केस्रा - नवीनत्तम मौलिक विधा
- भक्ति प्रसाद पौड्याल
१,विषय
प्रवेश
ललित कलाले जीवन–जगत्का रागात्मक पक्षको प्रस्तुुति र सम्प्रेषण गर्दछ । ललितकलाका विविध
बान्की छन् । माध्यमका विविधताले देखिएका ती विविध बान्कीमा साहित्य पनि पर्दछ र
यसले भाषालाई माध्यम रोजेको छ । साहित्यको अन्तरसम्बन्ध सभ्यतासँग जोडिएको छ ।
सभ्यताको विकासक्रममा युुगानुुकूल परिवर्तन हुँदै आएको छ र सो परिवर्तन र
विकाससँगै जोडिएको छ । साहित्यको पनि परिवर्तन र विकास । यसैैले साहित्यले आफ्नो
आधारभूत मान्यता बचाउदै आफ्नो कलेवरमा युुगानुकूल काँच्ुाली फेर्दै आएको छ ।
फलस्वरुप प्राचीन बृहत्तर स्वरुपका साहित्यिक विधाका स्थान आज लघुु र लघुुत्तम
विधाहरुले लिएको देख्न सकिन्छ । तर यथार्थको पट्यारलाग्दो अवस्थाबाट साहित्यको
स्वप्निल दुुनियाँमा विचरण गर्ने र रम्ने मानवीय पुुरातन स्वभाव आज पनि उस्तै छ ।
लघुु विधाहरुको निरन्तर र समयानुुकूल परिवर्तनले गर्दा नै आज पनि साहित्य उत्तिकै
लोकप्रिय बन्न सकेको प्रतीत हुुन्छ । औद्योगिक विकास,सञ्चार क्रान्ति एवं प्रविधिको
तीव्र विकास र अन्य अनेकौँ कारक तत्व मिलेर आजको मान्छका सामूयस्तो परिस्थिति
निर्माण गरेको छन् कि ऊसँग समय नै उपलब्ध छैन जस्तो लाग्छ । चिप्लिँदै गरेको समय
पछ्याउने क्रममा अति न्यून समय मात्र फुुर्सदका रुपमा आफुुसँग रहेको अनुुभूुति छ
आजका मान्छेसँग । यो अमूल्य फुुर्सदका रुपमा आफूुसँग रहेको अनुुभूूति छ आजका
मान्छसँग । यो अमूल्य फुुर्सदको समय कलासाहित्यको अनुुशीलनमा खर्चिन चाहन्छ आजको
मान्छे । गीत,गजल ,मुुक्तक
एकाङ्की निबन्ध लघुुकथा हाइकुु आदि पढ्नुु सङ्गीत सुुन्नुु नाच्नुु आदि आजको
व्यस्त मान्छेका फुुर्सदका प्रिय कार्य हुुन् । यस महासत्यबाट साहित्यकार पनि
निरपेक्ष हुन सक्दैनन् ।
सञ्चारको कुुरा गर्दा बितेको छोटो अवधिमा सम्भव भएको नेपाली साहित्यको
विस्तारका लागि यसको उल्लेखयोग्य भूमिका रहेको छ । केही वर्षअगाडिसम्म आफ्ना अति
सीमित सर्जक÷पाठक÷समीक्षकको
दायरामा रहेको नेपाली साहित्य आज विस्तार भएर सीमान्तसम्म पुुग्न सफल भएको छ । आज
विद्युुतीय अन्तरसञ्जाल फेसवुुक यस्तो सामाजिक थलो भएको छ । जसमा जीवको पहारिलो
घामबाट बञ्चित कुुनाकाप्चाका व्यक्ति ,खाडीको तातो घाममा बालुुवाको तेल निकाल्दै गरेका
व्यक्ति सपनाको देशमा उडान भर्दै गरेका व्यक्ति सपनाको देशमा उडान भर्दै गरेका
व्यक्ति बुुद्धिजीवि ,पेशाकर्मी,व्यापारी,विद्यार्थी आदि सबैको जमघट यसमा पाइन्छ । यी मध्ये धेरैले साहित्यिक
चर्चापरिचर्चा गर्छन् । स्थापित साहित्यकारबाट सिक्नुु,आफ्ना भावना पोख्नुु,तिनको परीक्षण गर्नु
समीक्षा गर्नुु जस्ता कार्य उद्योगसरी चल्छन् । अझ केहीले त नयाँ नयाँ विधाहरुको
प्रतिपादन र विस्तार पनि गरिरहेको छन् । यस प्रकारका गतिविधिका कारण समग्रमा
नेपाली साहित्यका पाठकहरु व्यापक रुपमा बढेका छन् र लेखकहरु पनि सन्तुुष्ट हुन
थालेका छन् । यो सिलसिलामा नै केस्रा लगायत अन्य लघुुविधाको प्रतिपादन र प्रयोेग
हुने क्रम बढ्दो छ । हालै मलेशियामा रहनुु हुने श्री मौलश्री लिम्बुु नै केस्राका
प्रतिपादक हुनुुहुुन्छ ।
२,केस्राको
बुुँदागत परिचय
क) केस्रा भाषिक लयात्मक लघुुत्तम उपविधा हो ।
ख) सुुन्तलाको स्वादको पूर्ण सन्तुुष्टि त्यसको एक केस्राको रसास्वादनबाट
प्राप्त गर्न सकिन्छ र सो
केस्रा आफैँमा पुुर्ण र स्वतन्त्र हुुन्छ भन्ने मान्यतालाई केस्रा रचनाको मूल आधार
मानिएको छ ।
ग) कुुनै एक निश्चित तथा सुुक्ष्म तर पूर्ण विषय वस्तुुलाई केस्राको तथ्यका
रुपमा स्वीकार गरिएको पाइन्छ । े
घ) सो विषयवस्तुुलाई समेट्न केस्रामा शीर्षकको व्यवस्था गरिएको पाइन्छ ।
ङ) कथ्यलाई तीन खण्डमा समायोजन गरिन्छ । (अ) उठान (आ)विश्राम (इ)बैठान
च) कम्तीमा जति पनि तर बढीमा बाह्र लिपि चिन्ह (अक्षर÷व्यञ्जन) भएका साथै प्रत्येक
हरफमा एक स्वर वर्ण अतिरिक्त रहन सक्ने छ समाक्षरिक हरफमा केस्राको कथ्य समेटिन्छ
। यसले केस्रामा लयात्मकता निर्माण गर्दछ ।
छ) उठानका दुुवै हरफमा अन्त्यानुुप्रास रहन्छ,विश्रामको दोश्रो हरफमा
अन्त्यानुुप्रास रहन्छ र बैठानका दुवै हरफमा अन्त्यानुुप्रास रहन्छ ।
ज) पहिलो हरफको र पाँचौँ हरफको अन्त्यानुुप्रास एउटै शब्द रहन्छ ।
झ) आकृति ,आवृत्ति र अलङ्कार गरी केस्रा तीन प्रकारका हुुन्छन् । (विस्तृत जानकारी ,हे ,केसा्र घाषणापत्र )
एक आकृति केस्राको उदाहरण ः–
शीर्षक ः डर
उठान ः संसारमा छैन त्यस्तो घर
जसले देओस् सधैँ पूर्ण भर
(यहाँ अतिरिक्त ‘ओ’स्वरवर्ण
रहेको छ ।)
विश्राम ः जति लुुकाउन खोजे पनि
लुक्दैन कतै मनको डर
बैठान ः मनै त हो नि डरको घर
छैन आधार यो भन्दा पर ।
– रुमानी
प्रस्तुुत केस्रा यसको शीर्षक ‘डर’द्वारा पुुर्ण निर्देशित छ ।
१) उठानका जोडीहरफमा डर किन हुुन्छ
भन्ने आधारको ठोस खोजी गरिएको छ र पुुर्ण भरोसाको अभाव नै डरको प्रमुुख कारक हो
भनिएको छ ।
२) विश्रामका जोडी हरफमा डर कसरी प्रकट हुुन्छ भन्ने सत्यको उद्घाटन गर्नुुका
साथै यो कहाँ हुुन्छ भन्ने कुुराको सङ्केत पनि गरिएको छ ।
३) त्यस्तै बैठानका जोडी हरफमा डरको वासस्थान मान्छेको मन नै हो र अन्यत्र
यसको आधार छैन भन्ने ठोकुवा गरिएको छ । यसरी एक निश्चित निष्कर्षतिर उन्मुुख
हुुन्छ केस्रा ।
गजल र केस्रा
उपर्युुक्त केस्रालाई आधार मानेर गजल र केस्राका आधारभूत भिन्नता बुँदागत
समेट्न सकिन्छ ।
१ ः केस्रा निश्चित विषयवस्तुुमा रचिने हुुँदा यसका खण्ड (युुग्मक ) एकअर्कामा
सापेक्ष हुुन्छन् तर गजलमा शेरहरु आफैँमा पुुर्ण हुुन्छन् ।
२ः केस्रालाई शीर्षक आवश्यक हुुन्छ तर गजललाई शीर्षकमा समेट्न गा¥हो हुुन्छ । त्यसैले
गजलको शास्त्रीय विधानमा शीर्षकको कल्पना गरिएको छैन ।
३ः गजलकार विषयवस्तुुको प्रस्तुुतिमा स्वतन्त्र हुुन्छ तर केसा्रको सर्जक
शीर्षकद्वारा निर्देशित हुुन्छ ।
४ः गजलमा काफिया दोहो¥याउने शास्त्रीय प्रावधान पाइन्न तर केस्रामा उठानको प्रथम
लहरको अन्त्यानुुप्रास बैठानको पाचौँ लहरमा दोहोरिन्छ ।
५ः गजलका मतलाबाहेक अन्य शेरका मिसरा ए सानीमा मात्र काफिया हुुन्छ । गैर मुुरद्दफ
गजलको पनि मिसरा ए उलामा काफिया देखिएमा तकाबुुल ए बैठानको पाचौँ लहरमा दोहोरिने
प्रावधान छ ।
६ः गजलमा रदिफको प्रयोग हरेक काफिया भएका शेरमा हुुन्छ तर केस्रामा रदिफका
प्रयोग बर्जित छ । कतिपय केस्रामा एकाक्षरी वा दुुई अक्षरी निपात मात्र यसरी
प्रयोग गर्न सकिन्छ ।
७ ः शीषकको क्षतिपुुर्तिस्वरुप गजलमा तखल्लुुसको प्रयोग हुुने गर्छ तर
केस्रामा यस्तो तखल्लुुसको प्रावधान पाइन्न ।
गजलबाहेक अन्य लघुु साहित्यिक लयात्मक विधा रुवाइ,मुुक्तक हाइकुु आदि केसा्रभन्दा
फरक विधा हुुन् । बास्तवमा केस्राको साङगठनिक स्वरुप अन्य विधाभन्दा फरक छ र यो
आफैँमा मौलिक र पूर्ण छ । यसमा प्रशस्त नेपालीपन छ भन्न सकिन्छ । त्यसो भएर नै हाल
यसमा धेरै सर्जकहरुले लेखन गरिरहेका छन् ।
आगामी समय केस्राको विकासका लागि निकै अनुुकूल छ र मुुश्किलले प्राप्त फुुर्सदका
क्षण पाठकले केस्राको रसास्वादनमा खर्चिने छन् भन्ने विश्वास गर्न सकिन्छ ।
विराटनगर,मोरङ
पुस्तक समीक्षा
आस्थाका फिरन्ते कविता
–प्रवीण बानियाँ
आस्था कोपिला, जो पूर्वकी एक शक्तिसाली काव्यिक हस्ताक्षर हुन् । यी कातिामा सम्भावना बोकेकी
कविमा पर्छिन् । जो मोफसलमै बसेर लामो समयदेखि कविता लेख्दै आइरहेकी छिन् ।
मोफसलमै बसेर आफ्नो लेखकीय क्षमताका बलमा भाषा, साहित्यको केन्द्र भनिने
काठमाडौंमाथि अर्थपूर्ण हस्तक्षेप गरिरहेकी कवि हुन् यी । यिनका कविता त्यसका दसी
प्रमाण हुन् । अर्काे कुरा, समकालिन नेपाली कविताको
मुलधारमा रहेर कविता लेखिरहेका अरु समकालिन कविहरुसँग काव्यिक प्रतिष्पर्धा गर्न
सक्ने क्षमता यिनमा छ, यसमा दुई मत छैन ।
फुटकर रुपमा कविता लेखेर लगभग आधा दशकको समय गुजारिसकेकी आस्था कविताका
क्षेत्रमा आफ्नो स्पष्ट पहिचान बनाउने क्रममा छिन्, यस कुरामा चाहीँ विवाद छ्र्रैन ।
यसरी भोजपुरजस्तो ग्रामीण भेगमा बसेर लेखिएका कविताका बलले केन्द्रमा
हस्तक्षेपकारी उपस्थिती जनाउन सक्नु चानचुने कुरा होइन । यसैको साक्ष्य हो उनको
पहिलो कवितासंग्रह ‘एउटा यायावरको पदचिह्न’ । लामाछोटा सरदर आयाममा संरचित विभिन्न ४३ थान कविता
प्रस्तुत कृतिभित्र समेटिएका छन् । धेरै कविता राम्रा छन् । केही सामान्य छन् ।
आस्था कोपिलाका कविताहरुले आजको नेपाली समाजकै विविध रङ र प्रकाशलाई टिप्न
खोजेका छन् । कवि कविता लेख्न सामाजिक परिवेश र मानवीय जीवनको चौघेरा नाघेर बाहिर
जानु परेको छैन । यस मानेमा आस्थाका यी
कविताहरु समाज र आम मानिसकै लागि लेखिएका हुन् भन्न सकिन्छ । अतः जीवन र
जगत्मा रहेका दुःख, कष्ट र पीडाहरुलाई निकालेर त्यस
ठाउँमा अरु नयाँ–नयाँ चिज भर्न खोज्नु यिनका कविताको पहिलो दायित्व हो । यिनका कविताले मानवीय
जीवन र जगत्लाई आनन्द र सुखामा रुपान्तरण गर्ने मूल उदेश्य लिएका छन् ।
प्रस्तुतीलाई कोमलता, सजीवता विशिष्टतामा ढाल्न सक्ने खुबी यी कविमा छ । विम्ब,
प्रतीकहरु चिन्न र
चयन गर्न सक्ने कविको काव्यिक सौन्दर्य रहरलाग्दो छ । कविताक्रमको पहिलो क्रममा
रहेको ‘सम्बोधनः
मुग्लानीलाई’ शीर्षकको कवितामा कविको काव्यिक प्रस्तुती निकै सुरम्य लाग्छ ।
तिमीले दुखेको मुटु पट्याएर
एक हूल अक्षरहरुसँगै
बन्द खामभित्र पठाएछौ
अक्षर त मान्छेजस्तै न हुन्
पस्यो मेरो मनको दैलो उघारेर
अनि निस्कियो आँखाको किनारा हुँदै ।
संसारका सयौं भाषाका हज्जारौं हजार कविहरुका लागि अत्यन्त प्रिय विषय रहेको
देश र देशप्रेम आस्थाका कवितामा पनि पटक–पटक झल्किन्छ । देश र कविलाई आस्थाले सबैभन्दा नजिक
राखेर हेरेकी छिन् । आस्था भन्छिन्– कवि बिनाको देश हुँदैन । देश बिनाको कवि पनि हुँदैन
। ‘म र देश’
शीर्षकको कविता
कृतिभित्रका उत्कृष्ट कवितामध्ये एक हो ।
जब, म
कलम लिएर कविता लेख्न बसेकी हुन्छु
त्यसबेला तिमीले–
‘कविता प्यारो कि देश’ भनेर सोधे
म रफ्तारमा दौडिरहेको कलम रोकेर भन्नेछु–
‘मूर्ख ! यो कस्तो प्रश्न ?
देश बिनाको पनि कहीँ कवि हुन्छ ?’
गरिब, सर्वहारा र श्रमिक वर्गका लागि इतिहास लाटो छ । कानुन लाटो छ, बोल्दैन त्यो । इतिहासका
वास्तविक निर्माताहरु पहिल्यैदेखि ओझेल पर्दै आइरहेका छन् । बरु, भौतिक शक्ति र पहुँच
भएकाहरुले इतिहास बङ्ग्याउँदै आइरहेका छन् । इतिहाससँग रिसाएको एउटा सामान्य
मानिसको भोगाइले आजको सर्वाल्टन युगको प्रतिनिधित्व गर्छ यिनका कवितामा ।
इतिहास बोल्दैन
श्रमिकको निम्ति
इतिहास लाटो छ
मगजहीन छ
अभिलेखहीन, कोरा कागज छ ।
आस्थाले प्रेम र रतिरागात्मक भावनाको नेराघेरामा उभिएर रचेका कविता पनि छन् यस
कृतिमा । यस्ता कविताहरुमा कवि कतै प्रेमीसँग गुनासो गर्दै गरेकी भेटिन्छिन् त कतै
विछोड र यिनसँग गाँसिएर आउने संवेदनापूर्ण अनुभूतिको अभिव्यक्ति गरिरहेकी ।
परदेशिएका एक हूल क¥याङकुरुङ
फर्किने आशमा बस्नू
म त्यही देउरालीको वरको फेदमा
तिमीलाई भेट्ने छु
जहाँबाट एकजोर चखेवा
छुट्टिएका थिए ।
(साक्षी)
अचेल औसत बढी कविताहरु विरोध, आक्रोस, कुण्ठा, पीडा र अनास्थापूर्ण ढङ्गबाट लेखिँदैछन् । कविहरुले कवितामा
आसा, सपना
र अपेक्षाहरु विस्तारै सकिँदै गएको दुःखद् चित्र मात्रै उतार्छन् । जसले गर्दा
कविताहरु आम पाठक वर्गका लागि निराशा, कुण्ठकाा श्रोत मात्रै बन्ने खतरा हुन्छ । तर,
जीवन यति उज्यालो
र सकारात्मक देख्ने दृष्टिकोण राख्ने आस्थाका कविता उज्यालोको खोजिमा छन् । खुसी र
मुस्कानहरुको व्यग्र पर्खाइमा छन् ।
आस्था सोख पूरा गर्न कविता लेख्ने होइनन् । शब्दकोष पल्टाएर भारी–भरकम शब्द कोच्ने कवि
पनि होइनन् यी । अपितु, सरल प्रस्तुती र बुझिने विम्बाट विचार बोल्न चाहान्छिन् ।
भोका–नाङ्गा,
श्रमजीवी जनता,
राष्ट्रिय
स्वधिनता, मुक्तिको उत्कट चाहाना अनि समाज– उनका कविताका मूल विषय वस्तु हुन् । अर्काे कुरा,
यिनमा कविताका
माध्यमबाट सामाजिक भूमिका र उत्तरदायित्व दुवै पूरा गर्नुपर्ने जिम्मेवारी छ । कवि
त्यही भूमिकामा छिन् ।
अहिले कविताका नाममा अनेकथरी दिएर पाठकलाई गिदी चाट्ने र कविताका इमान्दार
पाठकलाई निर्मम ढङ्गबाट दमन गर्ने हाम्रो काव्यपरम्परालाई निरन्तरता दिएको आरोप
आस्थालाई लाग्नेछैन । त्यसबाट यी आरोपमुक्त छिन् । यी गम्भीर कविताहरु त्यसका सवुद–प्रमाण हुन् । पहिलो
कृतिबाटै यति इमान्दार कविता दिने कविमा पर्छिन् यिनी । आज जनजीवन र समाजसँग
प्रत्यक्ष संवाद गर्न सक्ने कविताहरुको अभाव खड्किरहेका बेला आस्थाका कविताहरुले
त्यो अभावलाई टार्न धेरथोर योगदान पु¥याएका छन्, म यसमा ढुक्क छु ।
अन्त्यमा, केही–केही
कविताहरुमा यथार्थको सूक्ष्म विश्लेषण, विषयवस्तुको उठान र प्रस्तुतीमा आस्थाको ध्यान जान
आवश्यक छ । यिनका केही कवितामा यिनै
कुराहरुको अभाव पाइन्छ । अर्काे कुरा, केही कविताले सुदृढ कलात्मक प्रकटीकरणको माग गरेका छन्
। केही कवितामा अष्पष्टता र विरोधाभास पनि अनुभव हुन्छ । यी कमजोरी कम गर्न सकिन्छ
। कविले अध्ययन र निरन्तर साधनाको बलमा क्रमिक ढंगले परिष्कारका साथ उन्नयन हुँदै
जान आवश्यक छ भन्नु यो समीक्षकले आफ्नो लखकीय धर्म ठानेको छ ।
कृति ः एउटा यायावरको पदचिह्न
लेखक ः आस्था कोपिला
प्रकाशक ः सुनगाभा साहित्य समाज (मोरङ)
मूल्य रु. ः १३६÷–
पृष्ठ संख्या ः ११६
समय परिवर्तनसँगै साहित्यमा मोफसल र केन्द्र
- धनकुटे
कान्छा
हरेक समयको परिवर्तनमा उज्यालोका राँको बोकेर साहित्यले शासकका अँध्यारा
पर्खालहरु भत्काइदिएको छ । पुरानो भत्काएर नयाँ बनाउने हतारोमा हामी पञ्चायतपछि
प्रजातन्त्र बनियौँ, प्रजातन्त्रपछि लोकतन्त्र बनियौँ, लोकतन्त्रपछि गणतन्त्र बनियौँ । समयको यो परिवर्तनमा
अक्षरले भत्काउने र बनाउने नयाँ शब्दको परिवर्तन त्यति सजिलो थिएन । तर हामीले
सजिलो ठान्यौँ र इतिहास बनाइदियौँ समयलाई अर्थात् खेर जान दियौँ परिवर्तनका
उत्सर्गहरुलाई । समयको प्रश्न समयको उत्तर बन्न सकेन । समय आफैँमा एउटा घाउ हो र
समय आफैँमा मलमपट्टी भन्ने यो हुनै सकेन । अर्थात् साहित्यले देखाएको उत्सर्गको
समर्पण नयाँ शब्दमा परिवर्तन गर्नमा हामी सीमित देखियौँ र राजधानी अर्थात् केन्द्र
झन् केन्द्रको रुपमा र शासक झन् भिन्न–भिन्न रुपमा देखिन थालियो । समग्रमा, अक्षर, शब्द र साहित्यको
तागतलाई विचरो देखाउन र बनाउन नाम मात्रको परिवर्तन लागिरह्यो । जसले नाम लेख्यो,
व्यवहार लेखेन ।
जसले नाम लेखायो, व्यवहार देखाएन । खासमा हामी भूपिको देशमा हल्ला गर्दैरह्यौँ । गोपालप्रसाद
रिमालको आमाको सपनामा सपनामय भयौँ । कृष्णभूषण बलको “काठमाडौं एक्लैले काठमाडौं
थाम्दैन” पढ्यौँ,
फेरि पढ्यौँ तर
व्यवहारमा पढेनौँ । कृष्णलालको कथा कृष्णसेनमा पु¥यायौँ ।
लोकतन्त्रमा साहित्यले देखेको सपना देशको सपना थियो । देशका जनताले देखेको
सपना थियो । अर्थात् साँचो जीवन थियो । त्यसैले ज्यानको पर्वाह नराखी सहिदको लाममा
उभिन तयार थिए, देशभरका साहित्यकारहरु । साहित्यले देखेको सत्ता सत्य जीवनको सत्ता थियो र
साहित्यले देखेको शासन साँचो जनजीवनको शासन थियो । अहिले हामी लोकतन्त्र मनाइरहेका
छौँ र आपूmखुसी लोकतन्त्रको व्याख्या गरिरहेका छौँ अर्थात् हामी “आपूm” भएका छौँ र लोकतन्त्र बिर्सिँदै
गएका छौँ अर्थात् आपूm केन्द्र, झन् केन्द्र र अरु मोफसल बनाउन लागेका छौँ ।
लोकतन्त्र प्राप्तिपछिको सबैभन्दा ठूलो उपलब्धी सञ्चार हो भन्छन्
बुद्धिजीविहरु । संचारमा सायद साहित्य पनि पर्छ । संचारले केन्द्र भत्काएको छ
भन्छन् अझ जान्नेबुझ्नेहरु । गाउँगाउँमा एफ.एम. खुल्दैमा, टोलटोलमा पत्रपत्रिका
निस्किँदैमा, नेट, इन्टरनेटको
सञ्जाल बढ्दैमा केन्द्र भत्कियो भन्नु र संसारको सबैभन्दा उत्कृष्ट संविधान भनाउने
हामी संविधानसभाको सफल निर्वाचनपछि यतिका समय संविधान लेख्न खोजिरहेका छौँ
भन्नुजस्तै हो लाग्छ मलाई । संचार नीति स्पष्ट नबनेका मुलुकमा हामी गाउँगाउँमा
एफ.एम. खोल्दै र एफ.एम. ले केन्द्र भत्कायो भन्छौँ । विचरा एफ.एम. हरु र एफ.एम.
कर्मीहरु भोकभोकै गीत गाइरहेका देख्दैनौँ । टोलटोलमा पत्रपत्रिका छाप्छौँ र
केन्द्रका खबरले अखबारको पेट भर्छौँ हामी केन्द्र भत्कियो भन्छौँ । विचरा अखबार र
तिनका निर्दोष ज्यानलाई बचाऊको सुरक्षा दिन सक्दैनौँ हामी । शहर–शहरमा टेलिभिजन, नेट, इनटरनेट देखाएर
प्रविधिले केन्द्र भत्कायो भन्छौँ । विचरो हुलाकी देशको खबर कहिल्यै सुन्दैनौँ ।
कहाँबाट केन्द्र भत्किनु ? हामी केन्द्रको मुख ताक्ने भएका छौँ । अझ खासमा केन्द्रबिना
चल्नै नसक्ने हामी केन्द्रको दास भएका छौँ ।
लोकतन्त्रमा साहित्य मोफसलमूखि हुनै सकेको छैन । जे–जति मोफसलले आफ्नो बलबुताले
गरेको छ, त्यो
उसकै ल्याकत र ताकतमा गरेको छ । हुन त साहित्य आफैँ मोफसल हो । राजनीतिले सधैँ
साहित्यलाई मोफसल ठानेको छ । जे–जति पर्दामा, चर्चामा, साहित्यका पहुँच र तहमा पुगेका छन्, मोफसलकै रुपमा पुगेका
छन् । लोकतन्त्रमा भाषा, साहित्य, कला, संस्कृतिको लोकसम्मान हुनुपर्ने । हाम्रो लोकतन्त्रको
राष्ट्रिय गीत लेख्ने व्याकुल माइला, आफ्नो इज्जत बचाउन विचरो बनेको छ अर्थात् बनाइएको छ
। विदेशतिर लोकतान्त्रिक मुलुकमा राष्ट्रिय गीतका रचनाकारलाई लोकतान्त्रिक सरकारले
इज्जतका लागि भत्ता खुवाउँछ । भाषा, साहित्य, संस्कृतिको राष्ट्रिय उपस्थिति लोकोपकार, लोकभावना, लोकमर्यादा, लोकसम्मतिसहित गाउँगाउँ
पुग्नुपर्ने हो । पहिले नभएको एउटा कुरा भयो– पज्ञाप्रतिष्ठानलाई साहित्य,
कला, संस्कृतिको सम्मान गर्दै
अलग–अलग
पहिचान र अस्तित्व सहित प्रज्ञाप्रतिष्ठानको स्थापना भयो । प्राज्ञ बन्न दरखास्त
हाल्ने र निकटका लागि प्राज्ञ बनाउने खेलले सम्मानित संस्थालाई विवादमा तनाउने काम
भयो । प्राज्ञ एउटा पद जस्तो बनाइयो । राष्ट्रको पहिचान बोकेका अम्बर गुरुङ्ग,
बैरागी काइँला,
किरण
मानन्धरहरुलाई आपूm अनुकूल व्याख्या गरेर जीवनभरको समर्पणलाई पिंजडाको सीमित स्वतन्त्रता र अधिकार
दिएर विचरो बनाउने कोशिस गरियो र गरिँदैछ । लोकतान्त्रिक मुलुकमा भाषा, साहित्य, कला, संस्कृतिमा जीवनभर
समर्पित राष्ट्रिय सम्पतिलाई संरक्षण र सम्बद्र्धन गर्न सम्मान स्वरुप राष्ट्रिय
कोषबाट कोषको नियमित व्यवस्था गरिन्छ । यहाँ त्यो लोकतान्त्रिक संस्कार बन्न सकेको
छैन । प्रज्ञाप्रतिष्ठान जिल्लाजिल्ला, गाउँगाउँ उपस्थिति सहित लोकतन्त्री बन्न सकेको छैन ।
यो देशलाई प्रजातन्त्र ल्याउन ज्यान सुम्पिएको प्रजातन्त्र सेनानी श्रष्टा प्राज्ञ
दान खालिङ्गलाई सिक्किमका पवन चाम्लिङ्गले राज्यमन्त्री सो सरहको सेवा, सुविधा दिएर संरक्षण
गर्छन्, हाम्रो
लोकतन्त्र विचरो भएर हेरिरहन्छन् । हाम्रो लोकतन्त्रमा समग्र साहित्यको यो एउटा
उदाहरण काफी जस्तो लाग्छ ।
पञ्चायतमा राजा, सदरमुकाम आउँदा, जाँदा जिल्लाका, अञ्चलका वा क्षेत्रमा नामुद भाषा, साहित्य, कला, संस्कृति क्षेत्रका श्रष्टासँग बस्थे, सिर्जना सुन्थे र
नजिकबाट लोकलाई बुझ्ने थोरै भएपनि कोशिस गर्थे । यहाँ शासकलाई सर्जक बुझ्ने फुर्सद
छैन । काठ्माडौं खाल्डोबाट मानसिक रुपमा निस्किने फुर्सद छैन । हो, लोकतन्त्रमा केही त जरुर
भएको छ । बैरागी काइँला एकाडेमिलाई आफ्नै बर्कतले गाउँगाउँमा साहित्य पु¥याउन व्यक्तिगत जोड,
जुलुम प्रयासमा
छन् । किनभने उनी स्वयं मोफसलका सजिव श्रष्टा हुन् । अम्बर गुरुङ्ग बूढो ज्यान
लिएर दौडँदैछन् । गीत, संगीतको एकाडेमीलाई देशभर फैलाउन उनी कम्मर कसेरै लागिरहेकै
छन् । किरण मानन्धर ललितकलालाई देशभर रङ्ग्याउन देश दौडाहमा रंगिएकै छन् । अझ अरु
काम लोकप्रिय रुपमा सर्जक, श्रष्टा (लोकसेवक) हरुबाट आफ्नै प्रयासमा धेरैकुछ भएका छन्,
हुँदैछन् ।
राष्ट्र लोकतन्त्रमा पनि लोकाचारमा मात्र सीमित छ, श्रष्टा र सर्जकलाई विचरो देख्दै
मोफसलको व्यवहार गर्छ । कुनै राष्ट्रिय बजेटमा र राष्ट्रिय कार्यक्रममा भाषा,
साहित्य, कला, संस्कृतिलाई राज्यले
नीतिमा ल्याउन चाहेको छैन वा सकेको छैन र ऊ खुद बबुरो भएको छ ।
लोकतन्त्रमा गाउँगाउँ, जिल्लाजिल्ला साहित्यिक महोत्सव, पुस्तक मेला प्रदर्शनी, गोष्ठी, चर्चापरिचर्चा, क्रिर्याअन्तरक्र्रिया,
प्रकाशन
महत्वपूर्ण र ऐतिहासिक रुपमा भएका छन्, हुन थालेका छन् । ति सब मोफसलकै होस्टेहैँसेमा
अर्थात् साथ, सहयोग र भारी खेपाइ र मार्का खपाइमा फत्ते भएका छन् । केन्द्र केलाइ भन्ने ?
काठमाडौं वा
राजनीति के केन्द्र हो ? काठमाडौं गएका सबै सर्जक गाउँबाटै गएका हुन् । उनीहरुको
सिर्जना र उपस्थिति मोफसलकै हो र उनीहरु स्वयं विचरा छन् । हो ! एउटा सत्य कुरा,
काठमाडौंमा बसेका
अलि चर्चामा छन् । उनीहरुले ठाउँ पाएका छन् । अखबार, रेडियो, टेलिभिजन, नेट, इन्टरनेट, पहुँच, सुविधा अलि धेरै छ । त्यो
स्वभाविक हो । तर गाउँठाउँमा रहेरै साधनारत श्रष्टाहरु गुनासोरहित जीवन बाँचेका
छन् । किनभने लोकतन्त्रको अभ्यासमा छन् । व्यवहारमा परिवर्तन आउन समय लाग्छ ।
नामको परिवर्तनले उस्तो हुनेवाला केही छैन । जति रोएपनि, जति चिच्याएपनि सुविधा जहाँ छ,
त्यहीँकाले सुविधा
उपभोग गर्ने हो । लोकतन्त्रले लोकसिद्ध बन्न लोकसत्ताको अभ्यास अझै गर्नै छ ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन, नपुगेका कतिपय ठाउँका हामी नेपाली
लोकवादमा विश्वास गर्छौँ । किनभने हामीले बाँचेको हाम्रो जीवन हाम्रो साहित्यको
मूल जीवन हो । काठमाडौं केन्द्र होइन, नेपाल र नेपाली केन्द्र हुन् । मोफसल त भाषा,
साहित्य, कला, संस्कृतिलाई बनाइयो,
सर्जक, श्रष्टालाई बनाइयो ।
लोकतन्त्रमा अबका दिन त्यस्तो नबनोस् ।
सर्वेक्षण
उप्रेतीहरुबाट साहित्य साधना
- प्राज्ञ रविमान रम्जेल
नेपाल विविध जातिका मानिसहरुले बसोबास गरेको देश हो । यहाँ बसोबास गर्ने
बासिन्दाहरुको भाषा र संस्कृति पनि आ–आफ्नै रहिआएका छन् । खोजकर्ताहरु पनि यहाँका
वासिन्दाहरुको भाषा र संस्कृति प्रेम देखेर छक्क पर्छन् ।
नेपालमा बसोवास गर्ने वासिन्दाहरुमा आर्य समुदायभित्र पर्ने उप्रेतीहरु एक
हुुन् । उनीहरु स्वदेश र विदेशका विविध स्थानहरुमा वसोवास गर्दै आएपनि बागमती ,कोशी ,मेची,सगरमाथा ,र राप्ती अञ्चलमा
उप्रेतीहरुको वसोवास बाक्लो रहेको छ । वर्तमान अवस्थामा साहित्य ,शिक्षा ,स्वास्थ्य ,उद्योग धन्दा ,सैनिक ,राजनिति अनेक क्षेत्रमा
उप्रेतीहरुको सहभागिता देखिएतापनि २००७ साल अघि राजनैतिक क्षेत्रमा उनीहरुको उपस्थिति
भएको पाइन्न । २००७ साल देखि उप्रेतीहरु राष्ट्रिय जीवनका विविध फाँटमा सरिक
हुुँदै योगदान दिएको कुुरा उल्लेखनीय मान्नुु पर्छ ।
२०१७ सालपछि राजनितिमा लागेर मन्त्री हुुनेहरुमा पुुष्कर नाथ उप्रेती,कृष्णप्रसाद उप्रेती
हुुन भने बामपन्थी राजनितिमा लागेर चर्चित हुुने गोविन्द नाथ उप्रेती र कूल प्रसाद
उप्रेती हुुन् । प्राध्यापन पेशामा लागेर ख्याति आर्जन गर्ने व्यक्ति हरुमा
सागरनाथ उप्रेती ,चन्द्रधर उप्रेती ,प्रेम रमण उप्रेती ,टंक नाथ उप्रेतीको नाम लिन सकिन्छ । डिल्ली राज
उप्रेती ,रंग
नाथ उप्रेती ,नीलकण्ठ उप्रेतीको नाम प्रशासकको रुपमा आउँछ । शैक्षिक क्षेत्रको विकाशमा
देवीप्रसाद उप्रेती (१९६९–२०४९)को नाम आउँछ ।
उनले पर्याप्त जग्गा विद्यालयलाई वितरण गरी उदारताको परिचय दिएको पाइन्छ । त्यस्तै
त्रैलोक्य नाथ उप्रेती पनि शिक्षाविद् हुुन् । जय पृथ्वीबहादुर सिंह ,देव शमशेर राणा ,शंकरदेव पन्त,हरिहर गौतमको साथ उनको
अग्र पंक्तिमा नाम आउँछ । कसले कुुन क्षेत्रमा कसले के कति योगदान दिए र राष्ट्रका
निम्ति कुुन समुुदायका व्यक्तिले के कस्तो भूूमिका निर्वाह गरे,त्यस कुुराको खोजविन
गर्ने समय आइसकेको छ ।
नेपाली साहित्यमा उप्रेतीहरुको लेखन प्रवेश राणाकालदेखि नै भएको पाइन्छ ।
प्राप्त जानकारी अनुुसार डम्बरु वल्लभ शर्मा उप्रेती (१९६४–)ले पुुत्रशोक (कविता )१९८९ मा
प्रकाशित गरेका छन् । यो नै उप्रेतीबाट लेखिएको पहिलो प्राप्त कृति हो । यसमा
पुुनशोकको वियोग व्यथा पाइन्छ ।
२००७ सालको आसपासदेखि लेखन क्षेत्रमा उप्रेतीहरुको ठूलै झुुण्ड देखापर्दछ ।
पदम प्रसाद उप्रेती (१९८६–२०६७) प्रेम दास उप्रेती पीडित (१९९८–२०५८) देवी प्रसाद उप्रेती (१९६९–२०४९) लक्ष्मी उप्रेती
(२०१५–)भीष्म
उप्रेती (२०२४) टंक उप्रेती (२०२८) हरिप्रसाद उप्रेती ,अनिश उप्रेती,सुुरेन उप्रेती (२०२६–)इशान उप्रेती ,लक्ष्मण उप्रेती निफर,
हरिकला उप्रेती
(२०३०) देवी उप्रेती(२००७)कविता विधामा कलम चलाउने स्रष्टा हुुन् । पदम प्रसाद
उप्रेतकिा कविता ‘भारती’,रुप–रेखा,अञ्जली ,प्रयास , प्रतिविम्ब पत्रिकामा
प्रकाशित भएका छन् । उनका प्राय कविता प्रणय भाव र अग्रज पुुस्ताप्रति सम्मानको
भावले भरिएका छन् । नेपालको दीपक,मगज(भारती),प्रिय(रुप–रेखा) लगनगाँठो (प्रयास २०१७)जस्ता चर्चित कविता २०२३
पूर्वै लेखे । जुन कविताहरु पुुस्तकको रुपमा प्रकाशित हुन सकेनन् । प्रेमदास
उप्रेती (१९९८–२०५८)ले छन्दवादी कविता र खरेल वंशावलीमा आफ्नो प्रतिमा उपयोग गरेका छन् ।
उनले अनुवाद गरेका कविता पनि छन्दवद्ध रुपमा सुन्दर ढङ्गले प्रस्तुुत गरेका छन् ।
पुुरानो विषय वस्तुु पक्रेर छन्दमा रमाउने कवि हुन उनी । हरिकला उप्रेती (२०३०)ले
उपदा्रे २०५८ कविता संग्रहमाफत व्यंग्य भाव पोखेकी छन् । नन्दु परिश्रमी
(२०२३)प्रगतिवादी कवि भएर पनि साधना क्षेत्रमा रम्न भ्याइरहेका छैनन् । भीष्म
उप्रेती सम–सामयिक धाराका जल्दा बल्दा कवि हुन् । आकाश खस्यो भने के हुुन्छ? (२०५३)कविता संग्रह लगायत
अनेक संग्रहका स्रष्टा उप्रेती मानवीय मूल्य र मान्यताको खोजी गर्ने कवि हुुन् ।
टंक उप्रेती (२०२८–)को अनुुभूतिका अक्षरहरु (२०५५)ले उनलाई उर्जाशील कविको रुपमा स्थापित गरेको छ
। लक्ष्मी उप्रेती (२०१५–) लाई यौटा बाटो खोजिरहेछ जीवन (२०५०) जस्तो संग्रहले उच्च
प्रतिभाको परिचय दिएको छ । उनी नारी प्रतिष्ठालाई उच्च बनाउने कवि हुुन् । उनी सम–सामयिक विषय बस्तुु पक्रेर सुुन्दर प्रस्तुुति दिन सक्षम
छिन् । देवी प्रसाद उप्रेती (१९६९–२०४९) का कविता कल्याणभावले भरिएका र उनको मृत्युुपछि
स्मृति ग्रन्थमा संगालिएका छन् । अन्य कवितात्मक प्रष्तुुति दिने स्रष्टाहरुमा वेद प्रकाश उप्रेती ,
हरि प्रसाद
उप्रेती ,अनिश
उप्रेती, सुुरेन
उप्रेती(२०२६–) आजका स्वरहरु (२०५३) सच्यूत राज उप्रेती भुुम्लुुले ,इशान उप्रेती,नवीन उप्रेती आशालाग्दा
प्रतिभाहरु हुन् । यिनीहरु मध्ये डा. वेद प्रकाश उप्रेतीले लेख्नेै छोडिदिए २००५ सालपछि ।
समालोचना निवन्ध फाँटमा कलम चलाउने स्रष्टाहरुमा डा. वेद प्रकाश उप्रेती (२००१–)गंगा प्रसाद उप्रेती
(२००४–)डा.
राम प्रसाद उप्रेती (२०१४–) राम प्रसाद उप्रेती (२०१४–) डा. वासुदेव उप्रेती(२००५–)
त्रिलोचन उप्रेती,
भीष्म उप्रेती
(२०२४–)राम
चन्द्र उप्रेती (२०१६–)सिद्धिनाथ उप्रेती ,भरतजङ्ग उप्रेती ,देवी प्रसाद उप्रेती (१९६९–२०४९)सञ्जीव उप्रेती
(२०२०–) को
महत्वपूर्ण देन रहिआएको छ । एकताका वेद प्रकाश उप्र्रेतीले रुप –रेखा र अन्य पत्रिकाका
साथै हाम्रा नौ पूुर्खाहरु ,भनेर लेखेका थिए – अहिले लेख्नै छोडिदिए ।गंगा प्रसाद उप्रेतीको ‘स्मृतिको छालमा इटाली
(२०४४) नियात्रा संग्रह हो । भने ‘नामको खोल (०६४)व्यंग्यात्मक निवन्ध संग्रह हो । दृष्टिकोणका विविध विसाउनी (२०४६)ले उनलाई
प्रगतिवादी समालोचकको रुपमा चिनाएको छ । सञ्जीव उप्र्रेतीको सिद्धान्तका कुरा
(२०६८)ले उनलाई प्रखर समालोचक संकेत गरेको छ । डा. राम प्रसाद उप्रेतीको ‘यात्राका केही थुुँगा
फूल (२०४६)निलो पानी र निला भावनाहरु (२०५५) नियात्रा फाँटका महत्वपूर्ण कृति हुन्
। आफूले देखेका र अनुुभव गरेका कुुराहरुलाई इमान्दारीसाथ प्रस्तुुति दिनु उनको
विशेषता हो । नयाँ सम्भावना बोकेर देवेन्द्र प्रसाद उप्रेती समालोचना को संग्रह नै
प्रकाशित गर्न सफल भएका छन् । रामचन्द्र उप्रेतकिो ‘जेल डायरी ’(२०६०)र मेरो काठमाडौ
(२०६३) ले उनलाई उर्जाशील स्रष्टाको रुपमा चिन्न सकिन्छ । जेलको अनुुभूति र
काठमाडौँको विसंगति राम्रो सँग प्रस्तुुत गरेका छन् । भरतजंग उप्रेती (२०१३–)को भरतराज पन्त जीवनी र
साहित्य (२०४०)शोधपरक कृति हो । सिद्धिभक्त उप्रेतीको‘ कविप्रसाद गौतमको जीवनी’(०२३)उनको स्पष्ट
दृष्टिको परिचय दिन्छ । डा.वासुुदेव उप्रेती (२००५) को गद्य लेखन ,त्रिलोचन उप्रेतीको
प्रस्तुति सराहनीय मान्नुपर्छ । मेदिनी
प्रसाद उप्रेती (१९५९–२०४२)को इश्वरीय तत्व (२०३८)ले उनको अध्यात्मभाव स्पष्ट पार्छ ।
कथा क्षेत्रमा स्व. गंगा प्रसाद उप्रेती (१९८३–२०४२) को कथा शारदा पत्रिकामा
२००४ सालमा वरालले‘ झ्यालबाट’ कथा संकलनमा गरेको छन् ।
गोपीनाथ उप्रेती,गंगा प्रसाद उप्रेती (२००४–)प्रमिला उप्रेतीका कथा प्रकाशित भएपनि अगाडि बढ्न सकेनन् ।
लक्ष्मी उप्रेती (२०१५–)नयाँ संभावना बोकेर लेख्दैछिन् ।
विविध विधामा एक दुुई रचना र पुुस्ताकै प्रकाशित गर्ने ,साहित्यइतर विषयमा कलम चलाउने
स्रष्टाहरुमा डिल्ली राज उप्रेती ,पुुष्कर नाथ उप्रेती , सागरनाथ उप्रेती , डा. शंकर प्रसाद उप्रेती (१९९०–)कृष्णमणि उप्रेती (१९७२–२०१९) टहलदास उप्रेती
(२०१६–)चन्द्रधर
उप्रेती ,अरुणा
उप्रेती ,रविन्द्र
उप्रेती ,माधुरी
उप्रेती लागयत थुप्रै छन् । उप्रतीका छोरीहरुमा भारती खरेल , गौरा रिजाल , लीला अनमोल को प्रयास
सन्तोषजनक मान्न सकिन्छ । ध्रुुव प्रसाद उप्रेती , युवक उप्रेती पनि देखापरेका छन्
।
उपन्यास फाँटमा सञ्जीव उप्रेती(२०२०) का‘घनचक्कर (२०६२)र रमेश उप्रेतीको ‘वहुलानन्द’प्रकाशित भएको पाइन्छ ।
नाटक ,खण्ड ,काव्य,महाकाव्य विधामा उप्रेतीहरुको कलम चलेको छैन –अन्य के कति स्रष्टा छन् ,तिनीहरुको खोजी हुन
बाँकी नै छ ,यो सानो परिचयात्मक सर्वेक्षण मात्र हो ।
मिति–०६९÷०५÷१४
फुङ्लिङ्ग–४,ताप्लेजुङ्ग
नेपाली
साहित्यमा आदिकवि भानुुभक्त आचार्यको योगदान
-
हेमराज
भट्टराई
नेपाली कविता साहित्यको प्राथमिक कालका केन्द्रिय प्रतिभा भानुुभक्त आचार्यका
नेपाली साहित्यको उत्थान र विकासमा विशिष्ट योगदान छ । उनी नेपाली साहित्य जगत्मा
आदिकवि को उपाधिले विभूषित छन् । नेपाली साहित्यको इतिहासमा सबैभन्दा बढी मात्रामा
चर्चामा लिइने र प्राय धेरै व्यक्तिद्वारा लेखिइने प्रतिभा संभवत् भानुुभक्त
आचार्य नै हुन् । नेपाली साहित्यको उत्थान र श्रीवृद्धिमा ज्यादै विशिष्ट योगदान
दिएकोले उनी नेपालका राष्ट्रिय विभुूतिका रपमा पनि सम्मानित छन् ।
भानुुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते तनहुुँ जिल्लाको रम्घा
चुुँदीबेँसीमा शिक्षित र सम्भ्रान्त बा्रहमण परिवारमा भएको थियो । यिनका बाजे
श्रीकृष्ण आचार्य संस्कृत भाषाका प्रकाण्ड विद्वान र पण्डित थिए । यिनका पिता
घनञ्जय आचार्य सरकारी जागिरमा संलग्न भएकाले घरमा बस्न त्यति पाउदैनथे । बाजे
श्रीकृष्णका प्रियपात्र भएकोले भानुुभक्त बाजेकै रेखदेख र संरक्षणमा हुुर्किए ।
उनले सानै उमेरदेखि आफ्नै घरमा आफ्नै बाजेसँग संस्कृत व्याकरण ,संस्कृत भाषा र
साहित्यको अध्ययन गर्ने अवसर पाए ।
भानुुभक्त आचार्यले संस्कृतको अध्यात्म रामायणलाई शास्त्रीय छन्दमा नेपाली
भाषामा अनुुवाद गरे । यसै कृतिले उनलाई चर्चाको शिखरमा पुु¥यायो । उनले प्रसस्त मौलिक रचना
पनि नेपाली साहित्यलाई दिएका छन् । भानुुभक्त आचार्यद्वारा लिखित तथा प्रकाशित
कृतिहरु यस प्रकार रहेको देखिन्छन् ।
१,रामायण
(वि.सं १८९८–१९१०)
२,प्रश्नोत्तर
(वि.सं १९१०)
३,भक्तमाला
(वि.सं १९१०)
४,बधूशिक्षा
(वि.सं १९१९)
५,रामगीता
(वि.सं १९२५)
पुुर्वोक्त कृतिहरु मध्ये बधूशिक्षा ,भक्तमाला र
३९ बटा फुुटकर कविता उनका मौलिक रचना हुुन् भने रामायण प्रसस्त मौलिकताले सजाइएको
भावानुुवाद कृति हो । भानुुभक्त को रामायण संस्कृतका अत्यन्त प्रचलित शास्त्रीय
छन्दको प्रयोग गरी लेखिएको गेयात्मक तथा आख्यानात्मक रचना हो । उनका कृतिहरुमा
समाजचेतना ,व्यङग्यचेतना ,देशप्रेम प्रक्तिचित्रण ,भक्तिमूलक औपदेशिकताका साथै आध्यात्मिक, नैतिक सुधारात्मक स्वर
पनि पाइन्छ । उनका अनुुदित कृतिमा मूल ग्रन्थको भावगाम्भीर्य कत्तिपनि विचलित भएको
पाइदैन भने प्रशस्त मात्रामा मौलिक सीप ,कल्पना चातुुर्य ,अभिव्यक्ति क्षमता र नेपालीपन
पाउन सकिन्छ ।
भानुुभक्त आचार्यले आफ्ना प्राय सम्पूूर्ण कृतिमा सरल , सहज , रसिलो र ठेट नेपाली भाषाको
प्रयोग गरेका छन् । यो उनको नेपाली भाषाप्रतिको
प्रेम हो । हुन त उनका कृतिहरुमा केही तत्सम शब्दहरुको प्रयोग पनि भएको
देखिन्छ । तापनि ती शब्दहरुले बोध गम्यतामा असर पुु¥याएका छैनन् । बरु अझ सरस
तुुल्याएको पाइन्छ । उनका कृतिमा केही हिन्दी र उर्दु भाषाका शब्दहरु पनि मिसिएका
छन् । ती शब्दहरु पनि नेपाली भाषाको गुुलियो मै लुुटपटिएका छन् र ठेट शब्द जस्तै लाग्दछन् । विषयवस्तुगत
मिठाससँगै लयमाधुुर्य आएको उनको अनि सरल
तथा सरस झर्रा नेपाली शव्दको प्रयोग ले उनको भाषा शैली अत्यन्त मनोहारी बनेको छ ।
उनका कविता पहाडी झरनाबाट प्रस्फुुटित झरनाका लहर वा निर्झर सुुसेली जस्तै
प्रभावकारी र मनमुुग्धकारी जस्तै बन्न पुुगेका छन् । भानुुभक्त आचार्यका कृतिमा
नेपाली हावापानी र माटो सुुहाउने जुुन भाषा र लयचेतना छ । त्यसका दृष्टिलेविचार
गर्दा उनी नेपाली काव्यात्यक भाषाशैलीका आविष्कारकका रुपमा देखा पर्छन् ।
लोकजीवनमा भिजेका र अत्यन्त प्रचलित शास्त्रीय छन्दहरुलाई राज्दै लोकजीवनमा भिजेको
सहज संगीत चेतलाई प्राथमिकता दिँदै कविता सिर्जना गर्ने आचार्यलाई नेपाली भाषाको
प्रथम सुुन्दर ध्वनिकार मान्न सकिन्छ ।
भानुुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका केन्दिी्रय प्रतिभा हुुन् ।
उनलाई आदिकवि को उपािध युुवाकवि मोतीराम भट्टले दिएका हुुन् । समयको क्रमसँगै
खोज अनुुसन्धानले भानुुभक्त आचार्यभन्दा अगाडि पनि नेपाली भाषामा कविता लेख्ने
अभ्यास भएको देखिन्छ । यस आधारमा भानुुभक्त लाई आदिकवि आदिकवि मान्न नहुुने विचार
पनि विभिन्न समालोचकहरुले दिएका छन् । कतिपय विद्वानहरुले भानुुभक्त लाई आदिकवि
भन्दा आपत्ति नहुुने धारणा राखेको पाइन्छ । उनी भन्दा अघि नेपालीमा कविता लेख्ने
जेजति कविहरु फेला परेपनि प्राथमिक कालमा भानभक्तको तहमा र उनका कृतिका दाँजोमा
आउने अहिलेसम्म देखिएका छैनन् । यसरी नेपाली कविता साहित्यको प्राथमिक कालका अनेक
कविहरुमध्ये सर्वाधिक सशक्त र सर्वाधिक काव्यात्मक गुुणले परिपूूर्ण उनका रचनालाई
हेर्दा उनी कालजयी कविता लेख्नसक्ने महान् प्रतिभाशाली र प्रथम काव्यमर्मज्ञ कवि
हुुन् भन्न सकिन्छ ।
नेपाली साहित्यका यस्ता महान् प्रतिभा भानुुभक्त आचार्यको देहावसान् वि. सं
१९२५ मा भयो । उनको भौतिक शरीर नभएपनि आफ्ना अमर कृतिले गर्दा उनले सम्पूर्ण
नेपालीका अन्र्तहृदयमा जीवित छन् र रहनेछन् ।
दोखुु–२,मेवाराजा ,ताप्लेजुुङ्ग
हाम्रा धाँमीहरु–समस्या कि समाधान ?
- देवी प्रसाद संग्रौला
१, विषय प्रवेश
‘आत्मा सवैको एउटै हुुन्छ,
दुुख पाए जो पनि रुन्छ ।
बुुझ्नेले मात्र बुुझेको हुुन्छ
आँसुको मोल कति हुन्छ ।।’
वाल्यकालदेखि नै यो गीत गुुन्गुुनाउथेँ । यो गीतका रचनाकार को हुन् ? आज सम्म पनि थाहा छैन । शायद यो गीत प्रगतिशील हुनुपर्छ
र दुखी एवं श्रमजीविका पक्षमा गाएको हुुनसक्छ । खयर जे होस् यहाँ सरोकारको विषय
त्यो होइन । गीतको पहिलो हरफ आत्मा सवैको एउटै हुुन्छ वा हुुदैन भन्ने विषय बुुझ्न मलाई जीवनको करीव
४० औँ वशन्तहरु कुुर्न प¥यो ,पर्खनुु प¥यो । ‘आत्मा ’भनेको मन हो ,विचार हो , भावना हो ,सोचाइ हो । के सवै मान्छेको ‘आत्मा ’एउटै होला त ? के कुुनै पनि बस्तुुप्रतिको विचार , भावना र सोचाइ सवै को
एउटै हुुनसक्छ ? सुुरु सुुरुका दिनमा यो हरफ मलाई नितान्त सत्य लाग्थ्यो तर त्यो सोचाइ
भ्रममात्र रहेछ भन्ने निक्यौलमा आज म पुुगेको छुु कि आत्मा सवेैको एउटै नहुँदो
रहेछ ।
विषय प्रसङ्ग हाम्रा धाँमीहरुको हो । नेपालको परिवेशमा धाँमी भनेको के हो र को
हुन् भन्ने कुुरा नयाँ र नौलो होइन । मेची देखि महाकाली सम्म ,हिमालदेखि तराईसम्म र
गाँउदेखि शहरसम्म सवै तिर सवैको शब्दकोषमा “धाँमी”भन्ने शब्द चिरपरिचित छ ।
हाम्रो समाजमा साँच्ची भन्ने हो भने
प्रत्येक एक किलोमिटरको अन्तरमा कम्तिमा एउटा धाँमीले अवश्य वास गरेको छ ।
धाँमीहरु आफूलाई देवताले रुचाएको र आफ्नो आँङमा देवता प्रवेश गरी कम्पन गराएको
विश्वास अरुलाई दिलाउँछन् । उनीहरु आफूूलाई देउताले प्रतिनिधिमूलक पात्र छानी
आफ्नो मुुखबाट देवताले सत्यवाणी वोलेको हो भनी दुुनियाँदारलाई भन्ने गर्दछन् ।
दुुनियाँदार पनि यही भ्रमपछि तेलीको गोरु झैँ लुुइँ लुुइँ कुुदिरहेको छ र
घुुमिरहेको फनफनी ,वरिपरि धाँमीलाई दाइँको वियो र आफूलाई गोरु ठानेर ।
वास्तवमा सर्वसाधारणदेखि धेरै जान्ने बुुझ्ने सम्मलाई शदियौँ देखि यसरी
दिग्भ्रमित पार्न सक्ने यी धाँमीहरु को हुुन् ? के साँच्ची नै यिनीहरुको आँङमा देवता नै आउँछ ?के यिनीहरुलाई द्यौताले
रुचाएकै हो त ? यिनीहरु किन र कसरी काँम्छन् ? यिनीहरुको शरीरमा आएको कम्पन नेै देवता हुुन् त ? आइज भन्दा सररर आँङमा
आउने अनि जा र छोड भन्दा थान्कामा जाने
देउता कति आज्ञाकारी रहेछन् जसरी एउटा
शिक्षकले आफ्नो शिष्यलाई उठ् भन्दा उठ्ने र वस भन्दा बस्ने झैँ । यस्तै यस्तै
प्रश्नको उत्तर खोज्दै जाँदा थुुप्रै प्रश्नहरु अनुुत्तरित रहेको र केही प्रश्नहरुले धाँमीको रहरस्याद्घाटन
गरेको यथार्थ अनुुभव यो लेखकसँग पनि जोडिएर आएकाले दुुनियाँका बिश्वास पात्र
धाँमीलाई केवल ढोँगी, स्वाँङी र इच्छित पेशा सिवाय अरु केही नभएको निक्यौल यो पंक्तिकारको छ ।
२,धाँमीको
उत्पत्ति
मानव सृष्टिको शुुरुवातमा मान्छे जंगलमा वस्थ्यो । ऊ प्रकृतिद्वारा सञ्चालित
थियो । विकासका चिन्हहरु केही थिएनन् । जे थियो ,प्रकृति नै थियो । पानी खोला झरना गुुफा ओडार भीर पहरा हरियाली
देखेर ऊ छक्क पथ्र्यो । यी सवैको सृष्टि गर्ने पक्कै एउटा अदृश्य शक्ति मानवभन्दा
पृथक भीमकाय र वलवान् होला भन्ने कल्पनासँगै काल्पनिक देवताको पनि उत्पत्ति भयो ।
यही अदृश्य शक्तिलाई देवता मान्दै आउने क्रममा विकासको गतिसँगै मठ–मन्दिर ,देवस्थल आदिको स्मृति र
निर्माण मान्छेले नै ग¥यो । कोही विरामी
हुुँदा त्यही मानिसको झुुण्ड भित्रका मध्ये अलि वोल्न सिपालुु चाँहिले अनेक कल्पना
गर्दै,“ हे
ईश्वर ! यो विरामी निको पारी देऊ ,म तिमीलाई केही पूजाआजा
गरौेँला”भनी
भाकल गर्न पुुग्यो होला । संयोजनवश विराम पनि निको भयो समयको अन्तरालसँगै । कतिपय
रोग यस्ता हुुन्छन् जुुन केही समयको अन्तरालमा विना कुनै विग कुुनै औषधी , शरीरको आफैँ रोग प्रतिरोधात्मक शक्ति बढेर आफैँ निको
हुुन्छ । यसको दृष्टान्त पूर्व युुवराज पारस शाह करिव २ हप्ता पछि बंगलादेशको एक
हस्पिटलमा विना औषधि बेहोस् अवस्थाबाट होस्मा आएका थिए । ईश्वरलाई वक्साउने क्रममा
डरले वा विरामी मर्छ कि भन्ने मनोरोगले भयभित भई अनायसै शरीर काँम्यो होला । त्यो
जीउँ काँमेको दृश्य र उसले ईश्वरप्रति आपतमा गरेको पुुकारा र भाकल अरुले देख्यो र
सुुन्यो होला । ‘बूढा मरे भाषा सरे ’भने झैँ त्यो मान्छेको मृत्यूपछि कोही विरामी हूँदा अगि
त्यो मृत मान्छे ले गरेझैँ जिउ हल्लाउदै यो क्रम अर्काले दोहो¥यायो होला ।
हुुँदा हुँदा एउटा परम्परा र संस्कारको रुपमा विना कुुनै वैज्ञानिक आधारमा नै
सदियौँदेखि धाँमीको परम्परा बस्दै आएको हुनुपर्छ ।
३, धाँमीप्रति
चलेको अफवाहहरु
अझँै पनि हाम्रो देशका वहुुसंख्यक मानिसहरु
धाँमीप्रति विश्वास गर्दछन् । उनीहरु धाँमीलाई निम्न रुपमा हेर्ने गर्दछन् —
क) धाँमी लाई आएको कम्पन देउताले नै दिएको हो , तसर्थ निष्ठापूर्वक काँमेका वेला
हेरेको जोखाना पुुग्छ ।
ख) धाँमीले वान हानेर फलानी आईमाईको आँखो फोरिदिएको हो ।
ग) मेरा आँखैले देखेको –फलानो धाँमीले जोडसँग काँमेर पाथीभराको धुुपी आँगनमा थुन्चे
थापी झुुप्पाका झुुप्पा ल्याएको ,त्यसको वासनले गाउँ नै मगमग हुने ,अझै त्यसको एक टुुक्रो मेरामा छ
।
घ) फलानो धाँमीले मसान बोलाएर मध्य रातमा बाँझो खेतलाई राति नै जोताई हिलो आली
गरी रोपाउँथ्यो रे ।
ङ) वीर धाँमीले चाहृयो भने वोक्सीलाई
नचाँउदै थान मन्दिरमा ल्याएर डोकोले छोप्छ र त्यसपछि विरालोको रुप लिन्छ ।
च ) धाँमीहरु बलेको आगो खान्छन् ,भुुङ्गा्रमा उफ्रन्छन् ,फलाम तताएर आफ्नो जीव्रोले
चाट्छन् तर उनीहरुलाई पोल्दैन ।
छ )धाँमीहरुसँग मन्त्र हुुन्छ । मन्त्रले फुुकेपछि उम्लिरहेको पानी र झरिलो
आगोेले पनि उनीहरुलाई पोल्दैन ,इत्यादि ।
उपर्युुक्त कुुराहरु कुनैपनि वस्तुवादी र विज्ञान सम्मत छैनन् । म एउटा शिक्षक
भएका नाताले यस्तै खाले रुढीग्रस्त छापले गर्दा धेरै मान्छेहरु रोग लागेपछि
हस्पिटल नगई धाँमी झाँक्रीको भरपर्दा अकालमा ज्यान गुमाउन पुुग्छन् भनी शिक्षण
गर्दा केही विद्यार्थीहरुले फलानो धामीले त तपाईलाई कमाइदिन्छ सर ! भने । जवाफमा
धाँमीको निश्वास गर्नुहूुन्न भन्नका लागि म आफैँले विद्यार्थी सामुु धाँमी समक्ष
यो सुचना पुु¥याई देऊ भनी भन्न बाध्य भएँ जुन यस्तो थियो “जुन धाँमीले मलाई सयौँ मान्छको
उपस्थितिमा सार्वजनिक ठाँउमा कमाउन सक्छ ,त्यसलाई म रु दश हजार पुुरस्कार दिन्छुु ,यदि कमाउन नसकेमा
सार्वजनिक रुपमा ऊ आलोच्य हुुनुपर्नेछ । ”
धाँमीको परीक्षण गर्न भनौँ या विद्यार्थीलाई धाँमीको विश्वासमा परेर रोग
पाल्नुु हुुँदैन भन्ने आशयले भनौँ –यो सुचना प्रवाह गर्न लगाएँ । विद्यार्थीको पहँचसम्म रहेका
जाँडे भनिने स्वनाम धन्य धाँमीहरु कहाँ हावा झँै यो खवर पुुगेछ । जवाफमा केही
धाँमीले यस्तो शर्त तेस्र्याएछन् –“देवी सरलाई हामी कमाउँछौँ तर भरे उनको ज्यान गयो भने हामी
जान्दैनौँ । ”
कोहीले यसो भनेछन् –“काम्न थालेपछि भरे सधैँ भरि काँमेका काँम्यै भए भने हामी
जान्दैनौँ ,सरले कागज गर्नुुपर्छ । ”मेरो मनोवल गिराउने गरी
यो शर्त आएको बुुझेँ । मैले धाँमी प्रतिको अविश्वास सिद्ध गर्नु थियो या सधैँका
लागि धाँमीलाई साँच्चै देउता नै आउँदा रहेछन् भनी विश्वास गर्नु थियो । ‘हुुन्छ’भनी जवाफ पठाएँ ।
त्यसपछि धाँमी चुपचाप भएँ ।
यस्तै संयोग तेह्रथुम –म्याङ्गलुुङको एक होटलमा प¥यो । मेरा जेठान देवी थपलिया र म
काम विशेषले तेह्रथुम जाँँदा पुरानो हृयात्रुुङ होटलमा वास वस्न पुुग्यौँ । वाथरुम गएको वेला इसिवुुका एकजना व्यक्ति
हाम्रो कोठामा आउनुु भएछ । चिनापर्ची भएपछि कुरैकुरामा ती व्यक्ति ले म तेह्रथुम
संखुवासभा र धनकुटा तीन जिल्लाको हिट धाँमी हुुँ ,भन्नुुभएछ । मेरा जेठानले मनमनै –एकैछिन त पख ,कत्तिको हिट धाँमी रहेछस् ,मेरो ज्वाँइ आएपछि थाहा होला ,भनी गम खाएर बस्नुुभएछ ।
केही क्षणमा म फर्केर कोठामा आएँ । त्यो
धाँमीको परीक्षण भइ हालोस् भनेर जेठानले –वहाँ पनि तीन जिल्लाकै हिट धाँमी
हुनुहुँदोरहेछ –कुरो कोट्याइदिनुुभयो । ए ! तपाई हिट धाँमी –सोधेँ । अँ –जवाफ आयो । त्यसो भए
मेरो एउटा जिज्ञासा छ के तपाई मलाई कमाउन सक्नुहुन्छ ? सोधेँ , त्यो त एउटा भन्ने मेलो हो ,कुनै धाँमीले कमाउन
सक्दैन । उनी खुुम्चिए ।
४,धाँमी
र विरामीको सम्बन्ध
कारण विना कार्य हुदँैन (त्जभचभ ष्क बधिबथक ब अबगकभ ायच भखभचथ चभकगति० । रोग र
विरामको पछि पनि अवश्य एउटा कारण हुन्छ । हाम्रो शरीर पनि विभिन्न अवयवहरु मिलेर
बनेको हुुन्छ जसरी एउटा स्वचालित मशिन ९बगतय mबअजष्लभ ० विभिन्न भागहरु मिलेर
चल्ने गर्दछ ।
मेशिनका पार्ट पुुर्जा राम्रो अवस्थामा रहुन्जेल त्यो विना अवरोध चल्छ । सानो
मात्र पुर्जा विग्रेमा राम्ररी चल्दैन । मानिसको अवस्था पनि त्यस्तै हो । अङ्ग
प्रत्यङ्ग,स्वस्थ रहुन्जेल सञ्चो हुन्छ । गड््बडी भएमा विरामी होइन्छ । शरीरको कुन भागमा
विराम छ भनी पत्ता लगाउने साधनहरुको आविस्कार भई प्रचलनमा आएर कठिन रोगहरु पनि
निको भइरहेको अवस्था आज विद्यमान छ ।
आजको विज्ञान तथा प्रविधिको अधिकारिक विकास भएको युग धाँमीको युग होइन । यो त
रोग पत्ता लगाई औषधिले विराम शान्त पार्ने यृुग हो । इतिहासको कुनै कालखण्ड
जुनबेला डाक्टर र अस्पतालको सुविधा थिएन, त्यसवेला रोगव्याधी लाग्दा कोही देवता छौँ भने निको
पारिदेऊ भनी अन्तिम विकल्पका रुपमा मन शान्तिका लागि एकजना वोल्न सिपालु
मान्छे ( जसलाई जानपा भनिन्थ्यो )ले पुकारा गर्ने युगको कुरा हो धाँमीको प्रचलन ।
त्यसवेला रोग देवता रिसाउँदा वा पूर्वजन्मका पापले लाग्छ भनी सूर्य ,जल तथा प्रकृति (वन
देवता )लाई पूजा गर्ने चलन थियो । विफर रोग ९कmबििउयह०लाई माईका खटिरा भन्ने
चलन थियो । नेपाल भित्रका सवैभन्दा पवित्र र शक्तिशाली नदीका रुपमा माईलाई
लिइन्थ्यो । यिनै नदी रिसाएर यस्तो भएको हो भनी लाखौँ बत्ती बालेर माई नदीलाई
पुकारा गर्ने चलन भर्खर सम्म पनि चलनमै थियो । वास्तवमा औषधिको प्रभावले आज विफर
रोग उन्मूलन भएको छ ।
कतिपय रोग विचार रोग उन्मूलन भएमा आफैँ निको हुनेहुन्छ । कतिपय केही समयको
अन्तरालमा आफ से आफ आराम हुन्छ । छारे रोग (भउष्भिउकथ०त्यस्तो एउटा रोग हो ,
जुन हाम्रो शरीरमा
प्रवाह भइरहने करेण्ट कारणवश मष्तिष्कमा प्रवाह हुन सकेन भने मानिस मुर्छा मर्छ ।
त्यसवेला विरामीलाई केहीवेर आराम गर्न दिए पछि पुन मस्तिष्कमा करेण्ट प्रवाह भई ऊ
होस्मा आउँछ । मुर्छा परेपछि मान्छे हतार हतार धाँमी कहाँ पुग्छ । धाँमीले जंगली
लागेछ भनी अक्षता फ्याक्छ । के के गर्दा गर्दै विरामीको होस् खुल्छ र धाँमीले
विरामी निको पारेको जस पाउँछ । यो नै धाँमीप्रति विश्वास बढेर जान्छ । यस्तै रोग
वाहेक (जुन आफैँ निको हुन्छ )धाँमीले निको पार्ने अरु कुनै रोग हुँदैन ।
धाँमीले हरेक रोगलाई विरामी तथा उसका आफन्तलाई विश्वास पार्ने गरी नामाकरण
गर्छन् । छारे रोग र निमोनियाले विरामी बेहोस् भएकालाई जंगली लागेको,प्यारालाइसिसलाई साँप
देवा र वाँन्द्रे देवा ,दिशा पिसाव,मुख र नाकबाट विविध कारणले रगत जानुलाई लडी मरेको झुण्डी
मरेको ,सुत्केरी
डढीमरेको बगी मरेको काँचो वायु,भुुँडी दुख्ने टाउको दुुख्ने ,हातगोडा झमझमाउने आदिलाई घरको
कूल र वुढी वज्युुको कला परेको ,वान्ता गर्ने ,खाना नरुच्ने तथा अपच हुनेलाई वोक्सी डाइनीको खेल
परेको आदि इत्यादि दरुस्त प¥याउने र मिल्ने गरी व्याख्या गरी खट्टे खाजा,सगुन पानी ,डिम्मा–फुुर्लुुङ,कालो पाठो र कालो
कुुखुराको लेठो लगाई रातभरी जाग्राम वसी विरामी लाई उचाल पछार गरी पेट टोकी भेद
झिक्ने आदि अनेक क्रियाकलाप गर्दा विराम अनिदो र दुुनियाँ झाँगल झुुगलले अझै बहेर
जानुसिवाय केही हुँदैन ।
५,धाँमी
र यो लेखकको भोगाइ
अधिकांश धाँमीहरु कुनै व्यक्ति विरामी हँुुदा उसलाई लगान लागेको छ ,फलाना देउको कला छ भनी
अछेता गन्छन् र जोखाना हेर्छन् । ९९ प्रतिशत धाँमीहरुले रोगीलाई अस्पताल लैजाने
सल्लाह दिदँैनन् । बरु विरामी निको नभएमा धाँमी र विरामीको ग्रह मिल्नुुपर्छ,
अर्को धाँमी
लगाउनुु पर्छ भनी डाक्टर कहाँ जानवाट रोकिदिन्छन् । विरामीका आफन्तले जिद्दी गरी
उपचारार्थ स्वास्थ्य संस्थामा नलगिनछाड्ने देखेमा लान त लैजाओ तर यो विरामीलाई
सुुई चाँहि नलगाउनुु लगायौ भने विरामी कुुँजो हुुन्छ भनी अनेक किसिमका
मनोवैज्ञानिक असर पार्ने खालका भ्रम फैलाइ दिन्छन् ।
यस सम्बन्धमा यो लेखकको तीतो सत्य साक्षी छ । जीवनका दुुई कालखण्डमा यो लेखकले झण्डै झण्डै मुृत्युु बरण गर्नु प¥यो । भोग्ने जति भोग्यो
। त्युसै मध्ये एउटा २०५० सालतिर नसाका विरामले
पल्लो फाल पुु¥यायो । नेपालमा उपचार हुन सकेन । गर्दै गरेको शिक्षण पेशा(श्री सरस्वती
उ.मा.वि ह्वाकुुमा असक्तताका कारणले छाडी घर वस्नु प¥यो । त्यसवेला देश देशान्तरका
गनी गनी १०८ धाँमीहरु घर दलानमा उफा¥यो । जौडे जौडे धाँमीलाई घरको धुलो काडे । हरेकले
फरक फरक लगान वताए । कमाउने प्रयास गरे,सकेनन् । विराम आटको पाट चलेन । शरीर गल्दै गयो ।
अलि अलि भएका तै पनि कुनै धाँमीले उपचारका लागि अस्पताल लैजाने सल्लाह दिएनन् ।
पछि भारतको भेलोर(खभिियचभ)पुुगेर सामान्य औषधीले (रोग पत्ता लागेपछि )निको भयो ।
त्यही वेलादेखि धाँमीप्रति मेरो विश्वास रहेन ।
यस्तै घटनाहरु अनेकन भोगिए ,देखिए । जसबाट मेरो धाँमीप्रतिको अविश्वासलाई अझै टेवा
पुुगेर गयो । २०६६ सालमा मेरो डेरा घरका दाई अचानक विरामी हुनु भयो । पेट दुुखेर
काटेको बाख्रो झैँ हेर्नेलाई समेत मर्माहत बनायो । केही वेर विरामी हुने ,केही वेर सञ्च हुने र
फेरी विरामी हुने रोग को प्रकृतिलाई धाँमीले लाग् छाड रहेछ ,पक्कै लगान हो भन्छन् र यहाँपनि
त्यस्तै देखे र त्यसै भने ।
हतार हतार नजिकका एकजना धाँमी आए । जंगली लागेछ भनी मकैका पिठो को एउटा डिम्मा
वनाउन लगाई फुर्लुङ हल्लाउदै थिए, विराम अलि आराम भयो । वृहद मान्छे (धाँमी)विचरा सकी नसकी
ल्याख ल्याख ल्याख काँम्दै पलाके हेर हेर बाबूू । झुल्के घाममा भेट्यौ अव पहँेला
घाममा छाड्छौ है बाबू पिर नमाने । यसवेला वेलुकाका पहेँला घाम थिए,विराम विहान लागेको थियो
।
रातभरि विरामीलाई आराम भयो । विहान भएपछि पुुन बल्झियो । साथीभाइहरु बारे
धाँमी खोज्न गए । त्यो वीर भनिने धाँमी
आफूलाई भगवान् नै मान्ने खालको सित्तिमित्ति नवज्ने । उसको विश्वासी मान्छेलाई
पुुन लिन पठाइयो । यसपटक बाटैदेखि ठाडै
जोखाना हेर्दै आएछ । धाँमी । लिन जाने भन्दै थिए । धाँमीले बाटैमा विराम पत्ता
लगाएको छ ,अब धाँमी आयो ,निको भै हाल्छ । विरामी निकै साहै भए
। मेरो चित्त बुुझेन । अगि सरेँ –के विरामी लाई अकालै मार्ने तुुरुन्त बोकेर हस्पिटल लैजाऔ
भनेर कड्किँए । धाँमी रिसायो । लिन जाने पनि झण्डै रिसाए । फिदिमतर्फ लैजाने तरखर
भयो । स्टेचरमा विरामी राखी हिडाउन लाग्दा एकजना निकै जानकार व्यक्तिले सुझाव दिए –लान चाँहि लैजाओ तर यो
विरामीलाई सुुई चाँहि नलाउनु यसलाई लगान छ
। अर्को औडाहा भपिदिए । विरामीलाई विराटनगर पुु¥याइयो ।एक्सरे गरी हेर्दा पिसाव
थैलीमा पत्थरिया भएको रहेछ । औषधी दियो । अहिले वहाँलाई निको भयो यी केही
प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।
६,धाँमीलाई
सरकारले गरेको अप्रत्यक्ष उपचार
धाँमी झाँक्रीको झारफुुकमा विश्वास गर्दा अकालमा धेरै नेपालीहरुको ज्यान
गइरहेको अवस्थालाई न्यूनिकरण गर्न सरकारका तर्फबाट धेरै चेतनामूलक कार्यक्रमहरु
ल्याइयो । विद्यालय शिक्षामा पनि यस्तो रुढीवादी परम्पराका पछि दौडन हून्न भन्ने
खालका विषयहरु समेटिए । पत्रपत्रिका र विद्युुतीय सञ्चार माध्यमबाट पनि यसको
रोकथामका लागि अनेक कार्यक्रम मार्फत सुुचना प्रवाह गरियो । तै पनि भने जस्तो उपलब्धि
हुन सकेन । अर्को पनि धेरै मानिसहरुलाई फकाइ फुुल्याइ फुुरुक्क पारेर उनीहरुको
अप्रत्यक्ष रुपमा उपचार गर्ने काम ग¥यो । धाँमीहरुलाई तिमीहरु यो पेशा नगर वा जनतालाई
धाँमीको विश्वास नगर भन्नुको सट्टा “चोरलाई चावी”भनेझैँ देशभरका धाँमीलाई सम्वन्धित नजिकको स्वास्थ्य
संस्थामा बोलाइ धाँमीको उपचार यसरी ग¥यो–“लौ ! तपाईहरु धाँमी हुुनुुहुुँदोरहेछ । गाउँ घरमा कोही
विरामी भए भने लगान पनि लागेको हुुनसक्छ । तपाईहरुले पहिले झारफुुक गरिदिनुु तर
एकपटक गर्दा निको नभएका तुुरुन्त हामी उहाँ (स्वास्थ्य संस्थामा)पठाइ दिनुु ,धेरै समय अलमल्याएर
नराखिदिनुुहोला । ”
वास्तवमा धाँमीको अप्रत्यक्ष र मनोवैज्ञानिक उपचार हो यो । यति गरेपछि साप पनि
म¥यो लौरो
पनि भाँचिएन ,अर्थात धाँमी र जनताको लगान प्रतिको शंका पनि हट्यो,विरामी पनि मरेन भन्ने अर्थ हो ।
तर धाँमीले यसलाई झन् उल्टो रुपमा बुुझेँ भन्न लागे–“हामीलाई त सरकारले धाँमीको
प्रमाण् पत्र दिएको छ । सरकारले पनि लगानमा विश्वास गरेको छ ” भन्दै झन् विरामी
ओगटेर वस्न लागे । “तुरुन्त स्वास्थ्य संस्था पठाइ
दिनुु ,धेरै
रोकेर नराख्नुु ’भन्नुु कुुरा चाँहि विर्सिए । अर्कोतर्फ विचरा ! सर्वसाधारण पनि भन्नलागे –“डाक्टरले पनि लगान
पन्छाएर ल्याइस के ? पन्छाएको छैन भने लगेर पन्छाएर ले भन्छ ” मनगढन्ते र कपोलकल्पित कुुराहरु
आजतक गरिरहेको देख्दा र सुुन्दा हामी नेपालीहरुको चेतना स्तर धेरै तल भएको
प्रमाणित हुुन्छ ।
७, बुुझ्नै
पर्ने कुुरा
(क) प्रिय धाँमी मित्रहरु ! तपाईहरु किन काँम्नुुहुुन्छ त्यो
त्यति खोजी को विषय होइन । त्यो तपाईहरु नै जान्नुुहोस् । त्यो अवश्य देवता होइन ।
त्यो कुुनै शारीरिक वा मानसिक रोग पनि हुुनसक्छ । यति सजिलै देवता प्राप्त हुुने र
देववाणी सुुन्न पाइने भए सृष्टि कालदेखि आजसम्म साक्षात देवता जसलाई सुुन्न र
देख्न सकियोस् भनी मान्छे संसारभर विचरण गर्दा पनि फेला नपारेको अवस्था छ । धाँमीले
नै देवताको प्रतिरुप हुुने भए मानिसहरु किन संसारभरका मढमन्दिर धाउनुु पथ्र्यो ?
तसर्थ आफूलाई
देवता आएको भनी विशेषत;कोही विरामी हुँदा म नै ईश्वर हुुँ वा म देउतासँग बातचित
गरेर उनले भने वमोजिमको निको पार्छुु भनी रोगी र रोगीका आफन्तलाई नअलमल्याइ
दिनुुहोस् ता कि विरामीले वेलैमा उपचार पाई एक पल्ट पाएको अमूल्य चोलाको उपभोग
गर्न पाओस् र तपाईले सेर्गेम गर्दागर्दै उसको प्राण् नजाओस् । कसैको प्राण बचाउनुु
तपाईको पनि कर्तव्य हो । आहाराको चरी आशिषले बाँच्दैन । मीठा कुुराले भोको पेट
भरिन्न । राम्रो र मीठो फलाक्दैमा रोग निको हुुन्न । रोगको उपचार मीठो फलाकाइ होइन
; औषधी हो
। तसर्थ तपाई धाँमीले पनि कोही विरामी भएमा तुुरुन्त औषधालय पठाउन सहयोग
गर्नुुपर्छ ।
२) अर्को कुुरा असहाय निर्धा ,निमुुखा विधवा हेपिएका तथा रुपमा नराम्रा महिलाहरुलाई
वोक्सीको संज्ञा नदिनुुहोस् । बोक्सी र डाइना केही हुुँदैन । यो सवै समाजले सृजना
गरेको सामाजिक कलंक र कुुप्रथा हो । बोक्सी ठीक पार्ने निउँमा कतिपय निहत्या
महिलाहरुको ज्यान गएको छ । भर्खरै मात्र तातो पानी खन्याइ एक महिला (कथित बोक्सी)
लाई ठीक लगाउने हुुँदा उसको ज्यान गएको घटनामा एक धाँमीलाई आजन्म कारावारको सजाय
भएको छ । त्यो दशा तपाईको पनि आउन सक्छ । कानुुनले यसलाई घोर अपराध ठानेको छ ।
ख)विरामी वा निजका नाताले आफन्त हुनु
निरोगी भएर वाँच्ने चाहना हुुँदाहुुँदै तपाई हाम्रो आहार –विहार चाल –चलन र विविध कारणले हामी
विरामी हुुन्छौँ । तपाई हामी एउटा रुढीग्रस्त समाजमा कैयौँ पुुस्तादेखि हुुर्कदै र
बाँच्दै आएका छौँ । हाम्रो समाजमा धाँमी र वुुढीवज्युु (माता) को त्यति कमी छैन ।
स्वस्थ भएर बाँच्नका लागि सर्वप्रथम हाम्रो आचरण र आहार विहारमा विचार पुु¥याऔँ । यति गर्दागर्दै
पनि विरामी भइएमा इष्ट देवता धाँमी झाँक्री र माताको ठूलो भर नपरौँ । यो हाम्रो
केवल लामो समयदेखि भोग्दै र देख्दै आएको
भ्रमपूर्ण विश्वास र आस्था मात्र हो । यिनीहरुमा लामो समय भर परेर रोग लाई छिप्पिन
नदिऔँ । हावामा महल खडा गर्नेुु ,वालुुवाको पुुल हाल्नुु ,तासको घर बनाउनुु, रंगिन स्वप्न देख्नुु र
धाँमीबाट रोग निको हुुनु उस्तै उस्तै असम्भव कुुरा हुन् । ती धाँमी तथा माताहरु
तपाई हाम्रै बुुवा –आमा काका काकी ,दाजुु–दिदी,छोरा–छोरी नाता गोता जो कोही
पनि हुुन सक्छन् । नाता आफ्नै ठाउँमा हुुन्छ तर कोही रिसाउला भनेर अमूल्य जीवन
विना उपचार खेर फाल्नुु हुन्न । धाँमीलाई डाक्टर को विकल्प मान्नु हुुदैँन ।
शास्त्रमा पनि भनिएको छ –
“विद्या मित्रम् प्रवासेत्रुु भार्या मित्रम् गृहसुुच
व्याधितस्यौषधम् मित्रम् ,धर्म मित्रम् मृतस्यश्च ।”
अर्थात परदेशको मित्र विद्या हो , घरकी मित्र पत्नी हुन् ,रोग व्याधिको मित्र औषधी हो भने
मरेपछिको मित्र धर्म हो । अत;औषधी नै विराम वा रोगको निराकरण हो,भावना रुपी झारफुुक होइन ।
अर्थात् झारफुकका अत्यन्तै कम विश्वास गर्नु पर्दछ ।
८, निप्कर्ष
मानिस भन्दा समय धेरै बलवान् हुन्छ । कुनै युग रावणको हुन्छ भने कुनै युग
रामयुग हुन्छ । कसैको अस्तित्व त्यो युग गएपछि समाप्त हुन्छ । अर्थात समय वलवान्
हुन्छ । यो युग भूत प्रेत र धाँमी–झाँक्रीको युग होइन । त्यो युग पहिला थियो ,अहिले हैन । अहिले
बिज्ञान र प्रविधिको युग हो । विरामीको उपचार झारफुुकले होइन , रोग पत्ता लगाई औषधीले
गर्ने युग हो । मानिसको शरीर रोगको घर पनि हो । जिवित प्राणीलाई नै रोग र विराम
लाग्छ । रोग सँगसँगै औषधकिो पनि आविस्कार हुदै जान्छ ,रोग निदानका लागि । रोग निको
पार्न उपयोग गरिने हाम्रा धाँमीहरु समाधान होइनन् । यो कुुरा सवैले बुझौँ र सबैलाई
बुझाऔँ ।
इति ।
ईवा–१,तेह्रथुम
शिक्षक
श्री प्रणामी उ.मा.वि.
ईवा ,तेह्रथुम
No comments:
Post a Comment