गजल


Image title
प्रकाश धौलाकोटी 'प्रयासी'
अाठरार्इ, र्इवा-५, तेह्रथुम,
  लुकी लुकी मलाई भेट्न आउँछौ कतिञ्जेल ।
अर्थहिन यस्तो माया लाउँछौ कतिञ्जेल ।

न त म नै तिम्रो हुुन्छुु न त तिमी मेरो,
चोटै चोटको पहाड यो बनाउछौँ कतिञ्जेल ।

तिम्रै हँ तिमी बिना बाँच्दिनँ म भन्द्रै,
नपच्ने यो सस्तो कसम खुुवाउँछौ कतिञ्जेल ।

कयौँ छन् तिम्रा लागि ज्यान अर्पण गर्ने,
मेरा लागि तिम्ले दुुःख पाउँछौ कतिञ्जेल ।





 









No comments:

Post a Comment