एउटी पाठकको आत्मकथा
सुन्दर शिरीष |
म उसलाई प्रेम गर्छु, सबैलाई थाहा छ।
प्रेम गर्नु कुनै अपराध होईन। ऊसँग मैले यति प्रगाढ प्रेम गरेछु की ऊ विना म अपूर्ण छु।
जीवनको एउटा मोडमा ऊसँग भेट भएको थियो। प्रत्यक्ष होईन भावनात्मक भेट। ऊ र
मेरो मिलनको चौतारी साहित्य थियो। जसको लेखनबाट म निकै प्रभावित भएकी थिएँ।
जुन प्रभाव मायामा परिणत भयो।
भन्नेहरु भन्थे साहित्यले मनलाई जोड्छ। हो जस्तो लाग्यो। संयोग भन्नुपर्छ
एक दिन अकस्मात त्यो कागजमा भेटिएको मान्छेको ठेगाना सहितको सम्पर्क नम्बर
पाएँ। र, साहस गरेर फोन गरेँ, ‘म तपाईंको प्रिय पाठक। अर्थात फ्यान।’
उसले सोध्यो, ‘नाम?’
‘नर्मदा।’ मैले आफ्नो परिचय दिएँ।
‘खुसी लाग्यो तपाईंसँग परिचय भयो।’ उसले भन्यो।
त्यस दिनको फोन वार्ताले म अझ प्रभावित भएँ ऊसँग।
म ऊसँग प्रभावित हुन यतिले पनि काफी थियो।
***
हरदिन नयाँ चाहनाको आशक्त हो मानिस।
म पनि त्यस्तै भएँ। आखिर म पनि त एउटा मान्छे हुँ। त्यसपछि मेरो अपेक्षित
प्रेमले एउटा स्वरुप लियो। त्यस दिनदेखि फोनको सिलसिला अविराम चलिरह्यो। अब
हरेक पलपलमा ऊ मेरो कल्पनाको राजकुमार बन्न थाल्यो। म उसको सान्निध्यको
आशासहित सपनाको ईन्द्रेणीमा हराउन थालेँ।
see more.....
No comments:
Post a Comment