कथा

चावीवाज

केश बिरही
                                                                                                                  
वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो । त्यसैले अलि जाडो भएरै होला कथा सुन्नेमा आज अरु दिन जस्तो केटाकेटीको त्यति चाप थिएन । कथा सुन्नलाई आज छोरी पुनम, छोरा राहुल र उनीहरूका केही साथीहरु गरी जम्मा पाँचछ जना केटाकेटी मात्र भेला भएका थिए । 
तराईको जाडो भन्नु मात्र छ । चिसो पनि कम्तीको हुदैन त । चिसोमा त हुस्सु र कुहिरोले पनि उतिकै सताइरहन्छ । यो कस्तो तराई हो ? तराई हो कि त्राही हो यो ? वुढापाकाले यसो भन्ने गरेको उसले आफ्नै कानले सुनेको थियो । आज उसले आफै अनुभूत गरिरहेको छ ।
चिसो भएकै कारणले आज राजीव पनि कही गएको छैन । पानी परिरहँनाले घुम्न जाने पनि त कुरै भएन । हुन त ऊ प्राय विदाको समयमा घरमा भेटिन्नथ्यो पनि । यदि भेट्टिगयो भने पनि केटाकेटीहरूसंग खेलिरहेको हुन्थ्यो । वच्चावच्चीहरू संग वच्चावच्ची झैँ वनेर रमाइरहेको हुन्थ्यो ऊ । उलाई पनि ससाना केटाकेटी संग खेल्न भने पनि औधी मन पर्दथ्यो ।
केटाकेटीहरू पनि ऊ भने पछि हुरुक्कै हुने गर्थे । भेट्यो कि झुम्मिजान्थे । राजीव अंकल आज त एउटा कथा नभनी हुँदै हुँदैन भनेर ढिप्पी गर्न थाल्छे । भेटे पछि छाड्नै मान्दैनथे ।
यसरी उलाई केटाकेटीले नछाड्नुको कारण भनेको उसको कथा वाचन नै हो । ऊ कथा भन्नमा त्यत्तिकै मायीर ठानिन्छ । उसको कथावाचनमा सायद जादु मिसिएको हुन्थ्यो  क्यार । त्यसैले त केटा केटीहरू उसको कथाको जादुमा लठ्ठिएका होलान् । उसंगै झुम्मिएका होलान । भेटे पछि छाड्नै नमानेका होलान् ।
उसले पनि आफ्नो फुर्सदको समयलाई कथा सुनाउनमै खर्चदै आएको थियो । र अहिले पनि । कथा त उसको समय विताउँने एउटा गतिलो माध्यम नै वनिसकेको छ । अझ कथा त उसको लागि एउटा अभिन्न मित्र जस्तै वनेको छ भन्दा पनि अत्यूक्ती नहोला ।
उसकोे कथाको जादुले केटाकेटीलाई मात्र होइन उसकी आफ्नै धर्मपत्नी लतालाई पनि राम्ररी लठ्याएको छ । मोहित पारेको छ । उनी पनि राजीवका कथामा त्यतिकै प्रभावित छिन । लतालाई पनि उसले भनेका कथा त्यतिकै मन पर्छन । त्यसैले विदाको दिनमा श्रीमान कही पनि नगइदिए हुन्थ्यो । घरमै वसेर कथा भनिदिए हुन्थ्यो भन्ठानछीन । त्यसैले आज लताको मन फुरुङ्ग भएको छ । दिनभरि घाम लाग्लाई आकाश उघ्रिए झैँ, उनको मन पनि प्रफुल्लित भएको छ ।
जाडोमा त मकै भट्मास पो खानु पर्छ होला, कि कसो श्रीमती महोदय ?” उसले ठट्यौली पारामा यसो भनेको हुन्छ । उसले ठट्यौली पारामै भने पनि उसको यो मकै भट्मास खाने आसय हो भन्ने कुरा लतालाई पनि राम्ररी थाहा छ । । पानी परेको वेलामा मकै भट्मास खाने उसको यो कुनै नयाँ वानी हैन । यो उसको पुरानै आदत हो । अझ भन्नु पर्दा यो उसको नानी देखिकै वानी हो ।
एकछिन पख्नुहोस है म लिएर आइहाल्छु ।भन्दै लता भान्सा कोठामा पस्छिन र चाँडै गरेर एक घान मकै र एक घान भट्मास भुटेर ल्याउँछिन । सवै जना मकै भटमास खान थाल्छन । मकै भटमास मक्याउँदै उसको कथा भन्ने कार्य सुरु हुन्छ ।
उसले कथा भन्न मात्र के आँटेको हुन्छ राजीव अंकलले कथा भन्न थाल्नुभयो ।भन्दै तलामुनि भाडामा वस्ने केटा केटीहरू पनि माथि उक्लिहाल्छन । छिनमै अरु छिमेकका केटाकेटीहरू पनि भेला भैहाल्छन । हेर्दा हेर्दै कोठा सिनेमा हल जस्तै अट्टाई नअट्टाई हुनपुग्न्छ । कोठामा खुट्टा सम्म अटाउने ठाउँ रहँदैन । 
एक पटक एउटा ठूलो सम्ंमेलनको आयोजना गरिएको थियो ।उसले कथा भन्न सुरु गर्छ । उक्त सम्मेलनलाई अन्तराष्ट्रिय ताला सम्मेलनको नाम दिइएको थियो । सम्मेलनमा विभिन्न देशबाट ताला विशेषज्ञ अर्थात चावीका वैज्ञानिकहरूको सहभागिता गराइएको थियो । त्यहा सवै खाले चावीका वैज्ञानिकहरू विभिन्न देशबाट भेला भएका थिए । सम्मेलनको मुख्य काम भनेको एउटा सर्वमान्य तालाको निर्माण गर्नु थियो । समय सुहाउँदो तालाको एउटा मोडेल तयार गर्नु थियो । संमेलनमा व्यापक वहश हुन्छ । विचारहरूको मन्थन गरिन्छ । सवैले आआफ्नो धारणा राख्छन । आआफ्नो मत प्रकट गर्छन । अन्त्यमा लामो समय लगाएर एउटा तालाको मोडेल तयार गरिन्छ ।
पानी झनै दर्किन थाल्छ । वरण्डाका कपडा पो भिजे कि ?’ भनेर लता वरण्डा तिर हेर्छीन । पानीसंगै हावा पनि चलिरहेकोले सुकाएका कपडा भिजाउने पक्का पक्की भए पछि उनी उठेर वरण्डातिर लाग्छिन । आफ्नो अनुपस्थितीमा पनि कथा भन्ने कार्यले सुचारु पो पाउने हो कि भन्ने डर लतालाई लागिरहेको हुन्छ तर उनको मनासयलाई वुझेरै राजीवले उनी आउञ्जेल सम्म कथा भन्ने काम रोकिदिन्छ ।
लता हतार हतार गरेर कपडा उठाएर कोठामा थन्क्याउँछीन र हुर्रिदै कथा वाचन कक्षमा आउँछीन । उनी आए पछि पुनः कथा भन्ने काम सुरु हुन्छ ।
चावीवाजहरूको संमेलनले मोडेल तयार गरेको ताला आकारले गोलो हुन्छ । सामान्य तालाको भन्दा फरक तरिकाले यो तालामा चावी छिराउने ठाउँ तालाको एकातर्फ राखिएको हुन्छ । तर त्यस तालामा वाहिर देखिने गरी कुनै पनि पेचकिला लगाइएको हुँदैन । तालालाई भित्रैबाट ससाना किलाले मात्र अड्याइएको हुन्छ । आकारलाई छाड्ने हो भने झट्ट हेर्दा यो संमेलनले तयार पारेको ताला र अन्य सामान्य तालामा त्यति अन्तर देखिदैन । तर संमेलेनले भने यसलाई विशिष्ठ तालाको संज्ञा दिन्छ । सम्मेलनले उक्त मोडेलको तालालाई एक नमूना तालाको रुपमा घोषणा गरेको हुन्छ । सम्मेलनले चावीवाजनाम दिएर एउटा घोषणा पत्र पनि जारी गर्छ ।
राजीवले कथा भनिरहँदा सवैजना एकाग्र भएर सुनिरहेका हुन्छन । अझ साना केटाकेटीहरू त मृगका ससान पाठाले झँै कान ठाडो पारेर कथा सुनिरहेका हुन्छन ।
ऊ कथा भन्दै जान्छ घोषणा पत्रमा लेखिएको हुन्छ अव वन्ने सम्पूर्ण तालाहरू सम्मेलनले पारित गरेको मोडेल अनुसारका हुनुपर्ने छन । चाविवाजकोे निर्णयलाई सवैले पूर्ण रुपमा परिपालन गर्नु पर्ने छ । घोषण पत्रमा किटानका साथमा यो पनि भनिएको हुन्छ कि अव वनिने तालाहरू गोलो आकारकै हुनु पर्ने छन । चावी छिराउँने ठाउँ पनि मापदण्ड अनुरुपकै नै हुनु पर्ने छ । ताला वनाउँदा वाहिरबाट कुनै पनि पेचकिला देखिन गरी लगाउँन पाइने छैन । अन्यथा त्यस्ता तालाहरूले तालाको मान्यता पाउने छैनन ।
यदि कसैले यो संमेलनको वा चावीवाजको उल्लङ्घन गरेमा त्यसले कानुन वमोजिम सजायको भागिदार हुनु पर्ने छभन्ने कुरालाई स्पष्ट रुपमा उल्लेख गर्न समेत सम्मेलनले भुलेको हुँदैन ।
ताला सम्मोलनले समाजमा ठूलै तहल्का ल्याइदिन्छ । त्यस पछि सवैले नयाँ मापदण्ड मुताविकको ताला वनाउँन थाल्छन । सवैका घरमा नयाँ मोडेलका तालाहरू भुण्डिन्छन । पुराना सवै ताला मिल्काइन्छन । त्यस्ता ताला प्रयोग गर्नमा अघोषित प्रतिवन्ध जस्तै नै हुन्छ । पुराना ताला वनाउँने कम्पनीहरू त पुरै टाट पल्टिन्छन । धेरैले त यो काम नै वन्द गरेर अन्यत्रै पलायन हुन्छन ।
पानी परिरहेकै हुन्छ । पानी संगै हुस्सु पनि वाक्लिदै गैरहेको हुन्छ । हेर्दा हेर्दै हुस्सुले पुरै वजार ढाकिदिन्छ । घर नजिकै पूर्व पश्चिमको गजधुम्म भएर सुतिरहेको पूर्व पश्चिम राजमार्गको चिल्लो सडकमा गाडीहरू हुस्सु र पानीसंग जुध्दै हूँइकिरहेका छन ।
उसले भने कथा वाचनलाई निरन्तरता दिइरहेकै हुन्छ ।  समय वित्दै जादा नयाँ तालाको महिमा पनि हराउँदै जान्छ । चावीवाजहरूको विरोध हुन थाल्छ । घोषणा पत्रको उलङ्घन गर्दै दुई पेच किला भएको तालाको निमाण गरिन्छ । सवैले त्यही तुई पेचकीला भएको नयाँ तालालाई मन पराउँन थाल्छन । घर घरमा तिनै नयाँ ताला झुण्डिन थाल्छन ।
चावीवाजहरूको वैठक बस्छ । नयाँ तालाको वनोट, आकारको मूल्याङ्कन गर्ने काम हुन्छ । नयाँ ताला कंपनीलाई चेतावानी पत्र थमाइन्छ । तर पुरानो ताला र दुई पेच किला भएको नयाँ तालामा त्यति ठूलो फरक नदेखिएकोले त्यसलाई चेतावानीका साथमा तालाको मान्यता दिने निर्णय पनि गरिन्छ । फेरि लामो समयसम्म दुई पेच किला भएको तालाले एकाधिकार रुपमा वजार लिन पुग्छ ।
समय वित्दै जान्छ मानिसमा पुरानो ताला प्रतिको आकर्षण पुनः घट्न थाल्छ । दुई पेचकिलाको साटो तीन पेचकिला भएको ताला वनाइन्छ । चावीवाजहरूको तुरुन्त मिटिङ्ग वस्छ । तर यो तालालाई भने मान्यता दिइदैन । अवैध घोषणा गरिन्छ ।
त्यसैको विद्रोह स्वरुप ताला कम्पनीले पाँचवटा पेचकिला लगाएर अर्को मोडेलको ताला वनाउँछन । जुन ताला गोलो नभएर चारपाटे आकारको हुन्छ । चावी छिराउँने ठाउँ पनि ताला संमेलनले प्रतिपादन गरेको मान्यताको ठीक विपरित हुन्छ । तीनवटा पेचले वनाइएको तालालाई त मान्यता प्रदान नगरेको चावीवाजहरूको मिटिङ्गले पाँचवटा पेचहरू लगाएर वनाइएको त्यसमा पनि स्वरुप नै वदलिएको तालालाई मान्यता दिने त कुरै आउँदैन । ठीक त्यस्तै हुन्छ । चावीवाजहरूको मिटिङ्ग तुरुन्तै वस्छ । नयाँ तालाको वारेमा निकै वहस हुन्छ । थुप्रै मत भेदहरू उत्पन्न हुन्छन । एकथरिले ताला वनाउनु पर्ने हो यसको वनावटले कुनै पनि प्रभाव नपर्ने विचार राख्छन भने अर्काथरिले परम्परा र सिद्धान्तलाई लत्याएर त्यसमा पनि स्वरुप नै वदलिएर आएको तालाले तालाको मान्यता पाउँन नसक्ने धारणा अगाडि सार्छन । हेर्दा हेर्दै चावीवाजहरूको वीचमा पनि पक्ष र विपक्ष हुन पुग्छ ।
एकथरिले नयाँ तालाको पक्षमा आफूहरूलाई उभ्याउँछन भने अर्काथरिले पुरानै तालाको पक्षमा आफ्नो अडान दोहोर्याइरहन्छन । यसले ठूलो भिडण्तको रुप लिन पुग्छ । 
हुन पनि चावी त सुरक्षाको लागि लगाइने वस्तु हो । वनावटमा जस्तोसुकै भएपनि के असर पथ्र्यो र ? वास्तवमा भन्ने हो भने चावी एउटा विस्वास मात्र न हो । यो भरोसाको एउटा प्रतिविम्व मात्र न हो । मान्नेलाई साँचो नमान्नेलाई झुटो भन्ने त उखान पनि छदै छ नि, होइन र ?’
उसले कथा भनिसक्न नपाउँदै श्रीमतीको यस्तो विचार निस्कन्छ । उनी लामो समय देखि मौन भएर वसिरहेकी थिइन । लामो समय पछि मात्र उनले मौनता तोडेकी थिइन । लामो समय सम्म दविएर रहेका उनका मनमा भावहरू छचल्किदै हुन्छन । छताछुल्ल वनेर पोखिने वाटो खोज्दै हुन्छन । तर केटा केटी भने शव्दविहिन भएर कथा सुनिरहेका हुन्छन ।
लताको विचारसंग राजीवको पनि सहमती रहन्छ । टाउको हल्लाउँदै ऊ कथा वाचनलाई निरन्तर रुपमा अगाडि वढाइरहन्छ ।
राजीवका कथाका श्रोत भनेका हजुरबा नै हुन । हजुरबा दिनहँु जस्तो उसलाई कथा सुनाउँनु हुन्थ्यो । त्यसरी हजुरवाले कथा भन्दा कथा सुन्नेहरूमा राजीव, उसकी दिदी रमा र अन्य साथीहरू हुने गर्थे । ऊ भने कथा भनेपछि त्यतिखेर हुरुक्कै हुने गर्दथ्यो । हुन पनि हजुरबाले भन्ने गरेका कथाहरू त्यतिकै रोचक तथा ज्ञानवद्र्धक हुन्थे । सुनिरहुँ लाग्ने खाल्का हुन्थे । कथा सुन्न वसे पछि नसिद्धिीउन्जेल सम्म कोही पनि डगमनाउँदैनथे ।
हजुरबा वितेको पनि आज थुप्रै वर्ष भैसकेको छ । हजुरबा नभए पनि हजुरबाको वेजोडको कथा वाचन शैली उसको मानसपटलबाट अझै पनि ओझेलिन सकेकै छैन । थुप्रै संझनाहरू अझैँ पनि ताजै छन ।
आफू सानै छँदा हजुरबाले सुनाएका कथाहरू पनि उसलाई भर्खरै सुनाए जस्तो लाग्दछ । ती कथाहरू उसले आजसम्म पनि विर्सेको छैन । हजुरबा बढी मात्रामा लोक तथा परिकथाहरू सुनाउँनुहुन्थ्यो । त्यस्ता कथाहरूमा राजकुमार राजकुमारीका साथै परिहरू नै मुख्य पात्रहरु हुन्थे । राजकुमारले राजकुमारीलाई राक्षसबाट वचाउथ्यो । राजकुमारी राजकुमारसंग प्रभावित हुन्थी र उनीहरू विच प्रेम सम्वन्ध वन्थ्यो । अन्तमा उनीहरू विवाह वन्धनमा वाधिन पुग्थे ।
हजुरबाका अरु कथाहरू पनि त्यस्तै त्यस्तै हुन्थे । त्यस्तै भावहरूबाट प्रभावित हुन्थे ती कथाहरू । 
हुनत हजुरबाले अरुखाले कथाहरू पनि नसुनाउनु भएको होइन । हजुरबाले सुनाएका कथाहरूमाराजामहाराजाका कथा, साहु महाजनहरुका कथा, भुतपिचासका कथा आदि आदि । त्यसवेला राजीवका साथीहरू लोक तथा परिकथाहरू नै वढी मात्रमा सुन्न मन पराउँथे । तर उसलाई भने अन्य खाले कथाहरू नै वढी मात्रामा मन पर्दथ्यो । उसलाई पछि मात्र थाहा भयो कि हजुरबाले सुनाउँने गरेका ती अन्य खाले कथाहरूलाई आजभोलि सामाजिक कथा भनिदा रहेछन भनेर । अथवा यस्ता कथालाई केहीले सर्वहारा वर्गका कथाहरू हुन भनेको पनि उसले सुनेको थियो ।
हजुरबाले त्यतिखेर भनेका थुप्रै कथाहरू मध्ये चावीवाज कथा उलाई ज्यादै मन पर्दथ्यो । त्यसैले हजुरवाले उसलाई त्यो कथालाई दोहो¥याई तेहे¥याई कन सुनाउँनु परेको थियो ।
हजुरबाकै प्रेरणाले गर्दा उसमा पनि कथा पढ्ने वानीको विकास हुन्छ । अरुका कथा पढ्दै, सुन्दै जादा पछि पछि ऊ अफै पनि कथा लेख्न थाल्छ । कथा भन्न थाल्छ । आज आएर एक उत्कृष्ठ कथा वाचक भएको पनि त्यसैको प्रतिफल हो । यसरी कथा लेख्दा होस वा पढ्दा होस । अथवा अरुलालाई कथा सुनाउँदाहोस उसलाई समय वितेको पत्तै हुँदैन । कथा वस्तु भित्र आफूलाई ढालेर हेर्दा उसलाई त्यतिकै मनमा आनन्द पनि प्राप्त हुने गर्दछ । 
आजभोलि त झन उसले पनि हजुरबाले झँै गरेर केटा केटीहरूलाई वरिपरी राखेर कथा सुनाउँने गरेको छ । सवैलाई गोलो घेरामा राखेर आफू विचमा वसेर हजुरबाले झँै कथा भन्ने गरेको छ उसले पनि । हुन त उसको उमेर भने हजुरबाको जस्तो कहा भएको छ र ? हजुरबाको अवस्था पुग्न उसले अझै थुप्रै वशन्तहरू पार गर्नु पर्ने हुन्छ । हजुरबाको ठाउँमा पुग्न थुप्रै खुट्किला उक्लन वाँकी नै छन ।
तर हजुरवाले कथा भन्दा र आज उसले कथा भन्दाको समयमा भने ठूलै परिवर्तन आएको देखिन्छ । त्यति खेर हजुरबाले कथा भन्दा राजकुमार राजकुमारीका अर्थात परिहरूका कथा नै वढी मात्रमा सुनिन्थे । अन्य कथाका श्रोताको कमी हुन्थे । तर आजभोलि ठीक त्यसको उल्टो भएको छ । आजभोलि त्यस्ता कथाका तुलनामा अन्य कथाहरू वढी मात्रमा सुनिने गरेका छन ।
त्यसो हुनुमा उसको तर्क रहेको छ परी कथाहरू वढी मात्रमा काल्पनिक हुने गर्छन । सवै घरका बुढापाकाको मुखबाट त्यही कथालाई दोहोर्याई तेहेर्याईकन आआफ्नो ढङ्गबाट परिमार्जित गरेर भनिने गरिन्छन । जस्ले गर्दा केटाकटीहरूमा भ्रम पैदा हुने गर्छ । तर अन्य खाले कथाहरू त्यसरी परिमार्जन गरेर भन्न सकिदैन । जसले भने पनि त्यसमा कुनै फरक पर्दैन ।
राजीवले सुनाउँने गरेका कथामा तिनै हजुरबाले सुनाएका अधिकांक्ष पुराना कथाहरू । तिनै पात्रहरू पर्दछन । कहिलेकाही त उसले पनि ती कथाहरुलाई दोहोर्याई, तेहेर्याईकन पनि सुनाउनु पर्दछ । कलिला वालसुलभ मष्तिस्कले ती कथाको मर्म वा आसयलाई वुझे कि वुझेनन त्यो ऊ जान्दैन । त्यसो त ऊ आफूले सुनाएका कथाहरूको मर्म यो हो, यसले दिन खोजेको सन्देस यो हो भनेर भन्न रुचाउँदैन पनि । यसरी कथाको मर्म वा आसय भनिदिदा ती कलिला वालवालिकाको मष्तिस्कले सोच्नै पाउँदैनन । उनीहरुले आआफ्नो धारणा वनाउन पाउँदैनन । वालवालिकाले आअफ्नै तरिकाले, आफ्नै चेतनाको स्तर मुताविक सोच्न पाउनु पर्छ । त्यही अनुसारको धारणा वनाउन पाउनु पर्छ भन्ने उसकोे वुझाई छ ।
राजीवले आज चाविवाजका साथसाथै अरुपनि थुप्रै कथाहरू सुनायो । सवैले कथा चाख मानेर सुन्छन । कथा भन्ने र सुन्ने क्रम लामो समय सम्म जारीरहन्छ । यसरी कथा भन्ने र सुन्ने क्रम चलिरहँदा रात परेको कसैलाई पनि पत्तै हुँदैन । वाहिर पानी पनि अघि नै पर्न छाडिसकेको हुन्छ । चिसो पनि अलि कम भैसकेको हुन्छ । 
लौ वितेछभन्दै लता खान पकाउन भनेर भान्सा कोठातिर दौडिन्छिन । त्यस पछि केटाकेटी पनि निस्किन्छन् । आआफ्नो विध्यालयको गृहकार्य गर्नमा व्यस्त हुन्छन् ।
।। इति ।।
सानु
                                        - मित्र सङ्ग्रौला
                                         छातेढुुङ्गा,तेह्रथुम
सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ ।
किन सर ?
दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ ।
रेखा चित्र बनायौ ?
बनाएँ सर ।
खै हेरौँ त ।
नाई राम्रो छैन ! तिमी लजाउथ्यौ । हातमा उठाएको कपि विस्तारै घुमाएर छाँतीमा लुकाउथ्यौ । म मौन हुन्थेँ । यस्तो वेला के भन्ने के सोच्ने,के गर्ने कुनै निर्णय नै दिमागमा सझ्दैन थियो । तिमी सानी थियौ । नाम पनि सानु । सेतो सर्ट ,निलो फ्रक र निलो नै टाई तिम्रो डे«स थियो । शान्त मुुधुर मुहारमा एक जोडी आकासका तारा जस्ता सफा आँखाले सधैँ मलाई चिहाउने गथ्र्यौ । मत एक महिनाको लागि अभ्यास शिक्षणमा आएको छात्र शिक्षक थिए । एक महिनाको लागि भएनि म शिक्षक थिए, अनि तिमी विद्यार्थी  । हामी वीच शिक्षक बिद्यार्थीको नै नाता हुनु पथ्र्यो । तर किन हो यो मन त्यसै बेचैन हुन्थ्यो । कक्षा कोठामा पस्नासाथ मेरा आखाले तिमीलाई खोज्थ्यो । तिमी कति सरल,कति शान्त भएर हेरिरहेकी हुन्थ्यौ बिद्यार्थी माझ । खै ! थाहा छैन ती लोलाएका आँखा भित्र के लुकेको थियो ,तिमी मेरो विद्यार्थी हौ भन्ने नै म विर्सन पुुग्थेँ । सत्य सानु, तिमी प्रतिको यो वेचैनी ममा आएको विकृति थियो कि पागलपन म आफैँलाई  थाहा थिएन । मलाई यति थाहा थियो तिमी मेरी विद्यार्थी हौ । तिमी प्रति अन्यथा सोच्नुु हुुन्न तर म कति विवश थिए मेरो मन मेरै वसमा थिएन । म आफुुलाई कति सम्झाउथेँ यो सव  ठिक छैन ।मैले यस्तो गर्न हुदैन । यस्तो सोच्न पनि हुदैन । तर सानु समयले मलाई कति कमजोर बनाएको थियो । तिमीलाई एक दिन कक्षामा नदेख्दा मेरो मन उदास हुन्थ्यो । पढाउन मन नै लाग्दैन थियो । कता आफैलाई भित्र पिडा महशुुस हन्थ्यो । तिम्रो मुहार अँध्यारो हुुँदा मेरो मन रुन्थ्यो । मेरो सानुु ! तिमीलाई केही थाहा थिएन ममा यस्तो भावना कसरी आयो । तिमी लाई चोट लाग्दा मलाई दुुख्थ्यो । तिमी रिसाउदा मन खिन्न हुुन्थ्यो । तिम्रो हाँसोले मात्र मनमा अलिकति खुुसी भर्न सक्थ्यो ।
एक दिन तिमीले आफ्नो होमओर्कमा पानको पात बनाएकी थियौ । छेवैमा कुन्निके लेखेर मेटिकी थियौ । तिम्रो यो व्यवहार शिक्षकको लागि पाच्य थिएन । मैले साइकोलोजीमा पढेको थिए । किशोर अवस्थामा चञ्चलताले छाउँछ । यस अवस्थामा विवेकले काम गर्न सक्दैन । अल्लारे भावुकताले नै मान्छेलाई अनियन्त्रित बनाएको हूुन्छ । तिमी पनि भर्खर किशोर अवस्थामा प्रवेश गरेकी किशोरी थियौ  । तिमीलाई भावनामा बहकिनुुबाट बचाउनुु मेरो कर्तव्य थियो तर म आफै कमजोर भइसकेको थिए । जस्तै अवस्थामा पनि तिमीलाई ठिक ठाउँमा ल्याउनुु पथ्र्यो । तिमी लाई अवदेखि यस्तो नलेख्नुु है भनुुँ भन्थेँ तर मेरो एक्कासी मुटुको धड्कन बढेर आउथ्यो । तिमी सामुु निर्धक्क उभिन नै कता कता डर लागेर आउथ्यो । आखिर यो सब के हुुँदै थियो । हाम्रो यस्तो क्रियाकलापको परिणाम के हुुन्थ्यो । तिमीलाई केही थाहा थिएन तर म भने भित्रभित्रै आतङ्कित थिए । कहिले काही त तिमी सँग रिस पनि उठ्थ्यो ,अरुले जस्तै किन तिमीले मलाई शिक्षकको रुपमा हेरिनौँ ? फेरि कता कता सुुख पनि लाग्थ्यो । तिमीले लुुकिलुुकि हेर्दा मेरो मन त्यसै घायल हुुन्थ्यो । मेरो सानुु ! तिमीले लज्जालुु आँखा छड्के पार्दै सर भन्दा सुुख मिल्थ्यो । यसरी क्रमश; म तिमीमा हराउदै गइरहेको थिए ।
इलाम क्याम्पस माथिको बस पार्कमा एक दिन तिमी लाई देखेँ परैवाट । तिमी भएको ठाउँमा जाऊ न जाऊ यो मन भयो । जाऊ भने एउटा अर्कै नराम्रो खाडलमा फस्ने डर थियो । नजाऊ भने आफैलाई आफैले मार्नुु बराबर हुुन्थ्यो तर पनि साहास बटुुलेर आफुलाई सामान्य बनाए । सामाजिक नैतिकताले दिलको रहर लाई जित्न सकेन । तिमी तर्फ बढेका पाइला लडखडाउदै थिए । आफुुलाई संयमित बनाउदै तिमी सामुु पुुगेँ ।
यो एकान्तमा के गर्दैछौ सानुु ? मैले सहास बटुलेर गरेको प्रश्न ।
आज भोली एकान्त मन पर्छ सर
किन ? ”
मनको बह बुुझ्ने कोही नभए पनि एकान्त नै साथी बन्दोरहेछ सर ? सत्य सानुु ! त्यस बेला मलाई केही बोल्न आएको थिएन । तिमी भनाइले भित्र बिझाएको थियो । मुुटुु वारपार हुने गरी तिखो तीरले घोपेको थियो । कुुन्नि कस्तो अज्ञात अपराध बोधले म बेहोस हुदै थिए । तिमी भने चुुपचाप र उदास थियौ । एउटा शिक्षकको वनावटी रवाफ ओठमा ल्याउदै भनेको थिए–“पढ्नुु पर्दैन ? ” यसरी भावनामा बगेर हुुन्छ ?
खै ! मेरो त दिलनै वसमा छैन सर । म पनि चाहान्थेँ सवै कुुरा भुुलि दिऊ । तर मन जति बाँड्यो उति नै उड्दो रहेछ । मलाई पनि थाहा छ यो सब ठिक छैन तर म के गरौँ ? यो मन मान्दैन । किन त्यसै रुन आउँछ ,आखिर मलाई के भयो ? मैले तपाईलाई धेरै दुुख दिए है सर ? मलाई किन गाली गर्नुु हुुन्न ? किन पिट्नुु हुुन्न सर ?”
त्यसवेला तिम्रो आखाँ भरिदै थियो । आफ्नो आँसुलाई म बल पूर्वक रोक्दै थिएँ
हेर सानु ! यसरी कमजोर बन्नुहुन्न । जे भयो भयो अब यस्तो कुुरा दिमागमा नल्याउनुु । साथीहरु सँग खेल्नुु ,पढ्नमा ध्यान दिनुु ,मलाई सरको रुपमा मात्रै सम्झनुु । अनि यसरी एकान्तमा पनि नआउनुु ,कक्षादेखि बाहिर मलाई कहिल्यै नभेट्नुु ल !
तिमीले ल को अर्थमा टाउको हल्लायौ र रोयौ  अनि विस्तारै आँखा उठाएर मलाई हे¥यौ । ती आँखामा कति दुख थियो ,विछोडको अप्राप्तिको कहालिलाग्दो डर थियो । मैले यो सवै सहन सकिरहेको थिइनँ । हुुन्छ सर तपाई चाहानुु हुुन्छ भने अब कहिल्यै पनि तपाईको सामुु पर्ने छैन । म मेरो मुुटु थिच्नेछुु , म आफुुलाई बाँध्ने छुु र तपाईको आँखाबाट हराउने छुु । मेरो उपस्थितिले तपाईलाई अफ्ठ्यारो पार्छ भने म तपाईलाई दुुख दिन चाहन्नँ ।
मैले केही बोल्न सकिनँ केवल हेरे तिमीलाई आँसुु रोकेर । म नवोले पनि मेरो उदाश आखाँले भन्दै थियो –“सानु तिमी मलाई  छाडेर कही नजाऊ ल । तिमी छौ र त अलिकति भए पनि बाँचेको छु । तिमीलाई एकदिन नदेख्दा न्यास्रो लाग्छ । त्यसरी निष्ठुर नबन । तर यो सब सोचाइ  मात्र थियो । मैले केही भनिनँ ।
अभ्यास शिक्षणमा आएका कयौँ साथीहरु कति सुुखी र खुुसी थिएँ । सबै रमाउँथे । सर भन्दै विद्यार्थी झुुम्मिन्थे । शिक्षक र विद्यार्थी विच कति राम्रो नाता थियो । यता हामी भने सधैँ उदास ,सधैँ निरास थियौँ । न तिमी खुुसी थियौ न त म , मैले सबैथोक  पाए अनि केही पनि पाइन । आफुु पनि धेर्रै धेरै रोए ,अनि तिमीलाई पनि धेरै धेरै रुवाए । तिमी आप्राप्तिमा रोयौ । पहिलो माया टुटेको मा रायौ । म भने सामाजिक र नैतिकताको पहाडले थिचिएर रोएँ । एउटा नियतिको गीत गाउदा गाउदै एउटा आँसुको कथा लेख्दा लेख्दै एक महिना वितेर गयो । अब त फाइनल अबजर हुने मिति पनि नजिक हुदै थियो कक्षामा हेर्थेँ । पछाडि बेञ्चमा तिमी चुपचाप बसेकी हुुन्थ्यौ कता कता आफ्नै संसारको विशालतामा हराए जस्ती कतै कितावी पात्र जस्ती विल्कुलै पृथक रुपमा प्रस्तुुत हुदै थियौ ।तिमी  । तिमीमा चाञ्चलता हराएको थियो तिमी कम बोल्थ्यौ यस्तो लाग्थ्यो मानौँ तिमी हिउँदे पहाडी खोला जस्तै सुुक्दै जाँदै थियौ । तिमी भित्रका पिडालाई म प्रत्यक्ष अनुुभूत गर्थेँ तर म सँग उपाय थिएन । म आफूलाई दाषी ठान्ने पापी ठान्थेँ । तर मेरो कुनै साहास थिएन । कोही वेला त सोच्थेँ दुुँनियाँको प्रवाह नगरुँ । नैतिकताको पहाडहरु भत्काइ दिऊ तर खै केही भएन ,कुुण्ठा र पिडाले छट्पटाउनुु सिवाय म सँग कुुनै उपाय भएन । केवल चुुपचाप आँसुु पिए । यस्तै नियति बन्यौ सानु । मैले केही गर्न सकिनँ ।
मेरो लागि बर्तमान ज्यादै कठिन थियो । एकातिर तिमी लाई हेर्थेँ पहाडी खोला झैँ सुक्दै गएकी अर्कोतिर नैतिक पहाड थियो स्वास नै थुुनिदिने । मैले कसो गर्नुु थियो । कहिले त लाग्थ्यो म किन यो स्कूलमा आएछुु । दुुई  घारको वीचमा चेप्टिएर हिड्न कति कठिन थियो । तिम्रो आँशुुले रातभर रुवाउँथ्यो । शिक्षक हुुनुको नैतिकताले दिनभर थिचि राख्थ्यो । कति गर्दा पनि म त्यहाँबाट उम्कन सकिनँ । कहिले काही रोए ,कहिले काँही जीवन यस्तै हो भनेर पन तुहाए । सवैले देख्थे जीवन सहजनै थियो । तिमी  पनि ठान्थ्योै होला सरलाई केही भएको छैन । तर यो आँसुु ,यो पीडा तिमी लाई कसरी देखाऊ । टुुटेको दिलको टुुक्रा तिमी सामुु कसरी पुु¥याऊ ? आँसु बगेको डोव गालामा नवस्दोरहेछ ।
सानुु ! अब त विदा हुने दिन आउन लागेको थियो । फाइनल अबजरको अघिल्लो दिन मैले नै तिमीलाई बोलाएको थिएँ ।
सानुु !
हजुुर सर
सुुखी हुुनुु ल
मेरो गला अवरुद्ध भयो । तिमीले पनि केही बोल्न सकिनौ । सायद तिम्रो पनि अवरुद्ध भएको थियो होला ।
सर ! हाम्रो भेट कहिल्यै हुन्न हगि ?
हो सानु प्रत्येक भेटले छुुट्नुुको पीडा साँचेको हुुन्छ । जीवन भर कोही कसैको साथमा हुदैन । भेट्नुु ,छुुट्नुु , त संसारको रीत हो । छुुट्न लाई नै हाम्रो भेट भएको हो । भेट नभए सम्म तिम्रो आफ्नै संसार थियो । आज समयले मिलायो अनि फेरि विछोडको  घाऊ लगायो । समय नै औषधी  हो सानु ! फर्केर हेर समयले नै सबै ठिक गर्दछ । हिजो जस्तै सहज जिन्दगी हाम्रो हुुनेछ ।
तिमी टाउको फर्काएर रोयौ । पहिलो चोटि तिम्रो गालामा बगेको आँसुुको धार देखेँ मैले । केही क्षणको मौनता पछि तिमीले रुञ्चे स्वरमा भन्यौ हामीलाई त सम्झनु हुुन्न होला होइन ?
के फाइदा हुुन्छ र ? पराइलाई सम्झेर सम्झना आए पनि विर्सदै जानुु पर्छ । यो शब्द मैले आफुुलाई नै कुुल्चेर भनेको थिएँ ।
सर ! तपाइ भित्र मुुटु छैन , तपाई पापी हो ? तपाई निष्ठुुर हो । यति भनेर तिमी टाढा भयौ । म मुुर्तिवत् भएँ । सानु! तिमीलाई थाहा थियो म पापी थिइनँ म निष्ठूर पनि थिइनँ । पापी थियो त परिस्थिति पापी थियो । समाजको मूल्य र मान्यता  पापी  थियो । उमेर र भावुकता पापी थियो । तिमीलाई मैले असिम माया गरेँ मुटुभरि माया गरँे । माया गर्नुको अर्थ विवाह गर्नु होइन । एकान्तमा भेटेर अंगालोमा  वाधिनुु होइन । तिमी प्रतिको प्रेममा कुनै कलंक थिएन । माफ गर सानुु तिमीलाई सधैँ प्रेम नगरेको नाटक रचेर मैले रुवाएँ । वास्तवमा यो सव तिम्रै लागि थियो । यो उमेर तिम्रो पढ्ने उमेर थियो ,सृजना गर्ने उमेर थियो । फेरि तिमी मेरी विद्यार्थी थियौ । यी सबै कारणले मैले पापी हुनुपरेको थियो निष्ठुुर जस्तो हुनु परेको थियो । तर सानुमलाई पापी नसम्झ परिस्थितिनै विवश थियो ।
सानु ! भोलि त म घर जाँदैछुु । तिम्रो प्रेम छाँतीभरि साँचेर । तिम्रो याद मष्तिष्कभरि उनेर । सायद फेरि म इलाम नआउला तर पनि तिम्रो सुुखी जीवनको लागि नारायणस्थान भगवान सँग प्रार्थना छ । तिम्रो सानो आँखाले रुन नपरोस् यहि कामना छ । भोलि म वस चढ्दा अन्तिम चोटि रुनेछुु तिम्रो नाममा । मलाई निष्ठुुर नभन्नुु ल । सानुु धेरै धेरै रोएको हुुनेछुु तिमी लाई सम्झेर । गाडिको गति सँगै चुुरँेघाँटीमा रुनेछुु । बिब्ल्याँटेमा रुनेछु .............हुदै फिदिममा रुनेछुु । फिदिम पारि तमोर नदी नदी रुनेछुु  । यस्तो धेरै तिम्रो नाममा रुनेलाई पापी नभन्नु  ल । धोका दियो कहिल्यै नभन्नुु ल ।।।
कथा
             निःशब्द प्रश्नहरु
                                                                                                                                  - इल्या भट्राई 
त्यो भन्दा पहिला म कहिले पनि कुनै कारागारमा पसेकी थिइनँ । कुनै बन्दीगृहमा गएर मलाई त्यहाँका बन्दीहरुको जीवन तथा तिनीहरुको मनोेविज्ञान बुुझ्ने साह्रै ठूलो इच्छा थियो । एक दिन एउटा संयोग मिल्यो । एउटा गैससले मलाई उनीहरुसँगै राजधानीको एउटा कारागार निरीक्षण गर्न जान उपलब्ध गराएको मौका छोपेर म पनि उनीहरुसँगै त्यो दिन महिलाकारागार भित्र पुुगेकी थिएँ ।
नारी स्वभावैले कोमल हुुन्छन् । तर परिआएको खण्डमा तिनीहरु उग्रचण्डी हुन पनि बेर लाउदैनन् । त्यसैले त त्यो दिन कारागारमा भेटिएका ती बन्दी महिलाहरुका श्लीलतालाई नाघेका बचन ,ठट्टा तथा उन्मुुक्त हाँसोले मलाई त्यतिसारो अचम्मिल तुुल्याएन ।
म पुुगेको कारागारको महिलासेलमा चोरी ,पाकेटमारीका जस्ता अपराधीदेखि हत्याका मुुद्दा खेपिरहेका थुप्रै महिलाहरु थिए । निकै महिलाहरु हत्याको आरोपमा त्यहाँ आजीवन कारावासको सजाय भोगिरहेका रहेछन् । अरुको हत्या गरेको आरोपमा थुनिएका ती महिलाहरुलाई देख्दा एउटा नयाँ जीवन जन्माउने नारीले कसरी एउटाको जीवन लिन सकेकी होलिन् भनेर अचम्म लाग्यो । मन कसो कसो अन्यमनस्क भयो । त्यस्ता कमलो मनका तिनीहरुले कठोर मनको भई मान्छेको प्राणै लिन कसरी सकेका होलान् ?
तर उनीहरु सामान्य थिए । हत्याजस्ता जघन्य अपराध गरेकोमा उनीहरुलाई आफूप्रति कुनै पनि ग्लानि भएको जस्तो भाव मैले तिनीहरुमा भेटिनँ ।
तिनीहरुले भीडमा भए पनि तिनीहरुभन्दा बेग्लैजस्तो देखिने गरी एउटी एक्ली नारी त्यो बगैँचाको कुनामा हातमा भएको कुुटोले एकै ठाउँमा एकोहोरो भएर माटो खोस्रदै थिइन् । उनी टाढा क्षितिजमा कता हो कता शून्यमा हेरेर मनमा केके कुुराहरु खेलाउदै एकोहोरो टोलाइरहेकी थिइन् । तिनका आँखाहरु भावरहित र शून्य देखिन्थे । अनि तिनमा त्यही रहेका अरु आइमाईहरुजस्तो मनमा अगा्रख पलाइसकेको जस्तो पनि थिएन ।
मलाई ती आईमाई बारे जान्ने उत्सुकता भयो । हेर्दैमा निरीह र अबोध देखिने ती नारी को होलिन् ? कारागारमा आफ्नो जीवनका सुनौला दिनहरु होम्नुुपर्ने सम्भाव्यतालाई विर्सेर तिनले के अपराध गरेकी होलिन् ? तिनी कति बर्षका लागि यो बन्धनक ो जीवन भोग्नका लाीग आएको होलिन् ?
तिनको भावभङ्गिमा तथा  तिनको शूून्यताले मेरो मनमा तिनीप्रति केही जान्ने जिज्ञासा पैदा गराइदिएको थियो ।
जेलको वार्डेनले तिनको नाम तुलसा भनेर वताइन् । भगवान् विष्णुुको पवित्र नाम धारण गरेकी ,हेर्दैमा सुकुमारी लाग्ने ती नारीले के त्यस्तो अपराध गर्न पुुगिछन् ,जसको कारण उनीलाई यस कारागारको चौघेराभित्र बन्दी बन्न बाध्य पा¥यो  । उनको त्यो निर्दोष अनुहारले मलाई उनीबारे बढी थाहा पाउनका लागि प्रेरित ग¥यो ।
तुुलसा बैनी ! तिमी किन यहाँ एक्लै बसिराखेको ? तिमीलाई अरुसँग हाँसखेल गरेर सँगै बस्न मन लाग्दैन ? ”
मेरो प्रश्न सके कर्कलाको पातमा परेको पानीजस्तै निरर्थक थियो उनका लागि । त्यसैले त ठूल्ठूला आँखाले एकपल्ट मलाई गहिरोसँग हेरेर उनले मुुन्टो तल्तिर निहुुराहिन् ।
तिमीले के अपराध ग¥यौ तुलसा ? तिमी किन जेल परेकी ? ” मैले उनीसँग स्पष्टरुपमा प्रश्न गरेँ ।
तिनी अझैँ मौन रहन चाहन्छिन् होला भन्ने मेरो सोचाइको विपरीत तिनले सुस्तरी ओठ चलाइन् ।
यो समाजमा आइमाई भएर जन्मिनुु नै एउटा ठूलो अपराध हैन र ? ”
त्यो उनको प्रश्न थियो वा उत्तर ,मैले बझ्न सकिनँ । तर तिनी कसैसँग पनि सम्बोधित थिइनन् । तिनी मात्र आपैmँमा हराएकी थिइन् । तिनले आफैँसँग
प्रश्न गरिन् अनि आफैँलाई उत्तर दिइन् ।
तिनको त्यो व्यवहारले मलाई तिनीबारे अरु जान्ने इच्छा तीव्र भएर आयो –‘के भयो तिनीलाई ? तिनीले के अपराध गरेकी होलिन् ? कुन परिस्थितिमा गरेकी होलिन् ? ’
तुलसा ! तिमीलाई देख्ता,तिमीले जे ग¥यौ त्यो जानेर गरिनौ जस्तो लाग्यो । के तिमी थाहै नपाई कुनै अपराधमा मुुछिएकी हौ ? तिमीलाई कसैले फसायो जस्तो छ । तिमी आफूले गर्दैनगरेको अपराधको सजाय पो भोग्दै छयौ कि क्या हो ? ”
कसले भन्यो तपाईलाई म निरपराध छु भनेर ? मैले जे गरँे त्यो मैले जानेर गरेँ । तर ,मैले जे गरेँ त्यसबाट म अपराधीमा गनिन्छुु भन्ने मलाई थाहा थिएन ।
मेरो प्रश्न सुनेर तटस्थभावमा एकोहोरिएकी तुलसा एक्कासि उद्धेलित भइन् । उनी निकै आवेगमा आएकी जस्ती देखिइन् ।
उसो भए भन न त तिमीले के अपराध ग¥यौ ? र किन ग¥यौ ? अपराध गरेपछि कारावासमा परिन्छ भन्ने तिमीलाई थाहा थिएन ? ”
मैले भ्रुुणहत्या गरेँ । आफ्नै शरीरभित्र राखेर आफ्नै रगतले सिञ्चन गरी हुर्काइरहेकी आफ्नै सन्तानलाई मारेँ ।
तिमीले किन त्यस्तो जघन्य अपराध गर्नुुप¥यो ? के तिमी अविवाहिता हौ ?”
चुरापोते विहीन उनको फुुङ्ग उडेको अनुहार देखेपछि विवाहअगाडि गरिएका गल्तीका दुुष्परिणामस्वरुप भएको गर्भधारणबाट समाजमा आफुु लाञ्छित हुनबाट बच्न नै तुलसाले आफ्नो गर्भ तुहाइन् होला भन्ने लख काट्न मलाई गाहा्रे परेन ।
 अनि तिम्रो त्यो पुरुष  कहाँ गयो? के उसले तिम्रो साथ दिएन ? पेट बोकेको थाहा पाएपछि त्योसित जबरजस्ती नै भए पनि बिहे  गरेकी भए , आफ्नो इज्जत जोगाउन तिमीले त्यस्तो जघन्य अपराध त गर्न पर्दैनथ्यो नि !
उपदेश दिन सबैलाई आउँछ । तपाई पनि उपदेश दिएर मेरो आलो घाउमा नुन छर्किने काम नगर्नुस् । भो ,बरु जानुस् तपाई । म सँग यहाँ कुनै कुरा गर्नु पर्दैन ।
तर केही बेरपछि किन हो कुुन्नि तुलसा पग्लिइन् ।
दिदी म कुमारी केटी होइन । बिहे गरेपछि नै मैले गर्भ बोकेकी थिएँ । मेरो लोग्ने प्रहरीसेवामा थिए । हाम्रो भर्खरै बिहे भएको थियो । बिहे गर्नकै लागि उनी दुुई हप्ताको बिदा लिएर आएका थिए ।
मलाई पाएर उनी निकै खुसी भएका थिए । उनी सधैँ मैले जस्ती सोचेकी थिएँ , तँलाई त्यस्तै पाएँ भनेर दङ्ग परिरहन्थे । बिहेपछिका सात दिनहरु यसै गरी बितेका थिए ।
भोलिपल्ट उनी फर्किनुपर्ने थियो । जीवनमा नसोचेको माया पाइसकेपछि त्यो मायाको मुहानको अभावमा मैले कसरी बाँच्ने होला ? भन्ने सोचले मेरो मुुटुमा भक्कानो पारिराखेको थियो । उनी मलाई सम्झाइराखेका थिए । दशैँमा टीका लाइदिन आउँछुभन्ने वाचा गरिराखेका थिए । उनको वाचाबाट म आफ्नो विचलनमा परेको मनलाई तहमा ल्याएदै थिएँ । भोलि हुने सम्भावित बिछोडपछि फेरि दशैँको टीकामा हुने सम्भावित मिलनको कल्पनामा आनन्दित हुदैँँ थिएँ । तर दैवलाई मेरो त्यो आनन्द स्वीकार भएन । तिनले त्यही राति बन्दुक बोक्ने विपरीत सोचाइका व्यक्तिहरुलाई मृत्युुको बहानामा मेरो दैलोमा पठाइदिए ।
त्यसै रात प्रहरीसेवामा भएकै कारण मेरो लोग्ने अर्को सोचका व्यक्तिहरुद्वारा मारिए । देशसेवा गरेको फल उनले मृत्युुवरण गरेर भोग्नुप¥यो ।
उनी न त सुुराकी थिए ,  न त आदेश दिन सक्ने व्यक्ति नै थिए । त्यो वेला त उनी कुनै युद्धमा पनि थिएनन्  । उनी त सुनौलो भविष्यको कामना गर्दै ,प्रकृतिको एउटा नियमलाई पूरा गर्दै, आमाबावुको इच्छाअनुसार विवाहबन्धनमा बाँधिएर वंश परम्परालाई जोगाउन अगि सरेका एक सामान्य व्यक्ति थिए । उनी आफ्नो बिहेका लागि बिदामा बसेका सद्य;विवाहित एक प्रहरी थिए ।
ती आफ्नो सामाजिक दायित्व पूरा गर्न छुुट्टीमा आएका एक सामान्य प्रहरी थिए । तर तिनीहरुलाई उनको, अथवा भनौ हाम्रो खुुसी सह्य भएन र बिहे गरेको सातै दिनमा ,उनी सेवामा फर्किने अगिल्लो दिनमा कीराफट्याँङ्गा मारेसरि संवेदनाविहीन भएर ती हतियार बोक्नेहरुले उनलाई मारेर गए ।
दिदी, बिहे गरेको सात दिनै नपूुग्दै म विधवा भएँ । जीवनमा देखेका कस्ताकस्ता राम्रा सपनाहरु छुुस्स आएको आँधीले भताभुुङ्ग पारेर भत्काएर गयो । दिदी ,मैले त्यस्तो होस् भन्ने त सोचेको थिइनँ ।
देशको प्रतिकूल परिस्थितिका कारण उनले ज्यान गुमाउनुपरेको यथार्थ हुुँदाहँुर्दै पनि उनको मृत्यपछि घरमा पोइटोकुुवी अलच्छिनीको रुपमा म विभूषित भएँ । आफ्नो पीडाको रनाहामा अर्धबेहोस्जस्तै भइराखेकी मलाई तिनीहरुको व्यवहारले झनै मरेतुुल्य पारेको थियो ।
दिदी,आफ्नो लोग्नेसँगै सुखी जीवन विताउन त म पनि चाहन्थेँ नि । त्यस्तो सुखी जीवन बिताउन छाडेर , लोग्नेको मृत्युुको कारक बनेर यस्तो जीवन बिताउन के मैले चाहेकी थिएँ र ? तर किन घरका मान्छेहरुले मैले मेरो लोग्ने मारेँ भनेर ममाथि आरोप लगाए ?
अनि एक दिन के भो थाछ दिदी ? उनी मरेको तीन महिना मात्रौ भाथ्यो । घरको सबै धन्दा सकेर भान्छामा चुलो छेऊमा भुुसुुक्क निदाएकी थिएँ । मेरो विवशताको फाइदा उठाउन मेरा ससुुरा त्यहीँ आइपुुगेछन् ।
आफ्नो छोरो त मरिगो भने तँसित केको नाता ? छोरा भाभए पो नाता हुुन्थ्यो ।
मैले बाबुसमान मानेर इज्जत दिने गरेको त्यस नरपशुुले त्यस दिन आफ्नो मर्यादालाई खसालेर रसातलमा प¥ुयायो ।
त्यसपछि त त्यो उसको दैनिकी नै बन्यो । म त्यसको पन्जाबाट उम्किन सक्तिनथेँ । दिउँसो साधुु बिरालो जस्तो बन्ने , त्यसको पोल  म उसकी स्वास्नीको अगाडि खोल्न सक्तिनथेँ । म माइत जान पनि सक्तिनथेँ ।
गर्भ रहेको थाहा पाएपछि मैले रुदै सासूलाई वास्तविकता बताएँ । मलाई लागेको थियो , लोग्नेको विश्वासघातले तिनको मनको कठोरतालाई पगाल्ला । भत्केको मनले अर्को खण्डहर भइसकेको मनको दुुःखपीडालाई आत्मसात् गर्ला । उनीबाट म न्याय पाउँली ।
तर मेरो कुराले उनीलाई त झन् रणचण्डी बनायो । , मेरो छोरो खाएर पुुगेन,अब मेरो लोग्नेलाई ताक्दै छेस् ? कसैलाई नआएको जोबन तँलाई आएछ हैन ? आफूकसकसकहाँ चाहार्न गइस् ,उहाँ भने दोषचाहिँ बाउजस्तो ससुुरालाई लाउँछेस् । पापिनी ! यस्तो कुरो भन्न तँलाई लाज लागेन ?  यस्तो पाप बोल्नभन्दा पहिला तँ किन मर्न सकिनस् हँ ? ”
मलाई जति सरापे पनि उनलाई वास्तविकता थाहा थियो । त्यसैले त मलाई घरबाट निकाल्न सकिनन् । तर गाउँमा यो कुुरो कसैलाई थाहा नहोस् भनेर उनले मलाई निकै धम्क्याइन् ।
छोरो मरेको तीन महिनापछि मैले गर्भ बोकेको थिएँ । ती दिनहरुमा त त्यो घरबाट बाहिर निस्केकी पनि थिइनँ । नत मेरा साथीसँगिनीहरु  थिए । न न मेरो कसै सँग हिमचिम नै थियो । त्यस घरमा ससुराबाहेक अरु कुनै पुुरुष पनि थिएनन् । त्यसैले मेरो गर्भले ससुराको पाप ओकल्ला भन्ने डर ती दुुवैमा प¥यो । त्यसपछि ती दुुई जनाले मलाई केके , केके कुुराहरु जबरजस्ती खुुवाउन थाले । मलाई त्यो गर्भको कुनै माया मोह थिएन । तर तिनीहरुले जे खुवाउँथे त्यो कलबिख खान मलाइृ साह्रै गाहा्रे हुुन्थ्यो । त्यो खाएपछि म आफै मरेतुुल्य हुन पुुग्थेँ ।
मलाई त्यो घर नर्कजस्तो भइराखेको थियो । तर मेरो जाने ठाउँ कतै थिएन । साइतमा मेरा दाइभाउजुुसमेत सबै गाउँलेहरु डरले गाउँ छोडेर मुुग्लान् पसेछन् । यसरी मेरो जीवनमा खुुसीको एक झुुल्को घाम पनि थिएन ।
सासुुससुराले खुवाएका ती विषालुु तत्वहरुले मेरो शरीर गलाउदै गयो । मलाई अशक्त तुल्याँउदै लग्यो । तर मेरो गर्भमा हुर्कदै गरेको त्यो भुु्रण कत्ति जब्बर रहेछ । त्यसले त्यो सबै पचायो ।  अनि आफूजीवितै रहेर, बाहिर ती बुुढाबुुढीहरुलाई आफ्नो उपस्थितिले आजित तुुल्याइरह्यो ।
एक दिन सासू बिहान सबेरै कतै गइन् । उनी फर्केर आउँदा झमक्क साँभm परिसकेको एक डोको घाँस काटेर गाईलाई हालिदिँदै थिएँ । सासुु आएर पिँढीमा थ्याच्च बसिन् । उनीसँग एउटी आइमाई पनि आएकी थिइन् ।
बिहान सासुु हिँडेदेखि नै हराएको ससुुरा पनि त्यतिखेरै टुुप्लुुक्क आइपुुगे । मैले पकाएँ । तिनीहरुलाई खुवाएँ । अनि धन्दा सकेर सुत्न जान लाग्दा सासूले मलाई गोठमा सुत्न जाने उर्दी लाइन् ।
सासू नछुनी हुँदा गोठमा सुत्न जान्थिन् । उनी त्यही गोठमा सुत्न गाको बेला एकान्त पारेर मेरा ससुराले मलाई नर्कमा पुु¥याएका थिए ।
बिहे गरेर आएका सुुरुका तीन महिना त म पनि पर सर्दा  गोठमा सुतेकी थिएँ । तर त्यो बेला एक्कासि गोठमा सुुत्न जा भनेको सुन्दा मेरो मन कुनै नजाँनिदो आशङ्काले ढक्क फुुल्यो । कुरो किन व्यर्थ बढाउनु भनेर म गोठमा गएँ । आधा रातमा एक्कासि भयङ्कर पीडाले म बिउँझिएँ । सासूसँग आएकी आइमाई ले मेरो जीउमा केके गरी कुुन्नि ? मेरो शरीरको तल्लो भाग काटेको जस्तो भएको थियो । दुखाइको रन्कोले मलाई बेहोस् बनाएछ । म मर्नुु न बाँच्नुको दोसाँधमा पुुगिछु ।
त्यो आईमाई त सुँडिनी रहिछे । त्यल्ले केके गरी मलाई थाहा भएन । तर जब बेहोसी बाट केही होस खुल्यो तब मैले थाहा पाएँ, मेरो गर्भ तुुहिसकेको रहेछ ।
सासूससुुरा आफ्नो काममा सफल भएछन् । तर म भने मृत्यूको सँघारमा पुुगेको थिएँ । गर्भ तुहिएकोमा मलाई कुनै प्रकारको संवेदना भएन । तर दुुखाइले अब म पनि बाँच्दिनँ जस्तो मलाई लागेको थियो ।
तर विधिको विडम्बना ! रातको अँध्यारोमा तिनीहरुले खोल्सामा फाल्यौँ भन्ठानेको त्यो चर्चा चल्यो ,चासो भयो अनि त्यही चासोले डो¥याउदै गाउँका पञ्च ,भद्र भलादमी लाई हाम्रो दैलामा डो¥यायो । गाउँमा सरजमिन भयो । मेरा सासूूससुुरा सरक्कै पन्छिए । अनि दाग लाग्यो मेरो चरित्रमाथि ।
म पल्लो घरको लाटो घर्ती सँग सल्किएको ठहरिएँ । आफ्नो इज्जत जोगाउन,मैले आफैले केके गरेर भ्रुुणहत्या गरेँ भनेर म साबित भएँ । अनि त्यही अपराध गरेको आरोपमा ,त्यसको सजाय काट्न म यो कारावासमा ल्याइपु¥याइएँ ।
दिदी ,तपाई भन्नुुस् त यो सजाय मैले जुन अपराधको लागि पाएँ ,त्यो अपराधको अपराधी मै हुुँ त ?
के एउटा प्रहरी जवानसँग बिहे हुनुमेरो जीवनलाई दुुखको खाडलमा जाकिदिए ,ती सबै के हुन् ? अनि गर्दैनगरेको सजाय भोग्नको लागि म कसरी अपराधी भएँ ? दिदी, तपाई नै भन्नुुुस ् न साँच्चिकै अपराधी को हो?
बिचरी तुलसाको कथाले मेरो मष्तिष्क विचलित भयो । बाहिरबाट शान्त देखिने तिनी भित्र कति उकुुसमुकुस पालेर बसेकी रहिछन् । आफू निरपराध हँुुदाहुुँदै पनि परिस्थितिले परिबन्दमा पारेकाले तिनी अपराधीमा गनिएर आफूले नगरेको अपराधको सजाय भोग्दै रहिछन् । आफूनिरीह भएकै कारणले गर्दा आफुु ले त्यत्रो अन्याय खप्नुपरेको पीडाले तिनीलाई बदलाको कुन धरातलमा उभ्याएको होला ? यसले तिनमा कति आक्रोश जन्माएको होला ? समाजमा थाहा नपाइएका यस्ता कति तुुलसाहरु होलान् ? तिनीहरुले आफ्नो मनमा यस्ता आक्राशका कति ज्वालामुुखी बोकेका होलान् ? तिनीहरुभित्रको भित्रको आक्रोश विस्फोटन भयो भने त्यसले समाजमा हिरोसिमा र नागासाकीको दुुर्भाग्य नल्याउला र ? मेरो मनले मैसँग प्रश्न गरिरह्यो , तर म सँग ती नि;शब्द प्रश्नहरुको कुनै उत्तर थिएन ।
                                  साभारः निशब्द प्रश्नहरु

 

उज्यालो नजिकै   

                                           इन्द्रकुमार श्रेष्ठ ‘सरित्’,                                                                                                                                                                                    (तरहरा (सुन्सरी), हाल काठमाडौं)

चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका देखिन्थे  । चोकचोक र गल्लीगल्लीमा बसेका सुरक्षाकर्मीहरुको समूहलाई नदेखेजस्तो नहेरेजस्तो गर्दै गल्लीगल्लीहुँदै ऊ पनि डिल्लीबजारलाई छाडेर ज्ञानेश्वरतिर लम्कियो ।
एउटै पसल खुलेका छैनन् , एउटै सवारी साधन गुडेका छैनन् । दश बजेदेखि कर्फ्यु नै लाग्ने हल्ला चलेपछि त्रसित अनुहार लिएर सर्वसाधारण आप्नो गन्तव्यतिर लम्किएका होइनन् बरु दौडिरहेका देखिन्थे । त्रास र आतङ्कको कालो बादलले मानिसको शान्ति खोसेको कुरा भनिरहनुपर्ने विषय नै होइन । कत्तिखेर कर्फ्यु लाग्छ,, कत्तिखेर गुडिरहेको गाडी जलाएर ध्वस्त पारिन्छ, , कत्तिखेर को अपहरणमा पर्छ कसलाई के थाहा र रु अकधिनायकत्वले जनतालाई दिएको मानसिक यातना, शारीरिक यातना र आतङ्कको पराकाष्ठालाई अनुभूतिगर्दै ऊ पनि छिटोभन्दा  छिटो आप्mनो गुँडमा पुगेर सुरक्षित हुन चाहन्थ्यो । ढुकढुक गरेर छाती नै छेड्ला झैं  गरेर ढुकढुकीरहेको मुटुलाई आराम दिन चाहन्थ्यो । सानो गौचरणहुदै ऊ मालीगाउँतिर लम्कियो । अहो ! ऊ मनमनै झस्कियो । हतियारधारी सुरक्षाकर्मीहरुको एक हुल आँखाले प्रश्नात्मक शैलीमा उसैलाई घुरिरहेझैँ लाग्यो । उसको आङ ढक्क फुल्यो । हिंडिरहेका गोडाहरुले धोका दिने हुन् कि झैं लाग्यो उसलाई । तर उसले मनलाई दह्रोसँग गाँठो पार्‍यो । ए मन ! नहच्की तँ, उसले आप्mनो मनलाई आफै सान्त्वना दियो । किनभने यो समयमा कुनै पनि त्रुटी वा शङ्काका लागि कुनै दया वा क्षमाको सम्भावना छैन भन्ने उसले राम्रैसँग बुझेको थियो ।
दिनदिनैको यो अशान्ति र दौडादौडलाई सम्झिन नचाहदा नचाहदै पनि उसको मन मस्तिष्कले बिर्सिन सकेको थिएन । किनभने जुनसुकै अवस्थामा पनि कर्मचारीले हाजिर हुनैपर्ने कार्यालयको उर्दीले गर्दा आधारातमै पनि उठेर कार्यालय पुग्ने कर्मचारीहरुमध्ये अपवाद ऊ पनि थिएन नै । कतिखेर कहाँ के हुने हो भन्ने भय र त्रासलाई मनको थुन्सेमा बोकेर ऊ चुनिखेल र सिंहदरबार गरिरहेको थियो । अधिनायकको अधिनायकत्वले जनताको भावना र चाहनालाई बन्दक र बटुमुनि कुल्चिएको कुल्चिएै थियो । तर आक्रोश मनैमा राख्नुको विकल्प थिएन । हिंड्दाहिंड्दै भोकले पेट बटारिन थालेपछि कुनै सानातिना पसल खुलेका छन् कि भनेर उसले दृष्टि दौडायो । तर भोटे ताल्चा लागेका बन्द सटरहरुले उसलाई गिज्याईरहेभैm लाग्यो ।
पिपलबोट धुम्बाराही पुगेपछि भने भित्री ढोका खोलेको सानो पसलबाट उसले एक पुरिया बिस्कुट र एक बोतल पानी  किन्यो । पानीको सहारामा बिस्कुट बुक्याउँदै ऊ धुम्बाराही चोकतिर लम्कियो । उसले  एक बोतल पानी र एक पुरिया बिस्कुट सिध्याउँदा  धुम्बाराही चोक आइपुग्यो ।  आम्मै ! ऊ तर्सियो । कतै यतै दोहोरो भीडन्त त भएन रु अलि परैबाट उसले कान चनाखो गर्‍यो । 'ए,  यो भीड त गोंगबुतिर पो जादैरहेछ ।'
'ए सक्षम, गोंगबु जाने होइन त ?’  —भीडबाट एउटा ठिटाले च्याप्प उसको हात समात्दै सोध्यो । ऊ खंग्रग भयो । त्यो प्रश्नकर्तालाई को हो भनेर उसले खुट्याउनै सकेन ।
'कस्तो नचिनेको । ’ — प्रश्नगर्ने ठिटाले नै सक्षमको अप्ठ्यारोको गाठो फुकाई दियो । '—  अस्तिमात्रै गोंगबुको जुलुसमा भेट भा’ होइनौ हामी रु ’ —त्यो ठिटो कैलो जुँगाको रेखी नचाएर हाँसेपछि ऊ पनि भीडको हिस्सा बनेर जुलुसको पछिपछि लम्कियो ।
क्ेही पड्केको ठूलो आवाजले भीड तितरबितर भयो । भीडमा थुपै्रलाई गोली लाग्यो । रातो रगतले रगताम्य र राताम्य बन्यो कालो सडक । सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बीच घम्साघम्सी नै भयो । त्यहीँ नजीकै रेडक्रश र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई तानेर प्राथमिक उपचार गरिरहेका थिएभने गम्भीर घाइतेहरुदलाई एम्बुलेन्समा राखेर अस्पतालतिर पठाइरहेका थिए । ढुंगा हानाहानले धेरैको टाउको फुटेको थियोभने ढुगा हानाहानले क्षणभरमै सडक रणमैदान झैं देखियो । कहिले सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई लखेट्ने त कहिले प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुलाई लखेट्ने काम भइरहेको थियो ।  सडकमा  छरिएका जुत्ताचप्पलबाहेक केही देखिएनन् ।
प्रहरीको लाठीले ढाडमा लागेको घाउको मलमपट्टी उसले बाटोमा खुलेको औषधि पसलमा गरायो । साँझपख फुटपाथमा राखिएका हरियो तरकारीको भाऊ सामान्यभन्दा तीनगुणा चारगुणा महंगो  भइसकेको थियो । ढाडको दुखाईले हो कि तरकारी महंगो भएकोले हो उसले तरकारी किन्न सकेन । एन्टिबायोटिक औषधिको सहाराले घर पुग्नेबित्तिक्कै खाना पनि नखाई ऊ थपक्क सुतिहाल्यो ।
'बाबु, तँलाई सञ्चो छैन कि कसो रुअनुहार पनि निन्याउरो देख्छु नि , बाबु । ’ — भात थपिदिंदै आमाले सक्षमलाई सोधिन् । सक्षमलाई के भनूँ न के भनूँ भयो ।'
होइन आमा, तपाईलाई तेस्तो लाग्या मात्रै हो । हिंडाईले गर्दा त्यस्तो देखिएको होला ।’ —आमाको स्नेहालु मनलाई शान्त पारे पनि उसको मन शान्त थिएन । ढाडको पीडाले भन्दा पनि हिजोको भीडमा जम्काभेट भएकी एउटी नवयुवतीको व्यहारले उसको मनलाई छटपट छटपट बनाईरह्यो । पसले केटीको हातबाट सुपारी लिएर खाँदै उसले आफैलाई भन्यो।—हो त व्यारे, केटी भन्दैमा कहाँ हुन्छ र रु कहाँ यो पसले केटी कहाँ त्यो जुलुसमा भेटिएकी । सौन्दर्य, शिष्टता र शौम्यताको सङ्गम थिई ऊ । धेरै दिनदेखि जुलुसमा उसको संंलग्नता सक्षमलाई राम्ररी थाहा थियो । तर हिजो ऊ नै सक्षमनजीक आएर शिष्टतापूर्वक परिचित हुने अनुमति माँगिन् र भनिन्—‘‘मेरो नाम चेतना हो, अनि हजुरको नि रु ’ —सक्षमले आप्mनो नाम बताएपछि चेतनाले नै सक्षमसँग धेरैबेर कुराकानी गरेर उसको बारेमा अभिरुचिपुर्वक जानकारी लिइन् र आप्mनो बारेमा पनि भनिन् । —‘‘ सक्षमजी ! हुन त मैले भन्न नहुने हो तर पनि एउटा निरंकुश तानाशाहको अन्त्य र गणतन्त्र स्थापनाको यो लडाईमा तपाईंको निन्तर संलग्नताले म धेरै नै प्रभावित भएकी छु । तेसैले अरुलाई नभनेको मेरो यथार्थ तपाईलाई भन्दैछु—वर्ग संघर्षमा होमिएकी म एउटी छापामार केटी हुँ । ’’ —छुट्टिने बेलामा उसले आप्mनो मोबाइल नम्बर दिएर सक्षमको पनि मोबाइल नम्बर लिन भुलिनन् ।
एक्काइसौं शताव्दिको तानाशाहले मोबाइल फोन बन्द गरिदिएकोले कहिले मोबाइल फोनको लाइन् खुल्ने हो सक्षमले कल्पना पनि गर्न सकेको थिएन । त्यसैले उसले आफैसँग प्रश्न गर्‍यो—फोन खुलेपछि चेतनाले मलाई फोन गर्लिन त रु आफैले आफुलाई गरेको यो प्रश्नको सक्षमसँग कुनै जवाफ थिएन ।
उन्नाइसको दिनको जनआन्दोलन देशव्यापी बनेर उत्कर्षतिर लम्किरहेको थियो । कहिले यो ठा्उँमा त कहिले त्यो ठाउँमा लगातार लागिरहेको कर्फ्युले जनजीवन कष्टप्रद भइरहेको थियो । दैनिक उपभोगका सामग्रीहरुको मुल्यबृद्धिले जनतामा हाहाकार मच्चिरहेको बेलामा पनि अढाइ सय बर्ष शासन गरेको सत्ताधारीलाई कुनै चासो थिएन । किनभने सत्ताका तावेदारहरुले जनताको पीर, मर्का, गुनासो र चाहनाहरु श्रीपेचसम्म पुग्नै दिन्नथे भन्दा पनि हुन्छ । तर पनि जनताले कर्फ्युलाई चुनौतिदिंदै स्वतस्पूmर्त रुपमा बिरोधको होइन बिद्रोहको हुंकारगर्दै सडकमा दैनिक रुपमा नओर्लिएको दिन नै थिएन ।
श्रीपेचको तलुवा चाट्ने चाटुकारहरुले निहत्था जनतामाथि अन्याय र अत्याचार गर्ने कुनै बहाना बाँकी राखेनन् । समय कुसमय ृनिर्दोष जनताका घरमा छापा मार्नु त सत्ताधारीका लागि बायांँ हातको खेल  भएको थियो । न्यायका लागि आवाज उठाउँदा निर्दोष जनता भँगेराभन्दा कम मूल्यमा मारिए । अत्याचारको यो पराकाष्टाबाट मुक्ति पाउन आन्दोलनमा होमिनेहरुमा सक्षम पनि अब झण्डा बोक्ने होइन बरु भीडलाई सम्बोधन  गर्ने भैसकेको थियो ।
जुलुसका लागि जम्मा भएको भीडलाई सम्बोधन गरिसकेपछि बडो मुश्किलले भीडलाई छिचोलेर ऊ चेतनासमक्ष पुग्यो । अभिवादनमा चेतनाले सक्षमसँग हात मिलाईन् र पूर्ण  विश्वासका  साथ भनिन्ः ‘‘ सक्षमजी । नेपाली  जनताको त्याग, तपस्या र बलिदानले जनताले चाहेको दिन आउने कुरामा कुनै शंका छैन । गणतन्त्र त आउछ आउछ संगसंगै जनताको मालिक हुँ भन्ने राजतन्त्र पनि देशमा रहने छैन । जनआन्दोलनको लहरले यही कुराको पुष्टि गरिरहेको छ । ’’ — कुरा गर्दागर्दै दुबैजना भीडबाट अलि परतिर पुगे । आप्mनो कुरा जारी राख्दै चेतनाले फेरि भनिन्ः —‘‘सक्षमजी, हुन त म दशबर्षे जनयुद्धमा होमिएकी एउटी कार्यकर्ताले खुल्ला समाजमा आएर धेरै कुरो सिक्नुछ, के तपाई मलाई मद्धत गर्नुहुन्छ रु’’ै —सक्षमको मनको कुनाबाट सुस्तरी आवाज आयो, यो परिचय गाढा मित्रतामा बदलिए कति रमाइलो हुन्थ्यो होला रु
जनयुद्ध, जनआन्दोलन, निरंकुशतन्त्रको अन्त्य, तानाशाहको अन्त्य, संविधान सभाको चाहना, गणतन्त्रजस्ता शीर्षकहरुले अखबारहरु नरंगिएका दिन नै थिएनन् । चोकको चियापसलमा बिहानको चियाको चुस्की लिंदै अखबारको शीर्षकमाथि आँखा दौडाइरहेको थियो सक्षमले ।
‘‘क्या हो साथी हो । देशको नयां नेता त हाम्रो छेउमा बस्नै नहुनेझैं पर गएर बस्यो नि । ’  —सक्षमलाई लक्ष्य गरेर भीडबाट सानो स्वर गुञ्जियो ।
‘‘ तेई त , यी ठुटे नेताहरुले गरेर कुन दिन हामी पनि सेना र प्रहरीको फन्दामा परिने हो, होस गर है साथी हो । ’—अर्को खस्रो स्वर गुञ्जिनासार्थै ‘ हो हो  ’’ हो आवाज संयुक्त रुपमा गुञ्जियो ।
‘‘ मर्न डराउने नाथेहरुले जिन्दगी बाँच्न के जानुन् । देशको भालाईका लागि जनताको भलाईका लागि बाँच्दाबाँच्दै, युद्ध लड्दालड्दै मरिएछभने त्यस्तो मृत्युलाई हाँसीहाँसी अँगाल्न म त तैयार छु । किनभने,  मभन्दा मेरो लागि देश प्यारो छ, जनता प्यारा छन् । ’’—सक्षमको कुरा सुनेर कोही केही बोलेनन् फलस्वरुप सक्षमले फेरि थप्यो—‘ निरंकुशताको सांलो तोडेर जनता भएर बाँच्ने होभने हिंड्नुस्, जाऔं जुलुसमा । सहभागी बनौ जनआन्दोलनमा । जुलुस आज बालाजुबाट गोंगबुतर्पm जानेछ । आउनुस्, आउने साथीहरुलाई स्वागत छ । ’’—कोही केही बोलेनन् । वरिपरि एकप्रकारको सन्नाटा नै छायो ।
‘‘बाबु, खुरुखुरु जागीर नखार तँ किन यस्तो जुलुस र नारातिर लाग्या, भन त, बाबु  । कालबेला ठीक छैन, बाबु । भो, तेसो नगर, छोरा । ’—आमाले सक्षमको अगाडि खाना राखिदिंदै भनिन् ।—‘बाबु, यो बूढीआमाले भनेको मान  ।’
‘‘ मैले केई गलत काम गरेकै छैन, आमा । मान्छे भएर बाँच्न पाउँने अधिकार खोज्नु गल्ती होइन, आमा । ’—सक्षमले आमालाई सम्झाउँदै भन्यो ।  ‘‘ ‘नयाँ नेपालको निर्माण, लैंगिक विभेदको अन्त्य, असमानताको अन्त्य, सामाजिक कुरीति र कुसंस्कारको अन्त्यका लागि अनि निरंकुश तानाशाही जहानिया शासन पद्धतिको अन्त्यका लागि दश बर्षे जनयुद्ध भयो । तपाईका छोराझैं थुपै्र आमाका थुपै्र छोराहरुले देशको लागि जनताको लागि आप्mनो प्राणको आहुति दिएभने अब आएर यो जनआन्दोलनबाट म पद्धि हट्ने कुरै छैन, आमा । यो आन्दोलन नयाँ नेपालको निर्माणका लागि हो ,आमा ! यो आन्दोलन समानता, न्याय र प्रगतिका लागि हो, आमा !’’
‘‘तर बाबु । ’—अाँसुले अाँखा टिलपिल टिलपिल भयो आमाको ।
‘‘पीर नलिनुस्, आमा । हिजोसम्म म तपाईको मात्र छोरो थिएँ । तर आज म देशको लागि बाँच्ने, देशकै लागि मर्ने नेपाल आमाको छोरो हुन चाहन्छु, आमा । म सम्पूर्ण नेपालीले एक पेट अघाउँजी खाएको र एकसरो नयाँ लाएको देख्न चाहन्छु । शोषणरहीत समाज, शामन्तविहीन समाज देख्न चाहन्छु, आमा । परिआए म नयाँ नेपाल निर्माणका लागि आप्नो जीवनकै बलिदान दिन परे पनि पछि नहट्ने दृढताका साथ जनआन्दोलनमा होमिएको छु । मेरो पीर नगर्नुस्, म रहिन भने पनि तपाईंलाई माया गर्ने मजस्तै तपाईंका लाखौं छोराहरु हुने छन ।’
घरबाट निस्केर चोकमा आईपुग्दा मेलासरि मान्छ देखेर सक्षमचकित भयो ।
‘‘किन, के भयो यहाँ  ?’ उसले भीडलाई नै लक्षित गरेर सोध्यो ।
‘‘अहिले भर्खरै सेनाले तिम्रो साथी निपेन्द्ेरलाई कुट्दै भेनमा हालेर लगो । तिमीलाई पनि सोध्दै थियो । होस् गर है सक्षम, सेनाको हातमा परे ‘सि कोई बाँचेर आको सुन्याछैन, देख्या नि छैन । ’ —भीडले भनेको कुराले उसको आङ ढक्क फुल्यो । नजीकैको पसलबाट फोन गरेर यो घटनाको जानकारी उसले जिल्लाका साथीहरुलाई गरायो । उसको मन त्यसत्यसै खुल्ल भएर आयो । यस्तो बेला चेतनाजीसँग भेटेर कुरा गर्न पाए केही समाधान निस्किन्थ्यो कि रु अहो ! जुलुसमा जाउँ कि नजाउँ रु के गरुँ म रु कसो गरुँ म रु सक्षमको मन तुलबुल तुलबुल भइरह्यो । अहो ! कसैले पिछा पो गरिहेको छ कि रु ऊ झस्कियो । तैपनि ऊ महाराजगन्ज आउने  गाडीमा चढ्यो । महाराजगन्ज पुगेपछि ऊ त्यो गाडीबाट ओर्लियो र बालाजु जाने गाडीमा चढ्यो । बिसौनीपिच्छे चढ्ने र ओर्लिने यात्रीहरुमा स्थायी अनुहार उसले नभेट्टाएकोले ऊ अलि ढुक्क भएर गाडीमा बस्यो । तर बालाजु पुगेपछि गाडीबाट ओर्लिनासाथ अचानक उसको पाखुरा कसैले करप्प समात्यो ।
‘‘दाई तपाईंसँग केही कुरा गर्नु छ । तपाईं हामीसँग हिंड्नुस् । ’’ — शिताङ्ग भयो सक्षम । आप्mनो जीवन राक्षसको फन्दामा परेको अनुभूतिले ऊ क्षणमात्रका लागि अचेत नै भयो । तर मन दह्रो गरेर आँखा खोलेर हेर्दा कपाल छोटो पारेर काटेका भूसतीघ्रेहरुले उसलाई घिच्याईरहेका रहेछन् । जुलुसका लागि अलि पर मात्र परिचित अनुहारहरुको भीड देखेपछि सक्षमले तीब्रताकासाथ एउटा निर्णय गर्‍यो र ऊ बेसकन चिच्यायो ।
निरंकुशतन्त्र —मुर्दाबाद
जनआन्दोलन—जिन्दाबाद
नारासँगसँगै उसले आपूm अपहरणमा परेको जानकारी गराउँदै चिच्याएपछि भीड अरिंगालको गोलोझैं दुई भुसतीघ्रेमाथि खनियो । तर भीडले हात लाउनै परेन एक्ली चेतनाले नै दुई  भुसतीघ्रेलाई रगताम्य हुनेगरी चुटेको देख्दा देख्नेहरुले जिब्रो टोके ।
‘‘आम्मै ! केटी त बिजुली रै‘छे, बा । ’— भीडबाट यस्तै आवाज गुन्जियो । त्यहीबेला गोली चलेको आवाज सुनियो ।
‘‘मित्र ! यस्तो बेलामा सुरक्षित हुन जान्नु पर्दछ । ’ —चेतनाले सक्षमलाई गल्लीतिर तान्दै भनिन् । सक्षम तन्द्रामाझैं चेतनाले डोर्‍याएतिर डोरिई रह्यो  । अहो ! यो स्नेह, यो मित्रता जीवनमा कहिल्यै नटुटोस् । तर आपूmलाई तानेर सुरक्षित स्थानमा ल्याउँने चेतना अचानक ढलेपछि सक्षम आत्तियो ।
‘‘चेतनाजी ! के भयो तपाईलाई ? पानी.......पानी......,ए कसैले पानी ल्याऊ ।’ —चेतनाले दह्रोसँग सक्षमको हात समातिन् र भनिन् ।—‘ मित्र ! मलाई अब पानी, माया , भोक केहीले पनि रोक्न सक्दैन । तर यो जनआन्दोलन रोकिनु हुँदैन । यो क्रन्तिको जिम्मेवारी तपाईंलाई सुम्पंदैछु । मेरो भरोसाको मान राख्नु होला मित्र ! ’’
‘‘चेतनाजी ! नाईं....... नाईं.......चेतनाजी.......त्यसो नभन्नुस् । हाम्रो मित्रता.............। तपाईसँग धेरै काम गर्नु छ । चेतनाजी..................,उठ्नु्स्न....... ।’ —डाको छाडेर ग्वाँ ग्वाँ रोयो सक्षम ।
‘‘मेरो पिठ्यूमा गोली लागेको छ । कायरहरुले छातीमा गोली ताक्न के सक्थे र रु तर यो आन्दो......................लन.......निश्चित लक्ष्य प्राप्तिका लागि अघि बढ्नै  पर्छ.....,हाम्रो.......,मित्रता..............म मरेर पनि मर्दिन, मित्र ! म क्रान्ति, आन्दोलन र तपाई मित्रहरुसँगै रहनेछु ..................,,हाम्रो...........मि.........त्र.......ता..................हाम्रो आन्दोलन....हाम्रो लक्ष्य....।’’
सक्षमको रुवाई तानाशाहको बिरोधमा उर्लिएको मानव सागरले लगाएको नारामा दबिएको थियो । नारासँगै हुरहुर बलिरहेको मसाल बोकेको मानवसागर आन्दोलन दमनका लागि आएको प्रहरीको ठूलो डप्फालाई लखेट्दै अगाडि बढिरहेको थियो ।

No comments:

Post a Comment