कविता

कविता
जुनकिरीको गीत
                               गिरिराज बाँस्कोटा
                                    पाँचथर
निर्मम भएपनि प्यारा छन् यादहरु
उहि सपना गुमाएर
उहि विपना भुलाएर
फोका न हुन् पानीका फुटे के भो ?
झोक्का न हुन हावाका झुके के भो ?
सम्झनलाई न पानी चाहिन्छ
न हावा नै चाहिन्छ
फगत मुटु हुनुपर्छ प्यार मिसिएको
आँस्था हुनुपर्छ भावना गाँसिएको     
हे हिमालका गित खोज्नेहरु
 जीवनको गीत गाँउने होकी ?
दुख्नलाई दुख हुनु पर्छ
भोक ,आशु हुनु पर्छ
श्रद्धाञ्जलीमा गोहि आशु वगाउनेहरु
आस्थाका धिरमिर धिरमिर अक्षर अघि
जीवनको पाठ पठाउँछन्
जीउन त मलाई नि आउछ
नत्र अस्ति मरिसक्थँे
तस्विर बोल्छ आफै रत छातिमा टाँस्न मन लाग्छ
प्रिय सम्झनाका बाक्ला उपस्थितीहरु
औला चलाउछन् आँखाको डिलमा
कुचि चलाउँछन् मनको आँगनमा
आकास खुम्चिदै जान्छ
याद तन्किदै जान्छ
आजभोलि जुन हेर्दा पनि हेर्दिन
आफ्नै जुन म भन्दा धेरै टाढा छ 
विगत मगमगाउदछ लामपाते याद वनेर
वर्तमान लजाउछ आँखाका डिल चुमेर
जो मेरो हुन सकेन
उसको नि म भईन
त्यहिभएर होला
गडतिरमा दगुरीरहेको सपना देख्छु
दुई किनारा भएर सास पिउनु को नियती
खोला को पानी झै आशुमा वगिरहेछ ।
् मुस्काउन नसकेको विहान
फाट्न नसकेको अँध्यारो
फक्रिन नसकेको मन
भारिले थिचिएको टाउको
सोध्दा सोध्दै अलमलिएको भविष्य वनेर
सुनाई रहेछु जुनकिरीको गीत ।
लिम्बू भाषाबाट अनुवादीत कविता
भाग्यको अन्त्य
                                              भवानी तावा
उहिले नै
दशकहरु र युग अगावै
मेरो बैंसमा
समय परिवर्तन भइरहँदा
मेरी मायालु १
एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् ।
कतै संगै खान्थ्यौं
कतै संगै वस्थ्यौं ।
समयान्तरमा बेला बखत भन्थी
हजुर १
मलाई तीतेमाछा खान मनलागेको छ
भीरमौरीको मह पिउन मनलागेको छ ।
तर, दूबोजस्तै धर्तीमा मौलाउने
विश्वासका जराहरुलाई किन उखेल्यौ ?
मैले समयका निर्णयहरु त बताइन
तर भाग्यको टुंगाउनी अनुभूति गरें ।
भनें
उहिले नै फकाउनीको पराकाष्ठामा
साँप्रोको एकटुक्रा हड्डी
सम्मानले थापिखाँदा
तीतेमाछाको खोल्सी सुकेर टाढा भाग्यो
भीर आफै चुलिएर बढ्यो
अब त एकडबको जाँड पनि पोइल जाँदैछ
कसो पो गरौं र ? प्रीयसी हजुर १
वार्ताले हठात् उनको मुहार अँध्यारो भइदिँदा
मेरी आमा १ नांगै रोइरहेझैं लाग्यो
हो, मेरो भाग्यको अन्तता अनुभूति भएझैं लाग्यो ।
            अनुवादकथाम्सुहाङ् पुष्प सु्ब्बा
कविता
रगतका कणहरुसित
                                 मदन उत्साही
                                       ईवा,तेह्रथम
जुुलुुस हो यो
एउटा संवेद्यअनुुरोधका लागि
प्रश्नै प्रश्नका झण्डाहरु बोकी
तपाईंका आँखाहरु सामुु
प्रदर्शनमा उत्रिएको
हामी परिवर्तनवादी
मानव हितैषी अक्षरहरुको......!
यो शदीका
यो विश्वभरिका
हे प्रत्येक मानव महोदयहरु !
कृपया,गहिरिएर हेरौँन
आफैँभित्रको एउटा उदाहरण
सुूक्ष्मदर्शक यन्त्रबाट
आफ्नै रगतका कणहरु
तपाईहरु भन्दा कत्ति ससाना छन् ।
तै पनि आफ्ना काम कर्तव्यमा
तिनीहरु तुुच्छ हैन
बरु कत्ति महान्
र कत्ति जिम्मेवार छन् ?
मन लगाएर
कल्पनागणन गरौँ न
रगतका कणहरु संख्यामा
तपाईहरु भन्दा कत्ति गुुणा अधिक छन् ?
तै पनि प्रवाहमा
कुुनै गुुट ,उपगुुट र फुुट छैन ।
बरु कस्तो एकजुुट छन् ।
बाटो र गन्तव्य तिनीहरुको
नशा,रेशा,धमनी र कोषहरुको
जाल सञ्जाल लाखौँ लाख छन्
तैपनि स्वस्थ जीवनका
एउटै लक्ष्यतर्फ बहन्छन्
सवैसवै रक्तकणहरु
त्यसैले त मानिसलाई
पलपल बचाइराख्न
तिनीहरु सफल छन् ।
तर कुनै युुगदिन !
कुुनै जैविक विष्मय शुरु भएर
मानिसका शरीर भित्रै
रगतका कणहरु विच पनि
मानिस मानिस विचमा झैँ
हिंसा ,शोषण ,अन्याय
असमानता,वर्गयुुद्व,हड्ताल
वादवादी ,धार्मिक ,साम्प्रदायिक
र पुूर्वागा्रही रत्तद्वन्द्व शुुरु भए के होला ?
हे सर्वोश्रेष्ठ दाबेदार ,मानव वृन्दहरु !
यो शिक्षा ,तपाईहरुले कैले लिनेहोला ?
आफ्नै मुटुमा तालवद्व धड्किरहेका
आफ्नै शरीरभित्र ऐक्यवद्ध बगिरहेका
रगतका कणहरु सित ।
                                                                                                                                                                                                                                                                                                                                                  जनताको तिर
                                             अनिरुद्र तिम्सिना
                                                इवा,तेह्रथुम
अंगालोकी श्रीमती हात्को साँचो ताला ।
सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।।
कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ ।
ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।।
विदेशीको धोती भित्र ओत लाग्ने ढाडी ।
टाउको माथि पुुगेपछि सम्झन्छ रे राडी ।।
हाम्रा पनि नेताहरु उस्तैउस्तै लाग्ने ।
माछा देख्दा राल काड्ने सर्प दख्दा भाग्ने ।।
तेल दल्ने हातहरु चिप्लो घस्ने ओठ ।
फेरी आउँने अरे भन्छन् हाम्रा घर गोठ ।।
बल्छि थाप्दा माछा परे आफैंतिर तानौँ ।
भ्यागुुत्ताको ट्वार सुन्दा झटारोले हानौँ ।।
 पादे जस्तो गफ रैछ गणतन्त्र नारा ।
प्रजातन्त्र संघियता जनवाद सारा ।।
बल्झिएको घाउ फेरी नुन किन लायौँ ।
शहिदको रगत र माँसुु सित्तै खायौ ।।
चौध हजार छोरा छोरी अनि बुडाबुडी ।
खाँदा पनि नभरिने अचम्मको भँुडी ।।
नयाँ नेपाल बनि सक्यो अब के के गर्छौ ।
कैलेसम्म झुुक्याएर तिम्रो लाद्रो भर्छौ ।।
भाषण्को खेती गर्यौ दल्यौ ओठमा तेल ।
संविधान सभा भन्यौ गाई जात्रे खेल ।।
के भनेर आउँछौ फेरी ओठमा तेल दल्दै ।
झुक्याएर लाटा सोझा जनतालाई छल्दै ।।
चिप्लो ओठ बगलीमा राख्ने रैछौ छुुरी ।
नाङ्गो नाच धेरै नाच्यौ भयो कुरी कुरी ।।
ठूला गफ गर्दा गर्दै समय गयो खेर ।
तिम्रो धोती खुस्कि सक्यो छामि हेर ! हेर ! ।।
अब तिमी के भनेर भाषण गर्छौ नेता ।
धोती खुस्काई जनताले गुुथाई देला फेटा ।।
ढोण घाँस ठूलो दाम्लो किलो ठोकी बान्ला ।
जनताले भैँसी हान्ने बन्चराले हान्ला ।।
लाज छैन सरम छैन किन फुुर्ति लाउँछौ ।
हाम्रा घर आँगनीमा कुुन मुखले आउँछौ ।।
नआऊ नेता झोपडीमा अरिङ्गालले टोक्ला ।।
बोका खसी पारे जस्तो  हेम्मरले ठोक्ला ।।
बाठा नेता नेपालका मझेरीमा हग्ने ।
विदेशीलाई रिझाएर नेपालीलाई ठग्ने ।।
ब्वाँसा जस्ता बाँदर जस्ता हाम्रा नेता मान्छे ।
स्यालहरु बसेका छन् माँसुु बाँड्ने भान्से ।
देश हाँक्न नसक्नेले केलाई बन्नु नेता ।
बुढी आमा ! गुुथाइ देउन पेटीकोटको फेटा ।।
नआऊ ! अब हाम्रा घर छैन तिमा्रे काम ।
कुुखुुराले नबासेनी झुुल्कँदा छ  घाम ।।
जनताले सुुम्पिएको जनताको ताला ।
मनपरि तिम्रो होइन हाम्रो मोती माला ।।
कालो आत्मा कालो चित्त देश खाने चाला ।
चढ्काउनै पर्छ अब विश्वास घाती गाला ।।
स्वदेशको भात खाने विदेशको गीत ।
त्यो देशमा बस्ने हक छैन कसै सित ।।
चार दले हिजो थियौ आज तिमी छैनौ ।
नेपाल आमा रुवाउने तिमी छोरा हैनौ ।
विदेशीले मातृभूमि बलत्कार गर्दा ।
रमिते भै बस्यौ तिमी आपत विपत पर्दा ।।
ति बोकाका मतियार तिमी पनि हौ कि ।
घोसे मुुन्टो लगाएर यतै कता छौ कि ।।
बन्ढाणेले ढुके जस्तो ढुक्दै छौकि चल्ला ।
कताकता चलेको छ फ्याउरा बास्ने हल्ला ।।
बन्ढाणे र स्याल अनि फ्याउरा मतियार ।
फेरी पनि आउँदैछन् बनौ होसियार ।।
गुुलेली र मट्याँङ्ग्राले तानि हालौँ ताँदो ।
यी दुष्टलाई हामी फर्काइ हालौँ लादो ।।
आकाशमा गिद्ध कतै उडे जस्तो लाग्छ ।
उठौँ हामी जुुटौँ हामी नत्र भूत जाग्छ ।।
यौटा आँधी अब फेरी डाल्नै पर्ने भयो ।
झोपडीले अब बत्ती बाल्नै पर्ने भयो ।।
फेरि यौटा भूकम्पले थर्को हाल्नै पर्छ ।
नत्र हाम्रो भाग्य अनि भविश्य नै मर्छ ।।
तोपसँग बन्दुुकसँग गोलीसँग लडौँ ।
इतिहासका राता अक्षर पल्टाएर पडौँ ।।
अन्धकार छाइ सक्यो उठ तोड्न हिडौँ ।
बन्दुकसँग बिचारको नौलो युुद्व भिडौँ ।।
उठौँ ! जुटौँ !विचारको तिखो तिर हानौँ ।
झोपडी र गाउँ बस्ति आफैँतिर तानौँ ।
जित्नै पर्छ बिचारले बन्दुकको मन ।
बिचार हो शक्तिशाली अस्त्र नौलो पन ।।
नयाँ नेपाल निर्माण गर्ने महान अविभारा ।
आएको छ छाप्राहरु जागौँ उठौँ सारा ।।
दुष्ट ब्वाँसो गाउँ पस्ला थापि राखौँ पासो ।
नयाँ नेपाल बनाउन राखिराखौँ चासो ।।
रचनाकाल २०७०÷०१÷०२
कविता
                      मायादेवी बाँस्कोटा
                         छातेढुुङ्गा,तेह्रथुम
आमा
झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन्
भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जना मूल हुन् आमा संसारको इतिहासमा
रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् ।
आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् ।
डर भन्ने केही हुुन्न आमाको साथमा हुँदा ।
भन्छन् पोश नै लाग्छ स्नेही ती हातले छुँदा                                                                                                                                                                     
आमाको रुप विग्रन्छ सन्तान जन्मिए पछि
सन्तान पर भई जान्छ डोलीमा अन्मिएपछि
सवै चिज खोजी मिल्दछ घरि घरि
तर जन्म दिने आमा पाईदैन कसैगरी ,।।  

जीन्दगी
                                        असफल अबोध कविता नेपाल
                                               तेल्लोक ताप्लेजुुङ्गु
सहि बाटो हिड्ने क्रममा 
अन्धकारमा हराएकी छु ।
बाहिर जति शान्त भए पनि ु
भित्र बेदनाले कराएकी छु
हाँसोको सुवास छर्दाछर्दै
अनायसमा रोएकी छुु
जीवन सजाउँ भन्दा भन्दै
भएका रङ्ग पनि गुमाएकी छु
साहाराको ढाल बोकेर पनि
विवशताले डराएकी छु
धेरै  साथीहरुको माझ रहेर पनि
एकान्तमा हराएकी छु
जीवनको भारी बोकेर
सँधै उकाली ओराली धाएकी छु
सफल्ताको आशा लिएर पनि
असफलता मात्रै पाएकी छु
सुन्दर बस्तुको खोजीमा
यो मन व्यथै कतै डुलाएकी छु
सुखद जीवनको सपना देख्दा देख्दै
स्वर्णिम भविष्यनै गुमाएछु ।
मरीगाको आमा संम्झेर 
                             गोपाल मगर    
थाहा छ,तिमी छैनौँ यहाँ
थाहा छ, तिम्रो आत्मा पनि छैन  यो देशमा
तर,बाटो छेऊ तिम्रो नामको कपुरखान छ ।
महान सहिद लेखेको
तिम्रो नामको चौतारो छ बाटोमा ।
हावा भइगयौ की ?
पानी भइगयौ की ?
चरा भएर उड्दैपो छौकी ?
कि भयौ लिम्बुनी फूल ?
कि भयौ लिम्बुनी माछा ?
आकाश धर्तीमैपो बिलाइगयौकी ?
अझै उठ्दैछ फुङ्सीङ मेला
यही उकालोमा रक्सीको  चौठो बोकीजाँदा
तिम्रो बाबुसँग धान नाच्दैनाच्दै आइगाको मेला यही हो भन्थ्यौ ।
यही उकालोमा,जम्मै काम मै सघाउँला  बरु,
बैनीलाई स्कुल पठाङ्न भन्दा
फच्चापो जान्छ हौँ छोरीलाई पडाङ्दा भन्थ्यौ ।
पञ्चमी र सप्तमी गर्दै
रक्सीको पेवाले कमाको सिरफूल,
घाम जुन पो भयो की ?
पैकारी जाँडसँग साटेको मजेत्रो,
भँुइकुहीरो पो भयो कि ?
एकदिन,खै काँ फालिराखेर आयौ,
काम्दैपो आइगोयौ जस्तो लाग्छ ।
बा युमा पो रिसायो कि ?
झिक्यौ युमाथामको  तरवार र आँखै अगाडी,
काटीगयौ तिम्रो पैकारी रक्सीको चौठो र घ्याम्पाहरु
अनि, रातो पट्टी निधारमा बाँधेर,भत्काइगयौ युमा थाम पनि 
त्यही दिन   हो,
मेरो डराउँदै गरेको छिप्पट  हात  समातेर,स्कुल पु¥याएको ।
त्यही दिन हो,हामी नअटाएको यो देशको
नयाँ नक्सा कोरील्याउँछु भनेको 
उज्यालो खोजी ल्याउँछु भनिराखेर,अध्याँरो जंगलतिर पसेको पनि
ठिक त्यही दिन हो ।
त्यसपछी देखेको हो बन्दुक ।
त्यसपछी जानेको हो मुठी उठाएर अभिवादन गर्नु ।
क्रान्तिकारी गित गाउनु पनि त्यसपछी नै जानेको हो ।
हिजै अस्तीपो होला हौँ
हाम्रै बाऊको आराहल,कारबारी बाजेले,
पक्डील्याएर कोरामा राख्दा,
हामी अटाउने देश ल्याउँछ,आमा कहिल्यै मर्दैन भन्दै रोइगाको ।
आमौ आजु,
तिमीले खेदिगाको बाटो संझिन्छु,
सपनामा पनि ऐठन लाग्छ ।
कतै युमापो रिसायो की ?
कि रिसायौ तिमी आफै भनेर मन्साउनु
सुर्ती र रक्सी बोकीआउँछु,तिम्रो कपुरखान र चौतारो
अनि खोजिमार्छु,
हामी अटाउने  देशको  नक्सा
भेट्दीन तिम्रो कपुरखानामा ।
खोजी मार्दा,हामी सुस्ताएर हाक्पारे गाउने ठाऊँ
पाउँदिन तिम्रो चौतारीमा ।
अनि रुइजान्छु एक्लै एक्लै
खै कहाँ  गइगयो हाम्रो देश भनेर ।
आमौ,अबपो  थाहा भो
म त उहिलेपो टुहुरो भैगाकोरैछु ।
                                                  ताप्लेजुङ

त्यहाँ

प्रवासी मुुटुुभित्रको व्यथा
                                         जनक विके लुुहार
                                                    पञ्चकन्या तेह्रथुुम
उन्नतिका विचार आरतिले ब्यूुँझाउदा
साँझका बत्ती बल्दैनन् रे त्यहाँ
वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा
पानसमा बत्ती जल्दैनन् रे त्यहाँ ,
भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको
सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ
युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु
कोरिएका कागजमा जल्दैनन् रे त्यहाँ
रेटी रेटी चुुँडाउदा सम्मानका सिर
मानिसका ओठ बोल्दैनन् रे त्यहाँ
निमोठेर दवाउँदा चित्कारका आवाज
काला कर्तुुतहरु खोल्दैनन् रे त्यहाँ
कठीन संघर्षशील इतिहासका ब्यथा
वेँग कानहरु सुुन्दैनन् रे त्यहाँ
विकशिल खुुड्किलामा प्रगतिको जालो
लङ्गका माकुरा बुुन्दैनन् रे त्यहाँ
परस्पर केन्द्रिकृत आत्मिय मध्यक
विचरण शिलताका मापक हराए रे त्यहाँ
बलिदानीको नाम लिदै कायर भस्याहरु
पहिचान विरोधी सुुत्र वरवराए रे त्यहाँ
 साँझका बत्ती बल्दैनन् रे त्यहाँ  

कविता
                          दिलदुुखी जन्तरे
                           वसन्तपूर तेह्रथुम
                              हालः मलेशिया

प्रेम कथा
नुुबुवाखोलामा बगाएर मलाई
तरी गयौ पारि !
नुबुुवाखोला बगिरहेछ
निरन्तर
कहाँ पुुगेँहोला
म बगेर छालले हुुत्याउदै
तलै तल मिसाउदै
तमोरमा कोशी सप्तकोशी हुुदै
अनन्त
दुुर अतिकति पनि रहिन तिमि भित्र
खोला कहिल्यै फर्कदैन
ल्याउदैन फर्काएर मलाई
ढुुक्क छौँ तिमी म बगेर गए !
हाँसी हाँसी बगाएर तर्यौ
खोला रोइ रोइ हेरी पठाएर पनि
तिमीलाई
बगाउन नसकेर
मैले अझै राखेको छुु मुुटुमा ।।।
केस्रा
                                मौलश्री लिम्बुु
                        झापा,  हालः मलेशिया
लिलाम
न रोग छ न चोट देखिन्छ
जे मिल्छ मन दुुख्ने भेटिन्छ
नियति या नियत जिन्दगी
ओखती विनाको दर्द झेलिन्छ
क्लेशकै छाँटकाँट देखिन्छ
भाउ मिले जिन्दगी बेचिन्छ ।
अधिकार
लडेर जाऊ
खोसेर खाऊ
मर्नुु छँदैछ
हक जताऊ
व्यर्थै नजाऊ
दृढ समाऊ ।
विष्णुमाया अर्थात् विष्णुमायाहरु
                                              मिश्र वैजयन्ती
श्रम खेपेर पेटको विष मार्ने
हँसमुख सावित्री हो विष्णुमाया
साँझबिहानको अँध्यारोभित्रबाट
जीवनको उज्यालो उद्घोष गर्ने
गौरवको चुली हो विष्णुमाया
काम गर्नुपर्छ उसले नै गर्नुपर्छ
भान्सा , चोटा, कोठा र जुठेल्नासम्म
उसैले उठ्नु र निहुरिनुपर्छ ,
निहुँरिँदा झुक्नुको अर्थ बुझिदन ऊ
 जाडोसँग जुध्दा उम्रिएका काँडाहरु
छोप्न सक्दिन ऊ
बिहान र बेलुकीका अतिरिक्तहरु
कहिले सानो मालिक र
कहिले ठूलो मालिक भएर
चिप्लिन्छ उसैबाट
उसको बिद्रोह अँध्यारामै
निःशब्द झन्कृत हुन्छ ।
विद्रोहको नाममा
मालिकको व्यस्ततामा
चाउरे मलामी गैदिएझैँ
गएकी छ ऊ पनि
थाल ठटाउँदै जुलुसमा
जुलुसमा थाल ठटाउनु
थाल कुच्याउनु मात्र हो उसलाई ।
कुनै विद्रोहको आवाजले
छेकेन उसको जीउलाई ।
उसले सहानुभूतिको सिरक ओढेर
काम चल्दैन
क्षणिक प्रेमको नाटकसँग पनि
उसको यथार्थ टर्दैन
काँतरहरुको भीडमा
ऊ एक्लै उभिएर
दुनियाँको दुत्कारलाई नकार्दै
ऐश्वर्यको ऐलान गर्न सक्छे ।
विष्णुमाया अँध्यारोको चुनौति हो ।
उसको जीउ लुक्तैन कुनै अँध्यारो किरणझैँ
गर्भ भनेको गौरव हो
सबैले बोक्न सक्तैन यसलाई
त्यसैले
ऊ टेकेर उभिएकी छे जीवनलाई ।
ऊ भाँच्चिएको बार होइन
भत्किएको पुल होइन
थोत्रिएको गाडी होइन
टेको लाउनु पर्दैन उसलाई
बलियाहरुलाई चुनौति दिने
अब ऊ बलियो आँट हो ।

No comments:

Post a Comment