मानिसहरु कृषिमा नै आधारित रहेको पाइन्छ । देशकै विडम्बना भन्नुपर्छ यहाँका धेरै युवाहरु रोजगारको खोजीमा विदेश तिर पलायन भएका छन् । अरु पेशागत मानिसहरु नभएका त होइनन् तर कृषक भन्दा चाँहि कमै मात्रामा छन् । अलैँची लगायत नगदेवाली र दलहन निकै चर्चित छ । पहिला यातायातको सुुविधा नहुुँदा ताप्लेजुुङको फुुङ्लिङ र पाँचथरको सिँहापुुर आठराईको मुुख्य बजार थियो भने,अहिले आठराईकै सुुन्दर नगरी सक्रान्तिबजारमा मोटरबाटो आएपछि निकै ख्यातिप्राप्त बजार हुुनुुका साथै आठराईबासीको नुुनतेल खाने भाँडो बनेको छ ।
पछिल्लो समयमा शिक्षाको विकास भएर होला,अन्धविश्वासलाई निकै चिरफार गरी अगाडि बढेको छ । बली प्रथा,छुवाछुत,उचनिच जस्ता भेद भावपूण व्यवहार निकै कम भएका छन् । क्षेत्री लिम्बू लगायतका अन्तरजाितय विवाह चल्न थालेको छ । विभिन्न चाडपर्वहरु जस्तै दशैँ तिहार ल्होसार चासोक तङ्नाम चाड आदि आपसी मेलबाट मनाइन्छ । सबै जातिको छासमीसे बसोबास भएर सकारात्मक परम्परा संरक्षण त हुुदैछ । त्यसो भयो भने एक आपसको संस्कृति बुुझ्ने मौका पनि हुुन्छ ।
चाँगे,हाङपाङ,निघुुरादिन,फूलबारी पछि २०३२ सालमा ताप्लेजुुङ्गमा गाभिएको हो । अहिले तेह्रथुमे छ वटा गाविस सदरमुुकाम देखि निकै टाढा रहेका छन् । एउटा दःखको कुुरा संक्रान्तिबजारमा भएको क्षेत्रीय कार्यालयहरु पनि प्रायःसारिएका छन् । वालुुवादेखि हिउँ सम्म पाइन्छ आठराईमा । भत्भति पोल्ने गर्मीदेखि जिउनै कठ्याग्रीने जाडो पनि हुुन्छ । साल सिसौ खयर बयर देखि लालीगुुराँस कटुुस बजे्र चाँप जस्ता दुुर्लभ बोटविरुवा पनि पाइन्छ । अझ भन्ने हो भने बारुद बनाउन प्रयोग हुुने सुुनथाङ्गे्र,क्यान्सर को औषधी (टेम्सल)बनाउन प्रयोग हुने  लौठसल्ला ,अलैँची चिराइतो तथा मरुभूमिमा पनि बाँच्न सुुन्ने सुुनाखरी पाइन्छ । तर के गर्ने मूल्याङ्कन नै छैन । सक्रान्तिबजार ,छातेढुुङ्गा,चुहानडाँडाका केही भागमा पानीको निकै समस्या छ भन्दा अत्युुक्ति नहोला तर पान्दसे ,चुहानडाँडा डाँडागाउँ का सल्लाको सुुसाईले प्यास मेटाउन खाज्छ ।
भनिन्छ धर्म स्वर्गको मार्ग हो भनेर, धार्मिक आस्थाको प्रभाव पनि परेको छ जति शिक्षाको छ । सक्रान्तिबजार देखि १.५ किमी पुुर्व दक्षिण क्षेत्रमा रहेको भगवती मन्दिर निकै चर्चित छ । त्यस्तै ह्वाकुुमा रहेको जालपादेवी ,बौद्धगुुम्बा,तथा खेलपुुरको शिव मन्दिर आदि धार्मिक स्थल पनि छन् । तर अहिले कतै कतै संरक्षणको अभाव खड्कीरहेको छ । धामी झाँक्री माथि पनि विश्वास गर्ने केही मात्रामा छन् । भएन बा्रम्ह्ण पुुज्ने पनि केही कतै भेटिन्छन् । स्वास्थ्य चौकी संख्या पनि निकै भएर होला औषधी खाने त धेरै छन् ।
हरियो त्रिकोणीय दुुवोको पृष्ठभुुमिमा सल्ला को सुुसाईमार्फत स्वर्ग गिज्याउने छातेढुुङ्गा मा प्रत्येक वर्ष दीपावली मेला लाग्छ । सक्रान्तिमा पनि प्रत्येक शनिवार र एक गते बजार लाग्छ । त्यहाँको छुुट्टै अस्तित्व छ । विषेशतः छातेढुुङ्गामा आठराई तथा अन्य ठाउँको खेल तथा चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम को आयोजनाले कलाको लालीगुुराँस फुलाउँदछ । यता सक्रान्तिमा पनि वि.स.२०१५ साल दखि मदन मेला लाग्थ्यो । विभिन्न कारण बाट बिचमा २०५७ सालदेखि स्थगित भएर पुुनः वि.स. २०६८÷०६९ सालदेखि सुरुवात भएको छ । यो पुुर्वाञ्चलकै ठूलो र व्यापक क्षेत्र समेटेको मेला युुगौँ युुगसम्म लागिरहन्छ देशकै नमूना बन्नेछ ।
आठराईले नजन्माएको होइन जन्मायो तर भन्छन् नि छाला राम्रो हुुनेको चाला राम्रो हुदैन । आठराईले जन्माएका कतिपय त यस्ता पनि भेटिए प्रतिष्ठित पद वा कुुर्सीमा नपुुगीन्जेल आठराईको जिउ जिउ पुुगेपछि सम्झिदै नसम्झीऊ तर कतिपय भने कर्तव्यनिष्ठ छन् । यहाँ काजीमान कन्दङ्गवा ,अनिरुद्र तिम्सीना आदिको नाम लिँदा फरक नपर्ला । अब अझै नोबेल पुुरस्कार जिल्ने साहित्यकार जन्माउनेछ सि.एन.एन. हिरो जन्माउने छ । म र म जस्तै आठराईवासीको सपना साकार पार्नलाई होला आजभोलि देख्दैछुु काँडा खाई गुलाब ओकल्ने जन्माउदैछ आठराईले ।
बन्दुुकको गोली छोडेर स्नेहको बोली ओकल्दै अगाडि बढ्नेछ । पर्यटकीय स्थल आठराई भई प्रशस्त मात्रामा अर्थोपार्जन हुुन्छ । धजे र गोर्जा डाँडामा पसिना चिटचिट काढी भारी बोक्ने भरिया दाई तमोर खोलामा गिटी चाल्ने असाहाय भाई काख मा बच्चा च्यापी पिठ्युुमा पानी बोक्ने नारी यस ठाउँका उद्योगपति बन्नेछन् । भोलि प्रिय आठराई अरस्तुु बन्नेछ । अलेक्जेन्डर होमर हिटलर अल्बर्ट आइन्सटाइन आइज्याक न्यूटन अनि लुुइ पाश्चर सबै सबै बन्नेछ । आठराई केवल भुु तलको मात्र नभई स्वर्गको अप्सरा जिस्क्याउने नायक बन्नेछ ।
आठराईका प्रत्येक छोराहरु आमाको न्यानो काख छोडेर परजिवी लाई रगत चुुसाउन यहाँबाट धुुव्रिकरण हुने छैनन् । गुुणस्तरीय जिवनका रोवर्टहरु निर्माण हुुनेछन् आठराईमा । अङ्गे्रजी व्याकरणका इतिहासहरु विज्ञानको रसायन शास्त्र तिर नेपाली साहित्यका उखान खोज्दै जाने छैनन् अनि हुुन्छन् विश्वमा आठराई सम्बन्धि सुुसाङ्ख्य टङ्कनहरु ।
विना संविधानमा तड्पिएको नेपालको टाउकोलाई आठराईले शतहनी धवलको स्वेताभा मित्र आफुु जन्मिँदा आमाको रगतले भिजेको माटो सुुघाउने छ । रोल्पा रुकुुमका हिऊँ शिवपुुरीका जङ्गल र खोकुु छिन्ताङका रगतका टाटाहरु उत्खनन् गर्नेछ । आठराईले अनि बन्नेछ विकसित र सुुसज्जीत अनि विश्वको उदाहरणीय नमूना मेरो प्रिय आठराई ।
परिवर्तन भनेको एर्कपटक नहुुने वस्तुु भएकाले अव हेनुुहोस् बिस्तारै आठराई न्युुयोर्क बन्नेछ । कृषिमा आधुुनिकीकरण गरेर आर्गानिक खेती तर्फ लम्किई यहाँको जैविक विविधता संरक्षण भएर म अर्को जन्म लिएर आउदा पनि धोत्रे गुुम्बाबो दर्शन गर्न पाउनेछुु यहाँको मानिसहरु अन्धविश्वास त्याग्छन् तर धर्म त्याग्दैनन् ।
मैले प्रत्येक रात प्रत्येक पलका सपनामा देखेको छुु । कोयाखोलाबाट आठराई झलमल्ल बल्नेछ । भोलि आठराईवासीको जनश्रमदान जुुटेर मध्यान्हको माघे घाम बन्नेछ आठराई । अरु क्षेत्रको तुलनामा शैक्षिक क्षेत्रमा निकै अगाडि बढेको छ यो क्षेत्र ,त्यसैले त विष्णुुको पाइला गणेशको पेट कुुवेर को भण्डार युुधिष्ठिरको विचार अर्जुुन को लक्ष्य र विश्वको दर्शन बन्नेछ आठराई । बाबुु बाजेको इतिहास छोडेर प्राविधिक शिक्ष्ााँ तर्फ लम्किनेछन् । सारा आठराईबासीहरु अनि औसीको मध्य रातमा सुुर्य उदाउने छ । शिक्षा स्वास्थ्य यातायात सञ्चार खानेपानी जस्ता विकासका पुुर्वाधारको चाँडूै उदय हुनेछ र यहाँको प्रत्येक उच्च मावि तथा माविका विद्यार्थीहरु कम्प्युुटर बनाउने छन् । अझै चाँडो बुुर्जुवा शिक्षा अन्त्य गर्ने हो भने यी बिद्यार्थी ले विश्वकै सर्वाधिक चर्चामा रहेको इन्टरनेट कम्पनी याहुु लाई अवरोध गर्न सक्नेछन् । आफ्नो सुुरक्षाको लागि क्षेप्यास्त्र निर्माण गर्नेछन् । बुुढापाकाको कथन अनुुसार आठ राईको  शाशन बाट आधे्र हुुदै अप्रभंस भएर आएको ६०० २५०० मिटर उचाइमा अवस्थित छ आठराई । समग्रमा भन्दा भौगोलिक आर्थिक शैक्षिक धाार्मिक या त चौतर्फी क्षेत्रमा उत्तिकै प्रखर रहेको पाइन्छ । तर अपवादमा एकदुुई वटा अवगुुण हरु त अवश्य नै छन् । भनिन्छ नि ३२ लक्षणका त गौतम बुुद्ध पनि थिएनन् भनेर । जे भएपनि मैले देखेको छुु ,आफ्नो भेषभुुषा संस्कृति जैविक विविधता संरक्षण गर्दै नेपाल अनि विश्वकै स्वर्गिक उदाहरणीय नमुुना बन्नेछ आठराई । आठराई ! आठराई !!!

आठराईको विकासका लागि मेरा सपनाहरु
                        डिल्लीराम परदेशी

                        छातेढुुङ्गा,तेह्रथुम
आठराई भन्ने शब्द नै मलाई प्यारो लाग्छ । एउटा नवजात शिशुुलाई जन्म दिएर पूर्ण मातृवात्सल्यता प्रदान गर्दै आफ्नै शरीरको रस चुुसाएर कर्मठ ,योग्य र सक्षम नागरिक बनाउने मातृभूमिको नाम प्यारो नलागोस् पनि कसरी !आफू हजारौँ दुुःख कष्ट सहेर आफ्ना सन्ततिलाई सदा सुुखमय जीवनका स्वर्णिम सपनाहरु बाँड्ने संसारमा आमा र मातृभूमि बाहेक अरु को नै हुन सक्छ र ? आठराई तिनै आमाको नाम हो जसले लाखौँ सन्ततिहरु जन्माइन् ,हुुर्काइन्,बढाइन्,र पढाइन् अनि देशको सेवार्थ र आफ्नै जीवन सञ्चालनार्थ अग्रगामी यात्राका लागि छोडिदिइन् उनीहरुलाई । म पनि तिनै सन्ततिहरु मध्ये एक हुँ । जन्माउनु,हुर्काउनुु,बढाउनुु,र पढाउनुु आमाको कर्तव्य हो भने जन्मे हुर्केपछि आमाको  उचित सेवा गर्नु सन्ततिको कर्तव्य हो । हो त्यही कर्तव्य पूरा गर्न म आज आठराईको उन्नति प्रगति र विकासका लागि अदम्य साहसका साथ यात्रापथमा निस्किएको छु । यतिबेला आठराईको विकासमा केन्द्रित छन् मेरा सपनाहरु ।
धेरै पहिले देखि नै शिक्षाको पर्यायका रुपमा चिनिदै आएको आठराईको शैक्षिक इतिहासको पृष्ठ भूमिलाई हेर्दा यहाँ वि. स.१९९० साल पूर्व नै अनौपचारिक शिक्षाको विस्तारै थालनी भएबाट यहाँको शैक्षिक स्तर माथि उठ्दै गएको पाउँछौ हामी । भौगोलिक सिमाङ्कनका आधारमा केही भाग ताप्लेजुुङ्ग र केही भाग तेह्रथुममा विभाजित भए पनि भावनात्मक हिसावले कहिल्यै पनि विभाजित र विभक्त नबनेको आठराई सधैँ शान्ति,न्याय र विकासको सन्देश बाँडिरहेछ ।
शैक्षिक चेतनाका हिसावले देशैभरि आफ्ना पहिचान बनाउन सफल हाम्रो आठराईलाई आर्थिक र भौतिक विकासका दृष्टिले पनि देश विदेशमा सुुपरिचित बनाउनुु हामी आठराईबासीको मात्र नभएर सिङ्गो देशवासीको साझा कर्तव्य हो । कुनै देशको कुनै ठाँउको उच्चतम विकास हुनु र एउटा छुुट्टै पहिचान स्थापित हुनुपनि त्यो देशको गौरवको कुरा हो । जसरी नेपालको सगरमाथा र लुुम्विनीले नेपाललाई विश्वभरि चिनाएका छन् त्यसरी नै आठराईले पनि त नेपाललाई विश्वभरि चिनाउन सक्छ नि । तर त्यो स्तरमा आठराईलाई विकास गरेर लैजान हामी सबै ले यथाशक्य तन,मन धन र बचनले दृढ संकल्पित रहनुुपर्छ र डटेर लागिरहनुुपर्छ , विकास पथमा । ताप्लेजुुङ्गको आठराईमा पर्ने चाँगे,हाङपाङ,फुुलबारी र निघुुराधिन लगायतको सम्बन्ध तेहं्रथुम आठराईमा पर्ने ह्वाकुु,ईवा,छातेढुुङ्गा,चुहानडाँडा,थोक्लुुङ,र सक्रान्तिबजारसँग नङ र मासुको जस्तै बन्नुपर्छ । आठराई बहुु जातजाति ,बहुधर्म संस्कृति र बहुु भाषा भाषीको साझा घर भएकाले यसको संरक्षण र विकासमा पनि सबैको साझा प्रयास रहेमा मात्र सफलताको सिँढी चढ्दै एक दिन अवश्य गन्तव्यको शिखरमा पुुगेर मुुस्कुुराउछ आठराई ।
म यतिबेला आठराईको माटोमा जन्मिएर आठराई आमाको काखमा लडिबुडी गर्दै स्वतन्त्ररुपमा हुर्कन बढ्न र पढ्न पाएकोमा अरुसामुु गर्वले शिर ठाडो पारेर हिडिरहेछुु । आठराई आमाको गुन तिर्न त अवश्य सक्दिनँ तथापि थोरै भए पनि सेवा गर्न आतुुर छुु,लालायित छुु । यी मातृभुमि प्रति सदा ऋणी छुु। त्यसैले नतमस्तक छु । आमा बिना संसार देख्ने र माटो अथवा जन्मभूमि बिना जिउने कल्पना सम्म गर्न सकिँदो रहेनछ । आमा र जन्मभूमि बिना न त जन्म संभव छ न त जीवन । आखिर जन्म र जीवनका स्रोत नै जननी र जन्म भूमि हुन् भने यी भन्दा उच्च मूल्यका बस्तुनै दुुँनियामा के हुुन सक्छन् र अरु ? हो त्यसै अर्थमा जननी जन्मभूमिश्चःस्वर्गादपि गरियसीभन्ने उक्ति पनि सार्थक र सान्दर्भिक हुुन्छ । अनि मलाई पनि गौरव लाग्छ स्वर्ग भन्दा पनि प्यारो आठराईको काखमा जन्मन पाएकोमा र गौरवले शीर ठाडो पार्दै जिउन पाएकोमा । त्यसैले तम्सन्छुु जन्मभूमिको गुनको बदलामा थोरै भए पनि केही उन्नति प्रगति र विकासका कामहरु गर्न । म आठराईका गाँउ गाउँमा कालो पत्रे सडकमा चिल्ला गाडीहरु सरर्र कुदेको हेर्न चाहन्छुु जसका लागि सर्वप्रथम म आफैँ हातमा झम्पल कुटे कोदालो लिएर अरुलाई पनि सहस्र आव्हान गर्न चाहान्छुु
आऊ सबै वर्ग जाति एक भई उठौँ
सवै मिली आठराईको विकासमा जुुटौँ
यसरी आठराईका अँध्यारा गाउँ बस्तीहरुमा सडक पुु¥याएर यहाँ उत्पादित बस्तुहरु स्वदेशी र विदेशी बजारसम्म पुु¥याई उचित मूल्य हात पार्न सक्ने पूर्वाधारको विकास गर्नुु मेरो एउटा पहिलो सपना हो । जसका लागि गाउँ देखि शहरसम्म ,सडकदेखि सदनसम्म र हिमालदेखि तराईसम्म एउटै स्वर एउटै नारा एउटै ताल एउटै पारा भए यो असम्मभव कार्य किमार्थ होइन । गाउँको सडकमा कालो पत्रे गर्न कसैले गिट्टी कुटिरहेका वेला कसैले ट्रयाक्टरमा बालुवा लोड गर्नुुपर्छ ,कसैले अलकत्राका टीन ओसार्नुु पर्छ अनि यही ठाउँको दानापानी खाएर माथि पुुगेकाहरुले गाउँका लागि विकास बजेट पास गराएर गाउँमा पठाउनुु पर्छ । यसो भए त भइहाल्छ नि आठराईको विकास ! तर मनमा मन काँधमा काँध हातमा हात र साथमा साथ मिल्नुुपर्छ सबैको ।
सोलार टुकीको धिपधिपे उज्यालोमा न्यून प्रकाशित आठराईका गाउँ वस्तीहरुमा कोयाखोला बाट उत्पादित लघुु जलविद्युुतले पनि पूर्णरुपले गाउँ उजिल्याउन सक्दैन भने आठराईको गोडाबाट कलकल बगिरहेको तमोर नदीको पानीबाट पर्याप्त विजुली निकाली सोही विजुुलीको झलमल्ल उज्यालोमा आफू पनि रमाउन सकिन्छ भने बढी भएको विजुली विक्री गरी आय आर्जनको ढोका समेत खोल्न सकिन्छ । तर यो सपना सबैको साझा सपना बनेमात्र यसले सार्थकता पाउन सक्छ ।
आठराईको विकासको कुरा गर्दा म आठराईको भूमिमा जन्मिएर अहिले देशको सम्मानित र गरिमामय ओहदामा आसिन नेता,मन्त्री र कर्मचारीहरुलाई झल्झली सम्झिन्छुु जसले उडेर गएको चरीले जन्मे हुर्केको गँडको माया लाई बिर्सिए झैँ चटक्कै बिर्सिएका छन् गाउँको माया । वास्तवमा विर्सनुु नहुँने हो ,संझिनुु पर्ने हो ,केही गर्न नसकि पनि केही गर्न अवश्य खोज्नुु पर्ने हो । तर खोई देखाउन सके उनीहरुले आफ्नो जन्मभुुमि प्रति श्रध्द्धा र भक्तिभाव स्नेह र ममता ? बरु उल्टै देशलाई लात मारे, राष्ट्रलाई अलपत्र पारे,जालझेल गरे र काम टारे । आफ्नो गाउँ ठाउँ र देशको विकासको सवाल चिन्ताको विषय बनेको भए बन जङ्गल र जलस्रोतका दृष्टिले यतिको धनी हाम्रो देश पहिलेनै स्वीट्जरल्याण्ड बन्ने थियो । तर त्यो हुन सकेन । सारा आठराईवासीको सपना समग्र आठराई र सम्पुुर्ण नेपालको विकास हो । आठराईमा विकासका पूर्वाधारहरु बोकेका थुप्रै ठाउँ हरु त्यो समयको पर्खाइमा छन् जुन समयको आगमनले यी ठाउँहरुलाई उच्च विकसित बन्ने सुुअवसर प्राप्त हुुन्छ ।
आठराईका प्राय सबै गाउँहरुले एक न एक किसिमका विशेषताहरु बोकेका छन् । ह्वाकुुको उर्वर माटोमा अत्याधिक धान,गहूँ मकै आलुु लगायतका बालीनालीको राम्रो उत्पादन हुनु,इवाको सुुन्तला र कागती नेपालको पूर्वी भागमा निकै प्रसिद्ध रहनुु छातेढुुङ्गामा रहेको ऐतिहासिक(ढुुङ्गाको छाता भएको),थापा राजाहरुले पानी खाने गरेको ढुुङ्गाको ऐतिहासिक थापा पानी कुवा  र उनीहरुले भोजन गर्ने ठाउँ ऐतिहासिक तीन चम्के टाहारको आकर्षण मा प्रचुर पर्यटकीय संभावना रहनुु,चुहानडाँडाको थुम्कीडाँडामा विभानस्थलको सम्भावना रही एक दुुईपटक सर्भे समेत भइसक्नुु ,संक्रान्तिबजारदेखि लिएर चिया उत्पादन समेत गर्न सकिने उच्च सम्भाव्यता रहेबाट पनि आठराईको बिशेषता झल्किन्छ । यतिमात्र नभएर विदेशी हरुले लाखौँ डलर तिरेर हेर्ने हिमाल चौविसै घण्टा हेर्न पाउने सौभाग्य प्राप्त छ आठराईवासी हरुलाई ।
अहिले म आठराईको विकासको बारेमा गन्थन गर्दैछु यहाँहरुसँग । म सँग जोश,जाँगर, हिम्मत,साहस र प्रवल ईच्छा छ आठराईको बिकास गर्ने । तर एक्लो बृहस्पति झुुट्टा भनेझैँ अरुको साथ विना एक्लैको केही सीप चल्दैन । यदि काममा एकता र निरन्तरता भयो भने त असम्भव नै के छ र दुुनियाँमा ? जतिसुकै ठूलो काममा पनि सफलता हात पार्न सकिहालिन्छ । समावेशीरुपमा सबैको कार्यगत एकता भने अवश्व हुनु प¥यो । आफ्नो माटो र देशका लागि श्रम गर्न र पसिना बगाउन पाउनुु पनि त खुुसी कै कुुरा हो नि । जसको आफ्नो देश छैन ,आफ्नै भाषा भेष छैन ,उनीहरुलाई एकदिन सोचौँ त !
देश दुुखेर आहत बनेको वेला आठराईले सिङ्गो देशको घाउमा मलमपट्टि लगाउन सक्नुुपर्छ । आवश्यक परेमा सपयको माग अनुुसार बगाले घटनाको रुपान्तरण गर्दै देशका लागि रगत पसिना बगाउन सक्नु पर्छ ,समयानुसारको त्याग तपस्या र बलिदानी भावनाले नै आफ्नो राष्ट्र र राष्ट्रियता प्रतिको असीम माया र अगाध स्नेह झल्किन्छ । अन्तरद्वन्द्व र अन्तरकलहले चह¥याइरहेको एउटा घाउ थाक्न नपाउदै अर्को चोट लगाउनुु मूूर्खतापूर्ण कार्य हुन जान्छ । त्यसर्थ बरु दुुखिरहेको घाउको दीर्घकालिन उपचार गर्नुुनै विचारपूर्ण र बुुद्धिमानी कार्य हुन सक्छ । हामी आठराईबासीले साँच्चिनै यसरी सोच्न आवश्यक छ होइन र ? आठराईको विकास भन्नुनै एक अर्थमा यो देशको विकास हो,त्यसैले एकताको सुुत्रमा ऐक्यवद्ध भएर उठौँ सारा आठराईवासीहरु ! आठराईबाट रहर बाध्यता र विवशताले बाहिरिएका प्रवासीहरु ! अब साँच्चि नै नयाँ नमूना बनाऔँ आठराईलाई । हाम्रो गौरव हाम्रो शान ! हाम्रो आठराई हाम्रो पहिचान ! सुुन्दर शान्त र विकसित हाम्रो  आठराई ! दुुनियाँको नजरमा राम्रो आठराई ।।

No comments:

Post a Comment