काठमाडौं
। ‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए
पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।त्यसले आफू नजिक आएका
तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत
निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि
ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत
हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।
उनीहरुका
अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक
तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई
ठम्याएको छ । हाम्रो आकाशगंगा तारापुञ्जमा त्यस्ता धेरै ब्ल्याक होलहरु
रहेको र तिनीहरुले तारापुञ्जको ० दशमलव १ प्रतिशत भाग ओगटिरहेको कुरा
वैज्ञानिक तथ्य नै रहेको छ ।वैज्ञानिकहरुका अनुसार सूर्यतर्फ लम्कँदै
आइरहेको ुन्च्इव् ज्ञज्ञटछछ(द्धण्ु नामक ब्ल्याक होल ६ हजार प्रकाश वर्ष
अर्थात् ३ लाख किलोमिटर टाढा रहेको छ ।
यो
प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ब्ल्याक होल जब
सूर्य नजिक आइपुग्छ, तब निश्चित छ, यसले सूर्यलाई निल्नेछ । यसले
सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरामा कुनै शंका
छैन ।
हब्बल
टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गरिरहेका वैज्ञानिकहरु अहिले यो निष्कर्ष
निकालिरहेका छन् ।तर, मानवजातिलाई त्यस ब्ल्याक होलबारे अध्ययन गर्न अझै
करौडौं वर्षको समय बाँकी नै छ । ब्ल्याक होल अचम्मको मात्र होइन, रहस्यमय
पनि छ ।
वैज्ञानिकहरुले
यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल
चरम गुरुत्वबल भएको वस्तु हो । जसको सीमाभित्र पर्दा प्रकाशसमेत बाहिर
निस्कन सक्दैन । त्यसकारण ब्ल्याक होल अदृश्य हुन्छ । यो त्यस्तो बिन्दू
हो, जहाँबाट कोही पनि फर्कंदैन । त्यसैले यो अन्तरिक्षमा रहेको
गरुत्वाकर्षणीय भुमरी हो, जसको पिँध हुँदैन र यसमा कुनै वस्तु खस्दा त्यसले
कहिल्यै सतह भेट्दैन ।
यसले गर्दा यसमा खसेको वस्तु त्यस भुमरीबाट बाहिर निस्कने सम्भावना कहिल्यै रहँदैन । एजेन्सी
No comments:
Post a Comment