गीत / लोकगीत

गीत
                                        लेकाली कान्छा मुक्कुम
                                             हाङ्देवा,ताप्लेजुङ
एउटै इन्द्रेणीका हामी अलगअलग रङ्ग
तर मन मिल्नु पर्छ मनहरु सँग
जताततै ममता होस्
मेरो भन्नुमानिसभित्र मानवता होस्
यो धर्तीमा यहाँ त्यहाँ जहाँसुकै घर होस्
दुख पर्दा मानिसलाई मानिसकै भर होस्
एउटै कविताका हामी फरकफरक छन्द
तर मन मिल्नुपर्छ मनहरुसँग
सधैँ काममा एकता होस्
मानिसलाई मानिस नै कूलदेवता होस्
आफ्नै छ संस्कार हाम्रो आआफ्नै छ धर्म
कामना छ छोड्नु हुुन्न खेल्न गुनको पर्म
एउटै देउता पुज्ने हामी बेग्लाबेग्लै ढङ्ग
तर मन मिल्नुपर्छ मनहरु सँग ।
जस्तोसुकै कथा रहोस्
हृदयलाई हृदयकै आवश्वयकता होस् 
लोकगीत
                                         डी.बी.चौहान
                                                 झापा
सोध्यो भने सञ्चै छ भन्दिनु
तेह्रथुमे साईली र माईलीलाई ।
टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी
साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी
तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने
तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने ।
सोध्यो भने ................।
कोइलीले गाउछे गीत बसन्तमा आइ
डाँफे पनि नाचि दिन्छे म्याङ्गलङुबजार धाइ
हयात्रुुङ झर्ना झर्छे सधैँ मोहनी लगाइ
मिलि बस्ने वरपर सबै साथी भाई
सोध्यो भने .............................।
सक्रान्तिको चिसो हावा देउरालीको पानी
सम्झनाले गाउँछ गीत आठराईको नानी
सोध्यो भने .................................।

No comments:

Post a Comment